स्वाद अलैंचीको, मीठास नेपालको : परम्परागत र फ्युजन नेपाली परिकारको रेसिपी बुक सार्वजनिक
काठमाडौं । वाह१ अलैंची अभियानले नेपालको विशिष्ट उत्पादन–अलैंचीको प्रयोग गरी तयार गरिने परम्परागत र फ्युजन नेपाली रेसिपीहरुसहितको पहिलो रेसिपी बुक सार्वजनिक गरेको छ। पुस्तकमा मास्टरसेफ सन्तोष शाह र प्रशिक्षार्थी तथा अन्य सेफहरुबाट विशेष रुपमा छानिएका ४० भन्दा बढी रेसिपी समावेश गरिएका छन् । यसका साथै रेसिपी बुकमा सेकुवा, चिया र खीरजस्ता सदाबहार व्यञ्जनहरुका लागि मसलाहरु तयार गर्ने विधि पनि समावेश गरिएका छन् । यस पुस्तकमा समावेश गरिएका रेसिपीहरु वाह१ अलैंची अभियानअन्तर्गत पहिलो चरणमा आयोजना गरिएको प्रशिक्षार्थीहरुबीचको खाना बनाउने प्रतियोगिताबाट संकलन गरिएको हो । सो प्रतियोगीतामा अलैंचीलाई मुख्य सामग्रीका रुपमा प्रयोग गरिएको थियो । प्रयोगितामा विराटनगर, सौराहा र काठमाण्डौका होटलहरुका प्रोफेसनल सेफ तथा कलिनरी विद्यालयका युवा प्रशिक्षार्थीहरुले उत्साहका साथ सहभागी भएका थिए । प्रत्येक रेसिपीलाई काठमाण्डौका प्रोफेसनल सेफहरुको टोलीद्वारा सावधानीपूर्वक चयन र परीक्षण गरिएको थियो । सन् २०२२ जुलाई महिनामा नेपाल अलैंची व्यवसायी महासंघले उद्योग, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश १ र स्विस सरकार विकास सहयोगको सहयोगमा होटल एसोसिएसन नेपालसँगको सहकार्यमा वाह१ अलैंची अभियान शुभारम्भ गरेको थियो। यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्तामाझ अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्नमा केन्द्रित रहेको छ। यसका साथै यो अभियानले नेपाली घरपरिवारलाई अलैंचीको फाइदा र स्वादबारे जानकारी गराउने लक्ष्य राखेको छ। हाल दोस्रो चरणमा रहेको वाह१ अलैंची अभियानले नेपाली बजार र घरघरमा अलैंचीको प्रयोग र उपभोगलाई प्रवर्द्धन गर्नेछ। यो अभियान अलैंचीलाई प्रवर्द्धन गर्न प्रमुख सरोकारवालाहरुसँगको सहकार्यमा केन्द्रित हुनेछ र साथै रेसिपी बुकको प्रवर्द्धन गर्न सञ्चार माध्यम, निजी क्षेत्र र होटल एसोसिएसनसँग पनि काम गर्नेछ।
जिडब्लुएम गाडीको ‘बाइ ग्रेट, सेभ बीग’ अफर : आकर्षक छुट, बीमा र एक्सचेन्जको सुविधा
काठमाडौं । ग्रेट वाल मोटर (जिडब्लुएम) गाडीको नेपालका लागि आधिकारीक विक्रेता भिजी ईम्पेक्सले नेपाली बजारमा ‘बाइ ग्रेट, सेभ बीग’ अफर ल्याएको छ । यो अफर नेपालभर ४५ दिनसम्म चालु रहने छ र यो अवधिमा खरिद गरिएका जिडब्लुएमका सबै प्रकारको गाडीहरुमा मान्य हुने कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकहरु प्रति आफ्नो प्रतिवद्वतालाई निरन्तरता दिँदै ‘बाइ ग्रेट, सेभ बीग’ अफर सार्वजनिक गरेको र अफरबाट ग्राहकहरुलाई सुपथ मूल्यमा आनन्द र आरामदायी ड्राइभ प्रदान गर्ने विश्वास कम्पनीले लिइएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको व्यापक बीमा, एक्सचेन्ज बोनस, स्पट भ्यालुएसन र निःशुल्क एक्सेसरिज लगायत ५ लाख रुपैयाँसम्मका फाइदाहरू पाइनेछ ।
राष्ट्रिय वाणिज्य बैंकद्धारा १७९ जना नवनियुक्त कर्मचारीलाई पूर्व सेवाकालिन तालिम
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्धारा १७९ जना नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान गरेको छ । बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट छनौट भएका नवनियुक्त बरिष्ठ सहायक प्रशासन सेवाका १७९ जना कर्मचारीहरुलाई चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ । तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक ग्राहकहरुलाई चुस्त गुणस्तरीय सेवा लिई संस्थाको उत्पादकत्व बृद्धि गर्न यो युवा जनशक्ति सक्षम हुने बताए । उनले विभिन्न प्रक्रिया पश्चात बैंकले एकपटक ठुलो संख्यामा युवा कर्मचारीहरुलाई नियुक्ति दिएको बताउँदै अनुशासित र लगनशील भई कार्य गर्ने कर्मचारी नै आफ्नो करिअरमा उत्कृठ हुने बताए । उनले अन्य सहायक स्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछी पुरानो बैंक नयाँ कर्मचारीलेयुक्त हुने बताए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु देवेन्द्ररमण खनाल र सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराउनु भएको थियो । कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त बरिष्ठ सहायक प्रशासन सेवाका १७९ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, विभागीय प्रमुख पद्यमा लक्षी जि.सी.लगायत कर्मचारीहरुकाे उपस्थिति रहेको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
बालेनमाथि महानगरवासीको आक्रोश, डोजर आतंक बन्द गर भन्दै गरे प्रदर्शन (फोटोफिचर)
काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रर्दशन गरिएको छ । मेयर साहले गैरकानुनी ढंगले महानगरपालिका भित्र डोजर आतंक फैल्याउने काम गरेको भन्दै उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, काठमाडौको आह्वानमा आईतबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रर्दशन गरिएको हो । प्रर्दशनका क्रममा उनीहरुले जनप्रतिनिधि भएर जनतालाई दुःख दिने काम नगर्न मेयर साहलाई चेतावनी समेत दिएका छन । मेयर साहले नागरिकको सम्पत्तिको अधिकारमाथि समेत हनन हुनेगरी डोजर आतंक फैल्याउने काम गरेकाले त्यसो हुन नदिनका लागि खबरदारी गर्न आफूहरु प्रर्दशनमा आउनु परेको नागरिक अगुवा सुमन सायमीले बताए । उनले जनताको प्रतिनिधि भएर मेयर साहले जनताले दुःख दिने काम गरिरहे सैह्य नहुने चेतावनी समेत दिए । प्रर्दशनकारीहरुले गैरकानुनी ढंगले संविधानले व्यवस्था गरेको भूमिको अधिकार, व्यक्तिगत सम्पत्तिको अधिकार हनन् गरेर मेयर साहले ज्यादति गरेको भन्दै आक्रोश व्यक्त गरेका छन । उनीहरुले विनासूचना, विनाप्रमाण सडक विस्तारको नाममा गैरकानुनी ढंगले सूचना समेत नदिई व्यक्तिगत सम्पत्तिमाथि डोजर चलाउने काम तत्काल बन्द गर्न पनि काठमाडौं महानगरपालिकालाई सचेत गराएका छन् त्यस अवसरमा प्रर्दशनकारीहरुले आदिवासीको भूमिको अधिकार सुनिश्चित गर, संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर, डोजर आतंक बन्द गर, महानगरको ज्यादति बन्द गरलगायतका नाराबाजी गरेका थिए । काठमाडौं महानगरपालिकाले गैरकानुनी ढंगले व्यक्तिको सम्पत्तिमाथि समेत डोजर चलाउने काम गरेपछि स्थानीयले त्यसको विरोधमा प्रर्दशन गर्दै आएका छन । अव पनि आफूहरुलाई थप पीडा दिने काम गरे सैह्य नहुने प्रर्दशनकारीहरुको चेतावनी छ ।
सिन्धुपाल्चोकमा छोरी जन्माउनेलाई नगदसहित सम्मान गरिने
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा ‘छोरी सम्मान’ कार्यक्रम सञ्चालन गरिएको छ । विसं २०७९/८० को वार्षिक स्वीकृत छोरी सम्मान कार्यक्रममार्फत छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरूप गाउँपालिकाले तीन हजारसहित सम्मान गर्ने भएको हो । विभेदीकरण अन्त्य गर्दै समुन्नत समाज निर्माणका लागि गाउँपालिकाले उक्त कार्यक्रमलाई अगाडि बढाएको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटाले जानकारी दिए । उनका अनुसार स्वास्थ्य संस्थामार्फत सुत्केरी भएका तथा छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरूप तीन हजार रुपैयाँसहित सम्मान गरिनेछ । छोरीलाई पनि छोरासरह समाजमा स्थापित हुन सहज होस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष गङ्गाबहादुर तामाङले बताए । उनले गर्भमा छोरी भएको थाहा भएपछि गर्भपतन गराउने प्रवृत्ति अझै पनि कायम रहेकाले यस अभियानले यस्तो सामाजिक विकृति अन्त्य गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरे । रासस
टिकाथलीमा भेटियो नक्कली मदिरा बनाउने कारखाना, डबल ब्ल्याक लेबलदेखि खुकुरी रमसम्म बन्ने
काठमाडाैं । ललितपुरको महालक्ष्मी नगरपालिबाट ठूलो परिणाममा विदेशी ब्राण्डको नक्कली मदिरा प्रहरीले बरामद गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा स्वदेश र विदेशी ब्राण्डका नक्कली मदिराको कारोबार बढेको सूचना पाएसँगै अनुसन्धान गर्दा प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ स्थित टिकाथलीको विभिन्न स्थानहरुमा स्वदेशी तथा विदेशी ब्राण्डका मदिराहरूको नाम दिई नक्कली मदिरा बनाउने कारखानाबाट मदिरा बरामत गरेको हो । प्रहरीले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभिन्न विदेशी ब्राण्डको नक्कली मदिरा बनाउन कारखानामा संग्लन ३ जनालाई पक्राउ समेत गरेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोज केसीले कारखानाबाट नक्कली मदिरा र मदिरा बनाउन प्रयोग गर्ने केमिकल, विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका मदिराहरूको खालि बोतल, राजश्व अन्तर शुल्कको प्रयोग गरिएका स्टिकर तथा लेवलिङ एवं प्याकेजिङ गर्ने मेसिन लगायत अन्य विभिन्न सामग्रीहरू बरामत गरेको बताए । ‘नक्कली गोल्डेन वाक ६ बोतल, ८८४८ भोड्का ४८ बोतल, मुगलान ४२० बोतल, २०२० एफल ३० बोतल, खुकुरी राम ९२ बोतल र रुस्लान भोड्का १३२ बोतल बरामद गरिएकाे छ, यस्तै, डबल ब्ल्याक, रेड लेबलसहितका विभिन्न बोतलहरु पनि बरामद गरिएकाे छ,’ उनले भने । उनले कारखाना खोल्ने र मदिरा बनाउन संग्लनलाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिए । मदिरा बनाउन संग्लन दोलखा स्थायी घर भएका निरोज उप्रेती,स्याङ्जाका धर्मी पौडेल र सिन्धुली स्थायी घर भएका गणेशबहादुर रानामगरलाई पक्राउ परेका छन् । उनीहरुलाई स्वदेशी तथा विदेशी ब्राण्डका विभिन्न गुणस्तरहीन नक्कली मदिराहरु बनाउने तथा कालोबजारी ऐन अनुसारको कारबाही र भन्सार छलीको मुद्दा हालेर कारबाही गरिने प्रहरीले जनाएकाे छ । उनीहरुलाई थप अनुसन्धान गर्ने क्रममा काठमाडौंको मित्रनगरस्थित गौडेलले सञ्चालन गरेको एसटी लिक्वियर स्टोरमा समेत खानतलासी गर्दा गुणस्तरहीन नक्कली ब्राण्डका मदिरा भेटिएको छ । नक्कली मदिरालाई स्टोरहरुमार्फत प्रचलित दरभाउ भन्दा कम मूल्यमा बेच्ने गरिएकाे छ ।
विज्ञहरु भन्छन् : निजगढ विमानस्थलको विकल्प छैन
काठमाडौं । हवाई यात्रुको बढ्दो चाप व्यवस्थापनका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको विज्ञ एवं सरोकारवालाहरुले औंल्याएका छन् । हाल काठमाडौँ, भैरहवा र पोखरामा तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि निजगढ विमानस्थलको विकल्प नभएको उनीहरुको जिकिर छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्व महानिर्देशक सञ्जीव गौतम मुलुकमा हवाई यात्रुको सङ्ख्या निरन्तर बढिरहेका सन्दर्भमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको बताउँछन् । उनले भने, ‘अहिलेको हवाई ‘ट्राफिक ग्रोथ’ हेर्ने हो भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कुनै विकल्प छैन । निजगढ छिटोभन्दा छिटो बन्नै पर्छ ।’ गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताएका थिए । उनले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको स्पष्ट पारेका थिए । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यही माघ ३ मा पदबहाली गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ‘गेम चेञ्जर’ परियोजना भएकाले निजगढमा विमानस्थल बन्नेमा विश्वास व्यक्त गरेका थिए । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तीव्ररुपमा अघि बढाइने उद्घोष पनि गरे । सरकारले बाराको निजगढमा प्रस्तावित निजगढ विमानस्थल निर्माण अघि बढाउने निर्णय गरिसकेको छ । वातावरणको विषयले निर्माणमा विलम्ब भएको उक्त आयोजना पुनः चर्चाको विषय बनेको हो । क्यानका पूर्व महानिर्देशक गौतमका अनुसार प्रत्येक वर्ष १० प्रतिशतले हवाई यात्रु बढिरहेका छन् । एक करोड यात्रु क्षमताको काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत वर्ष नै ७३ लाख यात्रु पुगेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक १० लाख यात्रु क्षमता हो । भैरहवाको सबै सुविधा भएमा लगभग वार्षिक एक करोड यात्रु व्यवस्थापन गर्न सकिन्छ । ‘यही दरमा ट्राफिक ग्रोथ हुने हो भने हामीलाई निजगढ विमानस्थल निर्माण नगरी सुखै छैन’, उनले भने । निजगढ विमानस्थल बनेको भए पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने अवस्था नआउने उनको भनाइ छ । दुई विमानस्थलमा लगानी भएको खर्चले निजगढ विमानस्थल बन्ने उनको बुझाइ छ । पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतम पनि देशभित्र पूर्ण सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलका लागि निजगढ विमानस्थल नै उत्तम विकल्प भएको बताउँछन् । ‘नेपालमा अहिलेसम्म ‘फुल फ्लेज इन्टरनेश्नल एयरपोर्ट’ छैन । ‘प्यारालल रनवे’सहितको पूर्ण क्षमताको विमानस्थलमा आफ्नै ‘एयर स्पेस’ मा उडान र अवतरण गर्नसक्ने विमानस्थल छैन, त्यसैले निजगढ विमानस्थल आवश्यकता हो’, उनले भने । उनले नेपालको आर्थिक विकासका लागि पनि यो विमानस्थल निर्माण अपरिहार्य भएको भन्दै काठमाडौँको विकल्प भैरहवा र पोखरा नभएको बताए । यही माघ १३ गते राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा निजगढ विमानस्थल निर्माणबारे विज्ञहरुसँग छलफल भएको थियो । उक्त बैठकमा विज्ञहरुले निजगढ विमानस्थल निर्विकल्प आयोजना रहेकाले तत्काल अघि बढाउनुपर्ने सुझाव दिएका थिए । मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७१ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रुपन्देहीको भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (गत जेठ २ गतेदेखि) सञ्चालनमा आएको छ । तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि व्यावसायिक उडान सुरु भइसकेको छ । निजगढ विमानस्थलको निर्माण प्रक्रिया पनि विवादरहित छैन । वातावरणको विषयलाई लिएर करिब तीन वर्षदेखि मुद्दा मामिलामा अल्झिएको उक्त आयोजनालाई सर्वोच्च अदालतको आदेशले निर्माण अघि नबढाउन भनेपछि यो विषय थप तरङ्गीत भएको थियो । सर्वोच्च अदालतको पूर्ण फैसलामा पनि विकल्प खोज्न भनिएको थियो । विमानस्थल निर्माणलाई लिएर वातावरण कि विकास भन्ने बहस चुलियो । देशको अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण आधारका रुपमा लिइएको निजगढ योजनालाई अघि बढाउने सरकारको योजना छ । पर्यटन मन्त्रालय र मातहतको नियामक क्यानले यो आयोजनालाई अघि बढाउने लक्ष्यसहित छलफल चलाइरहेको छ । सरकारले पनि राष्ट्रिय महत्वको आर्थिक विकासमा दूरगामी असर पार्ने आयोजना भएकाले निजगढ विमानस्थल अघि बढाउने निर्णय गरेको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा निजगढ विमानस्थल निर्माण गरिने उल्लेख छ । सङ्घीय संसद्को संयुक्त बैठकमा यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा बाराको निजगढमा प्रस्तावित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भनिएको छ । बजेटमा विमानस्थल निर्माणको लगानी ढाँचा निर्धारण गरी लगानी बोर्डमार्फत् आयोजनाको विकास कार्य अगाडि बढाइने भनिएको छ । निजगढ विमानस्थल निर्माणका लागि हालसम्म झण्डै रू तीन अर्ब खर्च भइसकेको छ । वन र वातावरणको विषयलाई लिएर विमानस्थल निर्माणको काम अघि बढ्न सकेको थिएन । यसैबीच संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको गत जेठ १६ गतेको बैठकले कानुनी अड्चन हटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया शीघ्र अघि बढाउन निर्देशन दिएको थियो । लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि बढाइएको निजगढ विमानस्थलको निर्माण कार्य रोक्ने निर्णय कुनै पनि दृष्टिबाट उचित नदेखिने समितिको निष्कर्ष छ । यो विमानस्थलमा प्राधिकरणले रू तीन अर्ब खर्च गरिसकेको र त्यस क्षेत्रमा आठ हजार ५० हेक्टरभन्दा बढी जग्गा विमानस्थलका नाममा आइसकेको छ । विमानस्थलको चार किल्ला तोकेर तारबारको काम भएको छ । विमानस्थललाई लक्षित गरेर निर्माणाधीन द्रुतमार्गमा हालसम्म रू दुई खर्ब खर्च भइसकेको छ । विमानस्थलको गुरुयोजना तयार भई, वातावरणीय प्रभाव मूल्याङ्कन पनि बनिसकेको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले निजगढ विमानस्थलको निर्माण प्रक्रिया अघि नबढे दीर्घकालीनरुपमा देशको समग्र अर्थतन्त्रमा घाटा हुने भन्दै निर्विकल्परुपमा निजगढ विमानस्थल आयोजनालाई अघि बढाइनुपर्ने बताए । पूर्वाधारविद् डा. सूर्यराज आचार्यले सबै हिसाबले उपयुक्त निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अवरोध गर्न नहुने भन्दै यो आयोजनालाई सरकारले यथाशक्य कानुनी अड्चन हटाएर अघि बढाउनुपर्नेमा जोड दिए । उनले हल्ला गरिएको जस्तो वातावरण विनाश नहुने भन्दै विकास र वातावरणको सन्तुलन कायम गरेर कमभन्दा कम क्षति हुनेगरी आयोजना अघि बढाउनुपर्ने खाँचो औँल्याए । हवाई नीति २०६३ का छ वटा उद्देश्यमध्ये एउटा सुविधासम्पन्न आधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने उल्लेख छ । कार्ययोजनामा पनि अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डअनुसार अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनिएको छ । विसं २०५० देखि सुरु गरिएको अभ्यास तीन दशकमा पनि प्रक्रिया अघि नबढ्नु मुलुकका लागि बिडम्वना भएको विज्ञ बताउँछन् । के छ निजगढको विशेषता ? निजगढ विमानस्थल राजधानी काठमाडौँबाट एक घण्टाको दूरीमा पर्छ । नेपालको नक्साको लगभग बीचमा पर्छ । नेपाली तथा विदेशी प्राविधिक विज्ञले उपयुक्त ठह¥याएको निजगढ विमानस्थलमा नेपाली भूमिबाटै २९ हजार फिटमाथिबाट उडान तथा अवतरण गर्न सकिन्छ । चुरे र सीमाबाट अवतरण गर्न सकिने तथा शून्य भिजिबिलिटीमा जहाज अवतरण गर्न सकिने र सबै हिसाबले उपयुक्त विमानस्थल भएको प्राधिकरणको भनाइ छ । चार हजार मिटर लामो र फराकिलो धावनमार्ग हुने निजगढ विमानस्थल निर्माणपछि वार्षिक छ करोड यात्रुको चाप थेग्ने विश्वास गरिएको छ । यो विमानस्थल निर्माणका लागि पहिलो चरणमा अनुमानित डेढ खर्ब लाग्ने जनाइएको छ । रासस
पर्यटन मन्त्रीले कर्मचारीलाइ भने : लुम्बिनीलाई मागी खाने भाँडो नबनाउनुहोस्
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन् । आइतबार लुम्बिनी विकास कोषले आयोजना गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र राज्यमन्त्रीलाई स्वागत कार्यक्रममा बोल्दै मन्त्री किराँतीले लुम्बिनी विकास कोषले देखाएको कार्यप्रगतिको रिपोर्ट सन्तोषजनक नभएको भन्दै कोषका कर्मचारीलाई क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्ने निर्देशन दिएका हुन् । उनले लुम्बिनी जस्तो पवित्र स्थलको काम इमान्दारिताका गर्न आग्रह गरे । मन्त्री किराँतीले लुम्बिनीको विकास गर्न कोषसँग बजेट, कार्यक्रम हुँदाहुँदै काम नभएको भन्दै अब भने योजना अनुसारको काम चाहिने बताए । उनले नेपालको संविधान कानून अनुसार संरचनाहरु निर्माण भएको भन्दै संरचनाहरुमा कर्मचारी भएर पनि काम किन नभएको ? भन्दै प्रश्न गरे । उनले लुम्बिनी विकासको बाँकी काम गर्न क्यालेण्डर अनुसार सात दिन, एक महिना, तीन महिना,६ महिना र एक वर्षमा के गर्ने भन्ने कार्ययोजना बनाउन निर्देशन दिए । उनले गौतम बुद्धको जन्मथलो लुम्बिनी मागि खाने भाँडो नभएर बौद्ध धर्मलम्वीहरुको नाभी तथा ढुकढुकी भएको बताए । मन्त्री किराँतीले कर्मचारीहरुलाई पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्न आग्रह गरे । उनले नेपालले गौरवका साथ विश्वमा गौतम बुद्धको नाम बेच्ने,पवित्र थलो लुम्बिनी भन्ने तर लुम्बिनीमा नै अपवित्र काम गर्न कसैलाई छुट नभएको बताए । उनले भने,‘ लुम्बिनी विकास कोषको रिपोर्टमा म सन्तोष छैन । मन्त्री भएर होइन लुम्बिनी विकास कोषको अध्यक्ष भएर बोल्दै छु । विश्व सम्पदा बौद्धधाम मात्रै नभएर गौतम बुद्धको जन्मस्थल फोहोर छ भनेर चीनमा सुनेको थिए । लुम्बिनी विकासको बाँकी काम गर्न क्यालेण्डर अनुसार कार्ययोजान चाहिन्छ । दायाँबायाँ केही छैन । सात दिन,एक महिना, तीन महिना,६ महिना र एक वर्षमा के गर्ने भन्ने क्यालेण्डर अनुसार कार्ययोजना चाहियो । लुम्बिनीलाई विकास गर्ने नाममा मागी खाने भाडो बनाउनु भएन । विश्वमा सबैभन्दा बढी बौद्धधर्मसँग सम्बन्धित धर्मालम्बीहरु रहेका छन् । गौतम बुद्ध बौद्ध धर्मलम्वीहरुको नाभी हो । लुम्बिनी विकास कोषका कर्मचारी माथि विश्वको आँखा रहेको छ । त्यसकारण कर्मचारीहरु गम्भिर हुनुहोला ।’ उनले लुम्बिनी विकास कोषको काम भएन भनेर कर्मचारी सरुवा गरेर रमिता नदेखाउने बताउनु भयो । उहाँले कर्मचारी सरुवा तथा थर्काउने पुरानो प्रवृत्ति भएको भन्दै वर्तमान सरकार कर्मचारीहरुबाट क्यालेण्डर अनुसार कामको परिणाम ल्याउने बताउनु भयो । मन्त्री किराँतीले कर्मचारीहरुले जस्केला वा झ्यालबाट छिरेर काम गर्ने कोशिस नगर्न आग्रह गरे । उनले आफू देशको हीत विपरित हुने कुनैपनि क्रियाकलापसँग सम्झौता नगर्ने दाबी गरे । उनले भने,‘ हामी कोही कर्मचारी सरुवा गरेर रमिता देखाउने छैनौं । कर्मचारी थर्काएर केही बुझ्न नपाई सरुवा गर्ने पुराना प्रवृत्ति हो । हामीलाई काम चाहियो । तर क्यालेण्डरको आधारमा रिजल्ट ल्याउन सकिएन भने अन्य धेरै तिर बल नगर्नु होला । जस्केला वा झ्यालबाट छिर्ने कोशिस नगर्नुस् । केही छैन । वडा अध्यक्ष पनि हुदिन भन्ने थियो । मन्त्री भए पद गए जान्छ तर सम्झौता देशको हीत विपरित हुने क्रियाकलापसँग हुँदैन । सरकारले नीतिमा कहाँ सहयोग गर्नु पर्ने हो । यहाँ भन्नुस् । हामी नीतिमा सहयोग गर्न तयार छौं । आफूसँग कुनै स्वार्थ छैन । म आफैँ फाइल बोकेर जानु नपरोस् ।’ कार्यक्रममा पर्यटन सचिव सुरेश अधिकारीले लुम्बिनी विकास गुरुयोजना भन्दा बाहिर संरचना निर्माण भएको स्वीकार गरे । उनले गुरुयोजना भन्दा बाहिरका संरचना बनाउनुपर्ने बाध्यता भएपनि कतिपय बनाउनु नपर्ने संरचना बनाइएको बताए । उनले लुम्बिनी विकासको गुरुयोजना निर्माणमा ढिलाई भइरहेको पनि बताए । सचिव अधिकारीले बजेटको कमी बजेट समयमा नै निकासा नहुने मात्रै नभइ कोषको काम प्राथमिकतामा भरपर्ने बताए । उनले लुम्बिनी क्षेत्रभित्रका विभन्न जग्गाहरु अन्तर्राष्ट्रिय धार्मिक संस्थाहरुलाई बाँडफाँट भएकाले समस्या भएको बताए ।