विकासन्युज

व्यवसायीले घेरे राष्ट्र बैंक (फोटोफिचर)

काठमाडौं । उद्योगी तथा व्यवसायीहरुले सोमबार नेपाल राष्ट्र बैंक घेरेका छन् । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजबारे सम्बोधन नगरेको भन्दै उनीहरुले राषट्र बैंक घेरेका हुन् । उद्योगी व्यवसायीमाथि बैंकहरुले देखाइरहेका दादागिरी राष्ट्र बैंकले वास्ता नगरेको उनीहरुको आरोप छ । मौद्रिक नीति परिमार्जन गर्नुपर्ने, ब्याज दरमा स्थिरता कायम गर्नुपर्ने, चालु पुँजी निर्देशिका स्थगित गर्नुपर्ने जस्ता उनीहरुको माग छ । 

२० लाख खर्चेर पढेका नर्सले तलब पाउँछन् १० हजार, कलेजले पाउन छाडे विद्यार्थी

काठमाडौं । विगतमा नर्सिङ पढ्न तछाडमछाड गर्ने विद्यार्थीहरु पछिल्लो समय भने घट्दै गएका छन् । स्नातक तह नर्सिङ शैक्षिक कार्यक्रममा छुट्याएको कोटा अनुसार विद्यार्थी अध्ययन गर्न नआएपछि चिकित्सा शिक्षा आयोगले समेत कोटा घटाएको छ । आगामी शैक्षिक शत्रका लागि आयोगले स्नातक तहको नर्सिङ अध्ययनमा कोटा घटाएको हो । तर, आयोगले शिक्षण कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्थाको संख्या भने केही बढाएको छ । आयोगले चालू शैक्षिक शत्रका लागि ४३ वटा शैक्षिक संस्थाहरुलाई १४ सय ६० कोटा निर्धारण गरेको थियो । तर, आयोगले आगामी शैक्षिक शत्रका लागि भने स्नातक तहको लागि अध्ययन गर्ने कोटा घटाएर १३ सय ५० कोटा निर्धारण गरेको छ भने अध्यापन गराउने ८ वटा शैक्षिक संस्था थप गरेर ५० पुर्याएको छ । विगतमा स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गर्दै आएको जानकी मेडिकल कलेजलाई आगामी शैक्षिक शत्रका लागि आयोगले नर्सिङ कक्षाको कोटा काटिदिएको छ । त्यस्तै, अन्य केही निजी कलेजहरुको स्नातक तह नर्सिङ तर्फको कोटा पनि आयोगले कटौति गरेको छ । आगामी शैक्षिक शत्रका लागि नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशनको १०, नोबेल मेडिकल कलेजको २०, नोबेल कलेजको २० र एन.पी.आई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडको १० वटा बिएस्सी नर्सिङको कोटा काटिएको छ । ओम हेल्थ क्याम्पस प्रा.लि.को १०, शिर मेमोरियल एड्भान्टिस्ट हस्पिटल इन्स्टिच्युटको २०, स्कुल अफ हेल्थ एण्ड अलाइड साइन्सको २०, श्री मेडिकल एण्ड टेक्निकल कलेजको २० र लुम्बिनी मेडिकल कलेजको २० वटा बिएस्सी नर्सिङको कोटा कटौति गरेको छ । होप इन्टरनेशनल कलेज, हाम्रो स्कुल अफ नर्सिङ, गण्डकी मेडिकल कलेज, चरक एकेडेमी पोखरा र बि एण्ड बि मेडिकल इन्स्टिच्युुटको बिएस्सी नर्सिङको कोटा पनि आयोगले आगामी शैक्षिक शत्रका लागि घटाएको छ । चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डा. भोजराज काफ्लेले छुट्याइएको कोटा अनुसार विद्यार्थी अध्ययन गर्न नआएपछि नर्सिङको कोटा घटाएको घटाइएको बताए । उनले एमबिबिएस र केही विषय बाहेक अन्य मेडिकल विषय पढ्ने विद्यार्थीको संख्या घट्दै गएको बताए । ‘चालु शैक्षिक शत्रमा पनि नर्सिङ विषयमा जति विद्यार्थीले अध्ययनको लागि प्रवेशिका परीक्षामार्फत नाम निकालेका थिए, उनीहरु पढ्न गएनन्, त्यसैले कलेजहरुको अवस्थाको कारण नै केही कोटा आगामी शैक्षिक शत्रका लागि घटाइएको हो’, डा. काफ्लेले भने । कतिपय कलेजहरुमा आवश्यक पूर्वाधारको कारणले पनि कोटा कटौति गरेको उनको भनाइ छ । जानकी मेडिकल कलेजको विषयमा भने धेरै उजुरीहरु आयोगमा आएको र आयोगमार्फत् भर्खरै केही समय अगाडि स्थलगत अनुगमन समेत गरिएको उनले बताए । स्नातक तहको नर्सिङ अध्ययनमा विद्यार्थीको आकर्षण नहुनुमा मुख्य दोष सरकारकै रहेको नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष तारा पोख्रेल बताउँछिन् । सरकारले नर्स अध्ययन गरेकाहरुको लागि रोजगारको व्यवस्था नगरेको र निजी क्षेत्रमा असाध्यै न्यून तलबमा काम गर्नु पर्ने अवस्था भएकाले अध्ययनमा आकर्षण कम भएको उनको भनाइ छ । ‘१८/२० लाख खर्च गरेर पढ्नुपर्छ, ८/१० हजारमा काम गर्नुपर्ने अवस्था छ, यस्तो अवस्थामा यो क्षेत्रमा विद्यार्थीको आकर्षण कसरी हुन्छ,’ उनले प्रश्न गर्दै भनिन्, ‘अहिले नर्सको दरबन्दी जति छ त्यसमा सरकारले आधा दरबन्दी पूर्ति नगरी खाली नै राखेको छ, दुर्गमबाट सुगममा सरुवा भएर आउन निकै सोर्स फोर्सको प्रयोग गर्नुपर्ने अवस्था छ, त्यस्तै लामो समयदेखि बढुवा पनि भइरहेको छैन ।’ आयोगमा कार्यरत एक अधिकारीले चिकित्सा क्षेत्रमा डाक्टरहरुको मोनोपोली रहेको र नर्सहरुको पीडा कसैले नसुन्ने अवस्था समेत भएकोले पनि पछिल्लो समय नर्स बन्ने विषयमा विद्यार्थीको आकर्षण घटेको धारणा राखे । होप इन्टरनेशनल कलेजका प्रिन्सिपल जयन्द्र झाले विगतका वर्षहरुमा कोभिडको कारणले विद्यार्थीहरु कोटाअनुसारको संख्यामा अध्ययन गर्न नआएको बताए । उनले अहिले आउने वातावरण बनेको भएपनि आयोगले कोटा कटौति गरेको बताए । बिपिएच लगायत केही विषयमा विद्यार्थी अभाव देखिएपनि नर्सिङमा भने खासै समस्या नरहेको उनको भनाइ छ ।  ८ संस्थाले पाए बिएस्सी नर्सिङको कोटा आगामी शैक्षिक शत्रका लागि ८ वटा नयाँ संस्थाले बिएस्सी नर्सिङ कार्यक्रम सञ्चालन गर्ने कोटा पाएका छन् । पोखरा एकेडेमी अफ हेल्थ साइन्स, सान इन्स्टिच्युट अफ नर्सिङ, मदन भण्डारी एकेडेमी अफ हेल्थ एण्ड साइन्स, कृष्ण मेडिकल एण्ड टिचिङ रिसर्च सेन्टर, देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युट, राप्ती एकेडेमी अफ हेल्थ साइन्स, नेशनल एकेडेमी फर मेडिकल साइन्स र बिपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सले आयोगमार्फत बिएस्सी नर्सिङ कक्षा सञ्चालनको लागि कोटा पाएका छन् । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक शत्रमा सञ्चालन हुने चिकित्सा शिक्षा अन्तर्गतका सम्पूर्ण विषयको प्रवेश परीक्षा लिने कार्य आइतबारसम्म सम्पन्न गरिसकेको छ । आयोगका सदस्य सचिव डा. काफ्लेका अनुसार चिकित्सा शिक्षा अन्तर्गतका सबै विषयहरुमा विगतमा एकैपटक प्रवेशिका परीक्षा लिने गरिएकोमा यसपटक भने विषयगत आधारमा भिन्नाभिन्नै ढंगले लिइएको बताए । कतिपय विषयहरुमा विद्यार्थी कम भएपछि कलेजहरुकै आग्रहमा परीक्षाको मोडेलमा परिवर्तन गरिएको उनको भनाइ छ ।

त्रास अनि आसमा लघुवित्तकर्मी

काठमाडौं । बंगलादेशमा जन्मिएको लघुवित्त नेपाली समाजमा सुरु भएको करिब तीन दशक भएको छ । नेपालको त्यो अत्यास लाग्दो गरिबी र सामाजिक विभेद न्यूनीकरणको लागि लघुवित्तको भूमिकालाई निषेधित गर्न सकिँदैन । मानव जीवनमा मानवीय स्वभाव तथा मानवीय आवश्यकता परिपूर्तिको लागि कर्जा तथा सापटी एक अभिन्न अंग जस्तै बनेको छ । जस्तै आर्थिक सफलताको लागि होस् वा व्यवसायिक सफलताको लागि, कर्जा लिनु बाध्यात्मक अवस्था छ । किनकी सम्पूर्ण मानिसहरुले व्यवसाय गर्न लाग्ने सबै रकम बचत गरेर राख्न सक्ने विषय होइन । मानव इतिहासको सुरुवाती चरण देखिनै हेर्ने हो भने कर्जा प्रवाह प्रणालीको फरक फरक रुपहरु देख्न सकिन्छ । सुरुवाती चरणमा आम मानिसलाई कर्जा आवश्यक पर्दा साहु माहाजनकोमा गएर घरजग्गा चल अचल सम्पत्ति बन्धक राखेर ऋण लिने अवस्था थियो जसमा चक्रवृत्ति व्याज प्रणाली थियो जसले गर्दा सावाको व्याज र व्याजको स्याजले धितो राखिएको सम्पत्ति बिरलै फिर्ता हुने गर्दथ्यो । ऊ बेलाको अशिक्षीत समाजमा वित्तीय साक्षरता हुने त कुरै भएन । अंकको पछाडी शून्ना थप्दै जाँदा त्यसले बन्धक राखिएको सम्पत्ति नै हडपिन्छ भन्ने ती निमुखा गरिब जनतालाई थाहा हुने कुरै भएन । समाज परिवर्तन हुँदै जाने क्रममा विस्तारै बैंकीङ्ग प्रणालीको विकास हुँदै गयो बैंकहरुको स्थापना हुँदै गए तर यी पनि धितो राख्न सक्ने र पहुँचवालाहरुका लागी मात्र काम लाग्ने र उपयोगी भयो । निमुखा गरिबको लागी यो प्रणाली पनि आकाशको फल जस्तै भयो । गरिबी न्युनीकरणको लागी पुनः विभिन्न बहसहरु सुरु हुन थाल्यो, जसका लागी एनजीयो नेपाल सरकारका विभिन्न औपचारिक तथा अनौपचारिक परियोजनाहरु मार्फत लघुबैंकिङ्ग प्रणालीको अभ्यास हुन थाले तर ती अभ्यासहरुले दीर्घकालीन रुपमा सफलता प्राप्त गर्ने देखिएन । फलस्वरुपः सुरु भयो लघुवित्त कार्यक्रम । नेपालको सन्दर्भमा लघुवित्तको इतिहासमा करिब तीन दशक लामो रहेको छ । चुलो चौकोमा मात्र सीमित महिलाहरुलाई वित्तीय साक्षरतासहित आर्थिक क्रियाकलाप मार्फत व्यवसायिक धारणमा विकास गराउनु नै लघुवित्तको प्रथम सफलता हो । यसैपनि विकट गाउँवस्तीमा बैंकिङ्ग कारोबार पुर्याउनु सहज विषय होइन । घामपानी धुवाधुलो केही कुराको प्रवाह नगरी विकट गाउँवस्तीमा जसको कुनै धितो राख्ने सम्पत्ति छैन जसलाई गाउँका हुनेखानेले एक रुपैयाँ पनि कर्जा पत्याउँदैन त्यस्ता वर्गको लागी लघुवित्त तीन दशकदेखि बिहानीको किरणझै झुल्किरहेको छ । बोल्न नजान्नेलाई बोल्न सिकायो पैसा नचिनेकालाई पैसा गन्दै व्यवसायबाट आम्दानी गर्दै पैसा गन्न सिकायो । भनिन्छ लघुवित्त महिला दिदीबहिनीहरुको माइती घर जस्तै हो किनकी गाउँका सोझा साझा दिदीबहिनीको दुःख पीडा मर्का बुझ्ने भनेकै लघुवित्तले हो । आजको नेपाली समाजमा कुनै गरिबले व्यवसाय गर्छु भन्दै गर्दा कुनै साहुमहाजनले कर्जा पत्याउनीवाला छैन तर हामी लघुवत्तकर्मीहरु भनिरहेका छौं की आउनुस् हे विकट तथा गाउँका दुरदराज गाउँवस्तीका गरिब आमा दिदीबहिनीहरु हामी तपाईंहरुको हातमा हात साथमासाथ दिएर तपाईंहरुको व्यवसायिक धारणालाई सफलताको शिखरमा पुर्याउन मदत गर्नेछौं । र, यो हामीले विगत तीस वर्षदेखि गरिरहेका छौं । गरिबी न्युनीकरणमा लघुवित्तको महत्वपूर्ण भूमिकालाई नकार्न सकिँदैन । विकट गाउँवस्तीमा वित्तीय साक्षरता र वित्तीय सचेतना फैलाउने यिनै लघुवित्तकर्मीहरु हुन् । तर आज यिनै लघुवित्तकर्मीहरु माथी समाजमा अपमान जनक व्यवहार गर्न थालिएको छ । गाउँ गाउँमा अराजक झुन्डहरु बनाएर लघुवित्तकर्मीहरुलाई धम्क्याउने पिट्ने आधारहीन आरोपहरु लगाएर फसाउन खोज्ने, कालोमोसो दल्ने यस्ता गतिवधिहरु बढेको देखिन्छ । अझ राष्ट्रीय स्तरका समाचार माध्यमहरुले समेत आधारहीन समाचार सम्पे्रषण गर्नुले त झन् आलो घाउमा नुन छरे जस्तै भएको छ । गाउँ शहरका चोकचोक गल्ली गल्लीदेखि सदनमा समेत लघुवित्तले ठगे लघुवित्तकर्मी अपराधी हुन भन्ने सुनिन्छ तर कहाँ को र कसरी ठगिए त भन्दै तथ्य माग्दा तथ्य भने कसैले प्रस्तुत गर्न सक्दैनन् । भर्खरै मात्र एकजना बिदामा बसेको कर्मचारीलाई नचाहिँदो परिकल्पना नै गर्न नसकिने आरोप लगाएर बजारमा किनमेल गर्दै गर्दा दुई चार जना अराजक तत्व मिलेर पिटेको र उल्टै नभएको आरोप लगाएर हिरासतमा पुर्याएको घटना हामीले देख्यौं । यसमा हामीले एक निर्दोष लघुवित्तकर्मीलाई अनाहकमा फसाउँदै गर्दा राज्य पक्षले गरेको सहयोग पनि छर्लङ्गै देखियो । यसले हामी लघुवित्तकर्मीलाई झनै त्रास फैलाएको छ विकट गाउँ वस्तीमा गएर काम गर्नुपर्ने मनोबल खस्कीएको छ ज्यान नै मार्नेसम्मको धम्कीहरु त कति हो कति । यसरी ज्यानै मार्ने धम्की दिँदै गर्दा भोली तलमाथि भयो भने त्यसको जिम्मा कसले लिने हो ? २३ हजार लघुवित्तकर्मीको जिम्मा राज्य र कथित संघर्ष समितिले लिनुपर्दछ । यहाँ गरिब जनतालाई कर्जाको व्याज महंगो भयो जनता ठगिए भनेर आन्दोलन गरिएको होइन आफ्नो राजनीतिक अस्तित्व स्थापित गर्नको लागी गाउँमा ३६ प्रतिशतमा मात्रै नभई मिटर व्याजमा समेत पैसा लगानी गरी आफ्नो कमाइ खाने धन्दा सुचारु गर्न नपाएकोले सोझा साझा जनतालाई भ्रमित पारेर कथित संघर्ष समिति बनाएर आफ्नो कमाइ खाने धन्दा सुरक्षित पार्न खोजिएको हामीलाई थाहा नै छ । लघुवित्तबाट पनि केही गल्ती नै भएको छैन भन्ने होइन भएका गल्तीहरुलाई सुधार गर्न सकिन्छ । तर सुधारको कुनै कुरै नगरी लघुवित्त संस्था खारेज नै हुनु पर्दछ भन्नु भनेको केही मान्छेहरुको यसमा स्वार्थ पक्कै लुकेको छ । तर हामी यसो हुन दिँदैनौं न गरीब जनताको आशा भरोसाको केन्द्र लघुवित्तलाई धरासाही हुन दिन्छौं न त गरीब जनतालाई भ्रमित हुन दिन्छौं । र। अर्को यिनीहरुका झुटको खेती सधैं टिक्नेवाला पनि छैन । भ्रमित जनतालाई वित्तीय साक्षरता मार्फत पुनः वित्तीय प्रणालीमा हामी फर्काउने नै छौं । कसैले त अपराधि होस् भन्दै आरोप लगाउँदैमा हामी लघुवित्तकर्मीलाई कही फरक पर्नेवाला पनि छैन । तपाईंका प्रहारहरुले हामी लघुवित्तकर्मीहरुलाई झन् नयाँ कुरा सिकाएको छ । यसले हामीलाई थप मजबुत बनाएको छ । तपाईंहरुका भ्रम त्रास र धम्कीलाई चिर्दै एकदिन ती गरिब निमुखा जनताको आगनीमा सुनौलो बिहानी ल्याउने आस अझैपनि हामीमा छ । (लेखक न्यौपाने उन्नति सहकार्य लघुवित्त संस्थामा आवद्ध छन् )

सिबिआईएलको नाम परिवर्तन, राखियो सिटिजन्स क्यापिटल

काठमाडौं । सिबिआईएल क्यापिटलको नाम परिवर्तन भएको छ । चौथौ विशेष साधारण सभाले कम्पनीको नाम परिवर्तन गर्दै सिटिजन्स क्यापिटल लिमिटेड राखेको छ । नयाँ नामसंगै नयाँ ढंगले ग्राहकवर्गमा विषेश योजनाहरु सहित प्रस्तुत हुन कम्पनीले बताएको छ । क्यापिटलका नयाँ योजनाहरुमा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरुलाई आइपीओ भरिदिने विशेष पिएमएस सेवा, डाक्टर पेशामा आवद्ध तथा अन्य पेशारक्षेत्रबाट सेवा निवृत व्यक्तित्वहरुलाई लक्षित गरी विभिन्न योजना साथै लगानी व्यवस्थापन सेवामा निश्चित प्रतिफल दिने रहेका छन् । कम्पनीले नाम परिवर्तनको उपलक्षमा सो सेवा लिन चाहने पहिलो ५० ग्राहकहरुलाई वार्षिक संचालन शुल्कमा पचास प्रतिशत छुटको व्यवस्था गरेको जानकारी दिएको छ । क्यापिटलले विगत ७ वर्ष देखि सामूहिक लगानी कोष तथा लगानी व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, सेयर रजिष्ट्रेसन, धितोपत्र प्रत्याभूतिका साथै परामर्श सेवा पनि प्रदान गर्दै आइरहेको छ । हाल कम्पनीले दुई अर्बभन्दा बढीको लागानी व्यवस्थापन तथा सिटिजन्स बैंक लगायका अन्य कम्पनीहरुलाई सेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउदै आईरहेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ कार्यरत छन् ।

साढे ७ वर्षपछि शीतल निवासबाट बाहिरिन् विद्यादेवी भण्डारी (फोटोफिचर)

काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी साढे ७ वर्षपछि शीतल निवासबाट बाहिरिएकी छन् । दुई कार्यकाल पूरा गरी सोमबार उनी शीतल निवासबाट बाहिरिएकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएसँगै शीतल निवासबाट बाहिरिएकी हुन् । निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँखीझ्याल उपहार दिएर विदाइ गरेका छन् । बुढानीलकण्ठस्थित निजी निवासमा मर्मतको क्रममा भएकाले उनी आज बालुवाटारस्थित छोरीको निवासमा गएको बताइएको छ । ‍ ‍

रविसँग चुनाव लड्ने उम्मेद्वारको चुनावी एजेण्डा : प्रतिमहिना १० हजार वृद्धभत्ता दिने

काठमाडौं । चितवन २ मा प्रतिनिधि सभा सदस्यको लागि उपनिर्वाचनको तयारी थालिएको छ । चितवन २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रवि लामिछानेको उम्मेदवारी र उनी निर्वाचित भएको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि चितवन २ मा उपनिर्वाचनको तयारी थालिएको हो । बैशाख १० गते उपचुनाव हुने मिति तय भइसकेको छ । उपचुनावको समय नजिकिएसँगै उम्मेदवारहरुले पनि चुनावी प्रचारप्रसार थालेका छन् सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने नै उम्मेद्वार बन्ने भएका छन् भने अन्य राजनीतिक दलबाट उम्मेदवार को भनेर निक्र्यौल भइसकेको छैन । सो क्षेत्रबाट स्वतन्त्रबाट प्रा.डा मोजराज बगाले उम्मेद्वार बन्ने भएका छन् । उनले चुनावी प्रचारप्रसार पनि थालिसकेका छन् । उनले आफुलाई निर्वाचित गरेको खण्डमा विभिन्न ११ वटा काम गर्ने भन्दै एजेण्डाहरु बनाएका छन् । उनको चुनावी घोषणापत्रमा प्रतिमहिना १० हजार रुपैयाँ वृद्धभत्ता उपलब्ध गराउनेदेखि निःशुल्क स्वास्थयबीमा प्रदान गर्ने विषय उल्लेख गरेका छन् । यस्तो छ उनको चुनावी घोषणापत्र

राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालयले सोमबार आयोजना गरेको विशेष समारोहका बीच राष्ट्रपति पौडेलले शपथ लिएका हुन् । नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । उनले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई ३३ हजार आठ सय दुई मतभार ल्याउँदै पराजित गर्दै विजयी भएका थिए ।

ललितपुरको युलेन्स स्कुलको दोस्रो युनिट काठमाडौंको बाँसबारीमा

काठमाडौं । ललितपुरको युलेन्स स्कुलले आफ्नो दोस्रो युनिट काठमाडौंको बाँसबारीमा सुरु गरेको छ। गत शनिबार नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले सो युनिटको उद्घाटन गरेकी थिइन् । बाँसबारीमा रहेको उक्त युनिटमा कक्षा १ देखि ८ सम्म यसै शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्ने स्कुलले जनाएको छ । सन् २००६ बाट ललितपुरको खुमलटारबाट सञ्चालन हुँदै आएको युलेन्समा अभिभावक, कर्मचारी र युलेन्स फाउन्डेसन लगायत सबैको मेहनतका कारण दोस्रो युनिट सञ्चालन गर्न सफल भएको राणाले बताएकी थिइन् । उद्घाटन कार्यक्रममा अतिथिको रुपमा सहभागी भएका चिनियाँ राजदूत चेन सङले युलेन्स स्कुलले नेपालमा गुणस्तीय शिक्षामा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका थिए। काठमाडौंको उत्तरी क्षेत्रलाई मध्यनजर गर्दै दोस्रो युनिट सञ्चालनमा ल्याएको स्कुलले जनाएको छ । युलेन्स एजुकेशन फाउण्डेशनका अध्यक्ष सोम पनेरुले लामो समयदेखि नेपालमा गुणस्तरीय शिक्षाको सबैको पहुँच दिलाउने उदेश्यले सञ्चालन भएको युलेन्स स्कुलको दोस्रो युनिट सुरु हुनु सफलता भएको बताएका थिए । परोपकारी गाइ र मरियम युलेन्स दम्पतीले नेपालको गुणस्तरीय शिक्षामा पुहुँच दिलाउने उदेश्यले सन् २००६ मा निश्चित रकम आर्थिक सहयोग गरेर सो स्कुल को शूरुवात भएको थियो । युलेन्स गैरनाफामुलुक स्कुल हो।