अब निक्षेपको ब्याजदर २ प्रतिशतले घट्छ : वरिष्ठ उपाध्यक्ष शाह

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) का वरिष्ठ उपाध्यक्ष भोज बहादुर शाहले निक्षेपको ब्याजदर २ प्रतिशतले घट्ने बताएका छन् । मंगलबार सिविफिनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो बताएका हुन् । &#8216;बैंक विरोधि घटनालाई रोक्न सकिएन भने सेवाग्राहीको बैंकप्रति भइरहेको विश्वासमा गुम्न सक्छ, निक्षेपको ब्याजदरलाई मुद्रास्फितिसँग टाइअप गर्नुपर्छ, निक्षेपको ब्याजदर २ प्रतिशतले [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) का वरिष्ठ उपाध्यक्ष भोज बहादुर शाहले निक्षेपको ब्याजदर २ प्रतिशतले घट्ने बताएका छन् । मंगलबार सिविफिनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो बताएका हुन् ।

‘बैंक विरोधि घटनालाई रोक्न सकिएन भने सेवाग्राहीको बैंकप्रति भइरहेको विश्वासमा गुम्न सक्छ, निक्षेपको ब्याजदरलाई मुद्रास्फितिसँग टाइअप गर्नुपर्छ, निक्षेपको ब्याजदर २ प्रतिशतले घट्नु पर्छ,’ उनले भने ।

बैंकहरु उपभोगमा नभई लगानीमा केन्द्रीत हुनु पर्ने उनले बताए ।

निर्माण र उद्योग क्षेत्रमा अन्यभन्दा २ प्रतिशत ब्याज कम हुनु पर्ने बताउँदै उनले भने- ‘ब्याजदरमा बढाउनमा भूमिका खेल्ने सरकारकै स्वामित्वमा रहेका संस्था छन्, ती संस्थाहरु ब्याजबाट कमाउनमा केन्द्रीत भए ।’

साथै, उनले अर्थमन्त्री र गभर्नरले अब ब्याजदरलाई ९.९ प्रतिशतमा व्यवस्थापन गर्ने प्रतिबद्धता गरेको समेत जानकारी गराए । बैंकहरुले धेरै नकमाए खुलस्त पर्दै उनले ४० प्रतिशतसम्म कर तिर्नुपर्ने बाध्यता रहेको बताए ।

‘ऋणीले ब्याज तिर्न आनाकानी गरिरहेका छन् यसले बैंकको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको छ, ऋण लिएपछि भुक्तानी गर्नुपर्छ,’ वरिष्ठ उपाध्यक्ष शाहले भने ।

Share News