एमसिएले जग्गा अधिग्रहण प्रक्रिया अघि बढायो, ३ जिल्लाका ३५ ठाउँको लिँदै

<p>काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए) नेपालले जग्गा अधिग्रहण गर्ने कार्य सुरु गरेको छ । एमसिए परियोजना अन्तर्गत नवलपरासी बर्दाघाट सुस्ता पूर्वपश्चिम र चितवनका विभिन्न ३५ क्षेत्रको जग्गा अधिग्रहण गर्ने भएको हो । एमसिएद्वारा चितवन, नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दाघाट सुस्ता पश्चिम) का विभिन्न ठाउँमा बिद्युत् प्रसारण लाइनको टावरको जग [&hellip;]</p>

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए) नेपालले जग्गा अधिग्रहण गर्ने कार्य सुरु गरेको छ । एमसिए परियोजना अन्तर्गत नवलपरासी बर्दाघाट सुस्ता पूर्वपश्चिम र चितवनका विभिन्न ३५ क्षेत्रको जग्गा अधिग्रहण गर्ने भएको हो ।

एमसिएद्वारा चितवन, नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दाघाट सुस्ता पश्चिम) का विभिन्न ठाउँमा बिद्युत् प्रसारण लाइनको टावरको जग निर्माणका लागि जग्गा प्राप्ति गर्ने बताएको छ ।

‘नेपाल सरकार, मन्त्रिपरिषद्को २०७६ बैशाख २३ को निर्णय अनुसार आयोजनालाई आवश्यक पर्ने जग्गा जग्गा प्राप्ति ऐन २०३४ को दफा ६ (१) बमोजिम प्राप्ति गर्ने निर्णय भएको छ,’ कम्पनीले सूचनामा उल्लेख गरेको छ ।

साथै, प्रमुख जिल्ला अधिकारी चितवनसँग माघ ३ गते, वलपरासी (बर्दाघाट सुस्ता पूर्व) सँग माघ ४ गते र नवलपरासी (बर्दाघाट सुस्ता पश्चिम) सँग माघ ५ गते बसेको मुआब्जा तथा क्षतिपूर्ति निर्धारण समितिको बैठकले प्रारम्भिक कारबाही चलाई जग्गा प्राप्ति कार्य अगाडि बढाउने निर्णय भएको कम्पनीले जनाएको छ ।

नवलपरासी (बर्दाघाट सुस्ता पश्चिम)को नयाँ बुटवलदेखि नयाँ दमौली र नेपाल भारत सीमादेखि नयाँ बुटवलसम्म बर्दघाट २, सुनवल ११, १३, रामग्राम १, ८, ११, १२, १३, १७, र पाल्हिनन्दन १, २, ३ वडाका विभिन्न स्थानको जग्गा प्राप्ति गर्ने भएको हो ।

यस्तै, वलपरासी (बर्दाघाट सुस्ता पूर्व) नयाँ बुटवलदेखी दमौलीको विनयीसत्रवेणी ३ र ५ का विभिन्न ठाउँको जग्गा लिने बताएको छ । साथै, चितवनको इच्छाकामना २, ३, ५ र ६ वडा विभिन्न ठाउँको जग्गा प्राप्ति गर्ने बताएको छ ।

Share News