नेपाल फाइनान्सले घरजग्गा र फ्ल्याट बेच्दै
काठमाडौं । नेपाल फाइनान्सले गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । फाइनान्स कम्पनीले आफ्नो नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति घरजग्गा लिलामीमा बिक्री गर्ने भएको हो । फाइनान्सले काठमाण्डौंको साविक जोरपाटी गा.वि.स. ८ स्थित कित्ता नम्बर १०९ को क्षेत्रफल ४१६ वर्गमिटर भएको जग्गा र भक्तपुरको साविक दधिकोट गा.वि.स. ९ स्थित कित्ता नं. २७०५ को क्षेत्रफल ३-३-०-० भएको जग्गा र सो जग्गामा बनेको घर बिक्री गर्ने भएको हो । साथै, काठमाण्डौं महानगरपालिका १४ कुलेश्वर स्थित कित्ता नम्बर २४९ को ओरियण्टल विल्डर्स एण्ड डेभ्लपर्सद्वारा निर्मित फल्याट पनि बिक्रीमा राखिएको छ । सो फ्ल्याटको क्षेत्रफल १ हजार ११४ वर्गफिटको तेस्रा तल्लामा छ । उक्त गैह्र बैंकिङ्ग सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति र फर्मरकम्पनी तथा संघ संस्थाहरुले १५ दिन अर्थात् बैशाख २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त गैह्रबैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अबस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने बताएको छ । साथै, साथ आफूले कबोल गरेको अंकको कम्तीमा १० प्रतिशत रकम दाखिला गर्नुपर्ने जनाएको छ । शिलवन्दी बोलपत्र १६ औं दिन अर्थात् बैशाख २१ गते केन्द्रिय कार्यालय कमलादीमा खोलिने छ ।
फर्स्ट माइक्रोफाइनान्सको नाफा १७ प्रतिशत बढ्यो, पूँजी १.१४ अर्ब पुग्यो
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १७ प्रतिशत बढेर १९ करोड ४५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ३.४२ प्रतिशत बढेर ३१ करोड ७६ लाख रुपैयाँ कमाएको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ३० करोड ७१ लख रुपैयाँ खुद ब्याज अँमदानी गरेको थियो । यस अवधिमा लघुवित्तको सञ्चालन नाफा १०.६८ प्रतिशत बढेर २७ करोड ७९ लाख रुपैयाँ पुगेको छ । चालू वर्षको ९ महिनाको अवधिमा लघुवित्तको नेट फी एण्ड कमिसन आम्दानी १७.७५ प्रतिशत घटेर ३ करोड ७५ लाख रुपैयाँ र कूल सञ्चालन आम्दानी ०.६८ प्रतिशत घटेर ३५ करोड ५१ लख रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशत बढेर १ अर्ब १४ करोड ७७ लाख रुपैयाँ र जगेडा कोष ०.२८ प्रतिशत बढेर ४३ करोड ३० लाख रुपैयाँ पुगेको छ । लघुवित्तको सापटी रकम १७.६४ प्रतिशत घटेर ७ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ र कर्जा १४.१४ प्रतिशत घटेर ८ अर्ब ९२ करोड २९ लाख रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा लघुवित्तको ब्याज आम्दानी र सञ्चालन नाफा बढेपछि खुद नाफा बढेको हो । तर, यस अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी भने सामान्य घटेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३७ पैसा घटेर २२.६० रुपैयाँमा सीमित भएको छ । यस्तै, लघुवित्तको प्रतिसेयर नेटवर्थ १३७.७३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २३.८५ गुणा रहेको छ ।
ब्याज आम्दानी बढेसँगै निफ्राको नाफा अर्ब क्लबमा, अधिकांश सूचकमा फड्को मार्याे
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ६७.२८ प्रतिशत बढेर १ अर्ब १६ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको ब्याज आम्दानी र सञ्चालन नाफा बढेका कारण ९ महिनाको अवधिमै अर्ब क्लबमा प्रवेश गरेको हो । चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ५५.२२ प्रतिशत बढेर २ अर्ब ४४ लाख रुपैयाँ कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २९ करोड १३ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो । विवरण अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष अधिकांश सूचकमा सुधार गरेको छ । समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ३५५.०३ प्रतिशत बढेर १ करोड ७४ लाख रुपैयाँ, कूल सञ्चालन आम्दानी ५६.११ प्रतिशत बढेर २ अर्ब २ करोड १८ लाख रुपैयाँ, सञ्चालन नाफा ६७.३१ प्रतिशत बढेर १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ र बैंकको वितरणयोग्य नाफा ९१ करोड ६१ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ, जगेडा कोष ४१ प्रतिशत बढेर १ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ, निक्षेप ९९ प्रतिशत बढेर ७९ करोड ६८ लाख र कर्जा ८४.८६ प्रतिशत बढेर २२ अर्ब ८ करोड ४० लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानीमा पनि वृद्धि भएको छ । चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २.८८ रुपैयाँ बढेर ७.१७ रुपैयाँ पुगेको छ । साथै, बैंकको प्रतिसेयर नेटवर्थ १०९.१९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.६३ गुणा रहेको छ ।
ईङवा हाइड्रोले बैशाख १३ गतेदेखि सर्वसाधारलाई आईपीओ बिक्री गर्दै
काठमाडौं । ईङवा हाइड्रोपावरले बैशाख १३ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १२ करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १२ लाख कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानियलाई बिक्री गर्दा बाँकी रहेको २ लाख ९३ हजार १६० कित्ता थप गरी कूल १४ लाख ९३ हजार १६० कित्ता सेयरमा सर्वसाधारण लगाीकर्तालाई बिक्री गर्नेछ । जसमध्ये १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, २९ हजार ८६३ कित्ता कर्मचारी र ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ । बाँकी रहेको १२ लाख ६८ हजार ६३९ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिद गर्न सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले बैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले स्वीकृत प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो सेयरबाट कम्पनीको सेयर खरिद गर्न सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
सिटिजन्स सुपर ३० फण्ड आजदेखि बिक्री खुला, १ करोड इकाई खरिद गर्न पाइने
काठमाडौं । सिटिजन्स क्यापिटलले आज बैशाख ६ गतेदेखि बन्दमुखी म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिटिजन्स सुपर ३० फण्ड निष्काशन गरेको हो । प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक सिटिजन्स बैंक र बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । क्यापिटलको फण्डमा छिटोमा बैशाख १० गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो समयमा पूर्ण आवेदन नपरेमा बैशाख २० गतेसम्म म्याद थप हुनेछ । लगानीकर्ताले न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म खरिद गर्न सक्नेछन् । उक्त फण्डमा धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।
कानुन मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री खड्कालाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्हाली आएको सो मन्त्रालयको कार्यभार आज उपप्रधानमन्त्री खड्कालाई तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद् निर्णय : जग्गाको कित्ताकाट खुलाउने, राष्ट्रिय परिचयपत्र सम्बन्धि निर्णय खारेज
काठमाडौं । सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुलाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले सरकारले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको भन्दै नियमावली पास भएसँगै जग्गा कित्ताकाट खुला भएको बताइन् । ‘भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएकाले त्यसलाई सहज बनाउनको लागि मन्त्रीपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको हो,’ उनले भनिन् । यस्तै, बैठकले राष्ट्रिय परिचयपत्रबारे पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज गरेको छ । राष्ट्रिय परिचयपत्र सम्बन्धि व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तवरले नागरिकको विवरण प्रमाणिकरण तथा अन्तर आवद्धता सम्बन्धि बनेको कार्यविधिमा व्यक्तिगत डाटा र राज्यको सुरक्षाका कुराहरु निजी कम्पनीलाई दिने पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज गर्ने निर्णय गरेको शर्माले बताइन् । ‘उक्त कार्यविधिका विषयमा अध्ययन गर्नको लागि छुट्टै समिति बनाउने सरकारले निर्णय गरेको छ,’ उनले भनिन् । प्रवक्ता शर्माले काठामाडौं तराई फास्टट्रयाकमा पर्ने खोकना जग्गा सम्बन्धी समस्या समाधान गर्न रक्षामन्त्री पुर्णबहादुर खड्काको संयोजकत्वमा समिति बनाउने निर्णय भएको बताइन् । उक्त समस्या समाधान गर्न समितिलाई तीन महिनाको समय दिएको उनले जानकारी दिइन् ।
वैशाख ७ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुने
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको वैशाख ७ गते बिहान बन्द हुने भएको छ । विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन युपिएस जडान गर्न विमान्स्थलको आन्तरिक र अन्तराष्ट्रिय उडान बिहान ६ घण्टा बन्द हुने भएको हो । विमानस्थल बिहान १ बजे देखि बिहान ७ बजेसम्म बन्द रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताव बाबु तिवारीले जानकारी दिए । उक्त समयमा उडान रहेका यात्रुले सम्बन्धित एयरलाइन्स कम्पनीसँग सम्पर्क गर्ने विमानस्थलले अनुरोध गरेको छ ।