‘बीमा संस्थानको लेखापरीक्षण आगामी तीन वर्षसम्ममा पनि सकिने लक्षण छैन’
अहिले हामी (राष्ट्रिय बीमा संस्थान) ५६औं वार्षिकोत्सव मनाइरहेका छौं । यो खुशियालीमा प्रगति नै प्रगति सुनिन पर्थ्यो । एकपछि अर्को फड्को मारेको सुनिनु पर्थ्यो । बीमा बजारमा बीमा संस्थानको प्रगति कस्तो छ ? त्यो सुनिन पर्थ्यो । तर ५६ वर्ष लाग्दै गर्दा राष्ट्रिय बीमा संस्थानलाई सुगर रोगले छोएको थियो । अब सुगर रोग मात्रै होइन कोलिष्ट्रोलले छोइसकेको छ । अब कोलिष्ट्रोल मात्रै होइन मुटु कलेजो तिर पनि अलि अलि धक्का पुगेको छ । यहि हिसावले जाने हो भने संस्थानको मेडिकल बीमा प्राधिकरण तथा अर्थमन्त्रालयले गर्नुपर्ने स्थिति छ । यसको इसीजी एमआरआई गरेर स्थिति के छ ? त्यो बुझेर छिटो उपचार नगर्ने हो भने आज ५६औं वार्षिकोत्सव मनाई रहँदा मलाई लाग्छ संस्थान ६०/६१ वर्ष पनि टिक्न सक्ने स्थिति छैन । मेरो कामना छ १०० वर्ष कटोस् । तर ६०/६१ मै कहिँ कतै गढबढ हुने हो की हामीलाई चिन्ता छ । यो चिन्ता हामी अभिकर्ताको मात्र होइन यो चिन्ता बीमितहरुको हो । हामी (राष्ट्रिय बीमा संस्थान) ले वर्षभरी कति प्रगति गर्यौं । कति प्रिमियम थप्न सक्यौं । कति नयाँ बीमालेखहरु हामीले जारी गर्न सक्यौं । अभिकर्ताहरुलाई कति पटक तालिम दिन सक्यौं । संस्थानको प्रगति विवरणमा केही पनि आएनन् । प्रगतिको नाममा गत वर्षको जस्तै कपि पेष्ट सार्वजनिक भएका छन् । थप प्रगतिका कुनै पनि गतिविधि देखिन सकेनन् । मात्र नयाँ अभिकर्ता तालिम बढाइएको छ भनिएको छ । के नयाँ अभिकर्ताले मात्रै व्यवसाय वृद्धि भएको छ ? हाम्रो प्रश्न छ । यो भन्दै गर्दा अभिकर्ता तालिम गर्न हुँदैन भन्ने होइन । तर पुराना अभिकर्तालाई पनि कम्तिमा तिखार्नु पर्यो । बीमा ऐन २०७९ आएको छ । कतिपय विषय विकृतिको रुपमा बजारमा आएको छ । त्यसलाई चिरफार गर्न आफ्ना संस्थानभित्र रहेका औजारहरुलाई तिखार्नु पर्छ की पर्दैन ? कर्मचारी, अभिकर्ता, सञ्चालक समिति, व्यवस्थापकीय टीमलाई लगायतका टीमलाई चुस्त दुरुस्त राख्न सकिँदैन तबसम्म संस्थानले केही पनि गर्न सक्ने स्थिति छैन । यसैगरी आज कति प्रिमियमहरु बाहिर जान थाल्यो । हामीले शाखा कार्यालयहरु सबै ठाउँमा खोल्यौं । उक्त कार्यालयमा दराज राख्यौं, र्याक राख्यौं । तर त्यो र्याकभित्र एउटा चाउचाउ मात्रै, बिस्कुट मात्रै बेचेर बसेका छौं । त्यसका भेराइटी केही पनि छैन । केही साथीहरु गुनासो गर्नुहुन्छ । नयाँ नयाँ कम्पनीले नयाँ नयाँ स्कीम ल्याएका छन्, दैनिक कार्यक्रमहरु गरेका छन्, अभिकर्ता आकर्षित हुने गतिविधि ल्याएका छन् । हामी यत्तिकै कार्यालय रुगेर बस्नु परेको छ । बिजनेस ल्याउँ, बिजनेस हाल भन्ने प्रेसर छ तर बीमाले बेच्नुपर्ने पोलिसी बैंकहरुले बेचिरहेका छन् । बैंकहरु तिर बीमाको पोलिसी सरेन्डर गर्ने, बीमाको पोलिसीहरु धितो राख्ने र बैंकमा लगेर मुद्दति निक्षेपमा राख्ने । बीमा कम्पनी तथा बीमा संस्थानले थप्नुपर्ने राइडरहरु बैंक तथा वित्तीय संस्थाले जारी गरिरहेको छ । हाम्रो लाजमर्दो अवस्था छ । बीमाको काम बीमा कम्पनीले गर्नुपर्ने हो । बीमा क्षेत्रमा बीमा कम्पनीहरुको एउटा सुरक्षण दायित्व छ । जिम्मेवारी छ । त्यतातिर लाग्नु पर्ने । तर अहिले बैंकहरु आफ्नो निक्षेप संकलन गर्ने, कर्जा प्रवाह गर्नेभन्दा बीमा अभिकर्ता बन्ने बीमाको काम गर्ने, बीमाको पोलिसीहरु बेच्ने जस्ता गतिविधि भएको छ । अहिले पछिल्लो चरणमा ग्राहकहरु प्रिमियम तिर्न आउँदा हाम्रै २/४ जना साथीहरुबाट गालि खानुपर्छ, केहीबाट कुटाई नै खानु पर्ला । तर २/४ जना साथीहरुको गतिविधिको कारणले सिंगो अभिकर्ता जमातको बदनाम भएको छ । यहाँ कर्मचारीहरुको नियमावली नआएको गुनासो छ । नियमावली आयो भने काम गराईमा चुस्त दुरुस्त हुन्थ्यो । उहाँहरुको गुनासो सम्बोधन हुन सकेको छैन । गत वर्ष पनि अर्थसमितिको प्रकृयामा भनिएको थियो अहिले पनि प्रकृयामा नै छ । कर्मचारी बीमा संस्थान छिरिसकेपछि उहाँहरुलाई यो संस्थानमा भविष्य नभएको भान हुन्छ । र, अन्य कुन ठाउँमा नाम निकाल्ने भन्नेतिर उहाँहरुको सोच हुन्छ । केही त बीमा संस्थानमा लाग्यौं भने सिधिन्छौं भन्न थालिसक्नु भएको छ । यसमा संस्थानका व्यवस्थापकले केही प्रयत्न गर्नुपर्छ की पर्दैन । अभिकर्तालाई पनि व्यवस्थित गर्नुपर्यो । हाम्रो टुल्सहरु के के हुन् । पार्टपुर्जा के के हुन् । त्यो पार्टपुर्जा राख्नु पर्यो । बीमा संस्थानको एउटा ल्यापटपमा बसेर सेयर बजारमात्रै हेरेर काम हुँदैन । कमसेकम प्रगतिका कार्यक्रम ल्याउनु पर्यो । अर्थमन्त्रीले माघ १६ गते लेखापरीक्षण सम्पन्न गर्न ९० दिनको म्याद दिनु भएको छ । आज करिब एक महिना बित्दै छ । मलाई लाग्छ, त्यो तीन महिना होइन, आगामी तीन वर्षसम्म पनि बीमा संस्थानको लेखापरीक्षण सम्पन्न हुने अवस्था देख्दिनँ । हुने लक्षण नै छैन । त्यसैले यसको लागि अर्थमन्त्रालयले पनि बढीभन्दा बढी प्रेसर देओस् । भूतपूर्वक कर्मचारी, प्रशासकहरुलाई सल्लाहकार टीम बनाएर बेला बेलामा महिनाको एकपटक छलफल गर्ने हो भने उहाँहरुको महत्वपूर्ण सुझावहरु हाम्रो बीचमा सेयर हुन्थ्यो । भूतपूर्वक साथीहरु, अभिकर्ताहरु लगायतलाई छलफलमा राख्ने हो भने उहाँहरुबाट धेरै सुझाव पाइन्थ्यो । र, प्रगति हुन्थ्यो । गत वर्ष पनि मैले यसैगरी भनेको थिएँ । तर अर्को वर्ष यस्तो स्थिति नआओस् । प्रगति नै प्रगति सुन्ने अवसर मिलोस् । बीमा अभिकर्तालाई प्रिमियमबापत कर तिनुपर्ने व्यवस्था होस् । अभिकर्ता मार्फत नै व्यवसाय विस्तार गर्ने हो । त्यसैले यो बजारलाई मारेर, बजारलाई थिचेर विस्तार हुँदैन । विकास हुँदैन । संस्थाले प्रगति गर्दैन । योतर्फ प्रशासन तथा सञ्चालक समितिको ध्यान जाओस् । यहाँ उहाँहरुको महत्वपूर्ण भूमिका हुनुपर्छ । अहिले दिन प्रतिदिन तरलताको समस्या छ । यो समयमा कम्तिमा बीमाले संकलन गरेको प्रिमियमले भूमिका खेल्थ्यो । अन्तमा बीमा बजारमा प्रिमियमको महत्वपूर्ण भूमिका छ भन्ने बुझाइयोस् । म भन्नेबाट बानी हटाएर हामी भन्ने बाँनी बसालियोस् । (राष्ट्रिय बीमा संस्थानमा आवद्ध ढुंगाना पेसागत बीमा अभिकर्ता संघका अध्यक्ष हुन् )
इजिप्टको कायरोमा नेपाली मौलिक कला र सांस्कृतिक प्रदर्शनी
काठमाडौं । इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवर्द्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृति झल्कने विविध कार्यक्रम गरिएको छ । कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्यदृश्य र मौलिक कला संस्कृति झल्कने गीत-सङ्गीत प्रस्तुत गरिएको थियो । नेपालको पर्यटन प्रवर्द्धनका लागि त्यहाँ स्थापना गरिएको प्रदर्शनी कक्षमा करिब तीन सय ७५ विदेशी नागरिकले चासोपूर्वक अवलोकन गरेको दूतावासले जनाएको छ । प्रदर्शनी कक्षमा नेपालको झण्डा, पशुपतिनाथ र बुद्धका मूर्ति, गैँडा, हात्ती, करुवा, मुखुण्डो, खुकुरी तथा बुद्धधर्मको पहिचानसँग सम्बन्धित अन्य सामग्री राखिएका थिए । नेपालको पर्यटन प्रवर्द्धनसँगै सम्बन्धित पुस्तिका र पोष्टर वितरण गरिएको थियो भने सो कार्यमा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी र नेपाली समुदायले सहयोग पुर्याएका थिए । इजिप्टमा करिब तीन सयको सङ्ख्यामा चिकित्सा शिक्षातर्फ नेपाली विद्यार्थी अध्ययनरत रहेको दूतावासले जनाएको छ । उक्त प्रदर्शनीमा नेपालसहित इटाली, जापान, मेक्सिको, पाकिस्तान, ताजकिस्तान, पोर्चुगल, रुस, भियतनाम, स्पेन, श्रीलङ्का, फिलिपिन्स, अष्ट्रेलिया, बोलिभिया, ब्राजिल, अर्जेन्टिना, थाइल्याण्ड, घानालगायत मुलुकका पर्यटन प्रवर्द्धनसम्बन्धी कक्ष राखिएका थिए । त्यहाँस्थित नेपाली राजदूत सुशीलकुमार लम्सालसहित कूटनीतिक तथा स्थानीय कर्मचारीको समेत सहभागिता रहेको उक्त कक्ष र सांस्कृतिक कार्यक्रमको स्थानीय, इजिप्टमा रहेका विदेशी नागरिक तथा विभिन्न देशका कूटनीतिक कर्मचारीलगायतले अवलोकन गरेका दूतावासले जनाएको छ । रासस
झापाका युवा बेसार खेतीतर्फ आकर्षित, मनग्य आम्दानी
झापा । कचनकवल गाउँपालिकाका युवा यतिबेला व्यावसायिक बेसार खेतीमा लागेका छन् । साढे पाँच बिघा जग्गा भाडामा लिएर यहाँका प्रदीप थापा, गोविन्द राजवंशी र यज्ञ थापा व्यावसायिक बेसार खेती गर्दैछन् । बाँकेको नेपालगञ्जबाट बीउ ल्याएर उनीहरुले गत वर्षदेखि खेती गर्न थालेका हुन् । कचनकवलसँग सीमा जोडिएको भद्रपुर–१ मा पाँच बिघा १० कठ्ठा जग्गा वार्षिक एक लाख ५० हजार रुपैयाँ तिर्ने गरी भाडामा लिएर बेसार खेती गर्न थालेको ३२ वर्षीय प्रदीपले बताए । ‘पहिलो वर्ष ६० हजार किलो बेसार उत्पादन भयो’, उनले भने, ‘यसपटक ४० देखि ५० हजार किलोसम्म उत्पादन हुने अनुमान छ ।’ सुरुआतमा बजार नपाउँदा समस्या भएको थियो । ‘बेच्न धेरै गाह्रो भयो, किन्छौँ भनेर आश्वासन दिएकाले नलगेपछि त्यसै थन्कियो’, उनले भने, ‘थोरबहुत सहकारीले बीउका लागि किनेर लग्यो, त्यसपछि सुकाएर राख्यौँ ।’ स्थानीय सामग्रीको प्रयोग गरेर बेसार प्रशोधन गर्ने गरेको प्रदीपले बताए । काँचो बेसार नबेचिएपछि उनीहरुले साथी कृषि फार्म तथा प्रशोधन केन्द्र स्थापना गरेर आफ्नै ब्राण्डको ‘साथी बेसार’ बिक्री गर्न थालेका हुन् । बेसारको बीउसमेत बिक्री गर्ने गरिएको छ । बेसारको धुलो बनाएर करिब तीन हजार किलो बिक्री गरेको अर्का कृषक गोविन्दले बताए । बेसार खेतीबाट पहिलो उत्पादन गर्न १२ लाख रुपैयाँ खर्च भएको उनले बताए । खेतीमा अग्र्यानिक उत्पादनलाई जोड दिँदै गाईको गोबर मल र कुखुराको सुली मल प्रयोग गर्ने गरिएको छ । धुलो बेसार प्रतिकिलो तीन सयमा बिक्री गर्ने गरिएको छ । स्थानीय बजार, भद्रपुर र बिर्तामोडमा आफूहरूले उत्पादन गरेको बेसारको माग धेरै रहेको उनले बताए । ‘हामीले उत्पादन गरेको बेसार एकपटक प्रयोग गर्ने उपभोक्ता अर्कोपटक पनि हामीकहाँ नै आउनुहुन्छ’, गोविन्दले भने, ‘थोरै हाल्दा पनि तरकारीमा बेसार लाग्छ, अग्र्यानिक भएकाले स्वास्थ्यकर पनि छ ।’ व्यापारी र ग्राहकले प्रशोधन केन्द्रबाटै बेसार किनेर लग्ने गरेका छन् । भारतबाट आउने बेसारले भने स्थानीय उत्पादनका लागि चुनौती बनेको छ । भारतबाट व्यापारीले ल्याउने बेसार दुई सयदेखि दुई सय ५० रुपैयाँमै बिक्री हुने भएकाले समस्या हुने गरेको छ । बेसार खेतीसँगै अन्य मसलाजन्य कृषि वस्तुको उत्पादन थाल्ने युवा कृषकको योजना छ । आगामी वर्षदेखि धनियाँ खेती सुरु गर्ने सोच रहेको उनीहरू बताउँछन् । यता कृषि ज्ञान केन्द्र झापाले साथी कृषि फार्म तथा प्रशोधन केन्द्रलाई सात लाख रुपैयाँसमेत अनुदान दिने भएको छ । बेसार प्रशोधनका लागि उक्त फार्म परेको ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । ‘बेसार खेतीमा प्रोत्साहन गर्न अनुदान प्रदान गर्न लागिएको हो’, उनले भने, ‘यसले कृषकलाई प्रोत्साहन हुनुका साथै क्षेत्रफल बढ्ने विश्वास छ ।’ झापामा व्यावसायिक बेसार खेती खासै नभएको उनको भनाइ छ । रासस
गौशाला चलाउन महायज्ञबाट ८४ लाख सङ्कलन
स्याङ्जा । गाईको संरक्षणका लागि स्याङ्जाको वालिङमा महायज्ञ सञ्चालन गरी आर्थिक सङ्कलन गरिएको छ । वालिङ– ८ काफलडाँडामा हालै सञ्चालनमा आएको गौशालालाई थप व्यवस्थित गर्दै गाईको संरक्षण गर्ने उद्देश्यसहित आयोजना गरिएको महायज्ञबाट झण्डै ८४ लाख रुपैयाँ सङ्कलन गरिएको छ । आधुनिकतासँगै गाईपालनतर्फ रुचि हराउँदै गएकाले गौमाताको संरक्षण गर्ने मुख्य उद्देश्यसहित धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रम वालिङ–८ काफलडाँडाले महायज्ञबाट उक्त रकम सङ्कलन गरेको हो । गौ संरक्षण गर्ने मुख्य उद्देश्यले आयोजना गरिएको महायज्ञबाट सङ्कलन भएको रकमलाई अक्षयकोषका रूपमा राखेर सोहीमार्फत गौशाला सञ्चालन गरिने महायज्ञ मूल आयोजक समितिका संयोजक दिलीपप्रताप खाँणले जानकारी दिए । ‘बाटोघाटोमा गाईलाई छाडा छाडिदिँदा सम्भावित सवारी दुर्घटनाका साथै खेतबारीमा बालीनाली खाइदिने समस्या भयो’, उनले भने, ‘गाईको संरक्षण तथा व्यवस्थापनका लागि महायज्ञमार्फत सङ्कलन भएको रकमबाट अक्षयकोष स्थापना गर्छौँ ।’ यसअघि स्वर्गाश्रममा गौशाला निर्माण गरी सञ्चालन गरिए पनि चरन अभावका कारण काफलडाँडामा गौशाला स्थानान्तरण गरिएको हो । काफलडाँडामा प्रशस्त चरन क्षेत्र रहेकाले गाईपालनका लागि खर्च कम हुने उनको विश्वास छ । ‘काफलडाँडामा स्थानान्तरण गरिएको गौशालाको दिगो व्यवस्थापनका लागि महायज्ञ गरेका हौँ, उठेको रकमबाट अक्षयकोष स्थापना गरी गौशालाको व्यवस्थापनमा खर्च गर्छौँ’, खाँण भन्छन् । गौशालामा हाल एक सय २६ गाई छन् । गाई हेर्ने गोपाल, दानापानी, औषधोपचारका लागि हाल मासिक एक लाख खर्च लाग्ने गरेको छ । खर्च अभावका कारण गौशाला सञ्चालनमा समस्या भएपछि दिगो व्यवस्थापनका लागि अक्षयकोष स्थापना गरी सोहीमार्फत खर्च जुटाउने लक्ष्यसहित महायज्ञ गरिएको महायज्ञका प्रमुख वाचक पण्डित नेत्रप्रसाद पराजुलीले बताए । रासस
हिमालयनमा मर्ज हुँदा सिभिल बैंकका सबै लगानीकर्ता र कर्मचारी खुशी छन्ः प्रतापजंग पाण्डे
बैंकको नाम, लोगो, सञ्चालक समिति, उच्च व्यवस्थापनको मोह छोडेर लगानीकर्ता र कर्मचारीहरुको उच्चतम हित सुरक्षित गर्दै सिभिल बैंक हिमालयन बैंकमा गाभिएको छ । दुई बैंकबीचको मर्ज निकै लामो समय पेचिलो बन्यो तर अन्तिममा सद्भावपूणर् र सहृदयपूणर् मर्ज सम्पन्न भएको सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डे बताउँछन् ।इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनी (आइएलएफसी)मा रहँदा पाण्डेले उक्त फाइनान्स सिभिल बैंकमा मर्ज गराएका थिए । त्यतिबेला पनि नाम, लोगो, सञ्चालक सीईओ केही दावी गरेनन्, लगानीकर्ताको र कर्मचारीको हितलाई केन्द्रमा राखेको थिए । पछि उनै पाण्डे सिभिल बैंकको सञ्चालक बने र अध्यक्ष पनि बने । आइएमई जनरल इन्स्योरेन्सको सञ्चालक बन्दा होस् वा सिभिल बैंकको सञ्चालक बन्दा दुबै संस्था कमजोर रहेको तर आफूले नेतृत्व लिएपछि दुबै संस्थालाई सुदृढ गर्न सफल भएको उनी बताउँछन् । शान्त स्वाभावका देखिने, लो प्रोफाइलमा रहेर काम गर्ने पाण्डेमा नेतृत्व क्षमता भने उच्च रहेको घट्नाक्रमले पुष्टि गर्दै लगेको छ । प्रस्तुत छ आईएलएफसी फाइनान्सलाई वाणिज्य बैंक बनाउन नसक्दादेखि सिभिल बैंकलाई हिमालयन बैंकमा मर्ज गराउँदाको अनुभव र अवको योजनाबारे पाण्डेसँग गरिएको विकास वहस । आइएलएफसीलाई बैंकमा स्तरउन्नति गर्ने तपाईको प्रयास पनि असफल भयो । सिभिललाई पनि हिमालयन बैंकमा मर्ज गराउनु भयो । कस्तो अनुभव भैरहेको छ ? आइएलएफसीलाई वाणिज्य बैंक बनाउने उदेश्य सहित पुँजी २ अर्ब रुपैयाँ पुर्यायौं । आइएलएफसीको लक्ष्य बैंक बन्ने नै थियो । पुँजी वृद्धि गरे पनि बैंकको लाइसेन्स प्राप्त हुन सकेन । त्यहि बेला नयाँ वाणिज्य बैंकका रुपमा सिभिल बैंक सञ्चालनमा आएको थियो । आइएलएफसीले लाइसेन्स पाउन नसक्दा सिभिल बैंकसँग मर्ज भएको हो । सिभिल बैंक पछिल्लो पुस्ता बैंक हो । नेपालको बैंकिङ्ग क्षेत्रको इतिहास त्यति धेरै लामो छैन । भारत, यूरोप लगायतका देशहरुमा बैंकिङ्ग क्षेत्रको इतिहास धेरै लामो छ । सिभिल बैंक भर्खर १२ वर्ष पुगेको छ । बैंकले जति ग्रोथ गरेपनि पुराना बैंकसँग प्रतिस्पर्धा गर्न कठिन नै भएको अनुभव सञ्चालकमा भयो । त्यसर्थ पुरानो र स्थापित बैंकसँग मर्ज गर्नुपर्छ भन्ने सोचमा सञ्चालक समिति गयो । आजभन्दा २ वर्ष अघि हिमालयन बैंकसँग मर्जरका लागि प्रयास भएको थियो । तर, सिभिल बैंकले आफ्नो पुँजी अनुसारको विजनेश वृद्धि गर्न नसकेको भन्दै हिमालयन बैंकसँग मर्जर गर्न अस्वीकार गर्यो । त्यसपछि २ वर्षको दौरानमा बैंकले विजनेशमा आक्रामक विस्तार गर्यो । सिभिल बैंकले पनि डबल डिजिटमा लाभांश दिन सक्ने क्षमता राख्न थाल्यो । अनि मात्रै हिमालयन बैंकसँग मर्जर सम्भव भएको हो । आइएलएफसीलाई स्थापित गर्दाको तपाइको सोच के थियो ? आइएलएफसी लिजिङ कम्पनीका रुपमा स्थापित भएको थियो । लिजिङ कम्पनी बैंकभन्दा पनि अब्बल हुन्छ भन्ने हिसावले स्थापना गरिएको थियो । फाइनान्स लिजिङ र अप्रेटिङ लिजिङ गरी २ वटा अवधारणा थिए । तर, पछि फाइनान्सले मात्रै लिजिङ गर्न पाउने गरी नियम संशोधन भयो । लिजिङ कम्पनीमा त्यति धेरै चाम देखिएन । फाइनान्स कम्पनी र लिजिङ कम्पनी समान हुन थाले । त्यसपछि लिजिङ कम्पनी विस्तारै रेगुलर बैंकिङ्गमा रुपान्तरित भएको हो । आइएलएफसीलाई वाणिज्य बैंक बनाउने भनेर २ अर्ब पुँजी वृद्धि गरियो । तर, राष्ट्र बैंकले लाइसेन्स नदिँदा असन्तुष्ट हुनुहुन्थ्यो । आजको दिनमा राष्ट्र बैंकले गरेको निणर्य सहि लाग्छ कि लाग्दैन ? वाणिज्य बैंकको लाइसेन्स पाएको भए केही न केही परिवर्तन अवश्य हुन्थ्यो । तर, अन्य एनएमबी, किष्ट फाइनान्सले वाणिज्य बैंकको लाइसेन्स पाए, सानिमा विकास बैंकले वाणिज्य बैंकको लाइसेन्स पायो । तर राष्ट्र बैंकले आइएलएफसीलाई नयाँ बैंकले लाइसेन्स दिएन । त्यसमा हाम्रो असन्तुष्टि थियो तर लाइसेन्स नपाएपछि हामीले मर्जको बाटो रोजेका हौ । २०६४ देखि २०७० को अवधिमा थुप्रै बैंकहरुले लाइसेन्स पाए । त्यसमध्ये अधिकांश पुराना बैंकमा मर्ज भइसके । हामीले पनि लाइसेन्स पाएका थियौं भने पनि अहिले त मर्ज गर्नै पथ्र्यो भन्ने लाग्छ । २०६४ पछि सञ्चालनमा आएका किष्ट बैंक, ग्राण्ड बैंक, कमर्ज एण्ड ट्रष्ट बैंक, जनता बैंक, मेगा बैंक, सेञ्चुरी बैंक मर्जमा गए । सनराईज बैंक पनि लक्ष्मीसँग मर्ज हुँदैछ । अझै त्यो भन्दा पुराना लुम्बिनी बैंक, बैंक अफ काठमाण्डू, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक पनि मर्ज भइसके । अब ती सबै बैंकहरुको इतिहास मेटिएको छ । सिटिजन्स बैंक, सानिमा बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, सनराइज बैंक, ग्लोबल आइएमई बैंक सबैले मर्ज गरेर पुँजी वृद्धि गरेका हुन् । नयाँ पुस्ताका बैंकहरु मर्ज हुनु पर्ने अवस्था किन आयो ? विजनेश इन्ट्रिगेसन (व्यवसाय एकीकरण) गर्नका लागि मर्जर भएका हुन् । २ अर्ब पुँजीबाट सञ्चालनमा आएका बैंकहरुले पुँजी वृद्धि गरेका छन् । ज्वाइन्ट भेञ्चर बैंक बाहेक अन्य सबै बैंकको पुँजी १५ अर्ब भन्दा बढी पुँजी पुगेको छ । मर्जर भएर ठूलो बैंक बन्नु राम्रो पक्ष हो । जसले गर्दा विजनेश एकीकरण पनि हुन्छ । पहिला पुँजी वृद्धिमा मात्रै ध्यान दिएका थिए भने अहिले विजनेश ग्रोथमा केन्द्रित हुन थालेका छन् । धेरै लाइसेन्स दिनु राष्ट्र बैंकको गल्ती थियो सबैले भन्छन् । लगानीकर्ता पनि दूरगामी थिएनन् र अहिलेको परिणाम भोग्नु पर्यो भन्दो हुन्छ ? मर्ज वा प्राप्तिमा गएर पनि लगानीकर्ता चुकेका छैनन् । एउटा बैंकबाट अर्को बैंकमा लगानी सरेको छ । सानो बैंकबाट ठूलो बैंक भएका छन् । यसमा लगानीकर्ता केही पनि गुमाएका छैनन् । पहिला धेरै बैंक भएपछि पहुँच वृद्धि हुन्छ भन्ने थियो । अहिले शाखा वृद्धि हुँदै ठूलो भएका छन् । नेटवर्क वृद्धि गरेर पनि ठूलो हुने अवस्था आएको हो । अहिले विजनेश आवश्यकता हुन थालेको छ । राष्ट्र बैंकको मर्जर नीति आफ्नो ठाउँमा सही छ । तर, बैंक आफैं ठूलो भएर सक्षम हुनका लागि विजनेश आवश्यक छ । ३५ अर्ब भन्दा धेरै पुँजी भएको बैंक हुनु सफलताको सूचक हो त ? धेरै बैंक हुँदा वित्तीय पहुँच बढेको हो । पहिला मान्छेहरु बैंकमा जान डराउनु पर्ने अवस्था थियो । पहिला-पहिला ज्वाइन्ट भेञ्चरका चिल्लो बैंकमा मान्छे छिर्न पनि डराउँथे । जब नीजि क्षेत्रका बैंक सञ्चालनमा आए तब गाउँ गाउँमा बैंकका शाखा विस्तार भए । जसले गर्दा आम सर्वसाधारणमा वित्तीय पुहँच पुगेको छ । गाउँघरमा हरेक मान्छेहरुले व्यवसाय गर्न, निक्षेप जम्मा गर्न, साना-साना घरेलु उद्योग सञ्चालन गर्न बैंकबाट सुलभ कर्जा पाएका छन् । जसको परिणामस्वरुप अर्थतन्त्रमा ठूलो टेवा मिलेको छ भने रोजगारीका अवसर पनि सिर्जना भएका छन् । राष्ट्र बैंकको नीति अनुसार हरेक पालिकामा बैंकको शाखा विस्तार भएको छ । तर, शाखा विस्तार गरेर बैंकको पहुँच पुर्याएर मात्रै भएन । अब बैंकहरु सक्षम हुनु पर्ने बेला आएको छ । किनभने बेला-बेलामा अर्थतन्त्र तलमाथि भइरहेको हुन्छ । यस्तो अवस्थामा एकीकृत भयो भने अझै सक्षम हुन्छन् । बैंकिङ्ग क्षेत्रमा ठूलो भूकम्प जाँदा पनि जोगिने गरी बलियो बनाउन आवश्यक छ । तपाइले फाइनान्स कम्पनीमा लागनी गर्नु भयो । त्यसलाई अपग्रेड गर्दै सिभिल बैंकमा जोडिनु भयो । अहिले हिमालयन बैंकसँग मर्ज गर्नु भयो । यो यात्रामा समीक्षा गर्दा तपाइले सफलता हासिल गर्नु भयो कि भएन ? यो निरन्तर प्रक्रिया हो । यदि बेलैमा कुनै पनि काम गर्न सकिएन भने बजारबाट छुट्टिनु (एक्जिट) हुनुपर्ने अवस्था आउँछ । समय सापेक्ष आफूलाई परिवर्तन गर्न सक्नु नै बुद्धिमानी मानिन्छ । अहिले सबै प्रयास ट्रयाकमा गएको छ । पहिला हामी लोकल हिसावको ट्रयाकमा थियौं भने अहिले तिव्र रुपमा विकसित भएर अर्थतन्त्रमा अझै टेवा पुर्याएको हो । अहिले जे जति काम गरिरहेका छौं त्यो सहि ट्रयाक अथवा सहि ढंगले अगाडि बढिरहेका छौं । फाइनान्स खोल्दै गर्दाको लगानीको अपेक्षित प्रतिफल अब प्राप्त हुन्छ ? आजभन्दा २० वर्ष अघि बैंकको औषत रिटर्न धेरै थियो । अधिकांश बैंकहरुले २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्थे । अहिले राम्रो भनिएका बैंकहरुको पनि लाभांश घट्दै गएको छ । आज लगानी गरेर भोलि नै प्रतिफल खाने क्षेत्र बैंक होइन । आज लगानीको प्रतिफल घट्दैछ भने कुनै दिन यो बढ्न सक्छ । यो सबै व्यवस्थापनमा भर पर्ने कुरा हो । बैंकलाई चुस्त र दुरुस्त राख्दै समय सापेक्ष परिवर्तन गर्नुपर्छ । बैंकले दीर्घकालमा प्रतिफल दिन्छ । जो मान्छे आजको भोलि रिटर्न खोज्छ त्यो मान्छेले बैंकमा लगानी गर्नु बेकार हो । हिमालयन बैंकसँग मर्जर गर्दा सिभिल बैंकका लगानीकर्ता कति सन्तुष्ट छन् ? हिमालयन बैंक ३० वर्षको इतिहास बोकेको सक्षम बैंक हो । सिभिल बैंक १२ वर्ष इतिहास भएको बामे सर्दै गरेको हो । बैंकले बिस्तारै ट्रयाक समात्दै दौडिरहेको थियो । हिमालयन बैंक एउटा इतिहास बोकेको नेटवर्क धेरै, एसेट बढी भएको बैंक हो । यो हिसाबमा सिभिल बैंकका लगानीकर्तालाई वेल्थ म्याक्सिमाइजको अटोमेटिक फाइदा भएको छ । मर्जर गर्दा लगानीकर्ताको भावना पनि बुझेका थियौं । उहाँहरु सबै सन्तुष्ट हुनुहुन्छ । हाल सञ्चालनमा रहेका बैंकहरुमध्ये अन्तिम अवस्थामा रहेको सिभिल बैंक मर्जरपश्चात् सातौं स्थानमा पुगेको छ । मर्जरपश्चात् सिभिल बैंकको भन्दा बढी प्रतिफल आउँछ । यो कुरा लगानीकर्ताहरुले बुझ्नु भएको छ । कोही पनि प्रमोटर मर्जरबाट विचलीत भएका छैनन् । उहाँहरुले गलत गरेको छ भनेर भन्नु भएको छैन । कुनै पनि कर्मचारीहरुलाई मर्का पर्ने गरी मर्जर भएको छैन । लिखित र मौखिक दुवै सहमति भएको छ । हजार जनालाई व्यवस्थापन गर्दा एकदई जना असन्तुष्टि हुनु स्वभाविक हो । तर, उहाँहरुलाई पनि हामीले उचित भीआरएसको सुविधा प्रदान गरेका छौं । सञ्चालक समिति, नाममा आफ्नो अपनत्व, व्यवस्थापनको उच्च तहमा आफ्नो व्यक्तिलाई छाडेर पनि सिभिल बैंकका लगानीकर्ता खुशी छन्, यो भित्रको राज के हो ? कुनै पनि डिल गर्दा मेरो हैसियत के हुने भनेर अपनत्व खोज्यो भने त्यो कहिल्यै पनि पुरा हुँदैन । डिल गर्दा आफूलाई अन्तिममा राख्यो भने मात्रै सफल हुन्छ । सिभिल बैंकको व्यवस्थापन र सञ्चालक समितिले कहि पनि आफ्नो हिस्सा खोजेको छैन । सेयरधनीहरुले राम्रो स्वाप रेसियो पाउनु र कर्मचारी व्यवस्थापन सफलतापूर्वक सम्पन्न भएको छ । हिमालयन बैंकमा रहेर होस् या अन्य ठाउँमा रहेर होस् काम गर्न सकिन्छ । सिभिल बैंकका सीईओ सुनिल पोखरेलले भीआरएस लिएर विदा हुनुभयो । तर, उहाँको सक्षमताले एक हप्तामै विदेशी बैंकको सीईओ बन्दै हुनुहुन्छ । यहि अड्किएर बसिरहनु पर्ने जरुरी छैन । आफ्नो क्षमताले जहाँ गएर राम्रो गर्न सकिन्छ । तपाई सिभिल बैंकको अध्यक्ष भएपछि सबै सूचकमा द्रूत गतिमा सुधार गर्नुभयो । यसलाई निरन्तरता दिनुपर्छ भन्ने किन लागेन ? बैंकको सञ्चालक समिति र व्यवस्थापनको इफोर्टले सम्भव भएको हो । पहिला सिभिल बैंक अण्डर क्यापासिटीमा सञ्चालन भएको थियो । म आएपछि पूणर् क्षमतामा सञ्चालनमा आएको हो । बैंकको पुँजी ९ अर्ब रुपैयाँ मात्रै थियो । अन्य बैंक २०/२५ अर्ब पुँजी भइसकेको अवस्थामा ९ अर्बको पुँजीले ठूलो सिनर्जी लिन सकिँदैन र प्रतिस्पर्धा गर्ने क्षमता रहँदैन भन्ने लाग्यो । सिभिल बैंक सफल हुनुमा व्यवस्थापन समूहले डिजिटलाइजेसनमा ठूलो फड्को मारेर हो । कर्मचारी घटाएर पेपरलेस बैंकिङ्ग सुरु गर्यौ । जसले गर्दा कम कर्मचारीले पनि धेरै सेवा दिन सक्ने भएपछि सिभिल बैंकले ग्रोथ गरेको हो । बैंकको विजनेश ग्रोथ ५० प्रतिशतभन्दा बढी हुँदै गर्दा पनि कर्मचारी संख्या घटाउँदै लग्न सफल भएका थियौ । बैंकको प्रडक्टिभिटी बढेर रिटर्न पनि बढ्दै गयो । सिभिल बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई प्राप्ति गरेर पुँजी बढाएको भए मर्जमा जानु पर्ने थिएन । तर, थोरै पुँजी भएर प्रतिस्पर्धात्मक फाइदा नहुने र सानो भोलुममा बस्नुपर्ने अवस्था थियो । विकास बैंक पनि त्यहि आकाराको हुन थालेकाले मर्जरको विकल्प खोज्यौं । ९/१० अर्ब पुँजी भएका बैंकहरुले पनि आफ्नो विजनेश ग्रोथ गरिरहेका छन् । तर, उनीहरुको पुँजी र रिजर्भको आकार बराबर छ । उनीहरु विजनेश गर्न सक्षम छन् । ज्वाइन्ट भेञ्चर विदेशी बैंकको पहुँचले गर्दा विजनेश गरिरहेका छन् । सिभिल बैंक नयाँ बैंक भएकाले रिजर्भ धेरै थिएन । हिमालयन बैंकमा सिभिल बैंकलाई समाहित गरेपछि तपाइको भूमिका कस्तो हुन्छ ? मेरो आफ्नो दैनिकी जे छ निरन्तरता दिन्छु । बैंकमा गर्नुपर्ने मेरो काम सबै सकिएको छ । एकीकृत कारोबारसम्म मेरो दायित्व पुरा भएको छ । सिभिल माईक्रोफाइनान्समा अध्यक्षको भूमिका निर्वाह गरेका पनि थिए । आइएमई जनरल इन्स्योरेन्समा पनि आफ्नो दायित्व पुरा गरेको थिए । आइएलएफसीमा १८ वर्ष आवद्ध भएर मर्ज गराएको थिए । यसलाई समान्य रुपमा लिन्छु । आगामी दिनमा पनि आफ्नो दैनिकी यहि हिसावमा निरन्तर अगाडि बढाउँछु । सबल र सक्षम बैंकसँग मर्जर गर्न सफल भएका छौं । एमओयू गर्नुभन्दा अघि नै सबै कुराहरु स्पष्ट भएको हुँदा केही बाधाहरु आएनन् । अन्य बैंकहरु पनि मर्जर भएका छन् । एउटा संस्थालाई राम्रो संस्थामा हस्तान्तरण गरेको छु । सिभिल बैंकको सञ्चालक र अध्यक्षको ४ वर्षे कार्यकालमा अण्डर पर्फमिङ बैंकलाई पर्फमिङ गरेर राम्रो संस्थासँग हात मिलाएर आफ्नो जिम्मेवारीबाट विदा भएको छु । आइएलएफसीलाई सिभिल बैंकमा मर्ज गराउँदा बोर्डमा हुनु हुन्थेन । पछि बैंकको सञ्चालकमा आएर अध्यक्ष बन्नु भयो । हिमालयन बैंकमा यस्तै उदय कहिलेसम्म देख्न पाउँछौं ? गर्न सक्ने मान्छेले एक कार्यकालमा सबै काम गर्न सक्छ । आइएमई जनरल इन्स्योरेन्स एउटा बिग्रेको संस्था थियो । अध्यक्ष अम्बिका पौडेल हुनु हुन्थ्यो । घाटामा रहेको कम्पनीलाई नाफामा ल्याउन सफल भयौं । कम्पनी सुधार भएपछि मेरो जरुरी भएन । सिभिल बैंकका तत्कालिन साथीहरुले तपाई आउनु पर्यो भनेपछि आएको हु । मेरो नेतृत्वमा एउटा टिम बन्यो । बैंकलाई ग्रोथ गराउन सञ्चालक समितिले भिजन बनायो । त्यसमा हामी सफल भयौं । तत्कालिन अध्यक्ष विभिन्न परिवन्धमा परेपनि हामी विचलित भएनौं । त्यसको बाबजुत पनि हामीले बैंकलाई सफल बनाउन भयौं । मेरो अन्य ठाउँमा पनि लगानी छ । जुन ठाउँमा मेरो जरुरत हुन्छ अथवा मलाई आह्वान गरिन्छ भने तयार छु । सिभिल बैंकका सञ्चालक अम्बिर बोगटी जीले तपाइ आउनु पर्यो भनेर अनुरोध गरेपछि म आएको थिए । अब जुन संस्थामा केही गर्नुपर्छ भन्ने जरुरी लाग्छ त्यसैमा प्रवेश गर्छु । राष्ट्र बैंकले तोकेको समय सीमा भित्र एकीकृत कारोबार गर्न सक्नु भएन । राष्ट्र बैंकले दिने सुविधा के हुन्छ ? असारपछि मर्जर सम्झौता गरेका कुमारी बैंक र एनसीसी बैंकको मर्जर सम्पन्न भयो । उनीहरुले करको सुविधा पाउँदैनन् । लक्ष्मी बैंक र सनराइज बैंकले पनि मर्जर सम्झौता गरेका छन् । राष्ट्र बैंकको मर्जर नीतिलाई अबलम्बन गरेको हुँदा मर्जरमा पाउने सेवा सुविधा पाउने अपेक्षा छ । असार अघि गरेको हुँदा कर छुट पाउँछौं । स्वीकृति प्रक्रिया पुस अगाडि नै लिइसकेको हुँदा त्यो सुविधा पाउने अपेक्षा छ ।
दिक्तेल–मानेभञ्ज्याङमा नियमित बस सेवा
खोटाङ । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारदेखि अल्छेढुंगाबाट दोर्पाको दुम्ली हुँदै साकेला गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङसम्म नियमित रूपमा बस सेवा सञ्चालनमा आएको छ । गाउँपालिकासँगको सहकार्यमा खोटाङ यातायात प्रालिले बिहीवारदेखि बस सेवा सञ्चालन गरेको हो । झण्डै ३९ किलोमिटर लामो सडकखण्डमा नियमित बस सञ्चालन भएपछि भाडादर समेत कायम गरिएको छ । साकेला गाउँपालिका–२ रतन्छाको सुर्के सिलापाबाट दिक्तेलसम्म ५००, यातिम्छाचोकबाट दिक्तेलसम्म ४५० तथा यातिम्छाचोक, पिनालाखा र साल्मेबाट दिक्तेलसम्म ४०० भाडादर कायम गरिएको छ । यस्तै लामदुवाली–दिक्तेल ३७०, चम्पा–दिक्तेल ३५०, चिउरीडाँडा–दिक्तेल ३००, दुम्ली–दिक्तेल २६०, रुवाबु–दिक्तेल २४०, च्यानडाँडा–दिक्तेल १८० र मोहोरिया–दिक्तेल १३० भाडादर कायम गरिएको छ । दिक्तेलबाट रतन्छासम्म समान ढुवानी गर्न १० किलोसम्म निःशुल्क र सोभन्दा माथि भएमा प्रतिकिलो ४ रुपैयाँका दरले भाडा लाग्ने खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । रासस
१२.५० प्रतिशत ब्याजमा वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वर्षका लागि ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गर्ने भएको छ। राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र २०८४ ‘क’ बिक्री गर्ने भएको हो । जसको ब्याजदर १२.५० प्रतिशत तोकेको छ । राष्ट्र बैंकले फागुन १४ गतेदेखि चैत ३ गतेसम्म बिक्री खुला गर्नेछ । उक्त ऋणपत्र चैत १० गते निष्काशन गर्नेछ भने २०८४ चैत १० गते साँवा भुक्तानी गर्नेछ । राष्ट्र बैंकका अनुसार उक्त बचतपत्रमा घटीमा १० हजार रुपैयाँ र बढीमा कूल आह्वान रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्नको लागि आवेदन दिन सकिन्छ । उक्त बचतपत्रमा वैदेशिक रोजगारीमा रहेका अथवा विदेशमा रोजगारी गरेर फर्केर ६ महिना नपुगेका नेपाली नागरिक, गैर आवासीय नेपालीले आफ्नो परिवारको नाममा खरिद गर्न सक्नेछन् ।
सडक सुधारको प्रगति र प्राथमिकताबारे समिक्षा
काठमाडौं । काठमाडौं उपत्यकाका सडकसँग सम्बन्धित निकायहरू सम्मिलित उच्चस्तरीय समन्वयात्मक समितिको नियमित बैठक बिहिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सम्पन्न भएको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भएको बैठकले यसबीचका कामहरूको प्रगति समिक्षा गर्दै थप आवश्यक निर्णयहरू समेत गरेको छ । केन्द्रीय, स्थानीय र विद्युत, खानेपानी जस्ता कयौं संस्थागत निकायहरूको समन्वय नहुँदा सडक भद्रगोल भइ जनताले सास्ती खेप्नुपरेको अवस्था सम्बोधनका लागि उपप्रधानमन्त्री श्रेष्ठको पहलमा उक्त समिति बनाइएको हो । जुनकुनै निकायका सडक केन्द्रित निर्माण वा विकासका कामलाई आपसमा समन्वय गरेर मात्र अगाडि बढाउने अनि छिटोभन्दा छिटो सडकलाई ‘क्लिएर’ गर्ने समितिको उद्देश्यमा सुरुवाती सफलता हासिल भएको समिक्षा बैठकमा गरिएको छ । त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सम्बन्धित सबै निकायबाट सडक सुधारमा सराहनीय पहल भएको र त्यसबाट समस्या समाधानको प्रभावकारी सुरुवात भएकोमा खुशी व्यक्त गरे । यो पहललाई अझ तीब्र बनाएर समस्याको पहिचान र समस्याको समाधानमा सबै जुट्नुपर्ने उनले बताए । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले समन्वयले राम्रो प्रभाव देखाएको तर मेलम्ची खानेपानी आयोजनाले बनाएको हिलाम्मे र धुलाम्मे सडकलाई तत्काल कसरी ‘क्लिएर’ गर्ने भन्नेमा भने अप्ठेरो सिर्जना भएको बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले सडक पुनस्र्थापना गर्दा गुणस्तरीय सामाग्री प्रयोग गर्न सुझाव दिए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमाल घिसिङले तार भुमिगत गरेपछि सडकलाई तत्कालै पुनस्र्थापना गर्ने कामलाई प्राधिकरणले उच्च महत्व दिएको बताए । त्यस्तै काठमाडौं उपत्यका विकास प्राधिकरणकी जानुका ढकालले कामको ठेक्का लगाउदा देखिनै निकायगत समन्वय हुनुपर्ने बताए । मेलम्ची खानेपानी योजनाका राजेन्द्र सापकोटाले टाल्न बाँकी ुलिकेजुहरू तीनचार दिन भित्रै टालिसकिने बताए । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका रमेश केसीले खानेपानी र बिजुलीका तार एकै ठाउँमा भूमिगत गर्न नहुने बताए । नेपाल टेलिकमका झलक उपाध्यायले समन्वयले कामको प्रभावकारीता र गुणस्तरमा समेत चुस्तता थपेको बताए । बैठकमा समितिका सदस्य सचिव डा. बिजय जैशीले समन्वायात्मक क्रियाशीलताको प्रगति र प्राथमिकताबारे बुँदागत प्रस्तुति दिएपछि सहभागीहरूले अनुभव, सुधार प्रगति र अबका प्राथमिकताबारे उल्लेखित धारणा राखे । बैठकले समन्वय समितिमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, ढल व्यवस्थापन शाखाका प्रतिनिधिलाई थप गर्ने, विद्युत, खानेपानी र अन्य निकायका केवलहरू एकै ठाउँबाट भूमिगत नगर्ने, मेलम्चीका ‘चेम्बर बक्स’को व्यवस्थापनमा एकमहिना भित्र सडक विभाग र सम्बन्धितहरूले समाधानको उपाय खोज्ने, विद्युत प्राधिकरण र मेलम्ची योजनाले दुबैतर्फ खनेका सडकको पुनस्र्थापना गर्दा आधाआधा रकम बेहोर्ने, विद्युत प्राधिकरणले १० दिनभित्रै पुनस्र्थापना कार्य सम्पन्न गर्ने र सडक बिभागले ुनेटवर्क बेसिसुमा मात्र तार राख्न अनुमति दिने महत्वपूर्ण निर्णयहरू गरेको छ ।