सस्तैमा पाइने १० हाइड्रो पावर कम्पनीका सेयर
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा ७१ जलविद्युत कम्पनीहरु सूचीकृत छन् । जसमा माउन्टेन इनर्जी नेपालको सेयर मूल्य सबैभन्दा बढी छ भने सबैभन्दा कम सेयर मूल्य मोलुङ हाइडोपावर कम्पनीको रहेको छ । यस जलविद्युत कम्पनीको बिहीबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १५५.१० रुपैयाँ छ । नेप्सेमा सुचिकृत १० जलविद्युत कम्पनीको सेयर मूल्य २५० रुपैयाँभन्दा कम छ । २५० भन्दा कम मूल्य भएका १० जलविद्युत कम्पनीहरु क्रमश : मोलुङ हाइड्रोपावर, दिव्यशोरी हाइड्रोपावर, हिमाल दोलखा, अन्खुखोला हाइड्रोपावर, शिव श्री हाइड्रोपावर, युनियन हाइड्रोपावर, नेपाल हाइड्रोपावर, नेशनल हाइड्रो पावर, खानी खोला हाइड्रोपावर, पन्चकन्या माई हाइड्रोपावर र युनिभर्सल पावर कम्पनी रहेका छन् । मोलुङ हाइड्रोपावर कम्पनीको पछिल्लो कारोबार मूल्य १५५.१० रुपैयाँ । दिव्यशोरी हाइड्रोपावर कम्पनीको पछिल्लो कारोबार मूल्य २१८ रुपैयाँ रहेको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको पछिल्लो कारोबार मूल्य २२० रुपैयाँ रहेको छ । कम्पनीको ५२ हप्ताको अधिकतम सेयर मूल्य २८०.१३ र न्युनतम सेयर मूल्य १६१ रुपैयाँ रहेको थियो । अन्खुखोला हाइड्रोपावर कम्पनीको पछिल्लो कारोबार मूल्य २२५ रुपैयाँ छ । कम्पनीको ५१ हप्ताको अधिकतम सेयर मूल्य २६६ र न्युनतम सेयर मूल्य १५९.८० रुपैयाँ रहेको थियो । शिव श्री हाइड्रोपावर कम्पनीको पछिल्लो कारोबार मूल्य २२८ रुपैयाँ छ । कम्पनीको ५१ हप्ताको अधिकतम सेयर मूल्य ३०७.४० र न्युनतम सेयर मूल्य १५५.१० रुपैयाँ रहेको थियो । युनियन हाइड्रोपावर लिमिटेडको पछिल्लो कारोबार मूल्य २३२ रुपैयाा रहेको छ । कम्पनीको ५१ हप्ताको अधिकतम सेयर मूल्य ३१२.१० र न्युनतम सेयर मूल्य १६५.१० रुपैयाँ रहेको थियो । नेशनल हाइड्रोपावर कमपनीको पछिल्लो सेयर कारोबार मूल्य २३९ रुपैयाँ रहेको छ ।कम्पनीको ५१ हप्ताको अधिकतम सेयर मूल्य ३१० र न्युनतम सेयर मूल्य १७६.४० रुपैयाँ रहेको थियो । खानी खोला हाइड्रोपावर लिमिटेडको पछिल्लो कारोबार मूल्य २४० रुपैयाँ रहेको छ । कम्पनीको ५१ हप्ताको अधिकतम सेयर मूल्य २८८ र न्युनतम सेयर मूल्य १६३.८० रुपैयाँ रहेको थियो । पन्चकन्या माई हाइड्रोको पछिल्लो कारोबार मूल्य २४२ रुपैयाँ रहेको छ । कम्पनीको ५१ हप्ताको अधिकतम सेयर मूल्य २९५.७० र न्युनतम सेयर मूल्य १६८ रुपैयाँ रहेको थियो । युनिभर्सल पावर लिमिटेड कम्पनीको पछिल्लो कारोबार मूल्य २४९ रुपैयाँ रहेको छ । कम्पनीको ५१ हप्ताको अधिकतम सेयर मूल्य २९५ र न्युनतम सेयर मूल्य १७५.९० रुपैयाँ रहेको थियो ।
एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप इबीएल टच २४ बाट क्यु आर सेवा सुचारु
काठमाडौं । एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप इबिएल टच २४ मार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टलाई भुक्तानी गर्न मिल्ने भएको छ। उक्त सेवा सुचारु अनुसार एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप, एप इबिएल टच २४ प्रयोगकर्ताले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, ,मेट्रो सुपर मार्केट ,मेट्रो मार्ट लगाएत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सकिने भएको छ । एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले बैंकिङ्ग एप एप इबिएल टच २४ एप मार्फत स्मार्ट क्यूआर मर्चेन्टलाई भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । साथै, बैंकिङ्ग एप एप इबिएल टच २४ मार्फत विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सकिनेछ । इएमभि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्फत कारोवारको भुक्त्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ । यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा कम्पनीले जनाएको छ । पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् । साथै, देशैभरी छरिएर रहेको आफ्नो १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
स्याङ्जाको वनमा आगलागी हुँदा पाइप डढेपछि पानीको हाहाकार
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोक र वडा नं ६ को पाखुरेमा खानेपानीको समस्या भएको छ । वनमा आगलागी हुँदा गाउँमा ल्याइएको खानेपानीको पाइप डढेपछि पानीको हाहाकार भएको हो । यसबाट यहाँका ३७ परिवार प्रभावित बनेका छन् । छरछरे–पाँडेथोक सिँचाइ तथा खानेपानी योजनाअन्तर्गतको करिब एक किलोमिटर पाइप मङ्गलबार र बुधबार लागेको आगोले डढेपछि गाउँमा खानेपानी आउन बन्द भएको उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ लामिछानेले बताए । ‘मुहानबाट मैदानसम्म ल्याइएको पानीको पाइप आगोले डढेर पूर्णरूपमा नष्ट भएको छ’, उनले भने, ‘मुहानबाट मैदानसम्म आएको पानीलाई सोलारमार्फत तानेर घर–घरमा वितरण गरिएको छ ।’ मुहानबाट गाउँसम्म दुई इन्चको पाइपमा करिब एक हजार छ सय ५० मिटर परबाट ल्याइएको छ । विसं २०६३ मा मूल दर्ता गरी २०६४ सालमा योजना सम्पन्न भई यहाँका बासिन्दाले घर–घरमै पानी उपभोग गर्दै आएका थिए । ‘आगलागीबाट क्षति भएपछि अहिले पानीको हाहाकार भएको छ’, उनले भने, ‘गोलभेँडाको पकेट क्षेत्र भनेर चिनिएको यस ठाउँमा मौसमी तथा बेमौसमीरूपमा लगाइएका विभिन्न प्रजातिका तरकारी ओइलाएर मर्ने क्रममा पुगेका छन् ।’ वडा नंं ५ का सदस्य रामप्रसाद लामिछानेले पूरै पाइप फेर्ने बजेट नभएकाले नगरपालिका तथा सम्बन्धित कार्यालयसँग सहयोग मागेको बताए । पानीका स्रोत सुकेकाले पनि खानेपानीको बढी अभाव भएको छ । ‘एक गाग्री पानीका लागि पालो पर्खिनुपर्छ । पधेँरासम्म जान र आउनमात्रै आधा घण्टा लाग्छ’, उनले भने । लामो समय खडेरी परेका कारण वालिङ तथा त्यसआसपासका क्षेत्रमा दैनिकजसो डढेलो तथा आगलागीका घटना घटिरहेका छन् । रासस
समृद्धि फाइनान्सद्धारा पुर्व सञ्चालकको विदाई
काठमाडौं । समृद्धि फाइनान्सले पुर्व सञ्चालक गुप्त बहादुर राना र दिपक अधिकारीलाई विदाई गरेको छ । केहि समय अगाडी राजिनामा दिएका सञ्चालकहरुलाई संस्थाले शाखा कार्यालय पुतलिसडक काठमाण्डौंमा आयोजना गरेको एक कार्यक्रमका विच विदाई गरेको हो । कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले संस्थालाई दिशानिर्देशन गर्ने काममा पुर्यायका योगदनको लागि धन्यवाद दिँदै विदाई गरे । उक्त कार्यक्रममा उच्च व्यवस्थापन र सञ्चालक समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।
नयाँ वर्षका अवसरमा पशुपतिनाथमा पूजाआजा
काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा आज बिहानैदेखि भगवान् पशुपतिनाथको मन्दिरमा दर्शनार्थीले पूजाआजा गर्दैछन् । नयाँ वर्षका अवसरमा आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । पशुपतिनाथको दर्शनका लागि आज भक्तजनका लागि विशेष पूजाको व्यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले नयाँ वर्षमा दर्शन गर्ने भक्तजनको सहभागिता बढ्ने भएकाले विशेष व्यवस्था गरिएको बताए । ‘पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरी दर्शनको व्यवस्था मिलाइएको छ’, उनले भने । भक्तजनलाई उत्तर, पश्चिम र दक्षिण मूलढोकाबाट दर्शन गर्न मिल्ने गरी व्यवस्था मिलाइएको खतिवडाले बताए । केही वर्षयता नयाँ वर्षमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सङ्ख्या उल्लेख्यरुपमा बढ्न थालेपछि कोषले विशेष व्यवस्था गरेको हो । महानगरीय प्रहरी बृत्त गौशालासँग थप जनशक्ति लिएर शान्ति सुरक्षाको प्रबन्ध मिलाइएको उनको भनाइ छ । रासस
नयाँ वर्षमा बन्दीपुर आन्तरिक पाहुनाले भरिभराउ
बन्दीपुर । नयाँ वर्ष २०८० मनाउन तनहुँको पर्यटकीय नगरी बन्दीपुर आन्तरिक पाहुनाले भरिएको छ । गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको बन्दीपुरमा नयाँ वर्ष मनाउन आन्तरिक पाहुनाको भीड लागेको हो । नयाँ वर्षलाई स्वागत गर्दै रमाउन बिहीबारदेखि नै बन्दीपुरमा पर्यटकको भीड बढेको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले जानकारी र्दिए । नयाँ वर्षका अवसरमा बन्दीपुरमा सडक खाना महोत्सव आयोजना गरिएकाले पनि यहाँ पर्यटक तानिएका हुन् । ‘हिजो राति सबैले हर्षोल्लासका साथ नयाँ वर्षको स्वागत गरेका छन्, पाहुना भरिभराउ छन्’, पौडेलले भने, ‘दिउँसैदेखि पर्यटकको चहलपहल बढेको थियो । त्यसमध्ये बास बस्ने पर्यटकको सङ्ख्या अधिक थियो ।’ हेरिटेज होटलका सञ्चालक किसान प्रधानले नयाँ वर्षमा बन्दीपुर पर्यटकले भरिएको जानकारी दिए । ‘बन्दीपुरको पर्यटन विस्तारै लयमा फर्किँदैछ, नयाँ वर्षमा आयोजना गरिएको सडक खाना महोत्सवले पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको छ’, उनले भने । आज नयाँ वर्षको दिन सार्वजनिक बिदा भएकाले थप पर्यटकको आगमन बढ्ने विश्वास गरिएको उनले बताए । ‘बिदामा घुम्ने संस्कृति विकास भएकाले पनि आज थप पर्यटक बन्दीपुर आउने आशामा छौँ’, उनले भने । बन्दीपुरका होटल व्यवसायीले आज होटलमा आउने पहिलो पाहुनालाई एउटा कोठा एक रुपैयाँमा उपलब्ध गराउँनेछन् । ‘सुस्ताएको बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि यो प्याकेज ल्याएका हौँ, होटलमै आएर कोठा बुक गर्दा पर्यटकले एक रुपैयाँमा कोठा पाउँछन्’, प्रधानले भने, ‘त्यसका लागि होटलमै खाना, ब्रेकफास्ट गर्नुपर्छ ।’ कोठाको एक रुपैयाँ भए पनि खानालगायत अन्य सुविधाको भने मूल्यसूची अनुसारको पैसा लाग्ने प्रधानले बताए । बन्दीपुरमा क्षेत्रीय होटल सङ्घसँग आबद्ध ६६ वटा होटल छन् । त्यसमध्ये केही होटलले यो प्याकेज ल्याएका छन् । बन्दीपुर हिमालय दरबारका सञ्चालक वैश गुरुङले सङ्घमा आबद्ध सबैमा यो प्याकेज नभए पनि धेरैजसो होटलमा एउटा कोठा एक रुपैयाँमा उपलब्ध गराउने निर्णय भएको बताए । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइ, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, रेबान तनहुँको संयुक्त आयोजनामा नयाँ वर्षको अवसर पारेर बिहीबारदेखि तीन दिन सडक खाना महोत्सव सुरु भएको छ । ‘सडकमा खाऔँ, सडकमै रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गरौँ’ भन्ने मूल नारासहित सडक खाना महोत्सव आयोजना गरिएको जनाइएको छ । सडक खाना महोत्सवका अवसरमा बजारमा रहेका होटल अगाडि नै बसेर पर्यटकले खान पाउँनेछन् । साथै तीन दिनसम्म नै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ भने विभिन्न जातजातिका संस्कृति प्रदर्शन गरिनेछ । नयाँ वर्षमा जिल्लाका युवायुवती पोखरा, चितवन जाने गरेकाले आफ्नै जिल्लाभित्र रमाउने वातावरण सिर्जना गर्न महोत्सव आयोजना गरिएको र यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट विदेशी पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको होमस्टे सञ्चालक राजु बानियाँले बताए । सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धवलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ । बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना–ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालन छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले पनि पहल गरिरहेको छ । बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन विभिन्न पूर्वाधार निर्माण गरिएको छ । रासस
एक वर्षमा २१.४५ प्रतिशतले बढ्यो बेरुजु, एक खर्ब १९ अर्ब ७७ करोड पुग्यो
काठमाडौं । नेपालमा संघ, प्रदेश र स्थानीय तहको एकमुस्ट बेरुजु १ खर्ब १९ अर्ब ७७ करोड ७० लाख रुपैयाँ पुगेको छ । बिहीबार महालेखा परीक्षकले सार्वजनिक गरेको ६० औं प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ मा तीनवटै तहका सरकारको एकमुस्ट बेरुजु रकम १ खर्ब १९ अर्ब ७७ करोड ७० लाख रुपैयाँ पुगेको हो । महालेखापरीक्षक टंकमणि शर्मा दंगालले संघीय सरकारी कार्यालयको बेरुजु ५६ अर्ब ३१ करोड, प्रदेशमा ७ अर्ब २० करोड र स्थानीय तहमा ४२ अर्ब ८८ करोड र समिति तथा अन्य संस्थाको ११ अर्ब ९७ करोड देखिएको बताए । ‘यो वर्ष ६ हजार ५४६ सरकारी निकायको ७१ खर्ब ३८ अर्ब १६ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको छ, बेरूजुलाई असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेस्की गरी तीन वर्गमा वर्गीकरण गरिएको छ, असुल गर्नुपर्ने बेरूजुमा हिनामिना र फ्छ्र्यौट, हानी नोक्सानी र अन्य असुल गर्नुपर्ने बेरूजु उल्लेख गरिएको छ,’ उनले भने । उनले नियमित गर्नुपर्ने बेरूजुमा अनियमित भएको, प्रमाण कागजात नपुगेको, जिम्मेवारी नसारेको र शोधभर्ना नलिएको बताए । उनले अद्यावधिक बेरूजु गत वर्षको भन्दा २१.४५ प्रतिशतले बढेको बताए । उनले ४ हजार ६८ संघीय सरकारी निकायको विनियोजिततर्फ १२ खर्ब ४ अर्ब ८८ करोड, राजस्वतर्फ ९ खर्ब ८६ अर्ब ६७ करोड धरौटीतर्फ ७० अर्ब ८ करोड र अन्य कारोबारतर्फ ९४ अर्ब ७१ करोड गरी २३ खर्ब ५६ अर्ब ३४ करोडको लेखा परीक्षण गरिएको बताए । उनले ७ प्रदेशका १ हजार २१८ निकायको ३ खर्ब १२ अर्ब ७३ करोड लेखा परीक्षणमा गरिएको बताए । महालेखापरीक्षण कार्यालयका अनुसार यो वर्ष सबै स्थानीय तह, प्रदेश,संघीय र विश्व विद्यालय, समिति, संस्थान र संगठित संस्थाहरूको समेत गरी ७१ खर्ब ३८ अर्ब १७ करोडको लेखा परीक्षण गरिएको छ । ‘अघिल्लो आर्थिक वर्षमा १५ अर्ब रुपैयाँ मात्रै बेरुजु फछ्र्र्र्याैट थियाे, अघिल्लो वर्षको बेरुजुबाट यो वर्षको बेरुजुमा १ खर्ब ४ अर्ब रुपैयाँ थपिएको हाे,’ उनले भने । संघीय निकायमा सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयमा रहेको पाइएको छ । महालेखाको प्रतिवेदन अनुसार आर्थिक वर्ष (आव) २०७८/७९ मा अर्थ मन्त्रालयको बेरुजु ३२ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । संघीय निकायका सबै कार्यालयको कुल बेरुजु ५६ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा अर्थ मन्त्रालयको मात्र ५७.६६ प्रतिशत देखिएको हो । यो वर्ष अर्थ मन्त्रालयको १६ खर्ब ३६ अर्ब १६ करोड रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको थियो । दोस्रो स्थानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ८ अर्ब ७९ करोड रुपैयाँ थप भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २ अर्ब ७० करोड, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको २ अर्ब ५३ करोड, गृहको १ खर्ब ५७ करोड, भूमि व्यवस्थाको १ अर्ब ३४ करोड, उर्जा, जलस्रोत तथा सिंचाईको १ अर्ब २९ करोड, शहरी विकासको १ अर्ब ९ करोड, खानेपानी मन्त्रालयको ८७ करोड र स्वास्थ्य तथा खानेपानी मन्त्रालयको ८६ करोड बेरुजु थप भएको छ ।
एनसेल भोल्टे सेवा अब आईफोनमा पनि उपलब्ध
काठमाडौं । यो नयाँ वर्षबाट आईफोन प्रयोग गर्ने एनसेलका ग्राहकहरूले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्नेछन् । एन्ड्रोइड प्लेटफर्ममा आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ सञ्चालन गरे पश्चात एनसेलले अब आईओएस प्लेटफर्ममा पनि यो सेवा ल्याएको छ । दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो जसले एचडी र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ । भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिने एनसेलले जनाएकाे छ । एनसेलकाे अनुसार ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सक्नेछन् । एनसेल भोल्टे सेवा लिने आईफोन प्रयोगकर्ता ग्राहकहरूले २८ दिनको लागि मान्य रहने १०० मिनेट अन–नेट भोल्टे टक टाइम पाउनेछन् । आईफोन ८ र त्यसपछिका आईफोन सिरिज प्रयोग गरिरहेका एनसेलका ग्राहकहरु भोल्टे सेवा लिन र १०० मिनेट बोनस टक टाइमका लागि योग्य हुनेछन् । एनसेलकाे अनुसार यस्ता ग्राहकले *१७२०१# डायल गरि भोल्टे सेवा लिन र यसमा पाइने बोनस प्राप्त गर्न सक्नेछन् । भोल्टेका साथै एनसेलले आफ्नो नेटवर्कमा आईफोन प्रयोगगर्ने ग्राहकहरुका लागि एउटा अर्को पनि योजना ल्याएको छ । यस अन्तर्गत आफ्नो भौतिक सिमलाई ई–सिममा अपग्रेड गर्ने ग्राहकले ७ दिन मान्य रहने २ जीबी बोनस डेटा पाउनेछन् । बोनस डेटा नेपालमा नै अवस्थित आईफोनको आधिकारिक विक्रेता मार्फत आईफोन खरिद गरेका ग्राहकहरुका लागि लागू हुने एनसेलले जनाएकाे छ । आईफोन प्रयोगकर्ताले १७१२५ डायल गरि आफ्नो सिमलाई ई–सिममा अपग्रेड गर्न सक्नेछन् । यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनु पर्नेछ । अन्य ग्राहकले भने आफ्नो नजिकैको एनसेलबाट नयाँ ई–सिम नि:शुल्क लिन सक्नेछन् ।