विकासन्युज

नेपाल टेलिकम २० औं वर्षमा प्रवेश : साढे ८ अर्ब नाफा, २ करोड इन्टरनेट डाटा ग्राहक

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) १९ औं बर्ष पुरा गरी २० औं बर्षमा प्रवेश गरेको छ । दूरसञ्चार क्षेत्रलाई प्रतिस्पर्धी बनाई मुलुकभर सर्वसुलभ र भरपर्दो अत्याधुनिक सेवा उपलब्ध गराईरहेको कम्पनी आजदेखि २० औं वर्षमा प्रवेश गरेको हो । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकमले वि.सं. १९७३ मा ओपन वायर म्यग्नेटो सिस्टम प्रयोग गरेर दूरसञ्चार सेवा सुरु गरेको थियो । वि.सं.१९७४ देखि सर्वसाधारणले समेत टेलिफोन प्रयोग गर्नसक्ने व्यवस्था भएको थियो भने वि.सं.१९९१ मा टेलिफोन हेड अफिस कार्यालयको स्थापना भएपछि वि.सं.१९९२ देखि मात्र दूरसञ्चार सेवा निजी प्रयोगमा उपलब्ध हुन थालेको थियो । वि.सं. २००५ मा मोहन आकाशवाणीको नामबाट आकाशवाणी सेवा शुरु भयो । यसको कार्यालयलाई आकाशवाणी हेड अफिस’को नामबाट चिनिन्थ्यो । वि.सं.२०१६ सालमा आकाशवाणी हेड अफिस र टेलिफोन हेड अफिस कार्यालयलाई एकै ठाउँमा गाभेर निर्माण यातायात र सञ्चार मन्त्रालयअन्तर्गत दूरसञ्चार विभागको स्थापना भएको थियो । यस विभागलाई वि.सं.२०२६ साल कात्तिक १ गते दूरसञ्चार समितिमा परिणत गरियो र वि.सं. २०३२ साल असार १ गते नेपाल दूरसञ्चार संस्थानमा परिणत गरिएको थियो । यसअघि नेपाल दूरसञ्चार संस्थान रहेको थियो । पछि नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा रुपान्तरण गरिएपछि आफ्ना व्यावसायिक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ । वि.सं. २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेड स्थापना भएको हो । सरकारको पूर्ण स्वामित्व रहेको संस्थानलाई वि.सं. २०६१ वैशाख १ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा रुपान्तरण गरियो । देशको सहरी क्षेत्रदेखि लिएर अति विकट ठाउँमा समेत सस्तो र भरपर्दो दूरसञ्चार सेवाहरु उपलब्ध गराउने लक्ष्य रहेको कम्पनीले जनाएको छ । कम्पनीले सन् १९१६ मा पहिलोपटक काठमाडौंमा टेलिफोन लाइनको स्थापना गरेको थियो भने सन् १९१७ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म ओपनवायर ट्रंक लाइन स्थापना गरेको थियो । कम्पनीले सन् १९५५ मा मात्रै सर्वसाधारण नेपालीलाई टेलिफोन सेवा उपलब्ध गराएको थियो । सन् १९८३ मा आएर कम्पनीले पहिलो पटक डिजिटल टेलिफोन एक्सचेन्जको स्थापना गरेको थियो । झण्र्ड २० वर्ष अर्थात् सन् १९९९ मा जीएसएम मोबाइल सेवा र सन् २००० मा इन्टरनेट सेवा शुरुवात गरेको हो । कम्पनीले मंसिर मसान्तसम्म २ करोड १३ लाख २५ हजारभन्दा बढीग्राहकलाई भ्वाइस सेवा प्रदान गरिरहेको छ । जसमध्ये जीएसएम मोबाइलका ग्राहक २ करोड १ लाख ६ हजार, सीडीएमए सेवाका ४ लाख ३७ हजार र पीएसटीएन सेवाका ग्राहक ४ लाख ५५ हजार रहेका छन् । त्यसैगरी एफटीटीएच भ्वाइस सेवाका ग्राहक २ लाख ४७ हजार ११४ रहेका छन् भने एफटीटीएच डाटाका ग्राहक २ लाख ११ हजार ५७९ रहेका छन् । यो अवधिमा फोरजी प्रयोगकर्ता १ करोड १५ लाख ५० हजार छन् । गत असोजसम्म दूरसञ्चार प्राधिकरणको एमआइएस प्रतिवेदनअनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा कुल ५२.२४ प्रतिशत रहेको छ । कम्पनीले मंसिर मसान्तसम्म कुल २ करोड ६ लाख १८ हजार ६ सयभन्दा बढी ग्राहकलाई इन्टरनेट डाटा सेवा प्रदान गरिरहेको छ । जसमध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता २ करोड १ लाख ८६ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता ७ हजार र एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता २ लाख ११ हजाररहेका छन् । यस अवधिसम्म आईपीटीभी प्रयोगकर्ता १५ हजार ४५७ छन् । गत आर्थिक वर्ष २०७८÷७९ मा कम्पनीको ४४ अर्ब ३७ अर्ब रुपैयाँ कूल राजश्व रहेको छ । जसमा ८ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएको छ । देशका सबै स्थानमा दूरसञ्चार सेवाको पहुँच पुर्याउन र डिजिटल डिभाइड न्यूनीकरण गर्न दूरसञ्चार पूर्वाधारहरु निर्माण कार्यलाई तीव्रता दिएको छ । समिक्षा अवधिमा ७७ वटै जिल्लाका ७३९ स्थानीय तहहरुमा फोरजी एलटीई सेवाको पहुँच स्थापित गरिसकेको छ । हाल थ्रीजी सेवा उपलब्ध भइरहेका १४ वटा स्थानीय तहहरुमा पनि फोरजी सेवा पुर्याउन अध्ययन भइरहेको कम्पनीले बताएको छ । फोरजी विस्तार कार्य हालसम्म ९८ प्रतिशत सम्पन्न भइसकेको छ । कम्पनीका अनुसार फाइबर नेट ६८ जिल्लामा पुगेको छ । कम्पनीले मध्य पहाडी लोकमार्ग अन्तर्गत प्रदेश १ मा कुल ५५ किमी र सुदूरपश्चिम प्रदेशमा कुल २०१  किमी अप्टिकल फाइबर नेटवर्क सञ्चालनमा ल्याएको छ । हालसम्म १ हजार १४४ किमी फाइबर नेट विस्तार कार्य सम्पन्न भइसकेको कम्पनीले बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशसा १० जीबीपीएस ब्याकबोन नेटवर्कलाई पूर्ण रुपमा विस्थापित गरी १०० जीबीपीएस ब्याकमोन नेटवर्क सञ्चालन गरिएको छ ।

मिर्मिरे लघुवित्तले कमायो साढे ५ करोड नाफा, ईपीएस १७.४१ रुपैयाँ

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ५८.८२ प्रतिशत घटेर ५ करोड ६८ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १३ करोड ८१ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी २२.७४ प्रतिशत घटेर २४ करोड ७ लाख ७२ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३१ करोड १६ लाख ४७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । लघुवित्तको सञ्चालन नाफा ५८.८२ प्रतिशत घटेर ८ करोड १२ लाख रुपैयाँ र वितरणयोग्य नाफा ४२ लाख १ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५.१५ प्रतिशत बढेर ६५ करोड ३३ लाख ८२ हजार रुपैयाँ, जगेडा कोष १६ प्रतिशत बढेर ३२ करोड ४२ लाख रुपैयाँ, सापटि रकम ५ अर्ब ३२ करोड २० लाख ५९ हजार रुपैयाँ, निक्षेप ८.१७ प्रतिशत बढेर २ अर्ब ८३ करोड ८४ लाख ६६ हजार रुपैयाँ र कर्जा १.१८ प्रतिशत घटेर ८ अर्ब ७६ करोड ७ लाख २९ हजार रुपैयाँ रहेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी १७.४१ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५.५७ रुपैयाँ रहेको छ । लघुवित्तको खराब कर्जा ३.८४ प्रतिशत र लागत ११.७२ प्रतिशत पुगेको छ ।

नेपाल लाइफको नाफामा २३७.२९ प्रतिशत फड्को, जीवन बीमा कोष डेढ खर्ब पुग्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २३७.२९ प्रतिशत बढेर ४४ करोड १ लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ४ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क सामान्य बढेर १८ अर्ब ४० करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ अर्ब ११ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा कुल बीमाशुल्क आर्जन १.२९ प्रतिशत बढेर १८ अर्ब ६२ करोड ७४ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ अर्ब ३९ करोड ५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । यस्तै, समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १६ प्रतिशत बढेर ८ अर्ब ४४ करोड २५ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ३० करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीले ७ अर्ब ८२ करोड ७६ करोड रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको थियो । पुस मसान्तसम्म कम्पनीको लगानी २०.४६ प्रतिशत बढेर १ अर्ब ५६ करोड ४५ लाख ३२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २९ करोड ८७ लाख ५७ हजार रुपैयाँ लगानी गरेको थियो । यस्तै, कम्पनीले ५१ प्रतिशत सेयर बराबरको रकम १५.२० करोड दिर्घकालीन क्षेत्रमा लगानी गरेको छ । कम्पनीको अभिकर्ता कमिशन भने घटेको छ । यस अवधिमा कम्पनीले १ अबए ५३ करोड ८० लाख ५१ हजार रुपैयाँ अभिकर्तालाई कमिशन दिएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८४ करोड ४६ लाख ८२ हजार रुपैयाँ अभिकर्तालाई कमिशन दिएको थियो । ६ महिनाको अवधिमा कम्पनीको चुक्ता पूँजी १४ प्रतिशत बढेर ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ, जगेडा कोष ७२.५८ प्रतिशत घटेर ४८ करोड ४ लाख ४९ हजार रुपैयाँ, जीवन बीमा कोष २१ प्रतिशत बढेर १ खर्ब ५० अर्ब ८५ करोड ६४ लाख ८२ हजार रुपैयाँ र महाविपत्ती कोष १६ प्रतिशत बढेर ८३ करोड ३६ लाख ४९ हजार रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १०.७३ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ११६.०१ रुपैयाँ र मूल्य अनुपात आम्दानी ६८.४४ गुणा रहेको छ ।

५० लाखभन्दा कम बजेटका आयोजना पठाउँदैनौं : मुख्यमन्त्री जमकट्टेल

काठमाडौं । बागमती प्रदेश सरकारले साना तथा टुक्रे आयोजनाको विकल्पमा ठूला र धेरै लाभ दिने परियोजनाको विकासलाई प्रमुख प्राथमिकता दिने भएको छ । टुक्रे र साना आयोजना अत्यधिक रहेका र त्यसले कुनै पनि प्रतिफल नदिएको निष्कर्ष निकाल्दै ठूला र रणनीतिक महत्वका आयोजनालाई अगाडि बढाउने तयारीका साथ प्रदेश सरकार अगाडि बढेको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले साना र टुक्रे आयोजनालाई कम गर्दै ठूला र धेरैलाई लाभ प्रदान गर्ने ठूला एवं महत्वपूर्ण परियोजना अगाडि बढाउने गरी काम अगाडि बढाइएको बताए । उनका अनुसार साना आयोजनामा गरिएको लगानी ‘बालुवामा पानी’ भनेजस्तै भएको छ । राज्यका साधन र स्रोतको खर्च भए पनि त्यसबाट अपेक्षित लाभ हासिल हुनसकेको छैन । मुख्यमन्त्री जमकट्टेलले प्रदेश सरकारले देखिने गरी काम गर्ने तयारी गरेको र सङ्घीयताको अनुभूति दिलाएरै छाड्ने दृढता व्यक्त गरे । सङ्घीय राजधानी काठमाडौँबाहेकका १० जिल्लामा नै ठूला आयोजनालाई केन्द्रित गर्न खोजिएको उनको भनाइ छ । उनले हरेक वर्ष विकास निर्माण खर्च बढ्न नसकेको अवस्थामा नयाँ सोच अगाडि सारिएको जानकारी दिए । ‘बागमती प्रदेश सरकारको नेतृत्व सम्हालेपछि नै विकास खर्च बढाउने सोचका साथ काम सुरु गरेको छु, हालको विकासको मोडलबाट समृद्धिमा पुग्न सकिँदैन, सरकारको खर्च टुक्रे आयोजनामा गएको तथा विकास खर्च भएको तथ्य छ, १० देखि ५० लाख रुपैयाँसम्मका आयोजनामा हुने खर्चले कुनै प्रतिफल हासिल हुन सकेको छैन,’ मुख्यमन्त्री जमकट्टेल भने । ठूला आयोजनामा जानै नचाहने सोच जबर्जस्तीरूपमा स्थापित छ । ठूला आयोजनामा धेरै जोखिम र झमेला रहेको बताउँदै उनले त्यसमा प्रवेश गर्न नै नचाहेको बताए । सङ्घीय सरकारले पनि २ लाखदेखि ५ लाख रुपैयाँसम्मका आयोजना सर्शत अनुदानका रूपमा पठाइरहेको उनले बताए । मुख्यमन्त्री जमकट्टेलले आगामी आर्थिक वर्षदेखि साना आयोजनामा बजेट नै विनियोजन नगर्ने बताए । ५० लाख रुपैयाँभन्दा कम बजेटका आयोजना नपठाउने सोच रहेको मुख्यमन्त्री जमकट्टेलको भनाई छ । ‘हामी त्यसको प्रयास गर्छौँ, ५० लाखभन्दा कम बजेटका आयोजना नपठाउने सोच बनाएका छौँ,’ उनले भने । मानव विकासको सूचकाङ्कमा पछाडि परेको प्रदेशभित्रैको धादिङकोे रुवि भ्यालीको विकासका लागि एकीकृत विकास कार्यक्रम अगाडि बढाइने उनको भनाइ छ । मन्त्रालयका सङ्ख्या घटायौँ  आफू मुख्यमन्त्रीमा निर्वाचित भइसकेपछि प्रदेशको मनत्रालयको सङ्ख्या घटाइएको उनले जानकारी दिए । राज्यमन्त्री नराख्ने र मन्त्रालयको सङ्ख्या घटाएर ११ बनाइएको जमकट्टेलले जानकारी दिए । उनका अनुसार खर्च कटौतीका लागि कार्यदल नै बनाएर काम भएको छ । हेटाँैडा प्रदेश राजधानी जोड्ने फाखेल–फर्पिङ सडक निर्माणमा जोड दिइएको छ । १३ वटै जिल्लामा प्रदेश सरकारको सेवा कार्यालय स्थापना र प्रदेशका भौतिक संरचना निर्माणमा लाग्ने सोच अगाडि सारिएको छ । यस्तै, प्रदेश विश्वविद्यालय स्थापनाका लागि ऐन बनेको भए पनि नियमावली नबन्दा अगाडि बढ्न सकेको थिएन । उनले छिट्टै निमायवली बनाएर प्रदेश विश्वविद्यालय स्थापना गरिने बताए । अनुदानको मोडल बदल्दै प्रदेश सरकार  मुख्यमन्त्री जमकट्टेलका अनुसार हालको अनुदान प्रणालीले व्यक्ति मोटाउने र समाजलाई केही पनि नदिएको भन्दै त्यसलाई परिवर्तन गरिनेछ । पहुँचका आधारमा व्यक्तिगत लाभ हुने गरी विभिन्न ठाउँ र निकायमा गइरहेको अनुदान रोकेर गरिब समुदायलाई माथि उठाउने गरी सामूहिकतामा आधारित अनुदान बनाउने सोच अगाडि सारिएको उनको भनाइ छ । ‘हामीले ठूलो रकम अनुदानमा लगेको देख्याँै, त्यसबाट कुनै लाभ प्राप्त भएको छैन, त्यसलाई अब पूर्णरूपमा बदल्ने सोच अगाडि सारिएको छ, व्यक्तिमा दिने अनुदान कटौती गरेर समुदायमा जानुपर्छ, त्यसबाट उत्पादन बढ्नुपर्छ,’ उनले भने । १५ प्रतिशत साधारण खर्च घटाउने लक्ष्य  मुख्यमन्त्री जमकट्टेलले देशको आर्थिक अवस्थालाई ख्याल गरेर प्रदेश सरकारले १५ प्रतिशत बराबरको साधारण खर्च घटाउने लक्ष्य राखेको बताए । संविधानले दिएको दायराभित्र बसेर आम्दानी र खर्चको सीमालाई बढाउने सोचका साथ काम सुरु गरिएको उनले बताए । उनका अनुसार खर्चलाई बढीभन्दा बढी पारदर्शी र मितव्ययी बनाउने, आवश्यताका क्षेत्रमा खर्च गर्ने लक्ष्य राखिएको छ ।

शुभम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । शुभम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ १८ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज माघ २२ गते अन्तिम दिन हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी २० करोड रुपैयाँको २० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजीको २० प्रतिशत् अर्थात ४ लाख कित्ता सर्वसाधारणलाई र आयोजना प्रभावित क्षेत्रलाई निष्काशन गरी बिक्री नभएको १ लाख ८० हजार ५८० कित्ता सेयर गरी जम्मा ५ लाख ८० हजार ५८० कित्ता सेयर खुला गरेको हो । जसमध्ये १० प्रतिशत् अर्थात ५८ हजार ५८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरिसकेको छ । यस्तै, ५ प्रतिशत अर्थात् २९ हजार ३० कित्ता सामूहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । २ प्रतिशत अर्थात् ११ हजार ६१० कित्ता कर्मचारीहरुको लागि र बाँकी ४ लाख ८१ हजार ८८२ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

बिपिडब्लु लघुवित्तको आईपीओ बिक्री खुला, कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आईपीओ आज माघ २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि आईपीओ निष्काशन गरेको हो । लघुवित्तले लघुवित्तले जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत अर्थात् ९७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९७ हजार कित्ता निष्काशन गर्ने भएको हो । जसमध्ये ९ हजार ७ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

उच्च ब्याजदर र बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टिँदैछन् : मुख्यमन्त्री कार्की

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टने अवस्थामा पुगेको बताएका छन् । उर्लाबारी उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालित प्रादेशिक औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा बोल्दै उनले व्यवसायी ब्याजकै कारण भौँतारिनुपरेको बताए । पछिल्लो समय बैंकमा सञ्चिती बढ्दै गएको उल्लेख गर्दै मन्त्री कार्कीले राष्ट्र बैंकले राम्रो मौद्रिक नीति ल्याउनु पर्ने बताए । ‘पछिल्लो समय बैंकमा सञ्चिती बढ्दै गएको छ, अब बैंकले राम्रा नीति बनाउनुपर्छ, राष्ट्र बैंकले राम्रो मौद्रिक नीति ल्याउनुपर्छ, हाम्रो मुलुक आर्थिकरूपले विपन्न छ, व्यापारीले चर्को ब्याज तिर्नुपर्ने अवस्था आएको छ, व्यवसायीहरु ब्याजकै कारण भौँतारिनुपर्ने अवस्थाको सिर्जना भएको छ, बैंकिङ नीतिमा सुधार गरियोस्,’ उनले भने । माघ २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपाललगायत भारत, पाकिस्तान र बङ्गलादेशका गरी १७० स्टल राखिएको महोत्सव आयोजक समितिका संयोजक चन्द्रबहादुर भट्टराईले जानकारी दिए । उक्त क्षेत्रको व्यापार, व्यवसायलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको भट्टराईको तर्क छ । ९ दिनसम्म सञ्चालन हुने महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने र २५ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको उर्लाबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष शेरबहादुर भण्डारीले बताए । उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध कायम गर्ने हेतुले आयोजना गर्न लागिएको महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका अतिरिक्त विदेशका वस्तु र पहाडी जिल्लाका खनिजजन्य, स्थानीय कृषिजन्य र अन्य उत्पादनका स्टल राखिएको महोत्सवका सहसंयोजक प्रितम खड्गीले बताए ।

गुल्मीमा भारतीय नागरिकको हत्या

गुल्मी । गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ । सत्यवती गाउँपालिका–१ का छबीलाल र उनकी श्रीमति विष्णु अधिकारीले भारतीय नागरिक शेख आलिनामको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । उनले बयानका क्रममा दम्पतीले आरोप स्वीकार गरेको दाबी गरे । बयानका क्रममा अभियुक्तहरुले गत माघ १२ मा मादक पदार्थ सेवन गरेका भारतीय नागरिक आलिनामले छबिलालकि श्रीमति विष्णु अधिकारीलाई जिस्काएको र त्यसैको रिसमा दम्पती मिलेर हथौडा प्रहार गरी हत्या गरेको बताएको प्रहरीको भनाइ छ । दम्पतीले हत्या गरी शव नदीमा फालेको र शव माघ १९ मा फेला परेपछि अनुसन्धान सुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमाण्डमा खटिएको सात जनाको टोलीले घटनाको अनुसन्धान गरेको थियो । शव हेर्दा टाउको तथा निधारको भागमा गहिरो चोट लागेकाले शंकास्पद देखिएपछि घटनाको विस्तृत अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा शंकास्पद देखिएका छविलाल र बिष्णुलाई बयान लिने क्रममा उनीहरुले हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ ।