विकासन्युज

गृहमन्त्रीको पहिलो निर्णय : मन्त्री र सचिवले लिँदै आएको सुराकी परिचालन खर्च रोक्ने

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका छन् । शुक्रबार गृहमन्त्रीको रुपमा पद बहाली गर्दै मन्त्री श्रेष्ठले पहिलो निर्णयको रुपमा गृहमन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका हुन् । उनले आफूले गरेको सो निर्णय पारित गर्नका लागि मन्त्रिपरिषद्मा लाने बताए । यस्तै, मन्त्री श्रेष्ठले मिटरब्याजी पीडितको समस्यालाई समाधान गर्न सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने प्रस्तावमा हस्ताक्षर गरेका छन् ।  

नयाँ वर्षमा एलजीका सामान किन्दा ३५ प्रतिशतसम्मको क्यासब्याक

काठमाडौं । एलजीले नयाँ वर्षमा नयाँ अभियान शुभकामना जीवनभरको जारी गरेको छ । यस अभियानले एलजीका कुनै पनि सामानको खरिदमा क्यासब्याक र पक्का उपहार योजना लिएर आएको छ । उपहार योजना अन्तर्गत एलजीका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स्ले एलजी होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्म बढी क्यासब्याक र पक्का उपहारहरु प्रदान गरेको छ । एलजी होम इन्टरटेन्मेन्ट अन्तर्गतको योजनामा विश्वकै उत्कृष्ट एलजी ओलेड टिभी, एलजी युएचडी टिभी, वाइरलेस स्पीकर, साउन्ड बार र होम अडियोको खरिदमा ग्राहकहरुले ३५ प्रतिशतसम्म बढी क्यासब्याक प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा ओभन वा एयर फ्रायर, एलजी डबल डोर रेफ्रिजेरेटरको खरिदमा मिक्सर वा गिफ्ट सेट, एलजी डबल डोर ९३६० लिटरसम्म रेफ्रिजेरेटरको खरिदमा फ्यान, ह्यान्ड ब्लेन्डर वा कुकर पाउँनेछन् । यस्तै, एलजी फ्रन्ट लोड वाशिङ मेसिन ९१० केजी र माथिको खरिदमा इन्डक्सन कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन ९९ केजी सम्मको खरिदमा डिटरजेन्ट पाउडर, एलजी टप लोडरटिक्न टब वाशिङ मेसिनको खरिदमा केटल वा नन स्टीकी फ्राइ प्यान, एलजी डिस वासरको खरिदमा डिसवासर किट र एलजी एयर प्युरिफायरको खरिदमा एयर फ्रायर प्राप्त गर्न सक्नेछन् । त्यस्तै, एलजी माइक्रोवेभ ओभनको खरिदमा ग्राहकहरुले फ्री खाना पकाउने कीट प्राप्त गर्न सक्नेछन् । यस अफरमा एलजी सिङ्गल डोर रेफ्रिजेरेटर र भ्याकुम क्लिनरको खरिदमा क्यासब्याक प्राप्त गर्नेछन् । त्यस्तै एयर सलुसन तर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले क्रमश ४ हजार रुपैयाँ र ५ हजार रुपैयाँको निशुल्क स्थापना सेवा पाइनेछ । यो योजना चैत्र १२ गते देखि सीमित अवधीको लागि लागु हुनेछ ।

टेलिफोनका ग्राहकको गुनासो सुनुवाइमा गम्भीर बन्न मन्त्री शर्माको निर्देशन

भैरहवा । सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टेलिफोनका विषयमा सेवाग्राहीबाट आउने गुनाप्रति गम्भीर बन्न नेपाल टेलिकमका कर्मचारीलाई निर्देशन दिएकी छिन् । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाको निरीक्षणपछि कर्मचारीलाई सम्बोधन गर्दै उनले सरकारले जनताको सेवा प्रवाहलाई सहज बनाउने नीतिलाई प्राथमिकतामा राखेकाले टेलिकमको सेवा प्रवाह पनि सहज हुनुपर्ने बताइन् । सेवाग्राहीले सेवा नपाउदा गर्ने गुनासो सुनुवाइलाई प्राथमिकतामा राखेर त्यसलाई सम्बोधन गर्नेगरी कर्मचारीलाई प्रशिक्षित गर्न पनि उनले आग्रह गरिन् । आफू मन्त्री भएपछि पहिलो निर्णयको रुपमा राजमार्गको सबै ठाउँमा मोबाइल र इन्टरनेट सेवा विस्तार गर्न निर्देशन दिएको स्मरण गराउदै उनले यसको पूर्ण कार्यान्वयनमा जा पनि आग्रह गरिन् । राजमार्गसंगै अस्पताललगायतका समवेदनशील ठाउँलाई प्राथमिकता दिएर सेवा विस्तार गर्न आग्रह गर्दै मन्त्री शर्माले लुम्बिनी प्रदेशको कति प्रतिशत क्षेत्रमा फोन र इन्टरनेट विस्तार भएको छ र बाकी क्षेत्रमा कहिले पुर्याउन सकिन्छ भनेर अध्ययन गर्न पनि निर्देशन दिइन् । उनले कर्मचारी व्यवस्थापनमा पनि ध्यान दिन आग्रह गर्दै कोही दुर्गममा बसिरहने र कोही पहुँचको भरमा सुगममा बस्ने अवस्था रहन नहुने बताइन् । हरेक कर्मचारी म यति समय सुगममा बसे भने यति समय दुर्गम जानुपर्छ भन्ने मानसिकतामा बस्नुपर्नेमा मन्त्री शर्माले जोड दिइन् ।  

अर्थमन्त्रीले सेयर बजार र घरजग्गाको विषयमा मुख खोले

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले घट्दै गएको सेयर बजारको विषयमा चिन्ता व्यक्त गरेका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री महतले पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्या र यसले सेयर बजार र घरजग्गा कारोबारमा सुस्तता आएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले आफुले अब अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सबै निकायहरुसँग समन्वय गरेर काम गर्ने उनको भनाइ छ । उनले वर्तमान चुनौति समाधानका लागि जस्तोसुकै निर्णय गरेर पनि अगाडि बढ्ने बताए । ‘एक्लैले केही गर्न सकिँदैन, सबैसँग सहकार्य गरेर अगाडि बढ्छु, वर्तमान समस्या समाधानका लागि मलाई सबैको सहयोग आवश्यक छ, ‘लगानीको वातावरण सुधार गर्न राष्ट्र बैंकको मूख्य भुमिका छ, राष्ट्र बैंकको पनि मलाई सहयोग चाहिन्छ, हामीले मिलेर काम गर्नु पर्छ,’ उनले भने ।

अर्थमन्त्रीले गभर्नरसँग भने : मिलेर काम गरौं

काठडमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महत गभर्नर महाप्रसाद अधिकारीलाई मिलेर अगाडि बढ्नु पर्ने बताएका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री महतले वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधानका राष्ट्र बैंकसहित सबै निकायले एक आपसमा समन्वय गरेर काम गर्नु पर्ने बताएका हुन् । अहिले अर्थतन्त्रका विषयमा देखिएको निराशालाई आशामा बदल्न सबैले सहकार्य गर्नु पर्ने उनको धारणा थियो । पछिल्लो समय अर्थमन्त्री र गभर्नरबीच सम्बन्ध बिग्रिँदा आर्थिक नीति र मौद्रिक नीतिबीच तालमेल हुन नसकेको धेरेको बुझाइ थियो । पूर्व अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीच पनि सम्बन्ध बिग्रेको चर्चा थियो । अहिले अर्थमन्त्री महतले सुरुमै उनीसँग सम्बन्ध सुधारको आग्रह गरेका हुन् ।

३ लाख ५८ हजार १७६ जनाले पाए सगरमाथा जलविद्युतको १० कित्ता सेयर

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले चैत ८ गतेदेखि १२ गतेसम्म निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । शुक्रबार कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्याटिलको कार्यालयमा बाँटफाँट भएको हो । मागभन्दा बढीको आवेदन परेपछि कम्पनीले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट १० कित्ताको दरले सेयर वितरण गर्दा ३ लाख ५८ हजार १७६ जनाले मात्रै सेयर पाएका छन् । कम्पनीको आईपीओमा कुल १४ लाख ४४ हजार ९७८ जनाको आवेदन परेको थियो । जसमध्ये ५१ हजार ८२५ जनाको आवेदन रद्द भई १३ लाख ९३ हजार १५३ जना योग्य आवेदक भएका थिए ।  

‘ब्याज घटाउँछु, कर बढाउँदिनँ’

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकको ब्याज घटाउन पहल गर्ने बताएका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री महतले वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि ब्याज घटाउनेदेखि अन्य नीतिगत परिवर्तनका लागि सहजीकरण गर्ने बताएका हुन् । सरकारले खर्च गर्न सक्ने क्षमता बढाउने भन्दै उनले भने लगानी भित्र्याएर राजस्वको दायरा बढाउने बताए । राजश्व र कर संकलनका लागि सरकारले करकाप नगर्ने उनको भनाइ छ । ‘संकटमा रहेको अर्थतन्त्र बचाउन जस्तोसुकै निर्णय पनि लिन सक्छु, अहिले ब्याजदरको विषयमा व्यापाक चर्चा भएकोले ब्याजदर घटाउन पहल गर्नेछु, अनावश्यक रूपमा करको दर बढाउनेभन्दा पनि करको दायरा बढाउन तर्फ मेरो ध्यान हुनेछ,’ उनले भने । यस्तै, उनले सेयर बजार र घरजग्गाको विषयमा पनि धारणा राखेका छन् । उनले आफु सहज अर्थतन्त्र निर्माणका लागि जस्तोसुकै निर्णय पनि लिन सक्ने बताएका छन् । यस्तै, अर्थतन्त्रको समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने उनले बताएका छन् । ‘समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौं, साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने वातावरण सिर्जना गर्छौं,’ उनले भने । यस्तै, उनले अहिले अर्थतन्त्रमा देखिएको निराशालाई आशामा बदल्नका लागि बैंक तथा वित्तीय संस्थाहरुको नियामक नेपाल राष्ट्र बैंकसँग समन्वय गरेर काम गर्ने बताएका छन् । महतले राजस्व संकलन सन्तोषजनक नभएको बताउँदै लगानी शिथिलता, मूल्यवृद्धि लगायतलाई मूल्यांकन गरेर काम गर्ने पनि बताए । अर्थमन्त्री महतले महतले पूर्वाग्रह नराखी काम गर्न पनि सबै कर्मचारी र राष्ट्र बैंक नेतृत्वलाई आग्रह गरेका छन् । उनले अहिलेको अवस्थामा एकआपसमा समन्वयन गरेर काम गर्नु पर्ने बताउँदै संरचनात्मक सुधारका लागि सबैले लाग्नु पर्ने बताए ।

शाओमी नेपालले सुरु गर्यो ‘मि मिशन’ शिक्षा

काठमाडौं । शाओमी नेपालले ‘मि मिशन’ शिक्षा शुरु गरेको छ । शाओमीले मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई शैक्षिक र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । शाओमीले मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई शैक्षिक र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटी बाल आश्रम हो । यी दुबै संस्थाहरु गोदावरीमा अवस्थित छन् । शाओमी नेपाल अप्ठेरोमा परेकाहरूलाई मद्दत गर्दै समाजमा सकारात्मक प्रभाव ल्याउन सक्रिय रूपमा संलग्न छ । साथै यसले समुदायको सेवाका लागि धेरै कल्याणकारी कार्यहरू गर्दै आएको छ । शाओमीले आफ्नो व्यापारिक उत्पादन तथा संचालनसँग मिल्दोजुल्दो क्षेत्रहरूमा योगदान दिदैँ समुदायको विकासमा योगदान गर्दै आएको छ । शाओमीले समुदायमा सकृय रुपमा विभिन्न सामाजिक कल्याणकारी कार्यक्रमहरु आयोजना गर्दै आएको छ । आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको एक भागको रूपमा शाओमीले गोदावरी स्थित मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई २०० भन्दा बढी स्कूल ब्याग,स्टेशनरी सामानहरु, फुटबल, बास्केटबल, मास्क र सेनिटाइजरहरू प्रदान गरेको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पाण्डेले यी संस्थाहरूलाई सहयोग हस्तान्तरण गरेका थिए । कार्यक्रममा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पण्डेले भने, ‘हाम्रो उद्देश्य सकेसम्म धेरै मानिसहरूसम्म पुग्नु र विद्यार्थीको शिक्षाको लागि समावेशी वातावरण सिर्जना गर्नु हो। हामीले यसलाई हाम्रो मिशन  शिक्षा बनाएका छौं । यो अभियानको निरन्तर प्रयास र अन्तिम लक्ष्य ‘सबैका लागि शिक्षा’ हुनेछ । यस्ता कार्यक्रमहरुले व्यवसायलाई दीर्घकालीन रुपमा समाज, सर्वसाधारण र कम्पनीकै आवश्यकतालाई सम्बोधन गर्दछन् भन्ने कुरामा हामी विश्वास गर्दछौँ ।’