विकासन्युज

महासंघ निर्वाचन : एशोसिएट सदस्यतर्फ सबैभन्दा धेरै मत थपलियालाई

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको सदस्यमा सबैभन्दा धेरै मत डा. रामशरण थपलियाले पाएका छन् । थपलियाले १ हजार ४४० मत पाएका हुन् । यस्तै, दोस्रो धेरै मत मनोज पौडेलले पाएका छन् । पौडेलले १ हजार ३७३ मत पाएका छन् । एशोसिएटतर्फ सबैभन्दा धेरै मत पाउने १९ सदस्य विजयी भएका छन् । मतदाता संख्या १ हजार ७४८ रहेकोमा १ हजार ६५० मत खसेको थियो । एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् भनेजिल्ला नगर उपाध्यक्षमा संघाइ प्यानलका सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् ।  

महासंघ निर्वाचन : रामचन्द्र संघई देखिए अगाडी

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षको मतगणना भइरहेको छ । सो क्रममा ५०० मत गन्दा रामचन्द्र संघई अगाडी देखिएका छन् । ५०० मत गन्दा उनले १७७ मत ल्याएका छन् । यस्तै, अञ्जनकुमार श्रेष्ठले १६३ र उमेशलाल श्रेष्ठले १५६ मत ल्याएका छन् । महासंघको नेतृत्व चयनका लागि कमलादीस्थित प्रज्ञा भवनमा भएको चुनावको बुधबार रातीदेखि मतगणना भइरहेको छ ।

महासंघ निर्वाचन : ३०० मत गन्दा उमेशलाल श्रेष्ठ अगाडी

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भइसकेको छ । सो क्रममा ३०० मत गन्दा उमेशलाल श्रेष्ठ अगाडी देखिएका छन् । ३०० मत गन्दा उनले ११३ मत ल्याएका छन् । यस्तै, दोस्रोमा रामचन्द्र संघाईले ९६ र अञ्जनकुमार श्रेष्ठले ९१ मत ल्याएका छन् । महासंघकाे नेतृत्व चयनका लागि कमलादीस्थित प्रज्ञा भवनमा भएको चुनावको बुधबार रातीदेखि मतगणना भइरहेको छ ।

महासंघ निर्वाचन : अञ्जनको अग्रता, उमेश र रामचन्द्रले पछ्याउँदै

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको हो । वरिष्ठ उपाध्यक्षमा तीन उम्मेदवार अञ्जनकुमार श्रेष्ठ ,उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाई प्रतिस्पर्धामा छन् । एक सय मत गणना हुँदा अञ्जनले ४०, उमेशले ३७ र राचन्द्रले २३ मत पाएका छन् । एफएनसीसीआई नयाँ नेतृत्व चयनका लागि भएको चुनावको बुधबार रातीदेखि मतगणना भइरहेको छ । अहिले एसोशिएट तर्फको मत गणना भइरहेको छ ।

महासंघ निर्वाचन : वरिष्ठ उपाध्यक्षको मतगणना सुरु

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा  वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको हो । वरिष्ठ उपाध्यक्षमा तीन उम्मेदवार अञ्जनकुमार श्रेष्ठ ,उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाई प्रतिस्पर्धामा छन् । एफएनसीसीआई नयाँ नेतृत्व चयनका लागि भएको चुनावको बुधबार रातीदेखि मतगणना भइरहेको छ ।

ब्याजदर घटाउने तर्फ लविङ गर्छु : ज्योत्सना श्रेष्ठ

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघकी नवनिर्वाचित एसोशिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले आफुले बढेको ब्याज घटाउनेमा लविङ गर्ने बताएकी छन् । निर्वाचितपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले अहिले उद्योगी व्यवसायलिे उच्च ब्याजदरको समस्या भोग्नु परेको बताउँदै अब आफु त्यसको समस्या समाधानका लागि काम गर्ने बताएकी हुन् । ‘मत दान गर्ने सबैलाई धन्यवाद, अब म उद्योगी व्यवसायीको समस्या समाधानमा लाग्छु, अहिले ठूलो समस्याको रुपमा ब्याज देखिएको छ, ब्याज घटाउनका लागि म जोडदार रुपमा लविङ गर्छु,’ उनले भनिन् ।

भीमदत्त नगरपालिकाका प्रमुखसहित नौ जनाविरुद्ध साढे ५ करोडको भ्रष्टाचार मुद्दा

दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्तका नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, इञ्जीनियर हिमालयसिंह ऐर, लेखापाल गोविन्दराज उपाध्याय, अधिकृत सुवास अधिकारी, नायबसुब्बा विष्णुदेव भट्ट, लेखापाल दीपेन्द्र चौधरीलगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा महाकाली नदीको नदीजन्य पर्दाथ (ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल)को बोलपत्र आह्वान गर्दा ठेकेदारलाई गैरकानुनी आर्थिकलाभ हुने गरी बदनियतपूर्ण ढङ्गले आर्थिकलाभ गराई राज्यलाई हानी–नोक्सानी पु¥याएको पुष्टि भएकाले मुद्दा दायर गरेको अख्तियारद्वारा जारी आरोपपत्रमा उल्लेख छ । शुल्क उठाउने ठेक्कामा भीमदत्त नगरपालिकाले श्री भवानी कन्स्ट्रक्सन प्रालि कञ्चनपुरसँग ठेक्का सम्झौता गर्दा पाँच करोड ४३ लाख बराबरको राजस्व हानी–नोक्सानी गरेको उल्लेख गर्दै आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ । भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भट्ट र लेखा अधिकृत उपाध्यायले एक करोड ९५ लाख ७२ हजार बराबरको नगरपालिकाको राजस्व चुहावट गरेको आरोपपत्रमा उल्लेख छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ख) बमोजिमको कसुर गरेको पुष्टि भएकाले भीमदत्त नगरपालिकाको तर्फबाट सम्झौता गर्ने भट्ट र सम्झौतापत्रको साक्षीमा रही हस्ताक्षर गर्ने उपाध्यायसँग एक करोड ९५ लाख ७२ हजार बिगो माग गरिएको छ । त्यसैगरी उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिमको कैद सजाय हुन र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्व रकमको दोब्बर जरिवानासमेत माग गरिएको छ । आव २०७८/७९ को भीमदत्त नगरपालिकाअन्तर्गत महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्कामा इञ्जीनियर ऐरको संयोजकत्वमा अधिकारी, भट्ट र चौधरी सदस्य रहेको समितिले खरिद एकाइ बैठकले करको कायम दररेटअनुसार बोलपत्र पुस्तिका तयार नगर्दा एक करोड ९५ लाख ७२ हजार बराबरको राजस्व चुहावट गरी सरकारी रकमको हानी–नोक्सानी भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ख) बमोजिमको कसुरबमोजिम एक करोड ९५ लाख ७२ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्दिष्ट गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिमको कैद सजाय माग गरिएको छ । उनीहरूले बोलपत्रसहितको प्रतिवेदन तयार गर्नुपर्नेमा सो नगरी बदनियतपूर्वक भए/गरेका कुरा लुकाइछिपाइ खरिद प्रतिवेदन तयार गरी स्वीकृतिका लागि पेस गरेको आरोप छ । यस्तै श्री भवानी कन्स्ट्रक्सन प्रालिका सञ्चालक ईश्वरीप्रसाद भट्ट, केशवराज भट्ट र कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि दीवाकर भट्टले महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्कामा भीमदत्त नगरपालिकासँग सम्झौतामा फरक–फरक दररेट उल्लेख गरी आफूलाई आर्थिकलाभ हुने गरी सम्झौता गर्दा राजस्व चुहावटवापत एक करोड ९५ लाख ७२ हजार हानी–नोक्सानी भएको अख्तियारले जनाएको छ । उनीहरूले भीमदत्त नगरपालिकासँग बैंक जमानत राखी सम्झौता गर्नुपर्नेमा सो नगरी सम्झौता गर्दा तीन कारोड ४७ लाख ५९ हजार नगरपालिकालाई प्रत्यक्ष हानी–नोक्सानी पुगेकाले कन्स्ट्रक्सनका सञ्चालक केशवराज र आधिकारिक प्रतिनिधि दीवाकरले राजस्व र जमानतसमेत गरी पाँच करोड ४३ लाख ३१ हजार गैरकानुनी लाभ लिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । भवानी कन्स्ट्रक्सन प्रालिसित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा पाँच करोड ४३ लाख ३१ हजार बिगो माग गरिएको छ । रासस

अब्बल देखिँदै संघईको समूह, को बन्ला वरिष्ठ उपाध्यक्ष ?

काठमाडौं । नयाँ नेतृत्वका लागि भएको नेपाल उद्योग वाणिज्य महासंको मतपरिणाम रोचक बन्दै गएको छ । अहिलेसम्म जिल्लानगर, एसोशिएट र वस्तुगत तर्फको उपाध्यक्ष र सदस्यहरुको मतपरिणाम सार्वजनिक भएको छ । अब वरिष्ठ उपाध्यक्षको मत परिणाम सार्वजनिक हुन मात्रै बाँकी छ । वस्तुगत तर्फ उमेशलाल श्रेष्ठ समूहका उम्मेदवार हेमराज ढकाल विजयी भएका छन् भने जिल्लानगरतर्फको उपाध्यक्ष रामचन्द्र संघईका उम्मेदवार सुरकृष्ण बैद्य निर्वाचित भएका छन् । एसोसिएटमा पनि संघईकै समूहबाट ज्योत्सना श्रेष्ठ निर्वाचित भएकी छिन् । बैद्यले आफ्ना प्रतिस्पर्धी दिनेश श्रेष्ठ र अरुणराज सुमार्गीलाई हराउँदै विजयी भएका छन् भने हेमराज ढकालले सुकुन्तलाल हिराचन र मनिषलाल प्रधानलाई पराजित गर्दै विजयी भएका छन् । यस्तै, ज्योत्सनाले उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठका साझा उम्मेदवार भरत आचार्यलाई पराजित गर्दै विजयी भइन् । वस्तुगततर्फ कुल १४ सदस्यहरुमध्ये उमेशलालको समूहबाट ८ जना निर्वाचित भएका छन् भने अञ्जनको समूहबाट ६ जना निर्वाचित भएका छन् । जिल्लानगरको सदस्यहरुमा भने उमेशलाल समूहबाटै बढी सदस्य निर्वाचित भएका छन् । जिल्ला नगरको सदस्यहरुमा उमेशलालको ११ र अञ्जनको ७ वटा सदस्य निर्वाचित भएका छन् । संघईको समूहबाट जिल्ला नगर समस्यमा कुनै पनि उम्मेदवार निर्वाचित हुन नसके पनि उपाध्यक्षको बाजी भने बैद्यले नै मारेका छन् । यस्तै, एसोशिएटमा अधिकांश तीन वटै प्यानलका साझा उम्मेदवारहरुले जित हासिल गरेका छन् । संघईले दुई उपाध्यक्ष हात पार्दा उमेशलाका एउटा उपाध्यक्षका उम्मेदवारले जित हासिल गरेका हुन् । अब वरिष्ठ उपाध्यक्षको मतगणना पनि रोचक हुने देखिएको छ । संघई आफ्नो पोल्टोमो परिणाम आउनेमा विश्वस्त छन् भने वरिष्ठ उपाध्यक्षका अर्का दुई उम्मेदवार उमेशलाल र अञ्जन पनि जित्नेमा विश्वस्त छन् । संघईले आफ्नाे दुई उपाध्यक्षले जितेकोले आफुले पनि जित्ने सम्भावना बढेको बताएका छन् । यसअघि अधिकांशले संघईको जिल्लानगरमा कमजोर उपस्थिति रहेको तर्क दिइरहेकाे बेला बैद्यले जिल्ला नगर र साझा उम्मेदवारलाई समेत ज्योत्सनाले हराउँदा संघईलाई पनि वरिष्ठ उपाध्यक्षमा जित्ने आशा  पलाएको हो ।