वैशाख ७ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुने

<p>काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको वैशाख ७ गते बिहान बन्द हुने भएको छ । विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन युपिएस जडान गर्न विमान्स्थलको आन्तरिक र अन्तराष्ट्रिय उडान बिहान ६ घण्टा बन्द हुने भएको हो । विमानस्थल बिहान १ बजे देखि बिहान ७ बजेसम्म बन्द रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताव बाबु तिवारीले जानकारी दिए । उक्त [&hellip;]</p>

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको वैशाख ७ गते बिहान बन्द हुने भएको छ ।

विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन युपिएस जडान गर्न विमान्स्थलको आन्तरिक र अन्तराष्ट्रिय उडान बिहान ६ घण्टा बन्द हुने भएको हो ।

विमानस्थल बिहान १ बजे देखि बिहान ७ बजेसम्म बन्द रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताव बाबु तिवारीले जानकारी दिए ।

उक्त समयमा उडान रहेका यात्रुले सम्बन्धित एयरलाइन्स कम्पनीसँग सम्पर्क गर्ने विमानस्थलले अनुरोध गरेको छ ।

Share News