विकासन्युज

जापानमा चिनियाँ ‘भिसा’ सेवा पुनः शुरु

टोकियो । यहाँस्थित चिनियाँ राजदूतावासले प्रवेशाज्ञा सेवा पुनः शुरु गरेको छ । आज एक सूचना जारी गरेर दूतावासले भिसासेवा पुनः शुरु भएको जनाएको हो । बेइजिङस्थित जापानी राजदूतावासले चिनियाँ नागरिकलाई आइतबारदेखि प्रवेशाज्ञा दिने सूचना जारी गरेपछि चीनले पनि जापानमा भिसा सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । जापान भ्रमण गर्न चाहने चिनियाँ नागरिकलाई टोकियोले कोरोना परीक्षण नकारात्मक भएको प्रमाणबिना प्रवेशाज्ञा जारी नगर्ने नीति अख्तियार गरेपछि बेइजिङले पनि जापानी नागरिकलाई भिसा नदिने प्रतिशोधात्मक कदम चालेको थियो । आफ्ना नागरिकलाई प्रवेशाज्ञा दिन बन्द गरेकामा जापानको आलोचना गर्दै चीनले पनि गत पुस २६ गतेदेखि जापानी नागरिकलाई ‘भिसा’ दिन बन्द गरेको थियो । बेइजिङको उक्त कदमको आलोचना गर्दै त्यसलाई फिर्ता लिन माग गरेको थियो । साथै चीनले दक्षिणकोरियाली नागरिकलाई भिसा नदिने सूचना जारी गरेको थियो । विश्व स्वास्थ्य सङ्गठनले चीनमा कोभिड–१९ को प्रकोपको स्थितिबारे वास्तविक तथ्याङ्क नदिएको आरोप बेइजिङमाथि लगाएको थियो भने पछिल्लो समय अमेरिकालगायत दर्जनौँ देशले चीनबाट आफ्ना भूमिमा आउन चाहने चिनियाँसहित जुनसुकै देशका नागरिकले आफूलाई कोरोना सङ्क्रमण नभएको पुष्टि गर्ने प्रयोगशाला प्रतिवेदन पेश गर्नुपर्ने प्रावधानलाई अनिवार्य गरेका थिए । महामारीका बीच चीनले गत महिना अचानक कोभिड–१९ नियन्त्रणसम्बन्धी सबै प्रतिबन्धात्मक कदम हटाएपछि विश्वसमुदाय सशङ्कित भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चीनमा कोरोना महामारीमा परी धेरै नागरिकको ज्यान गएको जनाएका थिए । केही साताअघिसम्म कठोर नियम कार्यान्वयन गराएको विरोधमा देशका प्रमुख शहरमा विरोध प्रदर्शन भएका थिए । कलकारखाना बन्द गर्ने घरबाहिर निस्कन नपाउने नियमको विरोधमा सर्वसाधारण उत्रिएका थिए ।

५० रुपैयाँमा शुरु गरेको व्यापारबाट करोडौंको मालिक बनिन् सीता, भन्छिन्- परिस्थितिले डाक्टर बनायो

काठमाडौं । संघर्षका पाटा र बाटाहरू पृथक किसिमका हुन्छन् । सफलताको श्रेणीमा पुग्न निकै मिहिनेत र संघर्ष गर्नुपर्छ । भनिन्छ ‘ठूलो सफलता प्राप्त गर्नका लागि ठूला चुनौतीहरूको सामना गर्ने हिम्मत गर्नुपर्छ ।’ यो भनाईलाई आत्मसाथ गर्दै अघि बढिरहेकी छिन् गोकर्णेश्वरकी सीता थापा । आफ्नो कामलाई निरन्तरता दिए सफल बन्न सकिन्छ भन्ने मोटिभका साथ आफ्नो काममा तल्लीन् हुन्छिन् उद्यमी सीता । बुटवलमा जन्मिएकी सीताको परिवार हङकङमा बस्थे । उनी पनि नेपालमा प्लस टुको पढाई सकेर हङकङ पुगिन् । उतै काम गर्न थालिन् । ६/७ वर्ष हङकङमा बिताएकी थापाले पढाईलाई भने निरन्तरता दिन सकिनन् । पछि नेपाल फर्किइन् । ‘म १७/१८ वर्षको उमेरमा हङकङ गएँ, ६/७ वर्ष काम गरेँ, कामबाट राम्रै कमाइ हुन्थ्यो, त्यसैले पनि पढाइमाभन्दा बढी काममा ध्यान दिएँ,’ उनले भनिन् । विदेश बसाईंपछि नेपाल फर्किए लगत्तै सीता ओखलढुंगाका एक युवकसँग विवाह बन्धनमा बाधिइन् । श्रीमान् होटल र ट्राभलको बिजनेस समाल्थे भने सीता घरायसी काममा व्यस्त हुन्थिन् । वीरगञ्जमा श्रीमानको व्यापार व्यवसाय राम्रै भइरहेको थियो । तर जब वि.सं. २०६३/०६४ सालमा मधेस आन्दोलन चर्कियो त्यसपछि भने उनको व्यापार घट्दै गयो । यसपछि सीताको परिवार वीरगञ्जबाट काठमाडौं आयो । डाक्टरले देखेको जोखिममा जमराको जुसको चमत्कार मानिसको शरीर हो, सधै एक नाशको हुँदैन । शरीरमा केही न केही रोगका लक्षण देखिइहाल्छ । कसैलाई छिटो कसैलाई ढिलो । त्यसमा सीता पनि अछुतो रहिनन् । उनलाई रोगले च्याप्यो । ‘म गर्भवती भएपछि टिभीको समस्या देखियो, टिभीको उपचार गर्ने क्रममा फेरी थाइराइड भयो, सो क्रममा बच्चा जन्म भयो, त्यसको लगतै घाटीमा क्यान्सर भयो, अपरेसन गर्न डाक्टरले रिक्स छ भन्यो, लाखौं रुपैयाँ अपरेसनमा खर्च लाग्ने भयो मैले अपरेसन गर्न चाहिँन, सामान्य औषधिको सेवन गरेँ,’ उनले भनिन् । समाज सेवामा पनि सीता निकै अग्रसर बनिन् । वि.सं. २०७२ सालमा गएको भूकम्पमा परेका पीडितको सहयोगको लागि उनी निस्किइन् । सो अवसरमा विभिन्न देशबाट स्वास्थ्यकर्मीसहित सहयोगीहरू पनि आए । सहयोग गर्न नेपाल आएका विदेशी नागरिकले भूकम्पमा परी हातखुट्टा भाँचिएका लगायतलाई निःशुल्क उपचार गर्ने क्याम्प चलाएका थिए । सोही क्रममा सीताले स्वदेशी तथा विदेशी स्वास्थ्यकर्मीहरूसँग भेट्ने अवसर पाइन् । उक्त भेटमा उनले आफ्नो स्वास्थ्य समस्या पनि सुनाइन् । र, विदेशी स्वास्थ्यकर्मीले सीतालाई बार्ली तथा व्हिट ग्रास (जमरा) प्रयोग गर्ने सुझाव दिए । सुझाव सुनेर छक्क परिन् सीता । लाखौं रुपैयाँ खर्च गरेर त उपचार हुन नसकेको जमराको रसले के ठिक होला र ? भन्ने उनलाई लागेको थियो । तर पनि उनले सेवन गर्न थालिन् । फलस्वरुप उनलाई विस्तारै ठिक हुँदै गयो । ‘मेरो सबै रोग जमराको रसले ठिक गरायो, त्यसपछि मैले मजस्तै पीडितलाई सेयरिङ् गरेर जमराको रस पिउन आग्रह गरे, जतिलाई सेयर गरे उहाँहरुलाई पनि ठिक भयो, जमराको रस लिए पछि उहाँहरुले आफ्नो इच्छा अनुसार १/२ सय रुपैयाँ दिन थाल्नु भयो’ उनले भनिन् । त्यसपछि सीताले जमराको जुस बनाई बिरामीहरूको उपचार गर्ने सोच बनाइन् । त्यसको तालिम लिइन् । विभिन्न रोगका बिरामीहरूले यसको प्रयोग गरेपछि उनीहरूलाई ठिक हुँदै गयो । र, जमराको माग बढ्दै गयो । माग बढ्दै गएपछि यसको व्यापार गर्ने सोच सीतामा आयो । सोही अनुरुप उनले वि.सं. २०७४ सालमा सीता अर्गानिक एग्रो प्राकृतिक जौ र गहुँ ग्रास नेपाल कम्पनी दर्ता गरी व्यावसायिक यात्रा सुरु गरिन् । परिस्थितिले बनाएको डाक्टर सीताले व्यावसायिक यात्रा सुरु गरेको केही समयपछि नै कम्पनीमा बिरामीहरूको चाप बढ्न थाल्यो । जसलाई सीताले जमराको जुस बनाउँदै सेवन गर्न दिन थालिन् । उक्त रस पिएर निको भएका बिरामीहरु धेरै छन् । अहिले विभिन्न रोगका बिरामीहरू परामर्श लिनको लागि सयौं संख्यामा त्यहाँ पुगि रहेका हुन्छन् । ‘म डाक्टर हुँ, मलाई परिस्थितिले डाक्टर बनायो, म आइडिया स्टुडियोको विद्यार्थी, अस्पतालमा गएर लाखौं रुपैयाँ उपचारमा खर्च गरी उपचार हुन नसकेका बिरामीहरू हामीसँग जोडिन आइपुग्नु हुन्छ,’ उनले भनिन् । सीताले क्यान्सर तथा अन्य रोगका पीडितहरूलाई सेवा गर्न थालेको हाल करिब साढे ५ वर्ष भइसकेको छ । उक्त कम्पनीले बिरामीलाई प्राकृतिक थेरापी गर्दै आएको छ । त्यस्तै, सीताको अध्यक्षतामा क्यान्सर केयर नेपाल नामक संस्था सञ्चालनमा छ । उक्त संस्थाले आर्थिक वा सामाजिक रूपमा सहयोग गर्दै आएको छ । सो संस्थाको मातहतबाट क्यान्सरका बिरामीलाई आफ्नो कमाइको १० प्रतिशत रकम सहयोग गर्दै आएको उनी बताउँछिन् । कोभिड-१९ पछि अर्को सिनर्जी एग्रो कम्पनी दर्ता गरिन् । पछिल्लो समय बजारमा रासायनिक मलको प्रयोजन भई अर्गानिक उत्पादनको कमीलाई मध्यनजर गर्दै सो कम्पनी सञ्चालनमा ल्याएको उनको भनाइ छ । समाजसेवी सीता कृषक पनि हुन् । उनले बाख्रा, कुखुरासँगै मौरी पालन गर्छिन् । उनका अनुसार चितवनमा ३ सय घार मौरी पालन छ भने अन्य व्यवसाय काठमाडौंमा नै छ । सीताले अहिले उपचार सँगसँगै अर्गानिक खाद्य कलेक्सन गरी बिक्री र टिपिकल लोकल नेपाली प्रडक्टलाई लिए काम गर्दै आएकी छिन् । वार्षिक करोडौंको कारोबार सीताले सञ्चालनमा ल्याएको दुई वटा कम्पनीबाट वार्षिक एक करोड रुपैयाँ बराबरको कारोबार हुँदै आएको छ । अर्गानिक एग्रो प्राकृतिक जौ र गहुँ ग्रास नेपाल कम्पनी ५० रुपैयाँको लगानीबाट सुरु भएको सीता सुनाउँछिन् । ‘मैले ५० रुपैयाँको टपरी किनेर गहुँ अथवा जहुँको जमरा उमारी सेवा दिन थालेको हुँ, कोभिडपछि कृषि कम्पनी बैंकको ऋण लिएर ६८ लाखबाट सुरु गरेँ, अहिले यी दुवै कम्पनीमा डेढ करोडभन्दा बढी लगानी भइसकेको छ,’ उनले भनिन् । सीताले आफ्नो कम्पनीबाट नागरिकको जीवन मात्रै होइन रोजगार पनि बचाएकी छिन् । उनको दुई वटा कम्पनीबाट प्रत्यक्ष १५ र अप्रत्यक्ष (पार्टटाइम) २५ जना गरि करिब ४० जनाले रोजगार पाएका छन् । यति मात्रै होइन सीताको दुई वटा अर्गानिक मार्ट छन् । जहाँबाट अचार लगायत अन्य अर्गानिक खाद्य वस्तुको बिक्री हुँदै आएको छ । उक्त उत्पादनहरु बिग मार्ट तथा भाटभाटेनीमा भने पठाउने नगरेको उनी बताउँछिन् । ‘बिग मार्ट तथा भाटभाटेनीमा हामीले आफै सामान लगेर राख्नु पर्छ, राखेर बिक्री भयो भने पैसा आउन ६/७ महिना लाग्छ, यदी बिक्री भएन भने भने फिर्ता पढाई दिन्छ, उल्टै घाटा हुन्छ, त्यसैले त्यहाँ पढाउँदैनौं,’ सीताले बताइन् ।

इसेवा मनी ट्रान्सफरको ब्राण्ड हिरोमा कलाकार दयाहाङ्ग राई

काठमाडौं । डिजिटल रेमिट्यान्स् कम्पनी इसेवा मनी ट्रान्सफरले कलाकार दयाहाङ्ग राइलाई ब्राण्ड हिरोको रुपमा आवद्ध गरेको छ । यस अभियानमा महानायक राजेश हमालसँगै नायिका स्वस्तिमा खड्का पनि आवद्ध छिन् । राई इसेवा मनी ट्रान्सफरका युएईमा लगायत संसारका अन्य मुलुकमा रहेका साझेदारहरुसँग मिलेर सम्पन्न हुने विभिन्न ुमेरो डिजिटल देशु अभियानका विभिन्न किसिमका प्रचार–प्रसार मुलक कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने कम्पनीले जनाएको छ । यस अभियान अन्तर्गत संसारका कुनै पनि मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ६५ लाखभन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् । साथै, विदेशबाट आएको नगद रेमिट्यान्स इसेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिनेछ। यस अभियानको पहिलो चरणमा सहभागी भइ इसेवा मनि ट्रान्सफर मार्फत रकम पठाउँदा हरेक महिना एक जनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्नेछन् । इसेवा मनि ट्रान्सफरले इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरले सेवाग्राहीहरुलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

सनराइज बैंकको थप ३ स्थानमा शाखारहित बैंकिङ्ग सेवा विस्तार

काठमाडौं । सनराइज बैंकले बैंकिङ्ग पहुच नपुगेका थप ३ स्थानमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका वडा नं.०३ लौन्डिहवा, कैलाली जिल्लाको लम्की–चुहा नगरपालिका वडा नं.०६, गुलरा र कावासोती नगरपालिका वडा नं.१, हिमाल चोक, नवलपरासीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो । सो तीन शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०० पुगेको छ । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहक वर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ । सनराइज बैंकले हालसम्म १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

रास्वपा सभापतिमा पुन: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा पुन: रवि लामिछाने चुनिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनस् प्राप्ति गरेसँगै लामिछानेलाई आइतबार पार्टीको केन्द्रीय समिति बैठकले सभापति चयन गरेको हो । लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनस् प्राप्त नगरेको कारण सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि पार्टी सभापतिबाट हट्नु परेको थियो ।

शिक्षकलाई मासिक रुपमा नै तलब दिने तयारी गर्दैछौं – शिक्षामन्त्री खनाल

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले शिक्षकलाई मासिक रुपमा नै तलब दिने तयारी गरिरहेको बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले सो बताएका हुन् । राज्यको अन्य क्षेत्रमा काम गर्ने कर्मचारीले मासिक रुपमा पारिश्रमिक प्राप्त गर्ने तर शिक्षकले चार महिना नपाउने अवस्थाको अन्त्य गर्ने विषयम छलफल गरिरहेको उनले बताएका छन् । विद्यालय शिक्षा सिकाइको उपलब्धि कमजोर भएको भन्दै उनले अबको शिक्षा योजना परिमार्जन गरी कार्यान्वयनमा ल्याउनुपर्ने बताएका थिए । ‘एसईईमा राम्रो नतिजा ल्याउने विद्यालयलाई राम्रो मानिने प्रवृत्तिले गर्दा तल्ला कक्षालाई वास्ता नगरी एसईईलाई मात्र जोड दिँदा तल्ला कक्षाका विद्यार्थीको अवस्था नाजुक छ’, मन्त्री खनालले भने । प्राविधिक शिक्षा, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र पढ्दै कमाउँदै कार्यक्रमलाई आगामी दिनमा सञ्चालन गर्नेबारे शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग विश्लेषणात्मक प्रतिवेदन माग गरेको उनले बताएका छन् ।

स्वाद अलैंचीको, मीठास नेपालको : परम्परागत र फ्युजन नेपाली परिकारको रेसिपी बुक सार्वजनिक

काठमाडौं । वाह१ अलैंची अभियानले नेपालको विशिष्ट उत्पादन–अलैंचीको प्रयोग गरी तयार गरिने परम्परागत र फ्युजन नेपाली रेसिपीहरुसहितको पहिलो रेसिपी बुक सार्वजनिक गरेको छ। पुस्तकमा मास्टरसेफ सन्तोष शाह र प्रशिक्षार्थी तथा अन्य सेफहरुबाट विशेष रुपमा छानिएका ४० भन्दा बढी रेसिपी समावेश गरिएका छन् । यसका साथै रेसिपी बुकमा सेकुवा, चिया र खीरजस्ता सदाबहार व्यञ्जनहरुका लागि मसलाहरु तयार गर्ने विधि पनि समावेश गरिएका छन् । यस पुस्तकमा समावेश गरिएका रेसिपीहरु वाह१ अलैंची अभियानअन्तर्गत पहिलो चरणमा आयोजना गरिएको प्रशिक्षार्थीहरुबीचको खाना बनाउने प्रतियोगिताबाट संकलन गरिएको हो । सो प्रतियोगीतामा अलैंचीलाई मुख्य सामग्रीका रुपमा प्रयोग गरिएको थियो । प्रयोगितामा विराटनगर, सौराहा र काठमाण्डौका होटलहरुका प्रोफेसनल सेफ तथा कलिनरी विद्यालयका युवा प्रशिक्षार्थीहरुले उत्साहका साथ सहभागी भएका थिए । प्रत्येक रेसिपीलाई काठमाण्डौका प्रोफेसनल सेफहरुको टोलीद्वारा सावधानीपूर्वक चयन र परीक्षण गरिएको थियो । सन् २०२२ जुलाई महिनामा नेपाल अलैंची व्यवसायी महासंघले उद्योग, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश १ र स्विस सरकार विकास सहयोगको सहयोगमा होटल एसोसिएसन नेपालसँगको सहकार्यमा वाह१ अलैंची अभियान शुभारम्भ गरेको थियो। यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्तामाझ अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्नमा केन्द्रित रहेको छ। यसका साथै यो अभियानले नेपाली घरपरिवारलाई अलैंचीको फाइदा र स्वादबारे जानकारी गराउने लक्ष्य राखेको छ। हाल दोस्रो चरणमा रहेको वाह१ अलैंची अभियानले नेपाली बजार र घरघरमा अलैंचीको प्रयोग र उपभोगलाई प्रवर्द्धन गर्नेछ। यो अभियान अलैंचीलाई प्रवर्द्धन गर्न प्रमुख सरोकारवालाहरुसँगको सहकार्यमा केन्द्रित हुनेछ र साथै रेसिपी बुकको प्रवर्द्धन गर्न सञ्चार माध्यम, निजी क्षेत्र र होटल एसोसिएसनसँग पनि काम गर्नेछ।  

जिडब्लुएम गाडीको ‘बाइ ग्रेट, सेभ बीग’ अफर : आकर्षक छुट, बीमा र एक्सचेन्जको सुविधा

काठमाडौं । ग्रेट वाल मोटर (जिडब्लुएम) गाडीको नेपालका लागि आधिकारीक विक्रेता भिजी ईम्पेक्सले नेपाली बजारमा ‘बाइ ग्रेट, सेभ बीग’ अफर ल्याएको छ । यो अफर नेपालभर ४५ दिनसम्म चालु रहने छ र यो अवधिमा खरिद गरिएका जिडब्लुएमका सबै प्रकारको गाडीहरुमा मान्य हुने कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकहरु प्रति आफ्नो प्रतिवद्वतालाई निरन्तरता दिँदै ‘बाइ ग्रेट, सेभ बीग’ अफर सार्वजनिक गरेको  र अफरबाट ग्राहकहरुलाई सुपथ मूल्यमा आनन्द र आरामदायी ड्राइभ प्रदान गर्ने विश्वास कम्पनीले लिइएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको व्यापक बीमा, एक्सचेन्ज बोनस, स्पट भ्यालुएसन र निःशुल्क एक्सेसरिज लगायत ५ लाख रुपैयाँसम्मका फाइदाहरू पाइनेछ ।