‘नेतृत्वमा युवालाई विश्वास गर्नु पर्छ, विनोदजीले मलाई विश्वास गर्दा नबिलको मुहार फेरें’
काठमाडौं । बैंकर बैंकर अनिल केशरी शाहले कुनै पनि संस्थाको विकासमा युवाको नेतृत्वलाई जिम्मेवारी दिएर विश्वास गर्नु पर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी महासम्मेलनका बोल्दै उनले संस्थाको विकासका लागि युवाहरुलाई विश्वास गर्नु पर्ने बताएका हुन् । ‘‘विश्वमा बदलिंदो कार्य वातावरणः संस्थागत सफलताको आधार’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले कुनै पनि संस्थामा जनशक्तिको भूमिका महत्वपूर्ण हुने भएकोले संस्थाको संस्थागत विकासको लागि जनशक्तिलाई प्रविधिसँगै सीप सिकाउनमा जोड दिनु पर्ने बताए । संस्थाको जति ठूलो ब्राण्ड भए पनि जनशक्ति सिपयुक्त र क्षमतावान भएन भने संस्थाले प्रभावकारी पफर्मेन्स गर्न नसक्ने बताए । संस्थाको मुल स्रोत भनेको जनशक्ति हो । जनशक्तिमा लगानी गर्नपछि हट्नु हुँदैन । कर्मचारीलाई गाली गरेर संस्थाको विकास हुँदैन । टीमलाई कसरी मोटिभेट गर्यो भने प्रतिफल निस्कन्छ, त्यसतर्फ ध्यान दिनु पर्छ,’ उनले भने । उनले विश्वमा प्रविधिमा भइरहेको परिवर्तनलाई बुझेर र त्यसलाई आत्मसाथ गरेर अगाडि बढ्नु पर्ने बताउँदै संस्थामा उमेरले कुनै ‘म्याटर’ नराख्ने धारणा राखे । आजको संसार अवसर र प्रतिस्पर्धाको भएको बताउँदै सीप विकास, नेटवर्क विस्तार र सकारात्मक सोच राखेर अगाडि बढ्नु पर्ने धारणा राखे । ‘संस्थाको विकासमा युवा नेतृत्वले अहक भूमिका निर्वाह गर्न सक्छ, युवाहरुमा जोश, जाँगर र प्रविधिसँग खेल्न सक्ने क्षमता हुन्छ, उमेर पुगिसकेकाहरुलाई संस्थामा राखेर संस्थाको विकास हुन सक्दैन, उमेरले कुनै म्याटर गर्दैन, म ३८ वर्षको उमेरमा बैंकको सीईओ बनेँ, मलाई विनोद चौधरीजीले विश्वास गर्नु भयो, मैले गरेर देखाएँ, संस्थासँगै मेरो पनि इमेज चेञ्ज भयो,’ उनले भने । यस्तै, छलफलमा राष्टिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी क्षेत्रमा सबैको आकर्षण हुने किसिमले काम गर्न आवश्यक रहेको बताए । उनले सहकारीमा ठूलो नेटवर्क रहेको बताउँदै सो नेटवर्कको सही किसिमले सदुपयोग गरेर काम गर्नु पर्ने उनको भनाइ छ । ‘अब सहकारीबाट सिकेर अरु ठाउँमा जाने होइन, अरु ठाउँबाट सिकेर सहकारीमा आउने वातावरण सिर्जना गर्नु पर्छ, नेटवर्कको अधिकत प्रयोग गर्नु पर्छ, अहिलेको समस्या हाम्रो कारणले मात्रै होइन, यो विश्वव्यापी कारणले हो, सहकारीमा क्षमता विकास गर्नु पर्छ,’ उनले भने । यस्तै, कार्यक्रममा भिजिनरी इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० इन्द्र गुरुङले जुन रफ्तारमा संसारमा परिवर्तन भइरहेको छ सोही रफ्तारमा हामी पनि परिवर्तन हुनु पर्ने बताए । उनले सिक्ने र बुझ्ने मात्रै नभइ हरेक विषयलाई आत्मसाथ गरेर अगाडि बढ्नु पर्ने धारणा राखे । छलफल कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका नेशनल प्रोजेक्ट संयोजक प्रकाश शर्माले दिनप्रतिदिन काम गर्ने शैली पविर्तन भइरहेको बताउँदै हामी पनि त्यसममा अभ्यस्त हुँदै जानु पर्ने बताए । काम लिने र काम गर्नेबीचको सम्बन्ध पनि प्रगाढ हुनु आवश्यक रहेको उनको भनाइ छ । ‘काम गर्नेले पनि संस्था आफ्नै हो भन्ने किसिमको अपनत्व महसुस गर्नु पर्छ, नेतृत्वले पनि सोही किसिमको व्यवहार गर्नु पर्छ, तब मात्रै संस्थाको विकासमा महत्वपूर्ण योगदान पुग्छ,’ उनले भने । छलफल कार्यक्रमको चेयरको रुपमा नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल रहेका थिए । उनले पनि विश्वमा कामको शैलीमा परिवर्तन भइरहेकोले संस्थामा काम गर्ने जनशक्तिको विकासमा ध्यान दिनु पर्ने धारणा राखे । उनले क्षमतावान र सीपयुक्त जनशक्तिलाई संस्थामा टिकाउनका लागि संस्थाले सोही किसिमको सहज वातावरण सिर्जना गर्नु पर्ने बताए । छलफल कार्यक्रममा सहभागीहरुले पनि वत्ताहरुसमक्ष आफ्ना जिज्ञासा राखेका थिए । उनीहरुले संस्थागत विकास र जनशक्तिको क्षमता अभिवृद्धि विषयसँग सम्बन्धित भएर आफ्ना जिज्ञासाहरु राखेका थिए ।
आयुर्वेदको विकासका लागि अध्ययन संस्थान आवश्यक छ : प्रा डा चन्द्रराज सापकोटा
काठमाडौं । आयुर्वेद चिकित्सा विज्ञानका विज्ञ प्रा डा चन्द्रराज सापकोटाले नेपालमा आयुर्वेद क्षेत्रको विकासका लागि आयुर्वेद अध्ययन संस्थान स्थापना हुनुपर्नेमा जोड दिएका छन् । उनले मुलुकमा आयुर्वेद चिकित्सा क्षेत्रको विकास र विस्तार, यसको प्राज्ञिक उन्नयन एवं आवश्यक नीति निर्माणका लागि सो संस्थानका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले विसं २०५१ र शिक्षा मन्त्रालयले २०५५ मा नै निर्णय गरेको भए पनि आजसम्म त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद अध्ययन संस्थान स्थापना हुन नसक्नु दुःखद रहेको बताए । प्रा डा सापकोटाकै संयोजकत्वमा आयुर्वेदका विभिन्न निकायका प्रमुखहरु सहितको प्रतिनिधित्व हुनेगरी गठित नौ सदस्यीय समितिले प्रतिवेदन पेश गरेपछि त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा डा तीर्थ खनियाले विस २०७४ फागुन १६ को बैठकबाट सो संस्थान स्थापनाको निर्णय गराएका थिए । उक्त संस्थान स्थापनाको निर्णय त्रि वि कार्यकारी परिषद्ले समेत स्वीकृत गरी विश्वविद्यालय सिनेटमा पठाएकामा पछि सिनेटबाट उक्त प्रस्ताव पास हुन नसक्दा प्रक्रिया अगाडि बढ्न नसकेकाले प्रा।डा सापकोटा सरकारले जतिसक्दो चाँडो यो प्रक्रिया सुरु गर्नुपर्ने सुझाव दिन्छन्। प्रा डा सापकोटाले भने, ‘आयुर्वेद चिकित्सा अध्ययन संस्थान स्थापनाको उक्त प्रस्ताव पास भएको भए अहिले नेपालमा आयुर्वेदमा कम्तीमा २२ विषयका विज्ञको अध्ययन, अध्यापन र अनुसन्धान गर्न सकिने थियो । प्राज्ञिक पठनपाठनका साथै नेपालमा आयुर्वेद क्षेत्रका कैयौँ महत्वपूर्ण अनुसन्धानहरु गर्न सकिने थियो’, त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पसका पूर्वप्राध्यापक डा सापकोटा भन्छन्, ‘आयुर्वेद अध्ययन संस्थान स्थापनाको उक्त प्रस्ताव सिनेटबाट पास हुन नसक्नु नेपालको आयुर्वेद क्षेत्रका लागि मात्र होइन कि मुलुकको चिकित्सा क्षेत्रका लागि नै दुर्भाग्य हो ।’ आयुर्वेद क्षेत्रको विकास नेपालमा लामो समय आयुर्वेद क्षेत्रको विकास र विस्तारमा सक्रिय रहेका प्रा डा सापकोटा आयुर्वेद क्षेत्रको विस्तारमा राज्यले विशेष योजना ल्याउनुपर्ने बताउँछन्। यसका लागि राष्ट्रिय आयुर्वेद प्रतिष्ठान सञ्चालन गर्नुपर्ने पनि उनको सुझाव छ । स्वास्थ्य मन्त्रालयले विसं २०६३ मा राष्ट्रिय आयुर्वेद प्रतिष्ठान सञ्चालन गर्ने भने पनि उक्त प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र गगन थापा स्वास्थ्यमन्त्री भएको तत्कालीन समयमा स्वास्थ्य मन्त्रालयले आयुर्वेद तथा पुरक चिकित्सा परिषद् निर्माण गर्ने भन्दै मन्त्रिपरिषद्बाट निर्णय गरेको भए पनि उक्त निर्णय अहिलेसम्म कार्यान्वयनमा नल्याइनु अर्को दुःखद पक्ष भएको पनि उनको भनाइ छ । मन्त्रिपरिषद्बाट भएको निर्णयसमेत कार्यान्वयनमा ल्याउन नसक्नु नेपालमा आयुर्वेद क्षेत्रको विकासमा राज्यले नै ध्यान दिन नसकेको हो भन्ने मलाई लाग्छ– उनले भने। प्रा डा सापकोटा भन्छन्, ‘आयुर्वेद त नेपालको मूल चिकित्सा भइहाल्यो, अरु पनि जस्तो प्राकृतिक, होमियोप्याथी, युनानी, आम्ची, ट्रेडिसनल चाइनिज मेडिसिन लगायतका चिकित्साको लागि नियमन गर्ने र अनुसन्धान गर्ने उद्देश्यले यो परिषद् गठन गर्न खोजिएको हो, त्यसका लागि मेरै संयोजकत्वको समितिले धेरै समय लगाएर अनुसन्धान गरी तयार पारी पेश पनि गरेका थियौँ, प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषद्ले पास गरेको बताए पनि उक्त परिषद् आजसम्म पनि गठन हुन सकेको छैन, यो किन र कसका कारणले रोकिएको हो यस क्षेत्रका कसैले जवाफ पाएका छैनन् ।’ नेपालको आयुर्वेद क्षेत्रमा लामो इतिहास बोकेको सिंहदरबार बैद्यखानाको व्यवस्थान र आयुर्वेद क्याम्पस कीर्तिपुरको व्यवस्थापन लगायतलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । नेपाल जडिबुटीका लागि अथाह सम्भावना भएको मुलुक हो । संसारमा कतै नपाइने तर महत्वपूर्ण औषधिय मूल्य भएका असङ्ख्य जस्तो यार्शागुम्बा, पाँचऔँले, जटामसी, लोठसल्लो जस्ता हजारौँ जडिबुटी नेपालमा पाइन्छन् । तर तिनको सही सदुपयोग गरी औषधि निर्माण गर्न सकिएमा नेपालले औषधिका लागि अरबौँ रुपैयाँ विदेशमा खर्च गर्नु पर्दैनथ्यो । तर हामीले यहाँका औषधिजन्य जडिबुटीहरुको उपयोग र प्रयोग गरी देशभित्रै आयुर्वेद चिकित्सा पद्धतिको विकास गर्नेभन्दा पनि विदेशबाट औषधि किन्दा फाइदा भएर होला, सरकार यस क्षेत्रको विकाशमा पूरै उदाशिन देखिएको छ । नेपालमा भएको जडिबुटीलाई नेपालमा सही उपयोग गर्नुपर्छ । नेपालमा उत्पादित भएको जडिबुटी भारतमा जाँदा थप समस्या हुने गरेको छ । उनीहरु यहाँबाट महंगो जडिबुटी गुन्द्रुकको भाउमा लान्छन् तर उनीहरुले त्यसैबाट बनाएको औषधि हामी महंगोमा किन्न बाध्य भएका छौँ । यो विगतदेखिको नियत र समस्या अझै घट्न सकेको छैन । नेपाल आयुर्वेद चिकित्सक संघको संस्थापक अध्यक्ष समेत भइसक्नुभएका प्रा डा सापकोटा सरकारको अग्रसरताकै अभावमा नेपालमा आयुर्वेद चिकित्सा क्षेत्र पछि परेको बताउँछन्। धरासायी बनाइयो सिंहदरबार बैद्यखाना राजा प्रताप मल्लका पालामा स्थापना भएको सिंहदरबार बैद्यखाना अहिले समस्याग्रस्त रुपमा अगाडि बढेको छ । सुरुका दिनमा दरबारका मानिसलाई मात्र आयुर्वेद औषधिको व्यवस्था गर्दै आएको सिंहदरबार बैद्यखानाले विस २००८ देखि सर्वसाधरणलाई समेत औषधी विक्रिवितरण गर्दै आइरहेको छ । सुरुमा आयुर्वेद विभागअन्तर्गतको आयुर्वेद औषधि निर्माण गर्ने सिंहदरबार बैद्यखानाको नामले परिचित उक्त संस्था विसं २०५१ को गठन आदेशअनुसार विसं २०५२ साउनदेखि सिंहदरबार बैद्यखाना विकास समितिको नामबाट सञ्चालित हुँदै आएको छ । कुनै समय वैद्यखानाले देशमा उपलब्ध रहेको प्राकृतिक जडीबुटीको प्रयोग गरेर लगभग एक सय ८५ प्रकारका आयुर्वेदिक औषधिको उत्पादन गर्ने गरेकामा अहिले च्यवनप्रास बाहेकका उत्पादन हुन सकेको छैन । विसं २०५२ देखि प्रा डा सापकोटाले केही वर्ष सिंहदरबार बैद्यखाना विकास समितिको प्रबन्ध निर्देशकका रुपमा काम गरेका थिए। वैद्यखानाको आहिलेको भौतिक संरचनामा उनकै हात छ । उहाँ त्यहाँ रहँदा नेपालमा पहिलो पटक तुलसी चियाको उत्पादन सुरु भएको थियो र नेपालमा सो चियाको निकै राम्रो बजार पनि थियो । तर सो लोकप्रिय उत्पादनलाई उहाँपछि आउने नेतृत्वले निरन्तरता दिन सकेन । त्यत्रो ठूलो भौतिक संरचना तयार भएको र विगतमा सयौँ थरि औषधि उत्पादन गरेर आफ्नो क्षमता प्रदर्शन गरेको वैद्यखाना अहिले एकाध औषधिमा सीमित छ । व्यवस्थापन अस्तव्यस्त छ, अब त कर्मचारीले तलब खान पनि नपाउने अवस्थामा पुगेको छ । सापकोटा सिंहदरबार बैद्यखानाको बेथिती गराउने दुई कारण भएको बताउँछन् । वैद्यखाना विकास समितिमा विषय विज्ञ भएको नेतृत्व नहुनु र सिंहदरबार बैद्यखानालाई सरकारले चासो नदिनुले उक्त समिति धरासयी बनेको उहाँको भनाइ छ । त्यसबाहेक अनावश्यक रुपमा कर्मचारी भर्ना गर्नुसमेत रहेको छ । उहाँका अनुसार यस विषयका विज्ञ तथा संस्था सञ्चालनका लागि अवाश्यक व्यवस्थापकीय क्षमता भएका व्यक्तिलाई जिम्मेजारी नदिइ राजनीतिक भर्ती केन्द्र बनाउने काममा सरकारका स्वास्थ्य मन्त्रीहरु लागेकाले यति पुरानो संस्थाको यो हालत हुन पुगेको हो । सिंहदरबार बैद्यखानाको नेतृत्व गरेर जाने व्यक्ति सक्षम हुनुपर्ने र उसले आफू संस्थाको विकास गर्न आएको हुँ की अन्य काम गर्न भन्ने बुझ्नुपर्ने उनको धारणा छ । सरकारी व्यवस्थापनले सञ्चालन भएको संस्था राम्रो रुपमा चल्न सकेन । नेपालमा भएको जडिबुटीलाई उच्चतम प्रयोग गर्न नसक्दा समस्या भएको उनको भनाई छ । सिंहदरबार बैद्यखानालाई व्यवस्थित रुपमा सञ्चालन गर्नसके नेपालमा आयुर्वेद औषधीको विकासमा ठूलो सहयोग पुग्ने र विदेशबाट आयात गर्नु नपर्ने उनको भनाइ छ । नेपालमा आयुर्वेद चिकित्साको प्रयोग नेपालमा आयुर्वेद चिकित्साको कुरालाई हेर्दा चार प्रकृतिबाट हेर्नुपर्ने हुन्छ । एक त आयुर्वेद शिक्षालाई व्यापकता बनाउन जरुरी छ । आयुर्वेद क्षेत्रमा थुप्रै नीतिहरु बनेका छन् तर कार्यान्वयनमा समस्या हुने गरेको छ । नेपालका प्रत्येक भूभागमा जडिबुटी उत्पादनको अथाह सम्भावनायुक्त क्षेत्रहरु छन् । यहाँ उत्पादन भएका जडिबुटी छिमेकी मुलुक भारत जाने गरेका छन् । केही जडिबुटी जङ्गलमा नै कुहिने गरेका छन् । यसलाई सही प्रयोग गर्नका लागि सरकार लाग्नुपर्छ । नेपालको आयुर्वेद क्षेत्रको विकासका लागि सही नेतृत्व आवश्यक छ । ‘म आयुर्वेद क्षेत्रको विकासका लागि केही गर्छु भन्ने दृढ इच्छाशक्ति र आँटका साथ अगाडि बढ्नसके आयुर्वेद क्षेत्र अगाडि बढ्न सक्थ्यो । यहाँ काम गर्ने भन्दा पनि जागिर खाने व्यक्ति मात्रै हुँदा समस्या हुँदै आएको छ’, प्रा डा सापकोटा बताउँछन् । सरकारले अगाडि स्थापना भएको आयुर्वेद क्षेत्रलाई बेवास्ता गर्दै पछाडि मात्र स्थापना भएको आधुनिक चिकित्सा ‘एलोपेथिक’को क्षेत्रलाई अगाडि बढाउँदा आयुर्वेद क्षेत्र पछाडि प¥यो भन्नुहुन्छ प्राडा सापकोटा । सरकारको दृष्टिकोण आयुर्वेद चिकित्साको क्षेत्रमा नपुग्दा जुन हिसाबले आयुर्वेद क्षेत्रको विकास हुनुपर्ने हो त्यो हुन नसकेको उनको भनाइ छ । उनको अनुभवमा आज नेपालमा आयुर्वेद चिकित्साको प्रयोगप्रति सन्तुष्ट हुने स्थिति छैन । किनभने स्वास्थ्य क्षेत्रको समग्र रुपमा विकास गर्ने नरदेवीमा भएको आयुर्वेद क्याम्पसलाई त्रिविले एक सय सात रोपनी जग्गा आयुर्वेद क्याम्पसको नाममा छुट्याएर त्यसको ‘मास्टरप्लान’ पनि बनायो । तर त्यसअनुसार काम हुन सकेन । महाराजगञ्जमा आधुनिक चिकित्सा ‘एलोपेथिक’ को विकास गर्ने भनेर सुरुका दिनदेखि नै सुरु गरियो । आजका दिनसम्म हेर्दा आधुनिक चिकित्साको व्यापकता भयो तर आयुर्वेद क्षेत्रले जुन गति लिनुपर्ने हो त्यो लिन सकेन । देशमा आयुर्वेद चिकित्सा क्षेत्रका दक्ष जनशक्ति पनि छन् । उच्च शिक्षाको पठनपाठन पनि भएको छ । हरायो योगमाया आयुर्वेद विश्वविद्यालय आयुर्वेद क्षेत्रको विकाशका लागि हरेक विश्वविद्यालयमा आयुर्वेद अध्ययन संस्थान स्थापना हुन जरुरी छ । राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति २०५१/५२ मा आयुर्वेदको विकासका लागि र देशको उन्नतिका लागि तत्कालै त्रिविविअन्तर्गत आयुर्वेद अध्ययन संस्थान स्थापना गरेर त्यसपछि नेपाल संस्कृत विश्वविद्यालय लगायतका विश्वविद्यालयमा स्थापना गर्ने भनिएको छ । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत यो स्थापना भएको भए पनि आवश्यक जनशक्तीको अभावले अझै व्यवस्थित हुन सकेको छैन । तर यस विश्वविद्यालयको वर्तमान नेतृत्वलगयतका पदाधिकारीको सक्रियताले पठनपाठन व्यवस्थित गर्ने तयारी थालिएको देखिएको छ । तर पनि त्रिविविअन्तर्गत भने अझै स्थापना हुन सकेको छैन । उता नेपाल सरकारले योगमाया आयुर्वेद नविश्वविद्यालय स्थापनाको प्रक्रिया थालिसकेको भने पनि यसको पछिल्लो अवस्था के हो त्यो बुझ्न सकिएको छैन । विश्व अहिले आयुर्वेद तथा जडिबुटीतर्फ फर्किएको छ । कैयौँ देशमा अहिले सम्पदा तथा आफ्ना मौलिकता बचाउने अभियान सुरु भएका छन् र खानपानमा पनि यस्तै अभ्यास भएको छ । जडिबुटीको महत्व कति छ भन्ने कुरा त कोरोना महामारीका समयमा भारत लगायत विश्वका कैयौँ देशमा प्रयोग भएका आयुर्वेद औषधिको प्रयोगबाट पनि प्रमाणित नै भएको छ । तर हाम्रो देशमा भने यति धेरै सम्भावना र इतिहास बोकेको यो चिकित्सा पद्धतिलाई पाखा लगाउने काम भएको छ । रासस ।
गैरआवासीय नेपाली सङ्घमा कार्यकारी अध्यक्षको कार्यभार हस्तान्तरण
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा कार्यकारी अध्यक्षताको कार्यभार हस्तान्तरण गरिएको छ । एक वर्षअघि भएको सङ्घको १०औँ महाधिवेशनमा बहुपदीय पद्धतिबाट तीन अध्यक्ष चयन गरिएको थियो । महाधिवेशनमा भएको सहमतिअनुसार अध्यक्ष रविना थापाले शुक्रबार छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी अर्का अध्यक्ष डा बद्री केसीलाई कार्यभार हस्तान्तरण गरेकी हुन् । यसअघि अर्का अध्यक्ष कुल आचार्यले छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी जिम्मेवारी हस्तान्तरण गरेका थिए । कार्यकारी अध्यक्ष डा केसीले छ महिना कार्यभार सम्हालेसँगै यस अवधिमा सङ्घको ११औँ महाधिवेशन पनि गर्नुपर्ने तालिका रहेको छ । समारोहमा अध्यक्ष केसीले आगामी छ महिनामा गर्ने कामबारे जानकारी गराएका थिए । यसैगरी अध्यक्ष थापाले विगत छ महिनामा भए गरेका कामबारे अवगत गराएका थिए, भने अध्यक्ष अचार्यले सहमतिअनुसार आगामी ११औँ महाधिवेशन एकताको महाधिवेशन हुने र त्यसमा सङ्घका सबै सदस्य अट्ने विश्वास व्यक्त गरे। कार्यक्रममा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्ष भवन भट्ट, सङ्घका पदाधिकारी तथा पूर्वपदाधिकारीले नेपालको समृद्धिमा योगदान दिने र सङ्घलाई आफ्नो उद्देश्यअनुसारको अभियानमा डो¥याउन सबैको सहयोगको अपेक्षा व्यक्त गरेका थिए । सन् २००३ मा स्थापित सङ्घले २० वर्षमा रचनात्मक काम गरेको छ । हालसम्म विश्वका ८६ देशमा सङ्घका राष्ट्रिय समन्वय परिषद् गठन गरिएका छन् ।
सामाजिक र आर्थिक रुपान्तरणमा सहकारीको महत्वपूर्ण योगदान : सचिव डा रेग्मी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सामाजिक, आर्थिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । राष्ट्रिय सहकारी महासङ्घ तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी तेस्रो सहकारी सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै उनले सहकारी विस्तार भएका ठाउँमा आर्थिक, सामाजिक सुधार भएकाले मानव विकास सूचाङ्कमा सुधार ल्याउन पनि सहकारीको योगदान हुने धारणा राखे । डा रेग्मीले भने, ‘सहकारी क्षेत्रले नेतृत्व विकास, स्वरोजगार, उद्यमशीलतामा विशेष योगदान गरेको छ, सहकारीको माध्यबाट उत्पादन वृद्धि गरेर आयात कम गराउन सकिनेछ ।’ केही सहकारीमा समस्या आउँदा सिङ्गो सहकारी बदनाम बन्न पुगेको उल्लेख गर्दै उनले सुरक्षित अवतरणका लागि सबैको सहयोग र योगदानको खाँचो औँल्याए । पूर्वसचिव गोपीनाथ मैनालीले स्वनियमन सिद्धान्त आदर्श भए पनि सहकारीका लागि आत्मा भएको बताए । उनले भने, ‘भित्रैको मान्छेले समस्या देख्ने भएकाले स्वनियमन महत्वपूर्ण हुन्छ, सदस्य नै ठूलो नियमक भएकाले चासो राख्नुपर्छ, नियमन गर्नुपर्छ ।’ काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा विनोदकृष्ण श्रेष्ठले बिग्रेका सहकारीलाई सही बाटोमा ल्याउन र स्वनियमन मात्र नभई नियमन पनि गर्न आवश्यक भएको बताए। राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक डिबी बस्नेतले जानी जानी सहकारीलाई आफ्नो व्यवसाय बनाउनेलाई कारबाही गरिनुपर्नेमा जोड दिएका थिए । त्यस्तै, राष्ट्रिय सहकारी महासङ्घका पूर्वअध्यक्ष केशवप्रसाद बडालले सदस्यको पैसा संरक्षण गर्न सञ्चालक, व्यवस्थापन र लेखा समिति सक्रिय हुनुर्ने बताएका थिए ।
देश सफा गर्न सिंहदरबारका नेतालाई सिसडोलमा डम्प गर्नुपर्छ – बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले देश सफा गर्न सिंहदरबारका नेताहरुलाई सिसडोलको डम्पिङ साइटमा डम्प गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले सो कुरा बताएका हुन् । उनले आजबाट सिंहदरबारको फोहोर समेत नउठ्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’
काठमाडौं उपत्यकामा जीवित छ नेवारी संस्कृति (फोटोफिचर)
बुङमती खेतबाट फर्कदै किसान । काठमाडौं । नेवाः संस्कृति काठमाडौं उपत्यकाको मौलिक संस्कृति हो । काठमाडौँ उपत्यका र वरपरका जिल्लाका आदिवासी वा मुख्य बासिन्दा नेवार हुन् । वागमती नदी वरपर रहेका उपत्यका नै नेवारका आदिम स्थल हुन् । नेवाः शब्दले कुनै नश्ल विशेषलाई नजनाई भाषिक–सांस्कृतिक समुदायलाई जनाउँछ । सानागाँउकी महिला परालको खेलौना बनाउदै । नेपालको इतिहास खोतल्दै जाने हो भने काठमाडौं उपत्यकाको पानीले निकास पाएपछि बनेको बस्न योग्य भूमिसँगै नेवारहरूको बसोवास उपत्यकामा रहँदै आएको पाइन्छ । काठमाडौंका नेवारहरू राजधानीका आदिवासी मात्र होइनन्, कला, साहित्य, गीतसङ्गीत, खानपान, जात्रा लगायतका अनेकौं पक्षको नेतृत्व सम्हाल्ने साधक पनि हुन् । त्यसैले त काठमाडौंमा नेवाः संस्कृतिको छुट्टै महत्व र पहिचान छ । प्याङगाँउमा प्याङ बनाउदै बृद्ध । नेवारहरू सिर्जनात्मकतामा विश्वास गर्छन् । अहिले पनि नेवारी समुदायका धेरै मान्छेहरू मूर्तिकला, परम्परागत सङ्गीतकला, चित्रकला, खाद्यकला लगायतका सिर्जनात्मक कर्ममा तल्लीन हुन्छन् । साहित्य साधना, कलाकारिता, राजनीति लगायतका क्षेत्रमा काठमाडौंका नेवारहरूले नेतृत्वदायी भुमिका निर्वाह गरेका छन् । ठेचोका महिलाहरु चकटी बुन्दै गफिदै । नेपालको धार्मिक, सांस्कृतिक परिचयको मेरुदण्डका रूपमा नेवार जाति र नेवारी संस्कृतिलाई लिन सकिन्छ । विश्व परिवेशमा नेवारी संस्कृति र नेवारहरूको धार्मिक गतिविधि संसारका लागि एउटा उत्तम नमूना र मानवीय सहिष्णुताको आधार पनि हो । किर्तिपुरमा धान कुट्दै महिलाहरु नेवारहरूको पर्व,नेवारी संस्कृति र पर्व अनुसारका फरक–फरक जात्राले विश्वमा नै एउटा पृथक जातका रुपमा रूपमा स्थापित गरेको छ । विश्वको सांस्कृतिक रंगमञ्चमा एउटा अब्बल र सर्वप्रिय भुमिका खेल्ने गर्छ नेवारी समुदायले । तर यसो भन्दैगर्दा समयको परिवर्तनले आज नेवारी संस्कृतिको अस्तित्व खतरामा पर्दै गएको पनि छ । भक्तपुरमा माटाको भाँडा बनाउदै पुरुष । तस्बिर स्रोत : न्युज एजेन्सी नेपाल
सासु कोषका योगदानकर्ताले ४४ अस्पतालबाट सेवा लिँदा २० प्रतिशत रकम बुझाए पुग्ने
काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी कोषले देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता गरेको हो । कोषको अनुसार सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ । अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतका स्वास्थ्य सुविधा लिँदा लाभग्राही पछि दाबी गर्नुपर्ने झन्झटबाट मुक्त हुने कोषले जनाएको छ । कोषको अनुसार नियमित योगदान गर्ने योगदानकर्ताले कोशी प्रदेशका ९, मधेस प्रदेशका ९, बागमती प्रदेशका २०, गण्डकी प्रदेशका २ र लुम्बिनी प्रदेशका ४ वटा गरी कोषको प्रणालीसँग जोडिएका ४४ अस्पतालमा कोषको परिचय पत्र देखाएर सुविधा लिन सक्नेछन् । कोषले आगामी दिनमा अस्पतालको आबद्धतालाई संख्यात्मक र गुणात्मक रुपमा बढाउँदै लैजाने प्रतिबद्धता जनाएको छ । यी हुन् सम्झौता भएका ४४ अस्पताल १. मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल- बिर्तामोड, झापा २. बी एन्ड सी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल- बिर्तामोड, झापा ३. पशुपति मोडेल हस्पिटल- इटहरी, सुनसरी ४. हाम्रो अस्पताल- विराटनगर, मोरङ ५. विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल- टंकिसिनुवारी, विराटनगर ६. नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल- विराटनगर, मोरङ ७. मोरङ सहकारी अस्पताल- सोमबारे हाट, विराटनगर, मोरङ ८. ओखलढुंगा सामुदायिक अस्पताल- ओखलढुंगा ९. रामलाल गोल्छा आँखा अस्पताल- विराटनगर, मोरङ १०. नेसनल मेडिकल कलेज- वीरगन्ज, पर्सा ११. वीरगन्ज हेल्थ केयर अस्पताल- वीरगन्ज, पर्सा १२. गण्डक अस्पताल- वीरगन्ज, पर्सा १३. स्पर्स अस्पताल- वीरगन्ज, पर्सा १४. किरण आँखा अस्पताल- वीरगन्ज, पर्सा १५. नमुना सामुदायिक अस्पताल- हरिवन, सर्लाही १६. जानकी हेल्थ केयर- जनकपुर, धनुषा १७. छिन्नमस्ता अस्पताल- राजविराज, सप्तरी १८. शुभ स्वस्तिक अस्पताल- बर्दिबास, महोत्तरी १९. वीर अस्पताल- काठमाडौं २०. त्रिवि शिक्षण अस्पताल- महाराजगन्ज, काठमाडौं २१. मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल- स्वयम्भू, काठमाडौं २२. हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल- चाबहिल, काठमाडौं २३. काठमाडौं मेडिकल कलेज (केएमसी)- सिनामंगल, काठमाडौं २४. ने.अ.सं. नेपाल अर्थोपेडिक अस्पताल- जोरपाटी, काठमाडौं २५. तिलगंगा आँखा अस्पताल- तिलगंगा, काठमाडौं २६. दृष्टि आई केयर- कलंकी, काठमाडौं २७. एभरेस्ट अस्पताल- नयाँ बानेश्वर, काठमाडौं २८. होप अस्पताल- सिनामंगल, काठमाडौं २९. शंकरापुर अस्पताल- गोकर्णेश्वर, काठमाडौं ३०. पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल- सोह्रखुट्टे, काठमाडौं ३१. फ्रन्टलाइन हस्पिटल- पुरानो बानेश्वर, काठमाडौं ३२. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)- ललितपुर ३३. शिर मेमोरियल अस्पताल- बनेपा, काभ्रे ३४. कलेज अफ मेडिकल साइन्सेस- भरतपुर, चितवन ३५. चितवन मेडिकल कलेज टिचिङ हस्पिटल- भरतपुर, चितवन ३६. मकवानपुर सहकारी अस्पताल- हेटौंडा, मकवानपुर ३७. चुरेहिल अस्पताल- हेटौंडा, मकवानपुर ३८. काठमाडौं क्यान्सर सेन्टर- ताथली, भक्तपुर ३९. चरक मेमोरियल अस्पताल- पोखरा, कास्की ४०. ग्यालेक्सी अस्पताल- पोखरा, कास्की ४१. लर्डबुद्ध एजुकेसनल एकडेमी (नेपालगन्ज मेडिकल कलेज)- कोहलपुर, बाँके ४२. लर्डबुद्ध एजुकेसनल एकेडेमी (नेपालगन्ज मेडिकल कलेज)- नेपालगन्ज, बाँके ४३. युनिभर्सल कलेज अफ मेडिकल साइन्स- भैरहवा, रुपन्देही ४४. गौतमबुद्ध मुटु अस्पताल- बुटवल, रुपन्देही सामाजिक सुरक्षा कोषबाट कस्ता-कस्ता सुविधा पाइन्छन् ? (क) औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना (१ प्रतिशत) १. योगदानकर्ता वा निजको पति या पत्नीको हरेक आर्थिक वर्ष १ लाख रुपैयाँसम्मको उपचार खर्च । २. तीन महिनासम्मको शिशुको उपचार खर्च । ३. १० लाख रुपैयाँसम्मको घातक रोगको उपचार खर्च । ४. योगदानकर्ता वा योगदानकर्ताकी पत्नी सुत्केरी भएमा एक महिनाको न्यूनतम पारिश्रमिक (हाल रु. १५,०००) बराबरको शिशु स्याहार खर्च । ५. महिला योगदानकर्ता भए आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले बढीमा ३८ दिनसम्मको प्रसूति बिदाबापतको रकम । ६. योगदानकर्ता बिरामी भई अस्पताल भर्ना भए उपचार गराउँदा वा डाक्टरको सिफारिसमा बेड रेस्टमा बस्दा वार्षिक अधिकतम १३ हप्तासम्मको बिदाबापतको रकम । (ख) दुर्घटना तथा अशक्तता सुरक्षा योजना (१.४ प्रतिशत) १. कामको सिलसिलामा भएको दुर्घटना र व्यवसायजन्य रोगको सम्पूणर् उपचार खर्च । २. अन्य दुर्घटनाको हकमा वार्षिक सात लाख रुपैयाँसम्मको उपचार खर्च । ३. कामको सिलसिलामा हुने दुर्घटनाको कारण योगदानकर्ता अशक्त भएमा (अ) स्थायी पूणर् असक्षमता भए पारिश्रमिकको मासिक ६० प्रतिशत आजीवन । (मुद्रास्फीति समायोजनको व्यवस्था) (आ) अस्थायी पूणर् असक्षमता भए काममा नफर्किउन्जेलसम्मका लागि पारिश्रमिकको मासिक ६० प्रतिशत । (इ) स्थायी आंशिक असक्षमता भए असक्षमताको प्रतिशतका आधारमा पारिश्रमिकको ६० प्रतिशत रकमलाई शतप्रतिशत मानेर आजीवन । (मुद्रास्फीति समायोजनको व्यवस्था) (ग) आश्रित परिवार सुरक्षा योजना (०.२७ प्रतिशत) १. योगदाकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा निजको पति या पत्नीले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा भएको सम्पूर्ण रकम प्रतिफलसहित फिर्ता पाउने । २. मृतक योगदानकर्ताका बालबच्चा (२ जनासम्म)ले पारिश्रमिकको ४० प्रतिशत रकम १८ वर्ष उमेर नपुग्दासम्म मासिक रुपमा पाउने । अध्ययन निरन्तर भए २१ वर्षको हुँदासम्म पाउने तर शारीरिक वा मानसिक रुपमा असक्षम सन्ततिको हकमा उमेर हद लागू नहुने । ३. योगदाकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा निजको पति या पत्नीले पारिश्रमिकको मासिक ६० प्रतिशत आजीवन । (मुद्रास्फीति समायोजनको व्यवस्था) ४. अविवाहित योगदानकर्ताको हकमा निजको आश्रित बाबु या आमाले सो सुविधा पाउने । ५. योगदानकर्ताको अन्तिम संस्कार खर्चबापत एकमुष्ठ रु. २५ हजार आश्रित परिवारले पाउने । (घ) वृद्ध अवस्था सुरक्षा योजना १. निवृत्तभरण योजना (२० प्रतिशत) (अ) योगदानकर्ताको उमेर ६० वर्ष पुगेपछि यस योजनामा जम्मा भएको प्रतिफलसहितको रकमलाई १६० ले भाग गरी आउने रकम मासिक रुपमा आजीवन निवृत्तभरण । (मुद्रास्फीति समायोजनको व्यवस्था) (आ) निवृत्तभरण लिन सुरु गरेको १८० महिना नपुग्दै मृत्यु भएमा निजको पति वा पत्नीले ५० प्रतिशत रकम आजीवन निवृत्तभरणबापत पाउने । २. अवकास सुविधा योजना (८.३३ प्रतिशत अनिवार्य र स्वेच्छिक) (अ) अन्य अवकास कोषमा भएको रकम हस्तान्तरण भई आएमा यसै योजनामा जम्मा हुने । (आ) योगदानकर्ताले स्वेच्छिक रुपमा जम्मा गर्न चाहेमा रकम जम्मा गर्न सक्ने । (इ) सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ३ गुणाभन्दा बढी रकम निवृत्तभरण सुविधा योजनामा जम्मा हुने भएमा बढी भएजति रकम अवकाश सुविधा योजनामा जम्मा गर्न सकिने । (ई) रोजगारीको अन्त्य हुँदा वा अवकास हुँदा यस योजनामा जम्मा भएको रकम प्रतिफलसहित भुक्तानी पाउने । (उ) योगदानकर्ता यस योजनाको रकमबाट जम्मा गरेको ३६ महिना पूरा भएपछि अधिकतम ८० प्रतिशतसम्म सापटी सुविधा पाउने । कर छुट सुविधा १. करयोग्य आयको एक तिहाइ वा ५ लाखमध्ये जुन कम हुन्छ, त्यो रकम सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताले कोषमा जम्मा गरेमा आयकर प्रयोजनका लागि घटाउन पाउने । २. कोषमा योगदान गर्ने योगदानकर्तालाई सामाजिक सुरक्षा कर छुट हुने ।
एनसेलको १६ औं दरबारमार्ग सडक महोत्सव वैशाख २ गते हुने
काठमाडौं । नेपाली नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते काठमाडौंको दरबारमार्गमा एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डेः १६ औं दरबारमार्ग सडक महोत्सव आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, दरबारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) ले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना हुन लागेको हो लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्नको लागि यो महोत्सव आयोजना हुन लागेको हो । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पु¥याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने महोत्सवको मुल उद्देश्य रहेको छ । गीतसंगितका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु र महोत्सव आयोजना हुने क्षेत्रमा विविध रमाइला गतिविधिहरु सहित यो महोत्सव सो दिन बेलुका ८ः३० बजेसम्म आयोजना गरिने एनसेलले जनाएकाे छ । एनसेलकाे अनुसार महोत्सवमा चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समुहहरुको प्रस्तुति हुनेछन् । कलाकारहरु दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, कुटुम्ब, पहेलो बत्ति मुनी, त्रिशाला गुरुङ, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टस् आदिले आ–आफना प्रस्तुति राख्नेछन् । महोत्सवको संरक्षकमा काठमाडौं महानगरपालिका, मुख्य प्रायोजनमा एनसेल, सह–प्रायोजकमा कार्लबर्ग, वेभरेज पार्टनरमा डाबर नेपाल, सहयोगी संस्था नेपाल पर्यटन बोर्ड र अन्यमा कुनु नेपाल, एनडीज् आइसक्रिम र केएफसी रहेका छन् ।