‘नेतृत्वमा युवालाई विश्वास गर्नु पर्छ, विनोदजीले मलाई विश्वास गर्दा नबिलको मुहार फेरें’

<p>काठमाडौं । बैंकर बैंकर अनिल केशरी शाहले कुनै पनि संस्थाको विकासमा युवाको नेतृत्वलाई जिम्मेवारी दिएर विश्वास गर्नु पर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी महासम्मेलनका बोल्दै उनले संस्थाको विकासका लागि युवाहरुलाई विश्वास गर्नु पर्ने बताएका हुन् । ‘‘विश्वमा बदलिंदो कार्य वातावरणः संस्थागत सफलताको [&hellip;]</p>

काठमाडौं । बैंकर बैंकर अनिल केशरी शाहले कुनै पनि संस्थाको विकासमा युवाको नेतृत्वलाई जिम्मेवारी दिएर विश्वास गर्नु पर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी महासम्मेलनका बोल्दै उनले संस्थाको विकासका लागि युवाहरुलाई विश्वास गर्नु पर्ने बताएका हुन् ।

‘‘विश्वमा बदलिंदो कार्य वातावरणः संस्थागत सफलताको आधार’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले कुनै पनि संस्थामा जनशक्तिको भूमिका महत्वपूर्ण हुने भएकोले संस्थाको संस्थागत विकासको लागि जनशक्तिलाई प्रविधिसँगै सीप सिकाउनमा जोड दिनु पर्ने बताए ।

संस्थाको जति ठूलो ब्राण्ड भए पनि जनशक्ति सिपयुक्त र क्षमतावान भएन भने संस्थाले प्रभावकारी पफर्मेन्स गर्न नसक्ने बताए । संस्थाको मुल स्रोत भनेको जनशक्ति हो । जनशक्तिमा लगानी गर्नपछि हट्नु हुँदैन । कर्मचारीलाई गाली गरेर संस्थाको विकास हुँदैन । टीमलाई कसरी मोटिभेट गर्यो भने प्रतिफल निस्कन्छ, त्यसतर्फ ध्यान दिनु पर्छ,’ उनले भने ।

उनले विश्वमा प्रविधिमा भइरहेको परिवर्तनलाई बुझेर र त्यसलाई आत्मसाथ गरेर अगाडि बढ्नु पर्ने बताउँदै संस्थामा उमेरले कुनै ‘म्याटर’ नराख्ने धारणा राखे । आजको संसार अवसर र प्रतिस्पर्धाको भएको बताउँदै सीप विकास, नेटवर्क विस्तार र सकारात्मक सोच राखेर अगाडि बढ्नु पर्ने धारणा राखे ।

‘संस्थाको विकासमा युवा नेतृत्वले अहक भूमिका निर्वाह गर्न सक्छ, युवाहरुमा जोश, जाँगर र प्रविधिसँग खेल्न सक्ने क्षमता हुन्छ, उमेर पुगिसकेकाहरुलाई संस्थामा राखेर संस्थाको विकास हुन सक्दैन, उमेरले कुनै म्याटर गर्दैन, म ३८ वर्षको उमेरमा बैंकको सीईओ बनेँ, मलाई विनोद चौधरीजीले विश्वास गर्नु भयो, मैले गरेर देखाएँ, संस्थासँगै मेरो पनि इमेज चेञ्ज भयो,’ उनले भने ।

यस्तै, छलफलमा राष्टिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी क्षेत्रमा सबैको आकर्षण हुने किसिमले काम गर्न आवश्यक रहेको बताए । उनले सहकारीमा ठूलो नेटवर्क रहेको बताउँदै सो नेटवर्कको सही किसिमले सदुपयोग गरेर काम गर्नु पर्ने उनको भनाइ छ ।

‘अब सहकारीबाट सिकेर अरु ठाउँमा जाने होइन, अरु ठाउँबाट सिकेर सहकारीमा आउने वातावरण सिर्जना गर्नु पर्छ, नेटवर्कको अधिकत प्रयोग गर्नु पर्छ, अहिलेको समस्या हाम्रो कारणले मात्रै होइन, यो विश्वव्यापी कारणले हो, सहकारीमा क्षमता विकास गर्नु पर्छ,’ उनले भने ।

यस्तै, कार्यक्रममा भिजिनरी इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० इन्द्र गुरुङले जुन रफ्तारमा संसारमा परिवर्तन भइरहेको छ सोही रफ्तारमा हामी पनि परिवर्तन हुनु पर्ने बताए । उनले सिक्ने र बुझ्ने मात्रै नभइ हरेक विषयलाई आत्मसाथ गरेर अगाडि बढ्नु पर्ने धारणा राखे ।

छलफल कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका नेशनल प्रोजेक्ट संयोजक प्रकाश शर्माले दिनप्रतिदिन काम गर्ने शैली पविर्तन भइरहेको बताउँदै हामी पनि त्यसममा अभ्यस्त हुँदै जानु पर्ने बताए । काम लिने र काम गर्नेबीचको सम्बन्ध पनि प्रगाढ हुनु आवश्यक रहेको उनको भनाइ छ ।

‘काम गर्नेले पनि संस्था आफ्नै हो भन्ने किसिमको अपनत्व महसुस गर्नु पर्छ, नेतृत्वले पनि सोही किसिमको व्यवहार गर्नु पर्छ, तब मात्रै संस्थाको विकासमा महत्वपूर्ण योगदान पुग्छ,’ उनले भने ।

छलफल कार्यक्रमको चेयरको रुपमा नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल रहेका थिए । उनले पनि विश्वमा कामको शैलीमा परिवर्तन भइरहेकोले संस्थामा काम गर्ने जनशक्तिको विकासमा ध्यान दिनु पर्ने धारणा राखे ।

उनले क्षमतावान र सीपयुक्त जनशक्तिलाई संस्थामा टिकाउनका लागि संस्थाले सोही किसिमको सहज वातावरण सिर्जना गर्नु पर्ने बताए । छलफल कार्यक्रममा सहभागीहरुले पनि वत्ताहरुसमक्ष आफ्ना जिज्ञासा राखेका थिए । उनीहरुले संस्थागत विकास र जनशक्तिको क्षमता अभिवृद्धि विषयसँग सम्बन्धित भएर आफ्ना जिज्ञासाहरु राखेका थिए ।

Share News