विकासन्युज

रोचक बन्दै महासंघको मत परिणाम, उमेशलाल र रामचन्द्रलाई सफलता

काठमाडौं । नयाँ नेतृत्वका लागि भएको नेपाल उद्योग वाणिज्य महासंको मत परिणाम रोचक बन्दै गएको छ । अहिलेसम्म जिल्लानगर र वस्तुगत तर्फको उपाध्यक्ष र सदस्यहरुको मत परिणाम सार्वजनिक भएको छ । जसमा वस्तुगत तर्फ उमेशलाल श्रेष्ठ समूहका उम्मेदवार हेमराज ढकाल विजयी भएका छन् भने जिल्लानगरतर्फको उपाध्यक्ष रामचन्द्र संघईका उम्मेदवार सुरकृष्ण बैद्य निर्वाचित भएका छन् । बैद्यले आफ्ना प्रतिस्पर्धी दिनेश श्रेष्ठ र अरुणराज सुमार्गीलाई हराउँदै विजयी भएका छन् भने हेमराज ढकालले सुकुन्तलाल हिराचन र मनिषलाल प्रधानलाई पराजित गर्दै विजयी भएका छन् । वस्तुगततर्फ कुल १४ सदस्यहरुमध्ये उमेशलालको समूहबाट ८ जना निर्वाचित भएका छन् भने अञ्जनको समूहबाट ६ जना निर्वाचित भएका छन् । जिल्लानगरको सदस्यहरुमा भने उमेशलाल समूहबाटै बढी सदस्य निर्वाचित भएका छन् । जिल्ला नगरको सदस्यहरुमा उमेशलालको ११ र अञ्जनको ७ वटा सदस्य निर्वाचित भएका छन् । संघईको समूहबाट जिल्ला नगर सदस्यमा कुनै पनि उम्मेदवार निर्वाचित हुन नसके पनि उपाध्यक्षमा बाजी भने बैद्यले नै मारेका छन् । विशेष गरेर बैद्यको जितले संघई खुसी भएकका छन् । उनले बैद्यको जितले आफुलाई पनि जित्ने सम्भावना रहेको बताएका छन् । यसअघि अधिकांशले संघईको जिल्लानगरमा कमजोर उपस्थिति रहेको तर्क गरिरहेको बेला बैद्यले जिल्ला नगरमा जित्दा संघईलाई पनि आशा पलाएको हो । यस्तै, उनले एसोसिएटमा आफुलाई बलियो उम्मेदवारको रुपमा चिनाएका छन् । त्यसले पनि आफुलाई जित्न सघाउ पुग्ने उनको तर्क छ । उनले अब आफु जित्नेमा ढुक्क रहेको प्रतिक्रिया दिएका छन् ।

जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण बैद्यले बाजी मारे, संघईले भने : म पनि जित्नेमा ढुक्क छु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंको जिल्ला नगर उपाध्यक्षमा सुरुकृष्ण बैद्य वियजी भएका छन् । उनले आफ्नो प्रतिस्पर्धीलाई हराउँदै विजयी भएका हुन् । उनले ४३ मत पाएका छन् । उनले आफ्ना प्रतिस्पर्धी दिनेश श्रेष्ठ र अरुणराजलाई हराउँदै विजयी भएका हुन् । दिनेश श्रेष्ठले ३४ र सुमार्गीले ३७ मत पाएका छन् । उनी रामचन्द्र संघईको समूहबाट उम्मेदवारी दिएका थिए । एक मत बदर भएको छ । बैद्यले जित हासिले गरेपछि वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले पनि आफु पनि जित्नेमा ढुक्क रहेको बताएका छन् ।

महासंघ निर्वाचन : यी हुन् जिल्ला नगरतर्फ विजयी हुने १८ उम्मेदवार

काठमाडौं । नेपाल उद्योग वाणिजय महासंघको नयाँ नेतृत्वका लागि जिल्ला नगरतर्फका सदस्यहरुको पनि मत गणना सकिएको छ । १८ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेकोमा निर्वाचनमार्फत् १८ जना विजयी भएका हुन् । यसअघि वस्तुगत तर्फको मतपरिणाम सार्वजनिक भइसकेको छ । वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित पनि भइसकेका छन् । यी हुन् विजयी हुने १८ सदस्य

वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी, उमेशलाल समूहलाई सफलता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासं वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी मनिषलाल प्रधान र सुकुन्तलाल हिराचनलाई हराउँदै विजयी भएका हुन् । उनी ६१ मत पाएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी प्रधानले ५२ र हिराचनले ७ मत पाएका छन् । उनले वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको समूहबाट वस्तुगत उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।

महासंघ निर्वाचन : मतगणनामा विवाद

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कमलादीको पञा प्रतिष्ठानमा भइरहेको मतगणना विवाद भएको छ । जिल्ला नगरतर्फ भइरहेको गणनामा विवाद हुँदा एकछिन मतगण्ना रोकिएको थियो । तर, पुनः मतगणना सुरु गर्ने तयारी भइरहेको छ । वस्तुगत तर्फको मत गणना भने सम्पन्न भइसकेको छ ।

महासंघ निर्वाचन : वस्तुगतको मतगणना सकियो, यी हुन् विजयी हुने उम्मेदवार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघ तर्फको मतगणना सकिएको छ । १२३ मतदाता रहेकोमा शतप्रतिशत मतदान भएको थियो । जसमा एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ । वस्तुगततर्फ १४ जना सदस्यहरु निर्वाचित हुने व्यवस्था अनुसार बढी मत ल्याउने १४ जना जियी भएका छन् । निर्वाचित भएका सदस्यहरमा ८ वटा उमेशलालको समूहबाट र ६ वटा अञ्जनको टीमबाट रहेका छन् । यी हुन् विजयी भएका १९ उम्मेदवार

जिल्ला नगरमा ५० मत गणना गर्दा प्रयासको ३९ मत, यस्तो छ ३२ उम्मेदवारको मत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वका लागि भएको निर्वाचनमा मत गणना भइरहेको छ । जिल्ला नगरमा ५० मत गणना गर्दा २ मत बदर भएको छ । अहिलेसम्म सबैभन्दा अगाडि प्रयास कार्की देखिएका छन् । उनले ३९ मत पाएका छन् । कुनको मत कति ? अनिल कृष्ण श्रेष्ठ – २९ अब्दुल वाहिद मन्सुरी- २७ अमरेश चन्द्र बैदार- २० अशोक लाल अमात्य – २९ उज्ज्वल प्रसाद कसजु – ३२ कलपना गैरे- ३६ उमेश डालमिया – ३४ किशोर कुमार आचार्य – २० केशव प्रसाद भण्डारी – ३१ कृष्ण कुटवाल – २७ गणेशप्रसाद लाठ – २४ गोकुल श्रेष्ठ – ३० चन्द्र बहादुर मभराई (भरत) – १६ छवघर आत्रेय – २१ तारा बहादुर कार्की  – ३६ दिपक नेपाल – २८ धर्मराज असेल – १२ नविन रिजाल – ३५ निरक के.सी. – २५ पिताम्बर जोशी – १६ पुष्पराज कुंवर – २८ प्रयास कार्की  -३९ बिक्रान्त कुमार श्रेष्ठ – १६ बेद बहादुर श्रेष्ठ – ३३ बोदनाथ दुवाडी – १६ मदन लाल जोशी – २० मन्जु कुमार श्रेष्ठ (कोजु) – २५ मनोज बहादुर न्याछ्यों – १० मोहन प्रसाद श्रेष्ठ – ३८ रामेश्वर मानन्धर – २१ राजेन्द्र साह – २२ लक्ष्मण राज पौडेल – २७

वस्तुगतमा ७५ मत गणना गर्दा नरेशलालको अग्रता, कसको कति मत ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वका लागि भएको निर्वाचनमा मत गणना भइरहेको छ । अहिले वस्तुगत तर्फको ७५ मत गणना हुँदा सबैभन्दा बढी मत नरेश लाल श्रेष्ठले ५४ मत ल्याएका छन् भने शिवप्रसाद घिमिरेले ५३ मत ल्याएका छन् । अधिकांश उम्मेदवारको प्रतिस्पर्धा देखिएको छ । वस्तुगततर्फ १९ जना विजयी हुनेछन् ।