सुमेरु सेक्युरिटिज र आईएएफएसले निःशुल्क सेयर सचेतना कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । सुमेरु सेक्युरिटिज र आईएएफएस बिच सहकार्यको सम्झौता भएको छ । सुमेरु सेक्युरिटिज र आईएएफएस बिच निःशुल्क सेयर शिक्षा तथा सेयर सचेतनाको कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको हो । उक्त सम्झौतामा सुमेरु सेक्युरिटिजका संचालक प्रेम अग्रवाल र आईएएफएसका प्रबन्ध निर्देशक सुमन गौतमले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार दुई कम्पनीले साताको शुक्रबार लगानीकर्ताहरुलाई निःशुल्क सेयर शिक्षा तथा सेयर सचेतनाको कार्यक्रम सञ्चालन गर्नेछ । सुमेरु सेक्युरिटिजका संचालक प्रेम अग्रवालले यस प्रशिक्षण कार्यक्रम लगानीकर्ताहरुको लगानी सचेतनाको वृद्धिमा मद्दत मिल्ने बताए । ‘यस्ता कार्यक्रमले बजारमा लगानी गर्दा हुने जोखिम न्यूनीकरण गर्न लगानीकर्तालाई सजक हुनेछ,’ उनले भने । आईएएफएसले आधारभुत विश्लेषण, प्राविधिक विश्लेषण, लगानी विश्लेषण तथा पोर्टफोलियो व्यवस्थापन र स्मार्ट इस्भेस्टर जस्ता पाठ्यक्रम पस्कने आईएएफएसका प्रबन्ध निर्देशक सुमन गौतमले बताए । असाइनमेन्ट आधारित शिक्षा दिने बताएको आईएएफएसले तालिम लिने विद्यार्थी र लगानीकर्ताहरुलाई कक्षाकोठा सत्र, लाइभ ट्रेडिङ्ग अभ्यासहरू, अनलाइन सपोर्ट र विशेषज्ञ परामर्श दिने जनाएको छ ।
रिलायन्स लाइफ र सन्चो हस्पिटलबीच मेडिकल इन्स्योरेन्सको लागि सम्झौता
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलहेटौडा बीच मेडिकल इन्स्योरेन्सको लागि सेवा सम्झौता भएको छ । उक्त सम्झौता पश्चात रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहक तथा बीमितहरुले हस्पिटलको प्रयोगशाला सेवा, एक्स-रे, इसिजी, इको लगायत सेवाहरूमा विशेष छुट पाउनेछन । सम्झौता कार्यक्रममा अंडरराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर सुर्य गिरी लगायत सन्चो हस्पिटलका तर्फबाट मेनेजर अशोक कायस्थको उपस्थिति रहेको थियो । रिलायन्स इन्स्योरेन्सले आफ्ना ग्राहकहरुको सुविधाका लागि विभिन्न जिल्लामा मेडिकल इन्स्योरेन्स तथा अंडरराइटिङको लागि स्थानीय स्वास्थ संस्थाहरुसंग सम्झौता गर्ने कार्यलाई निरन्तरता दिंदै गईरहेको छ ।
डोकोमै सुन्तला बेचेर मासिक दुई लाख आम्दानी गर्दै गुल्मीकी पार्वता पाण्डे
गुल्मी । गुल्मीकी पार्वता पाण्डेले डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी गरेकी छिन् । जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले सडक छेउमै बसेर यो समयमा मात्र दुई लाख आम्दानी गरेकी हुन् । मदन भण्डारी राजमार्गको तम्घास–छल्दी सडकखण्ड पश्चिम गुल्मीको मुख्य सडक हो । यही सडकखण्ड अन्तर्गतको राँयढुङ्गामा पुस पहिलो सातादेखि माघ दोस्रो सातासम्म डोकोमै सुन्तला बेचेर सोही रकम कमाएको उनको भनाइ छ । उनले विगत सात वर्षदेखि पुस र माघ महिनामा सुन्तला बेचेर प्रत्येक वर्ष दुई लाख रुपैयाँ आम्दानी गर्दै आएका छिन् । न्यूनतम प्रतिकिलो ८० देखि अधिकतम दुई सय सम्ममा पाण्डेले सुन्तला बिक्री गर्छिन् । ‘सुन्तलाको बजारीकरणमा कुनै पनि समस्या छैन’, उनले भनिन्, ‘सवारीमा आवतजावत गर्नेले रोकिएर सुन्तला किनेर जान्छिन् ।’ पाण्डे सुन्तला बिक्रीको लागि घरदेखि १५ मिनेट पैदल हिँडेर राँयढुङ्गामा आउँछिन् । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सुन्तला बिक्री गर्छिन् । स्थानीय जातको रसिलो सुन्तला भन्दै किन्ने पनि सन्तुष्ट भएर जाने गरेको पाण्डेले बताइन् । उनले सडक छेउमा आएर सुन्तला बेच्न थालेको सात वर्ष भयो । सजिलै घरेलु उत्पादनको बजारीकरण गरेर आम्दानी गरिरहेको उनीसँग अनुभव छ । पाण्डेले सामान्य प्रकारको जीविकोपार्जनका लागि विदेशकै बाटो रोज्नु गलत भएको बताउँछिन् । उनका श्रीमान् नारायण पनि सुन्तला खेती र भैँसी फार्ममा व्यस्त छिन् । उनीहरुको फार्ममा १५ वटा भैँसी छन् । जसबाट दैनिक ३५ लिटर दूध जिल्लाको सदरमुकाम तम्घास बजारमा बेच्दै आएकी छिन् । रासस
कामना सेवा विकास बैंकका सीइओसहित चार जना पक्राउ
काठमाडौं । कामना सेवा विकास बैंकको चार जना पक्राउ परेका छन् । बैंकको दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय दमकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारीलाई पक्राउ गरेको हो । ३२ करोड रुपैयाँ कर्जा अपचलन प्रकरणमा सीइओ बस्नेतसहित कर्मचारी, भ्यालुएटर र ऋणीलाई गत साता झापाको दमक प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको थियो । ऋण अपचलन भएको भन्दै नेपाल राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्र पठाएपछि झापास्थित इलाका प्रहरी कार्यालय दमकले बस्नेतसहितका विभिन्न व्यक्तिलाई पक्राउ पूर्जी जारी गरेको थियो ।
सामान्य अंकले बढ्यो नेप्से, २५ दिन यताकै कम कारोबार
काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार बढेर २११६.६५ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार सामान्य अंकले बढेको बजारमा भने २५ दित यताकै कम कारोबार भएको छ । बुधबार ५० लाख कित्ता सेयरकिनबेच हुँदा एक अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको छ । यसअघि पुस ७ गते बिहीबार २४ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ११ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यस्तै, आज नेपाल बैंकले सबैभन्दा बढी कारोबार गरेको छ । नेप्सेको अनुसार आज नेपाल बैंकले पाँच करोड ९३ लाखको कारोबार गरेको छ । नेप्सेको अनुसार आज आदर्श लघुवित्तको सेयरले सकारात्मक सर्किट हान्दा एनआइबिएल समृद्धि फण्ड २ ले सबैभन्दा बढी गुमाएको छ ।
मालपोतको सेवा प्रभावकारी र झन्झटमुक्त बनाउन कर्मचारीलाई मन्त्री राईको निर्देशन
काठमाडौंं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले मालपोत कार्यालयबाट हुने सेवा प्रवाहलाई छिटो–छरितो, प्रभावकारी र झन्झटमुक्त बनाउन कर्मचारीलाई निर्देशन दिएका छन् । सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने मुख्य भूमिका कर्मचारीहरुको हुने उल्लेख गर्दै मालपोत कार्यालयहरुका कामहरुलाई झन्झटमुक्त बनाउन उनले निर्देशन दिएका हुन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागको काम कारबाही बारेमा ‘ब्रिफिङ’ लिँदै मन्त्री राईले जनतालाई सरल, सहज र छिटो गरी सेवा उपलब्ध गराउन निर्देशन दिए । विभागका कर्मचारीसहित उपत्यकामा रहेका मालपोत कार्यालयका प्रमुखहरु उपस्थित कार्यक्रममा मन्त्री राईले मालपोत कार्यालय र कर्मचारीप्रतिको जनताको धारणा बदलिने गरी काम गर्न निर्देशन दिए । मन्त्री राईले आफू सामूहिकतामा विश्वास राख्ने उल्लेख गर्दै मन्त्रालय, विभाग र मातहतका कार्यालयको समन्वयमा सेवा प्रवाह प्रभावकारी र सरल बनाउनुपर्नेमा जोड दिए । मन्त्री राईले जग्गाको मूल्य निर्धारणमा हुने नीतिगत भ्रष्टचारले ठूलो मात्रामा राजस्व हिनामिना भइरहेको भन्दै मूल्य निर्धारणबाट हुने राजस्व हिनामिना हुन दिन नहुने बताए । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले मालपोतका कर्मचारीहरु जग्गा प्रशासन जस्तो महत्वपूर्ण भूमिकामा रहेकाले सोही अनुसार प्रभावकारी काम गर्न आग्रह गरे ।
महालक्ष्मी लाईफले प्रदेश १ मा सम्पन्न गर्यो महिला सशक्तिकरण कार्यक्रम
काठमाडौं । प्रदेश १ मा महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत प्रदेश १ को विभिन्न पाँच स्थानमा ुमहिला सशक्तिकरणमा महालक्ष्मी लाईफु कार्यक्रम सम्पन्न गरेको हो । समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई स्वरोजगार बनाई आय आर्जनको बारेमा अग्रसर गराउने उद्देश्यले माघ १३ गतेबाट संचालित कार्यक्रम चन्द्रगढी, विर्तामोड, इटहरी, धरान र विराटनगरमा सम्पन्न भएको छ । भद्रपुर नगरपालिकाकी उपमेयर राधा कार्कीको अध्यक्षतामा माघ १३ गते चन्द्रगढीमा संचालित कार्यक्रममा ८० जनाको सहभागिता रहेको थियो । उपमेयर कार्कीले महिलाहरुको आर्थिक सामाजिक विकासको लागि संचालित कार्यक्रममा भद्रपुर नगरपालिका महालक्ष्मी लाईफ संग मिलेर काम गर्न तैयार रहेको बताएकी थिइन् । अन्तरक्रिया कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई , बजार प्रमुख प्रशान्तराज धमला, चन्द्रगढी कार्यालय प्रमुख गीर्वाण भट्टराई र ९ नम्बर वडा सदस्य मंजु राउत खड्काले कार्यक्रमको महत्व र उपयोगिता बारेमा प्रकाश पारेका थिए। यस्तै, माघ १४ गते विर्तामोडमा अर्जुनधारा नगरपालिकाकी कार्यपालिका सदस्य चन्दा तामाङको अध्यक्षतामा सम्पन्न उत्प्रेरणा कार्यक्रममा १४० भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि रमेश कुमार भट्टराईले बीमा जस्तो परोपकारी काममा सहभागि भई घरको जिम्मेवारी बहनसँगै मनग्य आय आर्जन गर्न सकिने बीमा व्यवसायमा संलग्न हुन महिलाहरुलाई आग्रह गरेका थिए । कार्यक्रममा कम्पनीका बजार प्रमुख प्रशान्तराज धमला, कम्पनीका गुञ्जन थापा, गंगाराम थापा, जेसिस अध्यक्ष सुस्मा पौडेल र बोर्डिङ प्रिन्सिपल भास्कर भट्टराईले कार्यक्रमको महत्व बारेमा प्रकाश पारेका थिए । त्यसैगरी माघ १६ गते विराटनगरमा हरिनगरा गाउँपालिका उपाध्यक्ष रिमझिम कुमारी भगतको अध्यक्षतामा महिला सशक्तिकरण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । ९० जना भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा महिला अधिकार र्मी शान्ति पाख्रिन, प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, बजार प्रमुख प्रशान्तराज धमला, उपक्षेत्रिय प्रमुख हिरा निरौलाले बीमाको माध्यमले महिलाहरुलाई सक्रिय हुन र आय आर्जनको बाटोमा अग्रसर हुन आग्रह गरेका थिए । । यसका साथै, महालक्ष्मी लाईफले माघ १५ गते इटहरी र धरानमा पनि महिला सशक्तिकरण सम्बन्धी कार्यक्रम संचालन गरेको थियो । जीवन देवीको अध्यक्षतामा संचालित उत्प्रेरणा कार्यक्रममा कम्पनीका शाखा प्रमुख अर्चना तण्डुकार, क्षेत्रिय प्रमुख राम प्रसाद भुसाल र नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले महिलाहरु आर्थिक रुपमा सशक्त भएमा मात्र मनोबल बढ्ने र समाजमा नेतृत्व गर्न सक्ने हुने भएकोले बीमाको माध्यमले सक्रिय हुन र आय आर्जन गर्न आग्रह गरेका थिए ।
‘किसानहरु कृषि मन्त्रालयमा पुगेर रोइरहेका छन्, अप्रिय निर्णय लिनबाट जोगाऔं’
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै महामन्त्री थापाले बैंकहरुले किसानलाई बैंकले मर्कामा परेको भन्दै कको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गरेका हुन् । उनले पछिल्लो समय सयौंको सख्यामा साना किसानहरु कृषि मन्त्रालयमा पुगेर रोइरहेको बताए । उनले बैंकहरुबाट ऋण लिएर कुखुरा फार्म चलाएका किसानको बर्डफ्लु न्युनिकरण गर्ने नाममा सरकारले किुखुरा फार्म नष्ट गरे बापत पाउने ५८ करोड क्षेतिपूर्ति तत्काल किसान दिन पनि माग गरे । उनले किसानहरुले बैंकको ऋणको दबाबमा अप्रिय निर्णय लिए सरकार जिम्मेवार हुनुपर्ने बताए । ‘सरकारले कृषकलाई झुलाउँछ, सरकारलाई भ्याइनभ्याई छ, तर बैंकले कृषकलाई समाउँछ, मेरो सरकारलाई प्रश्न छ, बैंकको ऋणले थिचिएका किसानहरुले कुनै अप्रिय निर्णय नलिएसम्म कुर्ने हो रु अप्रिय निर्णय गरेपछि आँशु झार्दै छानबिन गर्न समिति बनाउने हो की ? ऋणले थिचिएका किसानहरुलाई जोगाउनको लागि दिने भनेर निर्णय गरेको पैसा दिने हो ?,’ उनले भने । त्यस्तै, स्वतन्त्र सांसद डा। अमरेशकुमार सिंहले पछिल्लो समय मानिसहरु आत्मदाहा गर्ने बढेको भन्दै आत्मदाह तथा आत्महत्याको छानबिन गर्न उच्चस्तरिय न्यायिक छानबिन समिति गठन गर्न माग गरे । उनले मानिसहरुले सामान्य जीवन चलायन समस्या भएको अवस्थामा न्यायिक समितिले जीवन चलायन सहज बनाउने बताए ।