विकासन्युज

सरकार पनि सेयरमा डुब्यो, वार्षिक प्रतिफल १.१८% मात्र

काठमाडौं । सेयरमा लगानी गर्दा नेपाल सरकार पनि डुबेको छ । सरकारले ११४ वटा कम्पनी ३ खर्ब ५७ अर्ब ६३ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेको छ । त्यसबाट सरकारले आर्थिक वर्ष २०७८/७९ मा १.१८ प्रतिशत मात्र नगद लाभांश पाएको छ । सरकारले ११४ कम्पनीमा सेयर लगानी गरेकोमा ९ वटा कम्पनीले नगद लाभांश दिएका छन् । १०५ वटा कम्पनीमा गरिएको सेयर लगानीबाट सरकारले लाभांश पाउन नसकेको हो । गत आवमा ९ कम्पनीले सरकारलाई ४ अर्ब २४ करोठ ३७ लाख रुपैयाँ नगद लाभांश दिएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६६.७२ प्रतिशत कम रहेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लोख गरिएको छ । सेयर लगानीको प्रतिफल कम भएपनि सरकारले सेयर लगानी भने बढाउँदै लगेको छ । गत आर्थिक वर्षमा मात्र सरकारले सेयरमा १५ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ थप लगानी गरेको छ । १०५ वटा कम्पनीको सेयरमा सरकारले २ खर्ब ५८ अर्ब ७८ करोड २२ लाख रुपैयाँ बराबर लगानी गरेको छ । उक्त लगानीको प्रतिफल शुन्य रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । ११४ संस्था मध्ये ६९ वटा पूणर् सरकारी स्वामित्वका सार्वजनिक संस्थान छन् । त्यसमा ४२ वटा संस्थान मात्र सञ्चालनमा रहेका छन् ।

पेट्रोनास स्प्रीन्टा चाय पकोडा ब्रेकफास्ट राइड आयोजना हुँदै

काठमाडौं । पेट्रोनास स्प्रीन्टा चाय पकोडा ब्रेकफस्ट राइड आयोजना हुने भएको छ । पेट्रोनास ल्युब्रिकेन्ट पेट्रोनास स्प्रीन्टा– चाइ पकौडा ब्रेकफास्ट राइडलाई इन्डियाको बाइक विक र काठमाडौं लेजेन्डको संयुक्त सहकार्यमा नेपालमा पहिलो पटक आयोजना हुन गइरहेको छ । कम्पनीका अनुसार यसले प्राकृतिक ग्याँस साथै, पेट्रोलियम उत्पादनहरु सयौ देशमा बिक्री बितरण गर्दै आएको छ । यस मध्ये पेट्रोनास ल्युब्रिकेन्टले २ पांग्रे, ३ पांग्रे, ४ पांग्रे र अन्य सवारी साधनको साथै कारखानाहरुमा प्रयोग हुने ल्युब्रिकेन्ट आयल उत्पादन गरी बिक्री बितरण गर्दै आएको जनाएको छ । त्यस्तै, गरी ४ पांग्रेमा प्रयोग हुनेलाई प्रेटरोनास सिनीटम भनिन्छ र ठुलो गाडीमा लाग्ने इन्जिन आयललाई पेट्रोनास युरीनिया भनिन्छ । यस्का साथै हाइड्रोलिक आयललाई हाइड्रोसर भनिन्छ र टान्मीसन ओइललाई टुइटेला टन्मीसन भनिन्छ । कम्पनीका अनुसार शनिबार आयोजना हुने पेटरोनास स्प्रीन्टा चाइ पकौडा ब्रेकफास्ट राइड कार्यक्रम देश भरीका सबै २ पांग्रे सवारहरुको सहभागिता हुनेछ । यस कार्यक्रम भारतमा हुँदै आइरहेको पेटरोनास स्प्रीन्टा चाय पकोडा ब्रेकफास्ट राइड इन्डिया बाइक विकले समय समयमा बर्षै भरी नै आयोजना गर्दै आइराखेकोछ र यो संस्करण नेपालमा पहिलो पटक हुन गइराखेको छ । यस कार्यक्रममा देश भरका करिब १५० देखि २०० जना सवारहरुको सहभागी रहनेछ । पेटरोनास स्प्रीन्टा चाइ पकौडा ब्रेकफास्ट राइड ढुङ्गेअड्डा स्थित त्रिथुङ्गा कम्प्लेक्समाबिहान ८ बजेबाट शुरुभई धुलिखेल स्थित मीराबेल रिसोर्टमा ब्रेकफास्ट गरी समापन हुने कम्पनीले जनाएकाे छ ।

रिडी पावरले पायो हकप्रद जारी गर्न अनुमति

काठमाडौं । रिडी पावर कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न विद्युत नियमन आयोगले अनुमति दिएको छ । कम्पनीलाई ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न आयोगले पूर्व स्वीकृति प्रदान गरेको हो । कम्पनीले हकप्रद सेयर निष्काशन गर्न माघ २५ गते पूर्व स्वीकृतिको लागि आयोगमा आवेदन दिएको थियो । आयोगले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको १ः०.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न पूर्व स्वीकृति प्रदान गरेको हो । आगामी वार्षिक साधारण सभाले पारित गरेपछि कम्पनीले हकप्रद सेयर निष्काशन गर्नेछ ।

देशमा संकट विद्यमान छ, कुन बेला के हुन्छ थाहा छैन् : महासचिव चन्द

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले देश सरकारबिहीन भएको टिप्पणी गरेका छन् । राजनीतिक अस्थिरता, आथिर्क संकट र सञ्चारको दायित्व विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार महासचिव चन्दले यस्तो टिप्पणी गरेका हुन् । उनले मंसिरमा भएको चुनावदेखि आजसम्म पनि सरकारले पूर्णता नपाउनु भनेको सरकार नहुनु सरह रहेको जिकिर गरे । ‘प्रधानमन्त्रीले नै १६ वटासम्म मन्त्रालय हेर्ने स्थिति आउनु लज्जाको विषय हो, अहिले पनि सरकारको आयु तोकेरै भन्ने गरिएको छ, नयाँ नेताहरु नयाँ दौरा सुरवाल सिलाउन लागेका छन्, अहिलेको परिवेशले नेपालमा राजनीतिक अस्थिरता अझै बढेर जानेकुरा चित्रित गरेको छ,’ उनले भने । उनले देशमा संकट विद्यमान रहेकाले के हुन्छ भनिहाल्ने अवस्था नरहेको बताए । नेपालमा राजतन्त्र हुँदा समेत आर्थिक मन्दीको अहिलेको अवस्था भोग्नु नपरेको उनी बताउँछन् । महासचिव चन्दले नेपालको उत्पादनले तीन महिना पनि नधान्ने स्थिति रहेको भन्दै उत्पादनमा जोड नदिनेहरुबाट राज्य सञ्चालन हुनै नसक्ने बताएका छन् ।  ।

बढ्न थाल्यो भन्सार राजश्व, एक महिनामै थपियो ३३ अर्ब

काठमाडौं । सरकारले विभिन्न वस्तुको आयातमा लगाएको आयात प्रतिबन्ध हटेपछि पछिल्लो समय राजश्व संकलनमा बृद्धि हुन थालेको छ । गत माघदेखि सरकारले विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्ध, एलसीको मार्जिन हटाएपछि पछिल्लो समय भन्सार राजश्वमा बृद्धि हुन थालेको हो । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालू आवको नौ महिनाको तथ्यांक अनुसार राजश्व संकलनमा बृद्धि भएको हो । गत फागुन महिनाको तुलनामा चैत महिनामा मात्रै ३३ अर्ब ३२ करोड ९२ लाख २७ हजार रुपैयाँ बढीको राजश्व संकलन भएको हो । गत फागुन महिनासम्म भन्सारले २ खर्ब ४२ अर्ब ७२ करोड ४४ लाख ३२ हजार रुपैयाँ बराबरको राजश्व संकलन भएकोमा चैत महिनामा २ खर्ब ७६ अर्ब ५३ करोड ७० लाख रुपैयाँ बराबरको राजश्व संकलन भएको हो । भन्सार विभागका सूचना अधिकारी पछिल्लो समय राजश्व संकलनमा बृद्धि हुन थालेको बताउँछन् । ‘विभिन्न वस्तुको आयातमा लगाईएको प्रतिबन्ध हटेपछि त्यसको असर भन्सार राजश्वमा देखिन थालेको छ, विस्तारै राजश्व संकलन बढ्ने हाम्रो अनुमान छ’, उनले भने । चालू आवको नौ महिनाको अबधिमा १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख ९१ हजार रुपैयाँ बराबरको आयात भएको छ । गत फागुन महिनामा १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रुपैयाँ बराबरको आयात भएको थियो । यस्तै, चालू आवको नौ महिनाको अबधिमा एक खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । अघिल्लो आवमा एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । अघिल्लो आवको तुलनामा चालू आवमा २६.३४ प्रतिशतले निर्यातमा कमी आएको हो । चालू आवको नौ महिनाको अबधिमा व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार पुगेको छ ।

अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चुक्तापुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी एक अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । यसका लागि कम्पनीले विद्युत नियमन आयोगमा स्वीकृतिका लागि आवेदन दिन निर्णय पगरेको छ । कम्पनीले उक्त हकप्रद सेयर बिक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजनाको निर्माणका लागि आवश्यक पर्ने स्वपुँजीका लागि पिके हाइड्रोपावरको संस्थापक सेयरमा लगानी गर्ने निर्णय गरेको छ । यसैगरी बाँकी रकम ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्नका लागि उपयोग गर्ने कम्पनीले निर्णय गरेको छ । विद्युत नियमन आयोगबाट स्वीकृति पाएपछि कम्पनीको विशेष साधारणसभाबाट हकप्रद सेयर निष्कासनको स्वीकृतिका लागि पेस गर्ने छ ।

व्यापार घाटा ११ खर्ब, १८ प्रतिशतले घट्यो आयात

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनाको अबधिमा विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्यांक अनुसार आयातसँगै निर्यातमा कमी आएको छ । भन्सार विभागले सार्वजनिक गरेको ९ महिनाको तथ्यांक अनुसार आयातमा १८ र निर्यातमा २६ प्रतिशतले कमी आएको छ । नौ महिनाको अबधिमा १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख ९१ हजार रुपैयाँ बराबरको आयात भएको छ । अघिल्लो आवको तुलनामा चालू आवको ९ महिनामा १८.८ प्रतिशतले आयातमा कमी आएको हो । अघिल्लो वर्षको सोही अबधिमा १४ खर्ब ६६ अर्ब ६२ करोड २० लाख रुपैयाँ बराबरको आयात भएको थियो । यस्तै, चालू आवको नौ महिनाको अबधिमा एक खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । अघिल्लो आवमा एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । अघिल्लो आवको तुलनामा चालू आवमा २६.३४ प्रतिशतले निर्यातमा कमी आएको हो । चालू आवको नौ महिनाको अबधिमा व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार पुगेको छ । गत वर्षको सोही अवधिमा नेपालले १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो । व्यापार घाटामा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १७.०६ प्रतिशतले कमी आएको हो । नौ महिनाको अवधिमा देशको कूल व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख बराबर भएको विभागले जनाएको छ । अघिल्लो आवमा १६ खर्ब २७ अर्ब २३ लाख ४९ हजार रुपैयाँ बराबरको कूल व्यापार भएको थियो ।

निगमको महाप्रबन्धकको तलब तीन लाख, महालेखाले उठायो प्रश्न

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक र कार्यकारी अध्यक्षको सेवासुविधामा महालेखा परीक्षकको प्रश्न उठाएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवेदनले निगमका महाप्रबन्धक तथा कार्यकारी अध्यक्षलाई सेवा सुविधा दिदा दोहोरो व्ययभार परेको उल्लेख छ । सञ्चालन खर्च समेत धान्ने अवस्था नभएको नेपाल वायुसेवा निगमका महाप्रबन्धकको सेवासुविधा तीन लाख तोकिएको छ । निगमको महाप्रबन्धकको पारिश्रमिक २ लाख ८५ हजार रुपैयाँ र कार्यकारी अध्यक्षको पारिश्रमिक नेपाल सरकारका विशिष्ट श्रेष्ठी सरह रहेको प्रतिवेदनमा उल्लेख छ । निगमका तत्कालीन महाप्रबन्धक डिमप्रकाश पौडेलले पारिश्रमिक बृद्धि गरेका थिए । उनि महाप्रबन्धक हुनुअघिसम्म एक लाख रुपैयाँ रहेको पारिश्रमिकमा उनले बढाएर २ लाख ८५ हजार रुपैयाँ पुर्याएका थिए ।