
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले देश सफा गर्न सिंहदरबारका नेताहरुलाई सिसडोलको डम्पिङ साइटमा डम्प गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले सो कुरा बताएका हुन् ।
उनले आजबाट सिंहदरबारको फोहोर समेत नउठ्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन ।
साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’