सिबिआईएलको नाम परिवर्तन, राखियो सिटिजन्स क्यापिटल

<p>काठमाडौं । सिबिआईएल क्यापिटलको नाम परिवर्तन भएको छ । चौथौ विशेष साधारण सभाले कम्पनीको नाम परिवर्तन गर्दै सिटिजन्स क्यापिटल लिमिटेड राखेको छ । नयाँ नामसंगै नयाँ ढंगले ग्राहकवर्गमा विषेश योजनाहरु सहित प्रस्तुत हुन कम्पनीले बताएको छ । क्यापिटलका नयाँ योजनाहरुमा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरुलाई आइपीओ भरिदिने विशेष पिएमएस सेवा, डाक्टर पेशामा आवद्ध तथा अन्य पेशारक्षेत्रबाट सेवा [&hellip;]</p>

काठमाडौं । सिबिआईएल क्यापिटलको नाम परिवर्तन भएको छ । चौथौ विशेष साधारण सभाले कम्पनीको नाम परिवर्तन गर्दै सिटिजन्स क्यापिटल लिमिटेड राखेको छ ।

नयाँ नामसंगै नयाँ ढंगले ग्राहकवर्गमा विषेश योजनाहरु सहित प्रस्तुत हुन कम्पनीले बताएको छ ।

क्यापिटलका नयाँ योजनाहरुमा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरुलाई आइपीओ भरिदिने विशेष पिएमएस सेवा, डाक्टर पेशामा आवद्ध तथा अन्य पेशारक्षेत्रबाट सेवा निवृत व्यक्तित्वहरुलाई लक्षित गरी विभिन्न योजना साथै लगानी व्यवस्थापन सेवामा निश्चित प्रतिफल दिने रहेका छन् ।

कम्पनीले नाम परिवर्तनको उपलक्षमा सो सेवा लिन चाहने पहिलो ५० ग्राहकहरुलाई वार्षिक संचालन शुल्कमा पचास प्रतिशत छुटको व्यवस्था गरेको जानकारी दिएको छ ।

क्यापिटलले विगत ७ वर्ष देखि सामूहिक लगानी कोष तथा लगानी व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, सेयर रजिष्ट्रेसन, धितोपत्र प्रत्याभूतिका साथै परामर्श सेवा पनि प्रदान गर्दै आइरहेको छ ।

हाल कम्पनीले दुई अर्बभन्दा बढीको लागानी व्यवस्थापन तथा सिटिजन्स बैंक लगायका अन्य कम्पनीहरुलाई सेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउदै आईरहेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ कार्यरत छन् ।

Share News