सिटिजन्स बैंकका ग्राहकलाई दरबारमार्गको ओरिएन्ट क्याफेमा छुट
काठमाडौं । सटिजन्स बैंक र ओरिएन्ट क्याफेबीच समझदारी भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल र दरबारमार्ग स्थित ओरिएन्ट क्याफेबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले ओरिएन्ट क्याफेमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
लघुवित्तमाथिको प्रहारले लगानीकर्ताको मन दुख्यो, ४९ संस्थाको सेयर मूल्य घट्यो
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.५७ अंकले बढेको छ । नेप्सेमा रहेका उपसमूह मध्ये अधिकांश बढेका छन् । तर, बुधबार माइक्रोफाइनान्स समूहमा भने ६०.२५ अंक अर्थात् १.३८ प्रतिशत घटेर ४ हजार ३१९.०४ अंकमा बन्द भएको छ । बुधबार नेप्सेमा सूचीकृत ४९ कम्पनीको सेयर मूल्य घटेको छ । जसमध्ये ४६ वटा लघुवित्त वित्तीय संस्थाहरु रहेका छन् । बुधबार लघुवित्त संस्थाहरुको २ लाख १ हजार ४६० कित्ता सेयर ५ हजार ४७९ पटक खरिदबिक्री हुँदा २६ करोड १७ लाख ३१ हजार ८०८ रुपैयाँ बराबरको कारोबार भएको छ । पछिल्लो एक साताको अवधिमा हेर्ने हो भने लघुवित्त समूह डेढ सय अंकले गिरावट आएको छ । गत बुधबार अर्थात् फागुन ३ गते ४ हजार ५४०.७१ सय अंकमा कारोबार भएको थियो । तर, एक साताको अवधिमा १४९.४२ अंकले घटेर ४ हजार ३७९.२९ अंकमा झरेको छ । यो सूचक अझै घट्न सक्ने आँकलन सेयर जानकारहरु बताउँछन् । पछिल्लो समय लघुवित्त वित्तीय संस्था विरुद्ध देशभरि गतिविधि भइरहँदा लगानीकर्तामा नकारात्मक असर परेको जानकारहरु बताउँछन् । लघुवित्त संस्थालाई नियामक निकायको कडाइ र देशभरिका आन्दोलन गर्दा नकारात्मक प्रभाव पारेको लगानीकर्ताहरुले बताएका छन् । एक लगानीकर्ता दुर्गा प्रसाईंले लघुवित्त विरुद्ध गरेको आन्दोलनका कारण लघुवित्तको सेयरमा प्रभाव परेको बताउँछिन् । साथै, सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा समेत लघुवित्त विरुद्धका क्रियाकलाप बढेकाले लघुवित्तका लगानीकर्ताको मनोबल कमजोर बनेको उनले बताइन् । ‘पछिल्लो समय दुर्गा प्रसाईंले लघुवित्तबाट कर्जा लिएका ऋणीले तिर्नु पर्दैन भनेपछि लगानीकर्ताको मनोबल कमजोर बनेको छ, लघुवित्तमा राजनीतिकरण भयो,’ उनले भनिन्, ‘लघुवित्तको दोस्रो त्रैमासको वित्तीय रिपोर्ट नकारात्मक आएको छ, बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेका कारण लघुवित्त व्यवसाय विस्तार गर्न सकेनन् ।’ साथै नेपाल राष्ट्र बैंकले कडाइ गर्दा लघुवित्तको व्यवसाय खुम्चिने र राम्रो प्रतिफल नपाइने भएकाले पनि लगानीकर्तामा असर परेको उनले बताइन् । लगानीकर्ता छोटेलाल रौनियारका अनुसार राष्ट्र बैंकले कडाइ गरेको हुँदा त्यसको प्रभाव लघुवित्तको सेयर मूल्यमा परेको हो । लघुवित्तलाई हिट गर्न खबरहरु सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएकाले पनि सेयर घटेको उनले बताए । ‘राष्ट्र बैंकले एक जना ग्राहक २ वटा भन्दा बढी संस्थामा आवद्ध हुन नपाउने व्यवस्था गरेको छ, २ वटा बढी संस्थाबाट कर्जा लिन नपाउने व्यवस्थाले लघुवित्त संस्था जोगिन्छन् तर, संस्थाको विजनेश ग्रोथ ब्रेक लाग्छ,’ उनले भने । एक लघुवित्तबाट लिएको कर्जा चुक्ता गर्न अर्काे लघुवित्तबाट ऋण लिनुपर्ने स्थितीलाई निरुत्साहित गर्न नीति ल्याएकाले लघुवित्तको सेयर मूल्यमा हिट गरेको उनको भनाइ छ । उनका अनुसार लघुवित्तले बिना धितो कर्जा चलाउन दिएपनि गलत रुपमा प्रयोग भएको छ । लघुवित्तका विरुद्ध गलत प्रचार भएका छन् । लघुवित्तमा नकारात्मक सेन्टिमेन्ट आएको उनले बताए । ‘लघुवित्तको सेन्टिमेन्ट नेगेटिभ बनाएकै हो, राजनीतिक रुपमा प्रभाव पार्ने गतिविधि भइरहेका छन्, जसले गर्दा लगानीकर्ता आत्तिएका छन्, लघुवित्तमा हिट भयो भने यसले समग्र अर्थतन्त्रमा नै हिट गर्छ,’ उनले भने ।
वैज्ञानिक सम्मेलनमा टेक्सास कलेजका विद्यार्थीले पाए स्वर्ण पदक
काठमाडौं । सातौं युवा वैज्ञानिक शिखर सम्मेलनमा काठमाडौंस्थित टेक्सास इन्टरनेशनल कलेजको विद्यार्थी समूहले स्वर्ण पदक प्राप्त गरेको छ । नेपाल पोलिमर इन्स्टिच्युटद्वारा आयोजित सो सम्मेलनमा टेक्सासका विद्यार्थीहरुले कम्प्युटर विज्ञान समूहअन्तर्गत स्वर्ण पदक प्राप्त गरेका हुन् । कलेजका अनुसन्धानकर्ता विद्यार्थी बिरुण राणा, अनुज भट्टराई र राजेश श्रेष्ठले ‘होम अटोमेसन सिस्टम युजिङ नोडएमसियु इएसपी८२६६ माइक्रोकन्ट्रोलर’ (कोड सिएस८) परियोजना विकास गरेका थिए । सोही परियोजना उत्कृष्टताको आधारमा उनीहरुले गोल्ड मेडल प्राप्त गरेका हुन् । युवा वैज्ञानिकको अनुसन्धान कार्यको नवीनताका आधारमा पुरस्कार तथा पदक लागि उनीहरु छनोट भएका हुन् । सम्मेलन ‘विज्ञान, प्रविधि र नवप्रवर्तनमार्फत राष्ट्रको समृद्धिका लागि युवाहरूको सहभागिता’ भन्ने नाराका साथ सम्पन्न कार्यक्रम युवा वैज्ञानिकहरूलाई छलफल, आविष्कार र आविष्कारहरूमा सशक्तिकरण र जोड्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । सम्मेलन नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय आविष्कार केन्द्र, नेपाल युवा परिषद्, युनेस्को नेपाल, अनुसन्धान तथा विकास सोसाईटी नेपाल र नेपाल विज्ञान शिक्षक समाजसँगको सहकार्यमा आयोजना गरिएको थियो । यस सम्मेलनमा प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट कक्षा ८ देखि १२ सम्मका युवा वैज्ञानिकहरुले सहभागिता जनाएका थिए । सम्मेलनमा ३१ विद्यालयका ५६ वटा अनुसन्धान प्रोजेक्टहरुबीच प्रतिस्पर्धात्मक प्रतियोगिता भएको थियो । जसमा युवा वैज्ञानिकहरुले इन्जिनियरिङ तथा रोबोटिक्स, जीव विज्ञान, रसायन तथा पर्यावरण विज्ञान, भौतिक विज्ञान र गणित र कम्प्युटर विज्ञानमध्यको (आर्टिफिसियल इन्टेलीजेन्स समेत) कुनै एक विधामा आफ्नो प्रस्तुती दिएका थिए । सम्मेलनका शीर्ष विजेताहरू सन् २०२३ सेप्टेम्बर २७ देखि अक्टोबर १ सम्म मेक्सिकोको सोनोरामा आयोजना हुने १२औं एसिया प्यासिफिक युवा वैज्ञानिक सम्मेलनमा सहभागी हुने आयोजकले जनाएको छ । टेक्सास कलेजले कक्षा ११ र १२ तहमा विज्ञान, मानविकी, व्यवस्थापन र कानून संकाय सञ्चालन गरेको छ भने स्नातक तहमा बिबिए, बिआइटी, बिसिएस, बिएचएम, एमबिए, हस्पिटालीटी र एमसिएस विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । विशेष गरी व्यवहारिक शिक्षामा जोड दिँदै आएको टेक्सास विगतमा पनि विभिन्न क्षेत्रबाट सम्मानित भएको छ ।
विशाल बजार कम्पनीको सञ्चालकमा राधा पोखरेल
काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडको सञ्चालकमा राधा पोखरेल नियुक्त भएकी छिन् । नेपाल सरकार (माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तर) को फागुन ४ को बैठकले पोखरे सञ्चालकमा नियुक्त गरेको हो । नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्षसमेत रहेकी पोखरेल कम्पनीलाई आफ्नो कार्यकालमा स्वच्छ, पारदर्शी र बिवादरहित बनाउने बताएकी छिन् ।
महिन्द्रा केयर फेस्ट २०२३ आयोजना हुँदै, यस्ता छन् सुविधा
काठमाडौं । महिन्द्रा केयर फेस्ट २०२३ आयोजना हुने भएको छ । फागुन १४ गतेदेखि १९ गतेसम्म ५ दिन महिन्द्रा केयर फेस्ट आयोजन हुने भएको हो । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कशले यही फाल्गुन १४ गतेदेखि फाल्गुन १९ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्दैछ । यस ४५–पोईन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्समा १० प्रतिशत छुट र स्पेयर पार्टसमा ५० प्रतिशतसम्म छुट तथा एक्सेसरीजमा २५ प्रतिशत सम्म छुटको लाभ लिन सकिनेछ । महिन्द्राका ग्राहकवर्गले नेपाल अधिराज्यभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सकिनेछ । महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आईरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैँ ग्राहकहरुको उल्लासमय सहभागिता रहने अपेक्षा गरिएको छ । साथै ग्रुपको सहायक कम्पनी अग्नि आस्थाले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्रि वा एक्सचेन्ज गर्ने सुबिधा पनि ल्याएको छ । साथै, महिन्द्राका सर्टिफाइड युज्ड गाडी खरिद गर्नु परेमा आकर्षक अफर पनि ल्याएका छ । यो सेवा काठमाडौँ, भैरहवा र इटहरीमा उपलब्ध छ ।
ग्रील तथा स्टील व्यवसायी संघको अध्यक्षमा सुनिल अमात्य
काठमाडाैं । ग्रील तथा स्टील व्यवसायी संघकाे नयाँ कार्यसमिती गठन भएकाे छ । संघकाे सातौ साधारण सभा तथा तेस्रो अधिवेशनले सुनिल अमात्यको अध्यक्षतामा २९ जनाकाे नयाँ कार्यसमिती गठन गरेकाे हाे । नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा अनिल कुमार श्रेष्ठ , प्रथम उपाध्यक्षमा राजुलाल श्रेष्ठ , दुतिय उपाध्यक्षमा रोहित श्रेष्ठ तृतीय उपाध्यक्षमा भरत लामिछाने , उपाध्यक्ष रामप्रमोद ठाकुर , राजेश श्रेष्ठ, जुद्द बहादुर चन्द, पुर्ण माया सारु, महासचिवमा पशुपति श्रेष्ठ, सचिवमा हरि लामिछाने, दिनेश बसिस्ठ, तोकबहादुर गहतराज, काेषाध्यक्षमा नवराज पनेरु र सहसचिवमा गोपाल कार्की निर्वाचित भएका छन् । यस्तै, सदस्यहरुमा कर्ण ब. श्रेष्ठ, हरिभक्त श्रेष्ठ, ठमनाथ न्यौपाने, बुद्ध तामाङ, दिनेश कुमार दाहाल, हाकु बहादुर श्रेष्ठ, शिवलाल श्रेष्ठ, शर्मिला कार्की रिमाल, उत्तम श्रेष्ठ, गंगा बहादुर श्रेष्ठ, सिताराम बिक, भमान रोइला, बिमल श्रेष्ठ र गणेश थामी निर्वाचित भएका छन ।
सिटिजन लाइफ इन्स्योरेन्सले दियो सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम संचालन गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम संचालन गरेको हो । फागुन १ देखी ९ गते सम्म कम्पनीको प्रधान कार्यलय थापाथलीमा कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुका लागि सो तालिम आयोजना गरिएको थियो । काठमाडौं उपत्यका बहिरका स्थानहरु बर्दिबास, मिर्चैया, गाईघाट, बिराटनगर, धरान, इनरुवा, बिराटचोक, बिर्तामोड लगायतका विभिन्न स्थानमा कम्पनीसँग आवद्ध अभिकर्ता एवम सम्पुर्ण कर्मचारिहरुको सहभागितामा सो तालिम कार्यक्रम संचालन गरिएकोे थियो । कम्पनीको व्यवस्थापन समुह समेतको उपस्थिती रही कम्पनीका सम्पुर्ण कर्मचारिहरुलाई दिइएको तालिम कम्पनीका कानुन, अनुपालन तथा जोखिम व्यवस्थापन अधिकृत बिदुर बहादुर भुजेलले प्रस्तुत गरेका थिए । उक्त तालिममा गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो । साथै काठमाडौं उपत्यका बाहिरका स्थानहरुमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल स्व्यमले नै प्रस्तुत गरेका थिए । उनले यसको महत्व र प्रभावका साथै यसलाई कार्यन्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिए । साथै यस प्रकारको कार्यक्रम देशभरी क्रमशः विस्तार गरिने समेत बताए ।
पाल्पा–बुटवल सडक दैनिक ८ घण्टा बन्द हुने
रामपुर । सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण कार्य गर्न रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न राजमार्ग बन्द गर्न लागिएको हो । वैकल्पिक सडकको व्यवस्थापन गरेर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि ३ बजेसम्म राजमार्ग बन्द गरेर काम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त बताउँछन् । दिनरात गरेर फागुन १३ गतेदेखि १५ दिनसम्म दैनिक आठ घण्टा सडक बन्द हुनेछ । सो समयावधिमा काम गरिने जनाइएको छ । सडक बन्द भएपछि अति आवश्यक पर्ने सवारी साधन, साना, हलुका गाडीलाई वैकल्पिक मार्गको रुपमा दोभानदेखि नुवाकोट हुँदै बेलबास निस्कने सडकको स्तरोन्नतिपश्चात राजमार्ग बन्द गरेर काम गर्न दिने निर्णय भएको छ । सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख रकममा सुरुङमार्गको ठेक्का पाएर काम सुरु गरिरहेको छ । पाल्पा बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट चट्टानसहितको पहिरो खसेर बेला बेलामा ठूलो हानीनोक्सानी हुने गरेको छ । पाल्पा, बुटवल, पोखरा, गुल्मी, स्याङ्जालगायतका जिल्लामा आवतजावत गर्ने यो महत्वपूर्ण राजमार्गको रुपमा लिइन्छ । यही सडकमा माथिबाट खसेको पहिराले बर्सेनि धेरैले ज्यान गुमाउनु परिरहेको छ ।