अब निक्षेपको ब्याजदर २ प्रतिशतले घट्छ : वरिष्ठ उपाध्यक्ष शाह
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) का वरिष्ठ उपाध्यक्ष भोज बहादुर शाहले निक्षेपको ब्याजदर २ प्रतिशतले घट्ने बताएका छन् । मंगलबार सिविफिनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो बताएका हुन् । ‘बैंक विरोधि घटनालाई रोक्न सकिएन भने सेवाग्राहीको बैंकप्रति भइरहेको विश्वासमा गुम्न सक्छ, निक्षेपको ब्याजदरलाई मुद्रास्फितिसँग टाइअप गर्नुपर्छ, निक्षेपको ब्याजदर २ प्रतिशतले घट्नु पर्छ,’ उनले भने । बैंकहरु उपभोगमा नभई लगानीमा केन्द्रीत हुनु पर्ने उनले बताए । निर्माण र उद्योग क्षेत्रमा अन्यभन्दा २ प्रतिशत ब्याज कम हुनु पर्ने बताउँदै उनले भने- ‘ब्याजदरमा बढाउनमा भूमिका खेल्ने सरकारकै स्वामित्वमा रहेका संस्था छन्, ती संस्थाहरु ब्याजबाट कमाउनमा केन्द्रीत भए ।’ साथै, उनले अर्थमन्त्री र गभर्नरले अब ब्याजदरलाई ९.९ प्रतिशतमा व्यवस्थापन गर्ने प्रतिबद्धता गरेको समेत जानकारी गराए । बैंकहरुले धेरै नकमाए खुलस्त पर्दै उनले ४० प्रतिशतसम्म कर तिर्नुपर्ने बाध्यता रहेको बताए । ‘ऋणीले ब्याज तिर्न आनाकानी गरिरहेका छन् यसले बैंकको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको छ, ऋण लिएपछि भुक्तानी गर्नुपर्छ,’ वरिष्ठ उपाध्यक्ष शाहले भने ।
आरकेडी होल्डिङ्सले आइपीओ जारी गर्ने
काठमाडौं । आरकेडी होल्डिङ्स कम्पनीले पनि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीको छैटौँ साधारणसभाले सर्वसाधरणका लागि आइपिओ जारी गर्ने निर्णय गरेको हो । कम्पनीको पूँजी वृद्धि, स्थानीयवासी तथा सर्वसाधरणलाई लगानीको अवसर दिने उद्देश्यले आइपिओ जारी गर्न साधारणसभाले अनुमति दिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणलाई समेत गरी १२ प्रतिशत सेयर दिने गरी आइपिओ जारी हुनेछ । यसबाहेक संस्थापक सेयरधनीहरुलाई १० प्रतिशत अग्राधिकार शेयर जारी गर्ने भएको छ । कम्पनीको अधिकृत पूँजी दुई अर्ब रहेको छ भने जारी पूँजी एक अर्ब ५० करोड रहेको छ । कम्पनीमा संस्थापक से यर पूँजी ७८ प्रतिशत रहेको छ । आरकेडी होल्डिङअन्तर्गत बन्दीपुर एन्ड टुरिज्मले पहाडकी रानी भनेर चिनिने बन्दीपुरमा केबुलकार र पाँचतारे होटल, स्काई वाक, बन्जी, जिपलाइन लगायतका पर्यटन पूर्वाधार निर्माण गरिरहेको छ । पञ्चासे केबुलकार एन्ड टुरिज्म मार्फत कास्की, पर्वत र स्याङ्जाको सिमानामा पर्ने पर्यटकीयस्थल पञ्चासेमा र बुढीमाँ छिम्केश्वरी केबुलकार मार्फत तनहुँको छिम्केश्वरीमा केबुलकार निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।
महासंघको निर्वाचन : चन्द्रको झिमिक्क र पैसाको प्रभाव
काठमाडौं । चैत २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन र त्यसको सम्भावित परिणामबारे निजी क्षेत्रमा धेरैको चासो छ । धेरै विषय प्रष्ट हुँदै गएका छन्, केही विषय अन्योलामा छन् । विधानअनुसार बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल स्वतः अध्यक्ष बन्दैछन् । लुम्बिनी प्रदेश र द्विराष्ट्रिय उद्योग वाणिज्य संघ सदस्य पदमा सर्वसहमति भएको छ । बाँकी ६१ पदमा लागि ११६ जनाको उम्मेदवारी परेको उद्योग वाणिज्य महासंघले जनाएको छ । बरिष्ठ उपाध्यक्ष पदमा रामचन्द्र संघई, अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठको उम्मेदवारी दिएका छन् । तिनै जनाले प्यानलसहित चुनावी प्रचारप्रसारमा अन्तिम चरणमा छन्। प्यानल निर्माणको क्रममा उमेशलाल श्रेष्ठ सबैभन्दा अगाडि, अञ्जन श्रेष्ठ दोस्रो र रामचन्द्र संघई तेस्रो देखिए । तीनमध्ये कसले जित्ला भन्नेमा मानिसहरुको फरक फरक विश्लेषण रहेको छ । वस्तुगतमा ढकाल र प्रधानबीच प्रतिष्पर्धा वस्तुगत तर्फको उपाध्यक्ष पदका लागि तीन जनाको उम्मेद्वारी परेको छ । हेमराज ढकाल, मनिषलाल प्रधान र सुकुन्तलाल हिराचनले वस्तुगत तर्फको उपाध्यक्षका लागि मनोनयन दर्ता गरेका छन् । अहिले पनि महासंघको कोषाध्यक्ष रहेका हिराचनले चुनाव हार्न सक्ने अनुमान गरेका छन् । उनको प्रचारप्रसार, उनले विभिन्न व्यक्तिहरुसँग गरेको लविङ र उनको टीममा उनको निकट समूहका सदस्यहरुको उपस्थितिले पनि धेरैको त्यो अनुमान सही सावित हुन सक्छ । वस्तुगत समूहबाट १४ सदस्य निर्वाचित हुनुपर्ने विधानमा व्यवस्था छ । हिराचनको समूहबाट सदस्यमा एक जनाको पनि उम्मेद्वारी परेन । महासंघको वर्तमान कार्यसमितिका कोषाध्यक्ष समेत रहेका हिराचन उपाध्यक्षका लागि योग्य उम्मेद्वार मात्र होइन, एक सक्षम व्यक्ति पनि हुन्, उनी एक परिचित अनुहार पनि हो । तर पनि उनले सबैभन्दा थोरै मत पाएर पराजित हुने आकंलन व्यवसायीहरुले गरेका छन् । अरु पक्ष जति सबल भएपनि निर्वाचनमा एक्लै जितिँदैन । हिराचनले ६ वर्षअघि स्वतन्त्र उम्मेद्वार रहेका अनुपबहादुर मल्लको जति पनि भोट नपाउने सम्भावना रहेको धेरैको दाबी छ । वस्तुगत उपाध्यक्षका अन्य दुई उम्मेद्वार मनिषलाल प्रधान र हेमराज ढकालले हिराचनलाई प्रतिस्पर्धीको रुपमा लिएकै छैनन् । ढकाल र प्रधानबीच भने प्रतिस्पर्धा राम्रो हुने देखिएको छ । उनीहरुले सदस्यहरुमा पनि १४/१४ जनाको समूह बनाएर प्रतिस्पर्धामा होमिएका छन् । ढकाल उमेशलालको टिमबाट र प्रधान अञ्जनको टिमबाट प्रतिस्पर्धा गर्दैछन् । उमेशलाल यसअघि दुई कार्यकाल वस्तुगत तर्फको उपाध्यक्ष निर्वाचित भइसकेका व्यक्ति हुन् । तर, पछिल्लो निर्वाचनमा अञ्जनसँग उमेशलाल पराजित भएका थिए । वस्तुगत संघहरुमा दुबैको प्रभाव र पकड उत्तिकै बलियो भएको अनुमान छ । बोलिचाली, आनीबानी र मतदातासँगको सम्बन्धका आधारमा प्रधानले भन्दा ढकालले बढी मत पाउन सक्ने धेरैको अनुमान छ । जिल्लामा अरुण र दिनेशबीच प्रतिस्पर्धा उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा पनि तीन जनाले प्रतिस्पर्धा गर्दैछन् । रामचन्द्रको समूहबाट सुरकृष्ण वैद्य, अञ्जनको समूहबाट अरुणराज सुमार्गी र उमेशलालको समूहबाट दिनेश श्रेष्ठको उम्मेद्वारी परेको छ । चुनावी दौडधूपको बेलामा करिब दुई महिनासम्म उमेशलालको समूहबाट जिल्ला भ्रमण गरेका सुरकृष्ण बैद्य अन्तिम समयमा कित्ता परिवर्तन गर्दै रामचन्द्रको समूहमा पुगेका हुन् । महासंघको चनावी माहोल नजिकबाट नियाल्नेहरुका अनुसार तीन जना उम्मेद्वारमध्ये सुरकृष्ण सबैभन्दा पछाडि छन् । जिल्ला उपाध्यक्ष पदमा निकटम प्रतिस्पर्धा अरुणराज सुमार्गी र दिनेश श्रेष्ठबीच हुने धेरैको अनुमान छ । दिनेश पाको व्यक्ति, व्यवसायीको समस्या बुझ्ने र बोल्ने व्यवसायीको छवि बनाएका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याजदरको विषयमा सडकमा सबैभन्दा बढी कराउने व्यवसायी नै उनै श्रेष्ठ हुन् । त्यसैले पनि उनलाई धेरै व्यवसायीले रुचाएका छन् । तर, दिनेशको लागि मुख्य चुनौति भनेको उनी सोही पदका लागि तेस्रो पटक उम्मेदवार बनेका छन् । मतदाताले नयाँ अनुहार खोजी गर्नु उनको लागि सबैभन्दा ठूलो चुनौतिको विषय बन्न सक्छ । अरुणराज सुमार्गीले अघिल्लो निर्वाचनताका पनि जिल्ला नगरतर्फको उपाध्यक्ष पदमा उम्मेद्वारीको घोषणा गरेको थिए । पछि उनले दिनेश श्रेष्ठलाई समर्थन गरे र कार्यसमिति सदस्यमा उठेका थिए । कृषि उद्यम केन्द्रको सभापति समेत भएर राम्रो काम गरेको, अघिल्लो निर्वाचनमा पनि त्याग गरेको र यसपालीका निर्वाचनमा तयारी पनि राम्रो भएकोले आफूले निर्वाचन जित्ने सुमार्गीको दावी छ । जे होस् दिनेश र अरुणराजबीचको प्रतिस्पर्धा रोचक नै हुने देखिन्छ । एशोसिएटमा भरतराज अगाडि एशोसिएट समूहको उपाध्यक्षमा भरतराज आचार्य र ज्योत्सना श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन् । आचार्य उमेशलाल र अञ्जन समूहको साझा उम्मेद्वार बनेका छन् । ज्योत्सना प्यानल फेर्दै, फोटो खिचाउँदै, समाचार लेखाउँदै रामचन्द्र संघईको प्यानलमा पुगेर अडिएकी छन् । एशोसिएट मतदाताले प्रतिनिधि (प्रोक्सी) मार्फत् मतदान गर्न पाउँछन् । प्रोक्सी जसको हातमा बढी छ, उसले विजय हासिल गर्छ एशोसिएटतर्फ । करिब १७ सय एशोसिएट सदस्य रहेकोमा भरतराजले करिब ८०० प्रोक्सी संकलन गरेको र ज्योत्सनाले करिब ६०० प्रोक्सी संकलन गरेको दावी गरेका छन् । करिब ३०० मतदाताले विवेक प्रयोग गर्दैछन् । आइतबार रामचन्द्र संघई समूहले गरेको रात्रिभोज कार्यक्रममा पनि ज्योत्सना प्रभाव कमजोर रहेको देखियो । सो कार्यक्रमम एसोसिएटतर्फका सदस्यहरुको सहभागिता न्यून थियो । यसको प्रभाव ब्यालेट बक्समा देखिने नै छ । वरिष्ठ उपाध्यक्षको निर्वाचन दुई चरणमा अहिले महासंघको निर्वाचनका लागि तीन समूह प्रतिस्पर्धा छन् । वरिष्ठ उपाध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेकोले पनि धेरैले महासंघको निर्वाचन दोस्रो चरणमा प्रवेश गर्न सक्ने अनुमान गरेका छन् । त्यो अनुमान महासंघको निर्वाचन समितिले पनि गरेको छ । समितिले जानीबुझि नै वरिष्ठ उपाध्यक्ष पदका लागि चैत ३० गते निर्वाचन हुन सक्ने र त्यसको लागि तयारी गरेको सूचना सार्वजनिक गरिसकेको छ । विधान अनुसार वरिष्ठ उपाध्यक्ष हुनको लागि कम्तिमा ५१ प्रतिशत मत ल्याउनुपर्ने छ । तीन जना उम्मेदवार हुँदा कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत ल्याउन नसक्ने अनुमान गरिएको छ । पहिलो चरणका बढी मत प्राप्त गर्ने दुई वरिष्ठ उपाध्यक्षको उम्मेद्वारहरुबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । पहिलो चरणका ‘टप टु’मा पर्न सफल उम्मेदवार दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । तेस्रो भएको उम्मेदवारले दुईमध्ये एउटा उम्मेदवारलाई समर्थन गरेमा तेस्रोको समर्थन पाएको उम्मेदवार विजयी हुन सक्ने सम्भावना देखिन्छ । दोस्रो चरणका दावेदार सबैभन्दा कम उम्मेद्वार लिएर चुनावी प्रतिस्पर्धामा गएका रामचन्द्र संघईका लागि महासंघको निर्वाचन सबैभन्दा चूनौतिपूर्ण देखिन्छ । उनलाई पहिलो चरण पार गर्न नै चुनौतिपूर्ण रहेको धेरैको बुझाइ पनि छ । ५० प्रतिशत मतभार रहेको जिल्ला नगरतर्फ रामचन्द्र संघईको प्रभाव कम छ । जिल्लानगरतर्फ संघई कमजोर हुनुमा तीन वटा कारण छन् । पहिलो, जिल्ला नगरमा प्रभाव राम्रो भएका कोही पनि रामचन्द्र संघाईको प्यानलमा छैनन् । दोस्रो, उनले मारवाडी भर्सेस् अन्य समुदायबीच दूरी बढाउने किसिमले चुनावी टिम बनाए । खास गरी एशोसिएट सदस्यहरुमा र कार्यक्रमहरु पनि त्यसैगरी सञ्चालन गरे । तेस्रो, शेखर गोल्छा र पशुपति मुरारका अध्यक्ष हुँदा जिल्ला नगर संघ सदस्यहरु महासंघको नेतृत्वसँग बढी असन्तुष्ट बने । त्यसको असर रामचन्द्रलाई पर्ने जानकारहरु बताउँछन् । वस्तुगत तर्फ उपाध्यक्षमा मात्र उम्मेदवार बनाउन सक्नु र १४ सदस्य पदमा एक जना पनि उम्मेदवार दिन नसक्दा संघईले वस्तुगतबाट सबैभन्दा कम मत पाउन सक्ने आँकलन छ । यस समूहको मतभार २० प्रतिशत छ । वरिष्ठ उपाध्यक्ष पदका लागि मतभार ३० प्रतिशत रहेको एशोसिएटबाट भने संघईले सबैभन्दा बढी मत पाउने छन् । एशोसिएट उपाध्यक्ष भरतराजलाई जाने मत उमेशलाल र अञ्जनलाई बाढिने सम्भावना छ भने ज्योत्सानाले पाउने मत संघईलाई जानेछ । वस्तुगत र जिल्लामा बढी प्रभाव अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठको देखिन्छ । ज्योत्सनाले गुट परिवर्तन गरेपछि खस्किएका अञ्जन भरतराजलाई एसोशिएट उपाध्यक्ष बनाएपछि उत्साहित देखिन्छन् । रामचन्द्र, अञ्जन र उमेशलाल सबैले पहिलो चरणमा नै निर्वाचन जित्ने दावी गरेपनि त्यो सम्भव देखिँदैन । जिल्लाबाट सबैभन्दा बढी मत पाउने उमेशलाल समूहको दावी छ । चण्डीराज ढकाल, दिनेश श्रेष्ठ लगायत जिल्लामा बढी प्रभाव छोड्ने व्यक्तिहरु उमेशलालको टिममा छन् । वस्तुगतबाट पनि सबैभन्दा बढी मत पाएर पहिलो चरणमा नै आफू विजयी हुने उमेशलाल समूहको विश्लेषण छ । जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एसोशिएटबाट बढी मत पाउने अञ्जन समूहको विश्लेषण छ । धेरैले उमेशलाल र अञ्जन नै दोस्रो चरणमा प्रवेश गर्न सक्ने अनुमान गरेका छन् । चन्द्रको झिमिक्क र पैसाको प्रवाह यो निर्वाचनको नयाँपन भनेको महासंघको वर्तमान अध्यक्ष र अध्यक्ष हुँदै गरेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको मौनता हो । अघिल्लो निर्वाचनहरुमा अध्यक्ष वा वरिष्ठ उपाध्यक्ष प्रिय प्यानलको चुनावी घोडा बनेर जाने गरेका थिए । यस पटक त्यस्तो देखिएन । तैपनि शेखर र चन्द्र ढकालले कसलाई समर्थन गर्लान् ? भनेर धेरैले प्रतिक्षा गरिरहेका छन् । जिल्ला नगर, वस्तुगत, एशोसिएट सबैतिर राम्रो सम्बन्ध भएको र चन्द्र ढकाल झिमिक्क इसारा मात्र गरे पनि झण्डै १० देखि १५ प्रतिशत मत प्रभावित हुने जानकारहरु बताउँछन् । ढकाल आफैले कसलाई मत हाल्ने भन्ने बारेमा अन्तिम समय झिमिक्क मात्र गर्दा काफी हुने बताउँदै आएका छन् । दोस्रो, पुष्टि गर्न गाह्रो हुने तर सबैले स्वीकार गरेको अदृष्य मतप्रभाव हुन्छ । पैसामा भोट किनबेच हुन्छ । ‘चैत मसान्तको किस्ता जसले तिर्छ, उसैलाई भोट’ भन्ने आवाज महासंघको चुनावी पार्टीमा धेरै सुनियो । आर्थिक संकटको बेलामा दारुपानी पिएर बोलिएको यस्ता अभिव्यक्तिमा शंका गर्ने ठाउँ छ । दुई दर्जनभन्दा बढी जिल्ला तथा नगर उद्योग वाणिज्य संघको प्रतिनिधिहरुले उम्मेद्वारसँग लाखौं रुपैयाँ लिएर भोट हाल्ने गरेको पनि बताइन्छ । यसरी भोट किनबेच हुने भएकोले पनि निर्वाचन परिणामबारे आँकलन गर्न कठिन हुने जानकारहरु बताउँछन् ।
घट्यो आयातसँगै स्वदेशी वस्तुको निर्यात, ९ खर्ब ५३ अर्बको ब्यापार घाटा
काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनाको अबधिमा आयातसँगै निर्यातमा कमी आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत साउनदेखि फागुन मसान्तसम्मको तथ्यांक अनुसार आयातसँगै निर्यातमा कमी आएको हो । बैंकले सार्वजनिक गरेको आठ महिनाको तथ्यांक अनुसार १९.१ प्रतिशतले आयातमा कमी आएको छ । चालू आर्थिक वर्ष २०७९/८० को आठ महिनामा १० खर्ब ५८ अर्ब ३९ करोड रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३८.६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १७.६ प्रतिशत, २१.७ प्रतिशत र २१.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पोन्ज आइरन, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, कच्चा भटमासकोतेल, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको उल्लेख छ । यस्तै, चालू आवको आठ महिनाको अबधिमा स्वदेशी वस्तु निर्यात २९.१ प्रतिशतले कमी आई १०४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८२.९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३७.५ प्रतिशत र ४.९ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ६.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलैँचा, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ । आठ महिनामा कुल वस्तु व्यापार घाटा १७.९ प्रतिशतले कमी आई ९५३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३४.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.३ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ८५ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लोवर्षको सोही अवधिमा यस्तो आयात १४७ अर्ब ३ करोड रुपैयाँ बराबरको भएको थियो ।
सेयर बजारमा छायो हरियाली, २७ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । मंगलबारको सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक २७.३१ अंकले बढेसँगै बजारमा हरियाली छाएको हो । सोमबारको तुलनामा परिसूचक १.४८ प्रतिशतले बढेर १८७१.३३ बिन्दुमा पुगेको छ । त्यस्तै, कारोबार रकम पनि बढेर ९४ करोड ५२ लाख रुपैयाँ पुगेको छ । सोमबारको बजारमा ९१ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ७ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोहोरो अंकले बढेको बजारमा कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । कारोबारमा आएका १३ समूहमध्ये उत्पादनमूलक समूह ४९.७५ अंकले बढेको छ । त्यस्तै, अधिकांश कम्पनीको सेयर मूल्य बढ्दा दुई कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । कालिञ्चोक दर्शन र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः १० र ९.९६ प्रतिशतले बढेको छ । यससँगै दुई कम्पनीको अन्तिम कारोबार क्रमशः प्रतिकित्ता ४१४.८० र १०७५ रुपैयाँमा भएको छ । सोमबार बढेर सर्किट लेभलमा कारोबार भएको सानिमा मिडिल तमोर हाइड्रोपावरको सेयर मूल्य मंगलबार भने घटेको छ । सो दिन ११.५० रुपैयाँले घटेर प्रतिकित्ता ३१३ रुपैयाँमा झरेको छ ।
८ प्रतिशतले बढ्यो मूल्यबृद्धि, सबैभन्दा बढी हिमालमा
काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनाको अबधिमा ८ प्रतिशतले मूल्य बृद्धि बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत साउनदेखि फागुन मसान्तसम्मको तथ्यांक अनुसार मूल्यबृद्धि ७.४४ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८७ प्रतिशत रहेको उल्लेख छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत खाद्य तथा खाद्यजन्य पदार्थ उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १४.३५ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको खानाको १४.०९ प्रतिशत, मरमसलाको १०.८८ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशतले बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप–समूहको मूल्य सूचकाङ्क १३.२३ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.७२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.७९ प्रतिशतले बढेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.९५ प्रतिशत, तराईमा ७.५० प्रतिशत, पहाडमा ६.६७ प्रतिशत र हिमालमा ८.०७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ फागुन महिनामा यी क्षेत्रहरुमा क्रमशः ६.३१ प्रतिशत, ७.३६ प्रतिशत, ७.६९ प्रतिशत र ७.५६ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
सहयोगको याचना गर्दै निजी क्षेत्रसँग सरकार, सरकारसँग निजी क्षेत्र
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभामा भागलिने देशभरका २ हजार भन्दा बढी उद्योगी व्यवसायी काठमाडौंमा जम्मा भएका छन् । उनीहरुको लागि महासंघको नयाँ नेतृत्व चयन गर्नु पहिलो काम हो भने बढ्दो आर्थिक संकटमा सरकारसँग सहयोगको माग गर्नु उनीहरुको दोस्रो भूमिका हो । याक एण्ड यति होटलको हलमा खचाखच भरिएका व्यवसायीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री प्रकाश शरण महत र उद्योग मन्त्री रमेश रिजालले सम्बोधन गरे । सभालाई महासंघका अध्यक्ष शेखर गोल्छा, बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पनि सम्बोधन गरे । आर्थिक संकटका कारण सरकार र निजी क्षेत्र दुबै गलेको उनीहरुको भनाई पुष्टि गर्दै थियो र एकले अर्कासँग सहयोगको याचना गरे । अर्थमन्त्री प्रकाश शरण महतले राजश्व आम्दानी घटेको, राजश्वले सामान्य खर्च पनि धान्न नसकेको, आन्तरिक तथा वाह्य ऋण लिएर सरकार चलाउनु परेको, स्वदेशी तथा विदेशी ऋणलाई सीमाभित्र राख्नु पर्ने चुनौति थपिएको उनले बताए । राष्ट्र बैंकले श्रीलंकाको उदाहरण दिएर मौद्रिक नीति ल्याउँदा आयातमा कडाइ गरेपछि विदेशी मुद्रा संचितिमा सुधार भएको बताउँदै अब मौद्रिक नीति खुलुलो बनाइने उनले बताए । घरजग्गा व्यवसायमा आएको मन्दीलाई हटाउन कित्ताकाट खुलाउने तयारी भएको उनले बताए । समस्या सरकारसँग मात्र नभएर निजी क्षेत्रसँग पनि भएको उनले बताए । ‘कर्जा लिएपछि तिर्दिन भन्न मिल्दैन, बरु ब्याज, सावा तिर्न समय थप गर्न सकिन्छ तरतिर्दिन भन्न मिल्दैन’ उनले भने । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने सरकारको राजश्वमा सुधार भएको, रेमिट्यान्समा सुधार भएको, विदेशी मुद्राको संचिति उत्साहजनक अवस्थामा पुगेको जनाउँदै बजेटमा उत्पादन मुलक क्षेत्रलाई सहुलियत दिने गरी नीति, कार्यक्रम र बजेट आउने आश्वासन दिए । निजी क्षेत्रको समस्या समाधान गरेर मात्रै अर्थतन्त्रको समस्या समाधान हुने भन्दै उनले राष्ट्र बैंक, अर्थमन्त्री र प्रधानमन्त्री कार्यालयबीच समस्या समाधान गर्न पटक/पटक छलफल भएको बताए । ‘अर्थतन्त्र सुधार गर्न सम्पूणर् तागत लगाइरहेको छु, जसले गर्दा अर्थतन्त्रमा सुधार भएको छ राजस्व डेढ अर्ब, रेमिटेन्स १ खर्ब संकलन भैरहेको छ’, उनले भने, ‘बैंकको ब्याजदर घटाउन सरकारले काम गरिरहेको छ, राज्य निजी क्षेत्रसँग सहकार्य गर्न र संविधानमा उल्लेख भएका व्यवस्था कार्यान्वयन गर्न तल्लीन छ ।’ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निजी क्षेत्रको सहयोग बिना सरकारले काम गर्न नसक्ने बताएका छन् । ‘निजी क्षेत्रको सहयोग बिना सरकारले काम गर्न सक्दैन, निजी क्षेत्रका सबै समस्या समाधान गर्न सरकार तयार रहेको छ’, उनले भने- ‘देशलाई समृद्धिमा लैजान हातेमालो गर्न तयार छु ।’ उद्योगमन्त्री रिजालले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रको ब्याजदरका कारण निजी क्षेत्रका उद्योगी व्यवसायीलाई समस्या थपिएको भन्दै अर्थमन्त्री र प्रधानमन्त्रीलाई तत्काल ब्याजदर घटाउन आग्रह समेत गरे । यस्तै, उनले अहिलेको मन्दीलाईलाई सरकारले हेरेर मात्रै नबस्ने भन्दै काम गरेर देखाउने दाबी गरे । महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघमा कोरिएका अक्षरहरु आफ्नो बुबाको स्मृतिस्वरुप मानसपटलमा आइरहने बताए । महासंघको ५७औं वार्षिक साधारणसभामा महासंघको जिम्मेवारी सुम्पिँदै उनले भने-‘महासंघ मेरो मन्दिर हो र सधैं मन्दिरका रुपमा रहिरहने छ, यहाँ कोरिएका अक्षरहरु मेरो पूजनीय बुबाको स्मृति मानसपटलमा आइरहन्छन् । साथै, उनले आफ्नो कार्यकाल चुनौतिपूणर् रहेको बताउँदै कोरोना महामारी लगायत रुस र यूक्रेनका कारण काम गर्ने वातावरणमा असहज परिस्थिति आएको बताए । राजनीतिक अस्थीरताका कारण आफ्नो कार्यकालमा ३ जना प्रधानमन्त्रीलाई स्वागत गर्नुपर्ने स्थिति आएको उनले स्मरण गरे । ‘हामीभन्दा कमजोर मुलुक आर्थिक रुपमा समुन्नत भैसके तर हामी पछि धकेलिनु परेको छ, उद्यम व्यवसाय चल्न सकेनन् भने बैंकहरु चल्न सक्दैनन् भनेर बैंकहरुले हेक्का राख्नु पर्छ, निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउन लगायत पर्चा सबैले देखिने गरि संसद र संसद बाहिर राख्न आग्रह छ,’ उनले भने । त्यस्तै, जीडिपीमा ८१ प्रतिशत योगदान निजी क्षेत्रको रहेको छ । साना उद्यमीलाई बिना धितो कर्जा दिन व्यवस्था सरकारले गरेको छ । साना तथा मझौला सम्मेलन गरेर १० बुदे घोषणापत्र जारी गरेको छ । बैंकर्स संघसँग छलफल गरेर धेरै ठाउँका विवाद समाधान गरिएको बताउँदै अध्यक्ष गोल्छाले व्यापार घाटा थेग्न नसक्ने अहिलेको अवस्थालाई तत्काल समाधान गनुपर्ने बताए । बिजुली किन सस्तो हुन सकेन ? व्याज किन धेरै उतारचढाव हुन्छ ? यो विषयमा सरकारले सोच्नु पर्ने भैसकेको समेत उनले बताए । विदेशी कम्पनी स्वदेश आएर सञ्चालन हुदा नाफा भएपनि बिदेशी लगानीका कम्पनी आउन नमानेको जानकारी गराउँदै यो विषयमा सरकार उदार भएर काम गर्नु पर्ने उनको भनाई छ । महासंघको वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यतिखेर मुलुकको अर्थतन्त्र संकटको डिलमा रहेको बताए । ‘आर्थिक गतिविधिहरु शिथिल छन् । आपूर्ति प्रणाली खलबलिएको छ । उद्योगी/व्यवसायीहरु समस्यामा छौँ । विकास खर्च अत्यन्त न्यून छ । राजश्वले साधारण खर्च समेत धान्न सकिरहेको छैन,” उनले भने, “तर, अर्थतन्त्रका सबै सरोकारहरुले बेलैमा बिचार पुर्याउने हो भने अहिलेको आर्थिक समस्यालाई पार लगाउन गाह्रो छैन ।” उनले हाम्रो जस्तो सानो अर्थतन्त्रलाई केही महिनाभित्र लयमा फर्काउन सम्भव रहेको बताउँदै यसका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने र नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत बजारमा तरलता बढाउने र व्याजदर घट्ने उपकरणहरु ल्याउनुपर्ने बताए ।