काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै महामन्त्री थापाले बैंकहरुले किसानलाई बैंकले मर्कामा परेको भन्दै कको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गरेका हुन् । उनले पछिल्लो समय सयौंको सख्यामा साना किसानहरु कृषि मन्त्रालयमा पुगेर रोइरहेको बताए ।
उनले बैंकहरुबाट ऋण लिएर कुखुरा फार्म चलाएका किसानको बर्डफ्लु न्युनिकरण गर्ने नाममा सरकारले किुखुरा फार्म नष्ट गरे बापत पाउने ५८ करोड क्षेतिपूर्ति तत्काल किसान दिन पनि माग गरे । उनले किसानहरुले बैंकको ऋणको दबाबमा अप्रिय निर्णय लिए सरकार जिम्मेवार हुनुपर्ने बताए ।
‘सरकारले कृषकलाई झुलाउँछ, सरकारलाई भ्याइनभ्याई छ, तर बैंकले कृषकलाई समाउँछ, मेरो सरकारलाई प्रश्न छ, बैंकको ऋणले थिचिएका किसानहरुले कुनै अप्रिय निर्णय नलिएसम्म कुर्ने हो रु अप्रिय निर्णय गरेपछि आँशु झार्दै छानबिन गर्न समिति बनाउने हो की ? ऋणले थिचिएका किसानहरुलाई जोगाउनको लागि दिने भनेर निर्णय गरेको पैसा दिने हो ?,’ उनले भने ।
त्यस्तै, स्वतन्त्र सांसद डा। अमरेशकुमार सिंहले पछिल्लो समय मानिसहरु आत्मदाहा गर्ने बढेको भन्दै आत्मदाह तथा आत्महत्याको छानबिन गर्न उच्चस्तरिय न्यायिक छानबिन समिति गठन गर्न माग गरे ।
उनले मानिसहरुले सामान्य जीवन चलायन समस्या भएको अवस्थामा न्यायिक समितिले जीवन चलायन सहज बनाउने बताए ।