निगमको महाप्रबन्धकको तलब तीन लाख, महालेखाले उठायो प्रश्न

<p>काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक र कार्यकारी अध्यक्षको सेवासुविधामा महालेखा परीक्षकको प्रश्न उठाएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवेदनले निगमका महाप्रबन्धक तथा कार्यकारी अध्यक्षलाई सेवा सुविधा दिदा दोहोरो व्ययभार परेको उल्लेख छ । सञ्चालन खर्च समेत धान्ने अवस्था नभएको नेपाल वायुसेवा निगमका महाप्रबन्धकको सेवासुविधा तीन लाख तोकिएको छ । [&hellip;]</p>

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक र कार्यकारी अध्यक्षको सेवासुविधामा महालेखा परीक्षकको प्रश्न उठाएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवेदनले निगमका महाप्रबन्धक तथा कार्यकारी अध्यक्षलाई सेवा सुविधा दिदा दोहोरो व्ययभार परेको उल्लेख छ ।

सञ्चालन खर्च समेत धान्ने अवस्था नभएको नेपाल वायुसेवा निगमका महाप्रबन्धकको सेवासुविधा तीन लाख तोकिएको छ ।

निगमको महाप्रबन्धकको पारिश्रमिक २ लाख ८५ हजार रुपैयाँ र कार्यकारी अध्यक्षको पारिश्रमिक नेपाल सरकारका विशिष्ट श्रेष्ठी सरह रहेको प्रतिवेदनमा उल्लेख छ ।

निगमका तत्कालीन महाप्रबन्धक डिमप्रकाश पौडेलले पारिश्रमिक बृद्धि गरेका थिए । उनि महाप्रबन्धक हुनुअघिसम्म एक लाख रुपैयाँ रहेको पारिश्रमिकमा उनले बढाएर २ लाख ८५ हजार रुपैयाँ पुर्याएका थिए ।

Share News