कालो धनलाई सेतो धन बनाउने बढेपछि आन्तरिक रेमिट्यान्समा रोक, कम्पनी धमाधम बन्द हुने खतरा
काठमाडौं । कालोधनलाई सेतो धन बनाउन प्रयोग भएपछि आन्तरिक रेमिट्यान्समा राष्ट्र बैंकले रोक लगाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७९ मा आन्तरिक रेमिट्यान्समा रोक लगाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकले यस्तो व्यवस्था गरेसँगै नेपालको एक स्थानबाट अर्को स्थानमा रेमिट्यान्स गर्न नपाइने भएको हो । राष्ट्र बैंकका अनुसार विदेशबाट हुन्डीमार्फत आएको रकम नेपालमा आन्तरिक रेमिट्यान्सका रूपमा प्रयोग गर्ने बढेपछि रोक लगाएको हो । अब रेमिट्यान्स कम्पनीहरूले विदेशबाट स्वदेशमा रकम भित्र्याउन मात्रै केन्द्रित हुनुपर्ने राष्ट्र बैंकले बताएको छ । ‘पछिल्लो समय विदेशबाट हुन्डीमार्फत ‘कालो धन’ नेपाल भित्रिने क्रम बढेको छ, जसलाई आन्तरिक रेमिट्यान्सका रूपमा ‘सेतो’ बनाइने गरेको थियो, यसलाई रोक्न यस्तो व्यवस्था गरिएको हो,’ राष्ट्र बैंक स्रोतले भन्यो । यसअघि प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँसम्म आन्तरिक रेमिट्यान्स गर्न पाइने व्यवस्था थियो । गत २०७८ फागुनमा आन्तरिक रेमिट्यान्सको कारोबार सीमालाई १ लाख रुपैयाँबाट घटाएर अधिकतम २५ हजार बनाएको थियो । यस्तो व्यवस्था भएसँगै नेपालका विभिन्न स्थानमा रहेका नेपालीले रेमिट्यान्स कम्पनीमार्फत एक स्थानबाट अर्को स्थानमा पैसा पठाउन पाउने छैनन् । राष्ट्र बैंकले विद्युतिय भुक्तानीलाई प्रोत्साहन गर्न खोजिरहेको छ । अब नेपालको एक ठाउँबाट अर्काे ठाउँसम्म भुक्तानी गर्न बैंक तथा वित्तीय संस्था वा विद्युतीय भुक्तानीका उपकरणहरुको प्रयोग गर्नुपर्नेछ । राष्ट्र बैंकको यस्तो नीतिले रेमिट्यान्स कम्पनी बन्द हुने खतरा बढेको छ ।
साना किसान लघुवित्तले मार्याे फड्को, नाफा ३४ प्रतिशत बढ्दा ईपीएस ५५.६१ रुपैयाँ
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तिय संस्थाको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा ३३.८६ प्रतिशत बढेर ४३ करोड ४९ लाख ५४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३२ करोड ४९ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३७.४३ प्रतिशत बढेर ८४ करोड ९८ लाख ७० हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ६१ करोड ८३ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । पुस मसान्तसम्म लघुवित्तको सञ्चालन नाफा ३४.४८ प्रतिशत बढेर ६२ करोड ३ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा ४६ करोड १५ लाख ७६ हजार रूपैयाँ सञ्चालन नाफा रहेको थियो । ६ महिनामा लघुवित्तको वितरणयोग्य नाफा २६ करोड ९६ लाख ७७ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार रुपैयाँ, जगेडा कोष १.६१ प्रतिशत घटेर १ अर्ब ४३ करोड ४० लाख ८२ हजार रुपैयाँ, निक्षेप १ अर्ब ४४ करोड १८ लाख ७३ हजार रुपैयाँ र कर्जा ३६ प्रतिशत बढेर ४ करोड ३३ लाख १३ लाख रुपैयाँ रहेको छ । यस अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ५५ रुपैयाँ ६१ पैसा पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ २४९ रुपैयाँ ४९ पैसा र मूल्य आम्दानी अनुपात २२.७१ गुणा रहेको छ । लघुवित्तको कस्ट अफ फण्ड ४.३५ प्रतिशत, आधार दर ४.९५ प्रतिशत र खराब कर्जा १.३७ प्रतिशत रहेको छ ।
एमसिएले जग्गा अधिग्रहण प्रक्रिया अघि बढायो, ३ जिल्लाका ३५ ठाउँको लिँदै
काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए) नेपालले जग्गा अधिग्रहण गर्ने कार्य सुरु गरेको छ । एमसिए परियोजना अन्तर्गत नवलपरासी बर्दाघाट सुस्ता पूर्वपश्चिम र चितवनका विभिन्न ३५ क्षेत्रको जग्गा अधिग्रहण गर्ने भएको हो । एमसिएद्वारा चितवन, नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दाघाट सुस्ता पश्चिम) का विभिन्न ठाउँमा बिद्युत् प्रसारण लाइनको टावरको जग निर्माणका लागि जग्गा प्राप्ति गर्ने बताएको छ । ‘नेपाल सरकार, मन्त्रिपरिषद्को २०७६ बैशाख २३ को निर्णय अनुसार आयोजनालाई आवश्यक पर्ने जग्गा जग्गा प्राप्ति ऐन २०३४ को दफा ६ (१) बमोजिम प्राप्ति गर्ने निर्णय भएको छ,’ कम्पनीले सूचनामा उल्लेख गरेको छ । साथै, प्रमुख जिल्ला अधिकारी चितवनसँग माघ ३ गते, वलपरासी (बर्दाघाट सुस्ता पूर्व) सँग माघ ४ गते र नवलपरासी (बर्दाघाट सुस्ता पश्चिम) सँग माघ ५ गते बसेको मुआब्जा तथा क्षतिपूर्ति निर्धारण समितिको बैठकले प्रारम्भिक कारबाही चलाई जग्गा प्राप्ति कार्य अगाडि बढाउने निर्णय भएको कम्पनीले जनाएको छ । नवलपरासी (बर्दाघाट सुस्ता पश्चिम)को नयाँ बुटवलदेखि नयाँ दमौली र नेपाल भारत सीमादेखि नयाँ बुटवलसम्म बर्दघाट २, सुनवल ११, १३, रामग्राम १, ८, ११, १२, १३, १७, र पाल्हिनन्दन १, २, ३ वडाका विभिन्न स्थानको जग्गा प्राप्ति गर्ने भएको हो । यस्तै, वलपरासी (बर्दाघाट सुस्ता पूर्व) नयाँ बुटवलदेखी दमौलीको विनयीसत्रवेणी ३ र ५ का विभिन्न ठाउँको जग्गा लिने बताएको छ । साथै, चितवनको इच्छाकामना २, ३, ५ र ६ वडा विभिन्न ठाउँको जग्गा प्राप्ति गर्ने बताएको छ ।
डिम्याट खाता खोली सेयर अभौतिकिकरण गर्न अपर तामाकोशी हाइड्रोको आग्रह
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले हितग्राहि खाता (डिम्याट) खोली सेयर अभौतिकिकरण गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । दोलखाका स्थानिय बासिन्दाहरूको लागि बाँडफाँड गरिएको सेयर भौतिक प्रमाणपत्र वितरण नगरी सेयरधनीहरूको हितग्राही खातामा जम्मा गर्ने भएकाले अभौतिकिकरण गर्न आग्रह गरेको हो । हालसम्म डिम्याट खाता उपलब्ध गराई सेयर अभौतिकिकरण गर्न बाँकी रहेको हुँदा यथाशिघ्र सेयर अभौतिकिकरण गर्न कम्पनीले आग्रह गरेको हो । डिम्याट खातामा जम्मा गरी अभौतिकिकरण गरे पश्चात् मात्र सेयर खरीद बिक्री गर्न सकिने र भविष्यमा वितरण हुन सक्ने बोनस तथा हकप्रद सेयर हितग्राही खातामा सिधै जम्मा हुने व्यवस्था रहेको कम्पनीले जनाएको छ । कम्पनीको सेयर रजिष्ट्रार, सनराइज क्यापिटलले आफ्नो कार्यकाल ३० वर्ष पूरा गरेको अवसरमा माघमा हितग्राहि खाता र मेरो सेयर निःशुल्क गरेको हुँदा बाँकी रहेका सेयरधनीहरूले खाता खोली सेयर अभौतिकिकरण गर्न आग्रह गरेको हो । सनराइज क्यापिटलको कार्यालय कमलपोखरी, सनराइज बैंकका सम्पूर्ण शाखा कार्यालयहरूका साथै अपरतामाकोशीको आयोजना स्थल, गोंगरमा सम्पर्क गरी हितग्राही खाता खोल्न सकिने कम्पनीले जनाएको छ ।
माघ २६ गतेदेखि ऋणपत्र बिक्री गर्दै स्ट्याण्डर्ड चार्टर्ड बैंक, १०.३० प्रतिशत ब्याज दिने
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले माघ २६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक १०.३० प्रतिशत ब्याजदर भएको ‘१०.३० स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल ऋणपत्र’ बिक्री गर्ने भएको हो । बैंकको उक्त ऋणपत्रको अवधि ५ वर्ष हुनेछ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका २४ लाख कित्ता ऋणपत्र बिक्री गर्नेछ । जसमध्ये ६० प्रतिशत अर्थात् १४ लाख ४० हजार किता ब्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् २ लाख ६० हजार कित्ता सर्वसाधारण लगानीकर्तालाई निष्काशन गरिनेछ । सर्वसाधारणलाई निष्काशन गरेकोबाट ५ प्रतिशत अर्था् ४८ हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरिसकेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकले ऋणपत्र निष्काशन तथा ब्रिकी प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् । आइसिआरए नेपालले इक्राएनपी आइआर त्रिपल ए रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्वहरु प्रदान गर्ने सुरक्षित बैंकको रुपमा संकेत गर्दछ ।
शुभम पावरको आईपीओ आजदेखि बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । शुभम पावरले आज माघ १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी २० करोड रुपैयाँको २० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजीको २० प्रतिशत् अर्थात ४ लाख कित्ता सर्वसाधारणलाई र आयोजना प्रभावित क्षेत्रलाई निष्काशन गरी बिक्री नभएको १ लाख ८० हजार ५८० कित्ता सेयर गरी जम्मा ५ लाख ८० हजार ५८० कित्ता सेयर खुला गरेको हो । जसमध्ये १० प्रतिशत् अर्थात ५८ हजार ५८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरिसकेको छ । यस्तै, ५ प्रतिशत अर्थात् २९ हजार ३० कित्ता सामूहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । २ प्रतिशत अर्थात् ११ हजार ६१० कित्ता कर्मचारीहरुको लागि र बाँकी ४ लाख ८१ हजार ८८२ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा माघ २२ गते र ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने
काठमाडौं । सम्पत्ति शुद्धीकरण सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने भएको छ । अर्थमन्त्रालयमा मंगलबार बसेको सम्पत्ति शुद्धीकरण सम्बन्धी राष्ट्रिय पुनरावलोकन परिषद्को बैठकले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाउने निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आइतबारसम्म विधेयकको मस्यौदालाई मन्त्रिपरिषद्मा पेश गर्ने र मन्त्रिपरिषद्ले फास्ट ट्रयाकमा संघीय संसदमा पठाउने बताए । सरकारले सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रावधानहरुको प्रभावकारी रुपमा कार्यान्वयनमा ध्यान दिने उल्लेख गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय रुपमा नेपालको छवि बिग्रन नदिने बताए । बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान, मुख्य सचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, विभिन्न मन्त्रालयहरुका सचिव लगायतको उपस्थिति थियो ।
जगदम्बा सुपर शाइन र ग्याल्भा प्लस जस्तापाताको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दो
काठमाडौं । जगदम्बा स्टिल्सको उत्पादन जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लसका जस्तापाताको अन्तराष्ट्रिय बजारमा माग बढेको छ । मंगलबार कम्पनीले एक विज्ञप्ति जारी गर्दै माग यस्ताे जानकारी दिएकाे हाे । जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लस ५५ प्रतिशत एलुमिनियम, ४३.५ प्रतिशत जिंक र १।५ प्रतिशत सिलिकन मिश्रित कोटिंगबाट बनाइन्छ । यी तत्वले जस्तापाताको सुरक्षासँगै उत्पादनको आयु र स्थायित्व बढाउने भएकाले अन्तराष्ट्रिय माग बढेको कम्पनीले जनाएको छ। रिईन्फोर्समेन्ट टीएमटी रिबारदेखि स्ट्रक्चरल र तार उत्पादनसम्म उत्पादन गर्दै आएको कम्पनीले दुई दशकभन्दा बढी समयदेखि उत्पादन गर्दै आएको छ । आफ्ना उत्पादनको उत्कृष्ट गुणस्तरमार्फत उपभोक्ताहरुलाई सन्तुष्टि प्रदान गर्नु नै प्रमुख प्राथमिकता रहेको कम्पनीले जनाएको छ। ‘हाम्रा प्रत्येक उत्पादनको गुणस्तर सुनिश्चित गर्न उच्च प्रविधि, उत्कृष्ट इन–क्लास निर्माण प्लान्टहरूमा निर्मित हुन्छन्, यस शुभ अवसरमा, हामी हाम्रा उत्पादनहरू र ब्रान्डहरूप्रति ग्राहकवर्गले दिएको अटुट माया र समर्थन प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं,’ कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ ।