विकासन्युज

बैंकको ब्याजसँगै घरभाडा घटाउन माग

लुम्बिनी । कोभिड–१९ पछिको घट्दो व्यापार, बैंकको चर्को ब्याजदर, महँगो घरभाडालगायत कारण व्यापार व्यवसायमा देखिएको मन्दीले व्यवसायी विस्थापित हुने अवस्था आएको रुपन्देहीका उद्योगी व्यावसायिक सङ्घसंस्थाले ठहर गरेका छन् । व्यावसायीक सङ्घसंस्थाको बुधबार बुटवलमा बसेको संयुक्त बैठकले बढ्दो घरभाडा र चर्को बैंक ब्याजका विषयमा व्यावसायिक सङ्घसंस्थाको सञ्जालले बृहत् बैठक आह्वान गरी बैंक ब्याजदर र घरभाडा घटाउन दबाबस्वरुप खाका तयार गर्ने निर्णय गरेको छ । रुपन्देही व्यापार सङ्घ, रुपन्देही उद्योग सङ्घ, बुटवल उद्योग वाणिज्य सङ्घ, उद्योग व्यापार सङ्घ र नेपाल घरबहाल सरोकार सङ्घको संयुक्त बैठकले घट्दो र खस्कँदै गइरहेको व्यापारलाई बचाएर आफू पनि चल्ने र सबैलाई चल्ने अवस्था बनाउनु अपरिहार्य भएको उल्लेख गर्दै घरबहाल घटाउन घरधनीलाई सामूहिक आग्रह गरेको छ । बढ्दो आर्थिक मन्दीबाट व्यापार व्यवसाय, उद्योग तथा कलकारखाना धारासायी हुँदै गइरहेको र त्यसबाट निम्तिएको सङ्कटका विषयमा छलफल भएको रुपन्देही व्यापार सङ्घका अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताए । बैठकपछि जारी संयुक्त अपिलमा मुलुकको अर्थतन्त्रलाई चलायमान गराउँदै व्यापार व्यवसाय तथा उद्योग कलकारखाना सञ्चालन गर्ने अवस्था सिर्जना गर्ने विषयमा सबै पक्ष गम्भीर बन्न अनुरोध गरिएको छ । अपिलमा बढ्दो आर्थिक मन्दीबाट उपभोक्ता तथा घरधनीलाई प्रत्यक्ष असर परेको उल्लेख गर्दै बढ्दो आर्थिक मन्दीका कारण व्यापार नभएपछि बुटवल बजारमा घरभाडा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायी पसल बन्द गर्नेको सङ्ख्या बढ्दै गएको तथा बजार विस्थापित हुने क्रम बढेको प्रति चिन्ता व्यक्त गरिएको छ । यो स्थितिलाई मध्यनजर गर्दै पछिल्लो घट्दो र खस्कँदै गइरहेको व्यापारलाई बचाएर आफू पनि चल्ने र सबैलाई चल्ने अवस्था बनाउनु आवश्यक भएको अपिलमा उल्लेख छ । अपिलमा रुपन्देही व्यापार सङ्घका अध्यक्ष घिमिरेसहित रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधवप्रसाद पौडेल, बुटवल उद्योग वाणिज्य सङ्घका कार्यवाहक महासचिव मुक्ति अधिकारी, उद्योग व्यापार सङ्घका वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी र नेपाल घरबहाल सरोकार सङ्घका अध्यक्ष राजु लिगलले हस्ताक्षर गरेका छन् । रासस

सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभा बैशाख २१ हुने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा आगामी बैशाख २१ गते हुने भएको छ । कम्पनी आज एक सूचना प्रकाशित गर्दै शेयरधनीहरुलाई साधारणसभामा उपस्थितिको लागि सूचित गरेको छ । साधारणसभामा अध्यक्षको प्रतिवेदन, आर्थिक वर्ष ०७८-७९ को आय-व्यय र कम्पनीले सरकारको कोरोना रिलिफ एन्ड प्रिभेन्सन फन्डमा गरेको सहयोगलाई अनुमोदन गर्ने जनाएको छ ।

एसोशिएट उपाध्यक्षमा ज्योत्सनाको जित, साझा उम्मेदवार आचार्य पराजित

काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एसोशिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । उनले साझा उम्मेदवार भरत आचार्यलाई पराजित गरेकी हुन् । श्रेष्ठले ८४६ मत पाएकी छन् भने आचार्यले ७९१ मत पाएका छन् । श्रेष्ठले ५५ मतले जितेकी हुन् । उनी रामचन्द्र संघईको समूहबाट उम्मेदवार बनेकी थिइन् भने आचार्य र उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको समूहबाट उम्मेदवार बनेका थिए ।

एसोशिएट उपाध्यक्षमा जोत्सना जित नजिक, सय मतको मतान्तर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एसोशिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ र भरत आचार्यबीच कडा प्रतिस्पर्धा देखिएको छ । उनीहरुबीच १०२ मतको मतान्तर देखिएको छ । भरतले ६८६ र ज्योत्सनाले ७८८ मत प्राप्त गरेकी छिन् ।

यी हुन एसोशिएटमा निर्वाचित हुने १९ उम्मेदवार, कसको मत कति ?

काठमाडौं । उद्योग वाणज्य महासंमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मत गणना सम्पन्न भएको छ । एसोशिएटतर्फ खसेको १६५० मतमा सबै मत गणना भइसकको छ । १९ एसोशिएट सदस्यका लागि २९ जनाले उम्मेदवारी दिएका थिए । जसमा १९ जना बढी मत ल्याएर विजयी भएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्ने

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन्। भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न भारत भ्रमण, नेपाल–भारत ऐतिहासिक सम्बन्ध, निरन्तरको सहकार्य र सीमा सुरक्षालगायतका विषयमा छलफल भएको छ। त्यस क्रममा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम छिटै तय हुने र आफ्नो तथा वर्तमान सरकारको कार्य अविधमा दुई देशबीचको सम्बन्ध थप घनिष्ठ हुने विश्वास व्यक्त गरे । सीमा व्यवस्थापन र सीमापार अपराध नियन्त्रणजस्ता संवेदनशील विषयमा समेत खुला छलफल हुनुपर्ने धारणा उपप्रधानमन्त्री श्रेष्ठले राखेको उनको सचिवालयले जनाएको छ । भर्खरै रुपन्देही भ्रमण गर्दा एउटा ‘बोर्डर आउटपोस्ट’ निरीक्षण गरेको र सो क्रममा आफूले दुई देशका सुरक्षा निकायबीच राम्रो समन्वय र सहकार्य रहेको देखेको उनले बताए । आजको गोरखापत्रबाट ।

खारेजीको प्रकृयामा रहेको कृष्टल फाइनान्सका ऋणीले असार मसान्तसम्म कर्जा तिर्नुपर्ने

काठमाडौं । उच्च अदालको फैसलाअनुरुप खारेजीको प्रकृयामा रहेको कृष्टल फाइनान्स लिमिटेडका खराब कर्जामा बर्गिकरण भएका ऋणीहरुले आगामी असार मसान्तसम्म कर्जा असुल गर्नुपर्ने भएको छ । क्रिष्टल फाइनान्स लिमिटेड लिक्विडेटरको कार्यालयले एक सूचना प्रकाशित गर्दै फाइनान्सलाई छिटो खारेज गर्नुपर्ने भएकाले खराब ऋणीहरुलाई समय सिमा दिएर कर्जा बुझाउन भनेको हो । तोकिएको अवधिमा कर्जा असुली गरेमा खराब कर्जा असुली कार्यविधि २०७७ अनुसार सुविधा पनि प्रदान गरिने सूचनामा उल्लेख गरिएको छ ।

एसोसिएटमा साढे १३ सय मत गणना गर्दा कुनले कति मत पाए ?

काठमाडौं । उद्योग वाणज्य महासंमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मत गणना अझै बाँकी छ । जिल्ला जगर र वस्तुगत तर्फ मतगणना सकिए पनि एसोशिएटतर्फको जारी नै छ । एसोशिएटतर्फ १६५० मत खस्दा १३५० गणना भएको छ । १९ एसोशिएट सदस्यका लागि २९ जनाले उम्मेदवारी दिएका छन् । यस्तो छ मतपरिणाम डा. रामशरण थपलिया- ११४७ मनोज पौडेल-१०९९ आनन्द कुमार अग्रवाल – १०९० अम्बिका पौडेल – १०८० शुनिल नारायण श्रेष्ठ – १०७८ शुसिल थापा – १०५५ राजेश कुमार अग्रवाल – १०५१ शैलेन्द्र गुरागाईं – १०४१ देशबन्धु बस्नेत – १०२६ हेमन्त गोल्छा – १०२३ गोपाल खनाल – १०१५ अविनाश बोहरा – ९५७ उज्वल कुमार श्रेष्ठ – ९४५ प्रवलजंग पाण्डे – ८९९ शक्ति कुमार बेगानी- ७९९ जुना माथेमा -७८६ सन्दीप कुमार अग्रवाल -७३९ ऋषी कुमार अग्रवाल – ७१५ मुकुन्द प्रसाद तिमिल्सिना – ७१२ रतनलाल केडिया -६९९ रामशरण भण्डारी -६८० बाबुकाजी कार्की -६७३ चिराग गोयल – ६२६ कृष्णलाल महर्जन – ६१७ भरत रानाभाट – ४७८ चन्द्र प्रसाद ढकाल – ४३४ राज्यलक्ष्म महर्जन शाक्य – २१६ निराजन बहादुर चलाउने -१७६