डिप्रोक्स लघुवित्तले १:१ स्वाप रेसियोमा आदर्शलाई गाभ्ने, तोक्यो साधारणसभा र बुक क्लोज
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २१ औं वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितीको फागुन ८ गते बसेको बैठकले फागुन ३० गते होटल सेभेन स्टार सौराह चितवनमा बिहान ११ बजे बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ११.५२६३२ प्रतिशत नगद लाभांश गरी कूल २१.५२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । यस्तै, हाल कायम रहेको जारी पुँजी र चुक्ता पुँजी १ अर्ब ३८ करोड ७४ लाख ९८ हजार रुपैयाँ रहेकोमा बोनस सेयर वितरणपश्चात् १ अर्ब ५२ करोड ६२ लाख ४८ हजार रुपैयाँ पुर्याउन प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने भएकाले मर्जर तथा प्राप्ति सम्बन्धी सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । आदर्श लघुवित्त र डिप्रोक्स लघुवित्त १ः१ स्वाप रेसियो अनुपातमा मर्ज हुनेछन् । मर्जरपश्चात् डिप्रोक्स लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन १९ बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा हभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
२१ प्रतिशत लाभांश र मर्जर प्रस्ताव पारित गर्न आदर्श लघुवित्तले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितीको फागुन ८ गते बसेको बैठकले फागुन ३० गते गौतम रिसोर्ट बनेपा काभ्रेमा बिहान ११ बजे बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । यस्तै, सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूह (समूह “ख“) बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक पदको निर्वाचन गर्नेछ । यस्तै, हाल कायम रहेको जारी पुँजी र चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँ रहेकोमा बोनस सेयरपश्चात् २ करोड ४८ लाख ४० हजार रुपैयाँ पुर्याउन प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, आदर्श लघुवित्तलाई डिप्रोक्स लघुवित्तले प्राप्ति गर्ने भएकाले मर्जर तथा प्राप्ति सम्बन्धी सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । आदर्श लघुवित्त र डिप्रोक्स लघुवित्त १ः१ स्वाप रेसियो अनुपातमा मर्ज हुनेछन् । मर्जरपश्चात् डिप्रोक्स लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन १६ बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा हभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित
काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छि विकास मन्त्रालयको गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो । स्रोत सुनिश्चित मध्ये २ अर्ब ४० करोड रुपैयाँ कृषि तथा पशुपन्छि विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने २ अर्ब ५० करोड रुपैयाँ आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिनेछ । २ अर्ब ६० करोड रुपैयाँ दायित्व सिर्जना भएपछि निकासा गरिनेछ । रासायनिक मल खरिद गर्न चालु आर्थिक वर्षका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । रासायनिक मल खरिदका लागि अर्थ मन्त्रालयले थप १६ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो । कृषि तथा पशुपन्छि विकास मन्त्रालयको माग अनुसार पुन: थप स्रोतको व्यवस्था गरिएको हो । रासायनिक मल खरिद र आपूर्ति व्यवस्था सहज गर्ने सम्बन्धी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाँच दिनअघि कृषि तथा पशुपन्छि विकास मन्त्री ज्वालाकुमारी साह, कृषि विकास सचिव गोविन्दप्रसाद शर्मा लगायतसँग छलफल गरेका थिए । सो अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले रासायनिक मल खरिदका लागि स्रोतको समस्या नहुने बताउनुहुँदै अबिलम्ब आवश्यक प्रकृया सुरु गर्न आग्रह गरेका थिए ।
दावी भुक्तानीमा एग्रेसिभ बन्दै नेको इन्स्योरेन्स, बीमितलाई दियो ७२ करोड ७१ लाख रुपैयाँ
काठमाडौं । नेको इन्स्योरेन्सले बीमितहरुलाई गत माघसम्ममा ७२ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरेको छ । इन्स्यारेन्सले गत आव र चालु आवको माघ महिनासम्ममा परेको दावीमध्ये ७ हजार १३६ वटा दाबीको सो मात्राको भुक्तानी गरेको हो । इन्स्योरेन्सका अनुसार आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्मको दावी भुक्तानी गर्न बाँकी रहेको दाबीमध्ये जम्मा ३ हजार ६७२ वटा दावीको ५२ करोड ९१ लाख भुक्तानी गरी सकेको छ । त्यस्तै, चालु आर्थिक वर्ष २०७९/८० को माघसम्म आइपुग्दा चालु आवमा परेका दावीमध्ये ३ हजार ४६४ वटा दावीको १९ करोड ८० लाख रुपैयाँ भुक्तानी गरी सकेको इन्स्योरेन्सले जानकारी गराएको छ । त्यस्तै, कम्पनीले कागजात पुरा भएका दावीहरुको यथाशीघ्र दावी भुक्तानी नीति लिएको कम्पनीले दावीकर्ता बीमितहरुलाई बाँकी कागजात बुझाई यथाशीघ्र दावी भुक्तानी लिन समेत अनुरोध गरेको छ । विगत २७ वर्षदेखि नेपाली बीमा बजारमा सेवा पुर्याउँदै आएको नेको इन्स्योरेन्सले छिटो छरितो दावी भुक्तानी गर्दै आएको छ । र, बीमा दावी समयमा तिर्नुपर्छ भन्नेमा कम्पनी सचेत छ । जसको फलस्वरुप विगत केही वर्षहरुदेखि निरन्तर आफ्नो व्यवसायको आकार बढाउँदै आएको कम्पनीको दावी छ ।
पोखरा विश्वविद्यालयको १८औं दीक्षान्त समारोहमा ७ हजार विद्यार्थी दिक्षित
लेखनाथ । पोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोहमा छ हजार नौ सय ९९ विद्यार्थी दीक्षित भएका छन् । पोखराको ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबार आयोजित दीक्षान्त समारोहमा उक्त सङ्ख्यामा विद्यार्थी दीक्षित भएका हुन् । विसं २०७९ माघ २० गतेसम्म ट्रान्सक्रिप्ट लिएका विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण विद्यार्थीलाई उक्त विश्वविद्यालयका कूलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दीक्षित गरेका हुन् । पोखरा विश्वविद्यालयले यस वर्ष व्यवस्थापन सङ्कायबाट विद्यावारिधि गर्ने एक विद्यार्थीलाई कुलपति पदक, स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने ११ विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने एक विद्यार्थीलाई उपकुलपति पदकबाट विभूषित गरिएको थियो । उक्त अवसरमा विभिन्न विधाका पाँच सय ७२ विद्यार्थीलाई डीन लिष्टको उपाधिबाट सम्मानित गरिएको थियो । व्यवस्थापन सङ्कायअन्तर्गत आङ्गिक महाविद्यालयबाट स्नातकोत्तर तहमा एमबिए प्रोग्राममा सर्वोकृष्ट नतिजा हासिल गर्ने एक विद्यार्थीलाई लक्ष्मी स्वर्ण विद्या पदक, २०७९ बाट सम्मान गरिएको छ । विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गत स्नातक तहमा बिसिए प्रोग्राममा सर्वोकृष्ट नतिजा हासिल गर्ने एक विद्यार्थीलाई असिम गोल्ड मेडल, २०७९ बाट सम्मान गरिएको छ । पोखरा विश्वविद्यालयका ६६ महाविद्यालयमा विभिन्न प्राविधिक एवं साधारण विषयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहका पठनपाठनका साथै विश्वविद्यालयमा ६४ कार्यक्रम सञ्चालनमा रहेको विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले जानकारी दिनुभयो । यी कार्यक्रममा शैक्षिक सत्र २०७९ मा ३७ हजार छ सय ४५ विद्यार्थी अध्ययनरत छन् । पोखरा विश्वविद्यालयमा हाल व्यवस्थापन, विज्ञान तथा प्रविधि, स्वास्थ्य विज्ञान र मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । पोखरा विश्वविद्यालयका देशैभरि चार आङ्गिक, चार संयुक्त आङ्गिक र ५८ सम्बन्धनप्राप्त महाविद्यालय सञ्चालनमा रहेको जानकारी सो अवसरमा दिइएको थियो । आङ्गिक महाविद्यालयमा स्नातक तहमा १७, स्नातकोत्तर तहमा १७, एमफिल तहमा एक र विद्यावारिधि तहमा तीनसहित ३८ कार्यक्रम सञ्चालनमा रहेको जानकारी पनि उक्त अवसरमा दिइएको थियो । पोखरा विश्वविद्यालयले एक वर्षयता शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक एवं शैक्षिक रूपान्तरणका लागि आवश्यक जनशक्ति पोखरा विश्वविद्यालयले उत्पादन गर्ने विश्वास व्यक्त गरे । साथै उनले राष्ट्रिय शिक्षा नीति, २०७६ को उद्देश्यअनुरूप ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माणका लागि उच्च शिक्षाको पहुँच र गुणस्तर अभिवृद्धि गरी विभिन्न क्षेत्रमा सक्षम नेतृत्व प्रदान गर्न योग्य, दक्ष, वैज्ञानिक, नवप्रवर्तनात्मक, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी र अनुसन्धानमुखी मानव संशाधन विकास गर्ने दिशामा विश्वविद्यालय अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । प्रधानमन्त्री दाहालले नेपालको संविधानले व्यवस्था गरेबमोजिम निःशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न सङ्घीय शिक्षा ऐनको अन्तिम तयारी भइरहेको जानकारी पनि दिए । भारतको नोएडा अन्तर्राष्ट्रिय विश्वविद्यालय (एनआइयू) का उपकुलपति प्रा डा उमा भारद्वाजले गुणस्तरीय शिक्षाबाट विश्व बजारमा प्रतिस्पर्धी उच्चस्तरीय जनशक्ति उत्पादन गरी देशको विकासमा लाग्नुपर्नेमा जोड दिए । उच्तस्तरीय जनशक्ति उत्पादन गर्नका लागि अध्ययन, अध्यापन, अनुसन्धान तथा अन्य पक्षलाई अगाडि बढाउँदै लानुपर्नेमा उनको जोड थियो । विश्वविद्यालयका उपकुलपति प्रा डा अर्यालले विश्वविद्यालयले विद्यार्थी अध्ययनका लागि विदेश जानबाट रोक्न आकर्षक छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिए ।
सिन्धुली पुग्याे ट्रियो इलेक्ट्रिक अटो
हेटौंडा । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो सिन्धुलीमा सार्वजनिक भएको छ । सिन्धुलीका नगर प्रमुख मेयर उपेन्द्र कुमार पोखरेल, उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठका साथै अग्नि अग्नि ग्रुपका प्रतिनिधिहरुको उपस्थितीमा सार्वजनिक गरेका थिए । सोही अवसरमा ५ जना ग्राहकलाई महिन्द्रा ट्रियो इलेक्ट्रिक अटो पनि वितरण गरिएको थियो । ८ लाख ४० हजार मूल्य तोकिएको यस अटोले पेट्रोल अटोको तुलनामा दुई लाख रुपयाँ बचाउने कम्पनीले दावी गरेको छ । अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालि रहेकाे छ ।
अन्तर सेवाप्रदायक फुटसल प्रतियोगिताको उपाधि वर्ल्डलिंकलाई, पायो १ लाख नगद पुरस्कार
काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणको रजतजयन्तीको अवसरमा आयोजित अन्तर सेवाप्रदायक फुटसल प्रतियोगिता २०७९ को उपाधी वर्ल्डलिंक कम्युनिकेसनले जितेको छ । गत २९ माघदेखि फागुन ५ गतेसम्म राजधानीमा सञ्चलित अन्तर सेवाप्रदायक फुटसल प्रतियोगिताको फाइनल खेलमा वल्र्ड लिंक कम्युनिकेसनले एनसेलको टिमलाई ३–२ को गोलअन्तरले हराउँदै विजयी भएको हो । विजेता टिम वर्ल्डलिंकले एक लाख राशीको पुरस्कार जितेको छ । उपविजेता एनसेनले ६० हजार रुपैयाँ पुरस्कार पाएको छ । प्रतियोगिताको तेस्रो उपाधीको लागि भएको खेलमा भने डिस मिडियाले मर्कन्टाइल कम्युनिकेसनलाई २३–४ गोलअन्तरले पराजित गरेको छ । तेस्रो हुने डिस मिडिया नेटवर्कले ४० हजार नगद पुरस्कार पाएको छ । सो अन्तर सेवाप्रदायक फुटसल प्रतियोगितामा १० वटा इन्टरनेट सेवाप्रदायक कम्पनीले प्रतिस्पर्धा गरेका थिए । सो प्रतियोगितामा वर्ल्डलिंक कम्युनिकेशन प्राली, नेपाल टेलिकम, डिस मिडिया नेटवर्क, स्मार्ट टेलिकम, सुबिसु केबलनेट लिमिटेड, सिजी कम्युनिकेशन लिमिटेड,मर्कन्टाइल कम्युनिकेसन प्राली,एनसेल आजिटा लिमिटेड र ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेसन सहभागिता जनाएका थिए ।
सिटिजन्स बैंकका ग्राहकलाई ओपिअम रेस्टुरेन्ट एण्ड बारमा विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र दरबारमार्गस्थित ओपिअम रेस्टुरेन्टबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले ओपिअम रेस्टुरेन्टमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख २६ हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।