नेपालमा बनेका सवारी साधन दर्ता गर्ने बाटो खुल्यो
काठमाडौं । यातायात व्यवस्था विभागले ‘यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६०’ संशोधन गरेको छ । विभागले उक्त निर्देशिका संशोधन गर्दै नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको छ । नेपालमा जडान वा नेपालमै उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनःदर्ता र नामसारीलगायत प्रयोजनका लागि त्यस्तो सवारी साधनको भन्सार प्रज्ञापन पत्र आवश्यक नपर्ने व्यवस्था गरिएकोे हो । नेपालमा उत्पादित विद्युतीय मोटरसाइकल ‘यात्री’को दर्ता र सञ्चालनमा समस्या देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो सवारी साधन दर्ताका लागि व्यवस्था मिलाउन निर्देशन दिएका थिए । त्यस्तै नेपालमा जडान हुने वा उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनःदर्ता र नामसारीलगायत कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक पेस गर्नुपर्नेछ । प्रचलित कानुनबमोजिम अन्तःशुल्कसम्बन्धी प्रावधान आकर्षित हुने सवारी साधनको हकमा अन्तःशुल्क निकासी फारामसमेत पेस गर्नुपर्ने विषय निर्देशिकामा थप गरिएको छ । विभागले यही वैशाख १३ गते निर्देशिका परिवर्तन गर्ने निर्णय गरेकामा आज सोसम्बन्धी सूचना सार्वजनिक गरेको हो । निर्देशिकाको बुँदा नं ११.१ अन्तर्गत नयाँ बुँदा ११.१.९ थप गरी उल्लेखित विषय संशोधन गरिएकोे जनाइएको छ । सवारीसाधन दर्तासम्बन्धी समस्या भएको विषयमा उठेको जनचासो सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले तत्काल समस्या समाधान गर्न निर्देशन दिनुभएपछि प्रधानमन्त्रीको कार्यालयले नेपालमा उत्पादित सवारीसाधन दर्ता प्रक्रियामा देखिएको कानुनी जटिलता समाधान गर्न सम्बन्धित कानुन संशोधन गरी मन्त्रिपरिषद् प्रस्ताव ल्याउने निर्णय गरेको थियो ।
पाँचभाइको धान खेतीभन्दा सुन्तलाबाट दोब्बर आम्दानी
बागलुङ । बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै ५०० सुन्तलाका विरुवा हुर्किरहेका छन् । राम्रो धान फल्ने खेत तीन वर्षयता सुन्तला बगैँचामा परिणत भएको हो। कम लगानीमा धेरै आम्दानी दिने सुन्तला खेतीका लागि भकुण्डेका पाँचभाइले खेत मासेर सुन्तला रोपेका हुन् । बागलुङ नगरपालिका–१० भकुण्डे घर भएका ती दाजुभइले १८ रोपनी जग्गामा ५०० सुन्तलाका विरुवा लगाएका र ती विरुवाले आगमी वर्षदेखि उत्पादन दिन थाल्ने छन् । पैँतिस वर्षसम्म पढाउँदै आएका ६२ वर्षीय रेशमलाल शर्माले आफ्नो छ रोपनी जग्गामा २०० सुन्तलाका विरुवा लगाएका छन् भने अन्य चारभाइले १२ रोपनी जग्गामा करिव ३०० सुन्तलाका विरुवा लगाएका छन् । भकुण्डेमा घर र खेत तित्याङमा भएकाले धान उत्पादनको लागत बढेको र मकै तथा गहुँ नछर्दा छ महिना बाँझो छोड्नु पर्ने अवस्थामा रहेको खेत अहिले सुन्तलाका विरुवाले हरीयाली बनेको रेशमलाल शर्माले जानकारी दिए । ‘हामी पाँच भाइको एउटै पाटो खेत थियो, अहिले उक्त खेत सुन्तला बगैचामा परिणत भएको छ, आगमी वर्षदेखि उत्पादन देला, पाँच भाइको सल्लाहमै उक्त खेतलाई एउटै बगैँचाको रूपमा विस्तार गर्न सुन्तला लगाएका हौं’ उनले भने ‘धान खेतीभन्दा सुन्तलाबाट दोब्बर आम्दानी गर्न सकिने हाम्रो अठोट छ ।’ रेशमलालसहित, ताराप्रसाद शर्मा, लक्ष्मण शर्मा, केशव शर्मा र दामोदर शर्माले धान खेतीभन्दा सुन्तला खेतीबाटै राम्रो आम्दानी गर्न सकिने भन्दै १८ रोपनी जग्गामा तीन वर्षअघि सुन्तला खेती थालेका हुन् । उक्त सुन्तला बगैँचा जिल्लाकै ठूलो बगैँचाका बनाउने गरी एकिकृतढङ्गले सुन्तला खेती थालिएको र रेशमलाल भने अझै १०० विरुवा थप्ने लक्ष्यमा छन् । धान, मकै र गहुँ गरी तीनबाली हुने खेतमा भकुण्डेबाट आएर तीन खेती गर्न संभावना नभएको र धान खेती मात्रै गर्दा २५ देखि ३० मुरी धानले खन–जोत र खेतालाको रकमसमेत नउठ्ने भएकाले सुन्ताला खेतीमा लागेको अर्का भाइ केशव शर्माले बताए । ‘धान खेतीमा भन्दा सुन्तलामा राम्रो आम्दानी हुन्छ भन्ने हाम्रो निर्णय भयो र अहिले सबै बगैँचामा पाँच लाख रुपैयाँ लगानी भइसकेको छ, सिगानाका उन्नत जातका विरुवा मापदण्डअनुसार खाडल खनेर लगाइएको छ’ उनले भने ‘बागलुङ बजारबाट नजिकै रहेको तित्याङमा नमूना सुन्तला बगैचा बनाएर कृषकहरूका लागि अध्ययन अवलोकनको केन्द्र समेत बनाइने लक्ष्य छ ।’ एक/एक मिटर लामो र गहिरो खाडलमा गोबर मल हालेर पाँच मिटरको फरकमा सुन्तलाका विरुवा लगाइएको छ । सुरुमा सुन्तला खेतीलाई बढी मेहनत गर्न परे पनि विरुवा हुर्किएपछि समस्या नहुने कृषक केशवको भनाइ थियो । सुन्तला फार्ममा एकजनालाई रोजगारी दिनेगरी पाँच भाइबीच सल्लाह भइरहेको छ । एकिकृतरूपमा सुन्तला खेती गर्दा सुरक्षा, सिंचाई तथा मलजलमा सहज हुनेछ । अठार रोपनी जग्गामा फैलिएको सुन्तला बगैँचालाई ‘आरम्भ एकिकृत कृषि फार्म’ नामाकरण गरेर दर्ता गरिएको छ । उक्त बगैँचालाई तारबार गर्न आवश्यक रहेको सुन्ताला किसानहरुको भनाइ थियो सुन्तला किसानलाई बगैँचा व्यवस्थापन तथा औषधि र उपकरणमा अनुदान दिन सकिने कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए । रासस
माइतीघरमा धर्ना बस्ने महावीर पुनको घोषणा
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन ४ बुँदे माग राखेर धर्ना बस्ने भएका छन् । पुन ४ बुँदे माग राखेर माइतीघरमा धर्ना बस्ने भएका हुन् । बिहीबार सामाजिक सञ्जालमा एउटा भिडिओ पोष्ट गर्दै पुनले माग पूरा नभएसम्म माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट नेपाल सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्न आह्वान गरेका छन् । उनले शुक्रबार बिहान ९ बजेदेखि माइतीघरमा भेला भएर बानेश्वरसम्म जुलुस निकाल्ने र त्यसपछि निरन्तर धर्ना जारी राख्ने बताएका छन् । https://twitter.com/MahabirPun/status/1651399388952928261?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1651399388952928261%7Ctwgr%5Edb9d9aedc9818108a0edf74361759845b7eff2fd%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.setopati.com%2F
नेपाल पुनर्बीमासहित चार कम्पनीको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार मात्रै दुई इन्स्योरेन्स कम्पनी र दुई लघुवित्त वित्तीय संस्था गरी कूल चार वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, डिप्रोक्स लघुवित्त वित्तीय संस्था र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको गरी कूल एक करोड १७ लाख ७७ हजार कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । जसमध्ये नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत अर्थात ५८ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, प्रुडेन्सियलको ३ लाख ९४ हजार ३९२ कित्ता (३.३२५ प्रतिशत), डिप्रोक्सको १० प्रतिशत अर्थात १३ लाख ८७ हजार ४९८ कित्ता र निर्धन उत्थानको १९ प्रतिशत अर्थात ४१ लाख ७० हजार ५४७ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।
तारागाउँ रिजेन्सीकाे संचालकमा ६ जना नियुक्त
काठमाडौं । तारागाउँ रिजेन्सीको संचालकमा छ जना नियुक्त भएका छन् । कम्पनीको २६ औं वार्षिक साधारण सभाबाट संचालकमा छ जना नियुक्त भएका हुन् । जसमा लगानीकर्ता समूह तारागाउँ विकास समितिको तर्फबाट सुरेश राज जोशी, संस्थापक लगानीकर्ताको तर्फबाट अरुण कुमार सराफ, सुरेश लाल श्रेष्ठ र दिवेश सराफ नियुक्त भएका छन् । यस्तै, कम्पनीको नियमवाली व्यवस्था बमाजिम स्वतन्त्र संचालकमा श्रीबत्स समशेर जबरा र मनोज प्रसाद राजभण्डारी नियुक्त भएका छन् ।
लुम्बिनीमा दुई वर्षपछि विद्युतीय बसले बल्ल पायो संचालन अनुमति
लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा लुम्बिनीमा दुई वर्षभन्दा बढी समयदेखि खुला आकाशमुनि विद्युतीय सवारी थन्किएका थिए । दातृ निकायबाट अनुदानमा प्राप्त अत्याधुनिक सुविधासहितका ती बस र ‘भ्यान’ प्रदेश सरकारले सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रियाको बाटो नखोलिदिँदा समस्यामा परेका थिए । साढे दुई वर्षदेखि थन्किएका ती सवारी सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारले हालै कानुनी बाटो खुला गरिदिएको छ । प्रदेश मन्त्रिपरिषद्को २०८० वैशाख ८ गतेको बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको प्रस्तावमा लुम्बिनी विकास कोषका पाँच विद्युतीय बस र १४ भ्यानलाई सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा रुपान्तरण गरी सेवा प्रदान स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यो निर्णयले अलपत्र यी बस सञ्चालनका लागि बाटो खुला भएको छ । एसियाली विकास बैंक (एडीवी) को अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोड लागतमा कोषलाई विद्युतीय सवारी प्राप्त भएका हुन् । यी विद्युतीय सवारी नेपाल भित्र्याउँदा साढे तीन करोड बढी भन्सार राजस्व नेपाल सरकारले बेहोरेको थियो । यी सवारीका लागि भनेर नै लुम्बिनीमा १३ करोड ९० लाख लगानीमा चार्जिङ स्टेसनसमेत बनिसकेको छ । संस्कृित, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत आएका यी सवारी लामो समय खुला आकाशमुनि थन्किदा कतिपयका टायर र चार्ज नहुँदा ब्याट्रीसमेत बिग्रेका छन् । लुम्बिनी र यससँग सम्बन्धित बौद्ध क्षेत्रका पर्यटकीय सुविधाका लागि भनेर ल्याइएका पाँच १९ सिट क्षमताका बस र १४ पाँच सिट क्षमताका भ्यान स्वचालित ढोका भएका र शारीरिकरुपमा अशक्तका लागि अपाङ्गमैत्री छन् । लुम्बिनीलाई प्रदूषणमुक्त राख्न २०७७ मङ्सिर ९ गते यी विद्युतीय बस र ट्याक्सी लुम्बिनी ल्याइएको हो तर आवश्यक कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा दुई वर्षभन्दा बढी समयदेखि खुला आकाशमुनि थन्किएका थिए । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँगलगायतका बुद्धसँग सम्बन्धित क्षेत्रलाई जोड्न र ती क्षेत्रमा पर्यटक आवतजावत सहज बनाउन ती साधन अनुदानमा आएका हुन् । कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले लामो समयदेखि अलपत्र विद्युतीय बस सञ्चालनको कानुनी बाटो खुलेको जानकारी दिए । ‘खुसी छु, यी बस तथा भ्यानहरुले न्याय पाउने भएका छन्’, उनले भने, ‘कोषाध्यक्ष भएर बसेको पहिलो बैठकदेखि विद्युतीय बस सञ्चालनका लागि निरन्तर कुरा उठाउँदै आएकोमा आज बल्ल यसले आधिकारिक रुपमा पर्यटकको सेवामा गुड्न पाउने नम्बर प्लेटको अनुमति पाउन बाटो खुलेको छ ।’ उक्त निर्णयको कार्यन्वयनका लागि मातहत यातायात व्यवस्था कार्यालय सवारी रुपन्देहीलाई समेत निर्देशन गरिसकेको पत्र बुधबार कोषलाई प्राप्त भएको कोषका सदस्य सचिव शानुराजा शाक्यले जानकारी दिए । यसबाट लामो समयदेखि अल्झिएको सवारी नम्बर प्लेट परिवर्तनको कानुनी बाटो प्रदेश सरकारले फुकाइदिएको छ । अब छिट्टै नै पर्यटन सवारीमा दर्ता गरेर यी सवारी साधनलाई पर्यटन सेवाका रूपमा सञ्चालन गरिने सदस्य सचिव शाक्यले बताए । ‘अब बढीमा एक महिना लाग्छ त्यसपछि मुख्यतया बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्र तिलौराकोट, देवदह, रामग्रामसहित नेपाल भारत सीमा बेलहिया र बुटवल क्षेत्रसम्म सेवा सञ्चालन गर्ने छौँ’, उनले भने, ‘सञ्चालन नमूनाका विषयमा पनि कार्यविधि बनेको छ त्यसैको आधारमा छलफल गरेर तय गर्ने छौँ ।’ कोषले केही महिना यी सवारी साधनको परीक्षण सञ्चालन गरेर पनि अनुमति नपाउँदा नियमितता दिन पाएको थिएन । अब एउटा व्यवस्थित योजना बनाएर प्रस्तावित कार्यविधिलाई छलफल गरी नियमित सञ्चालनमा ल्याइने कोषाध्यक्ष भट्टराइले बताए । एडिबीले दिएको २८ करोड बराबरको अनुदानको पनि अब व्यवस्थित सदुपयोग हुने उनले बताए । ‘बस सञ्चालन हुने कुराले पर्यटकको सेवामा थप उत्साहसँगै रामग्राम, देवदह तथा तिलौराकोटबाट नियमित लुम्बिनी आउने तीर्थयात्रीलाई सहज हुनेछ’, उनले भने, ‘अव फेरी विद्युतीय सवारीबाट धम्मयात्राले निरन्तरता पाउने छ ।’ कोषले गत असोज १३ गतेबाट दसैँ, तिहार र छठपर्वमा यात्रुलाई सेवा दिने जनाउँदै परीक्षणका रुपमा पाँच बस निः शुल्क सञ्चालन गरिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीका चालक राखेर परीक्षणका रुपमा लुम्बिनीबाट कपिलवस्तुको तिलौराकोट क्षेत्र परिक्रमा, लुम्बिनीदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवाको सिमानाका बेलहियासम्म, लुम्बिनीदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुद्ध मावलीस्थल देवदह र लुम्बिनीदेखि भैरहवाको बुद्धचोक हुँदै बुटवलको गोलपार्कसम्म पाँच बस परीक्षणका रुपमा सञ्चालन गरिएको थियो । रासस
५०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायीको अनुसार बिहीबार छापावाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुनको मूल्य बढेर तोलाको एक लाख ९ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि बढेर तोलाको एक लाख ९ हजार १०० रुपैयाँ पुगेको छ । तेजावी सुन बुधबार तोलाको एक लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । महासंघको अुनसार आज चाँदी मूल्य पनि यथावत रहेको छ । चाँदी मूल्य आज तोलाको एक हजार ४ सय १५ रुपैयाँ कायम छ ।
सामान्य अवस्थामा पनि एन्टीबायोटिक खान्छौं, त्यो ठूलो गल्ती हो : डा. कटवाल
काठमाडौं । अहिले घरबाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । कोरोना भाइरसको बढ्दो संक्रमण र काठमाडौंको वायु प्रदुषणका कारण पनि घर बाहिर निस्किँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्नेमा चिकित्सकहरुले आग्रह गरेका छन् । यो हरेक काठमाडौंवासीको समस्या हो । मास्क नलगाइ हिँड्डुल गरे नाक, कान र घाँटीमा समस्या आउँछ । मास्क नलगाइ घरबाहिर निस्किए बिरामी हुने साझा समस्या छ राजधानीवासीमा । अल्का अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा शास्वत कटवालले मौसम परिवर्तनसँगै नाक, कान र घाँटीका बिरामीहरु बढेको बताउँछन् । मौसम परिवर्तनका कारण नाक सुख्खा हुने र संक्रमित बढ्ने गरेको बताए । उनले पछिल्लो समय नेपालमा वायु प्रदुषणको मात्रा बढीरहेकाले मास्कको अनिवार्य प्रयोग गर्न र घरबाहिर निस्किएपछि हातमुख राम्रोसँग सफा गर्न सुझाव दिए । उनले नाक, कान र घाँटीको समस्या सकेसम्म घरमै उपचार गर्ने र सहन गर्न नसकेमात्रै अस्पताल जान आग्रह गरे । उनले नेपालमा एन्टिबायोटिकको धेरै अनावश्यक प्रयोग भइरहेको भन्दै चिकित्सकको सल्लाह र सुझाव लिएर मात्रै औषधिको प्रयोग गर्नुपर्नेमा जोड दिए । प्रस्तुत छ, अल्का अस्पतालका नाक, कान घाँटी रोग विशेषज्ञ डा. शास्वत कटवालसँग गरेको कुराकानीको सम्पादित अंश । मौसम परिवर्तनसँगै अलि बढी नाक, कान र घाँटीका बिरामीहरु बढेको देखिन्छ किन ? हाम्रो जुन नर्मल म्युकोजा भन्ने लाइनिङ हुन्छ, नाकको त्यो वेदर चेन्ज (मौसम परिवर्तन) ले गर्दा ड्राइ (सुख्खा) हुन्छ । त्यही भएर संक्रमित हुने सम्भावना बढी हुन्छ । त्यसैले जहिले पनि मौसम परिवर्तन हुँदा संक्रमण हुने सम्भवाना बढी हुने हो । धेरैजसो राइनो भाइरस भन्छौँ हामीले । यो चाहीँ जाडो महिनामा संक्रमित हुने सम्भवाना धेरै हुन्छ । रुघाखोकी लाग्ने कारण पनि त्यही नै हो । हाम्रो नर्मल म्युकोजा जुन हुन्छ नाकको त्यसले राम्रोसँग फंग्सन गर्न नपाएर, सुख्खा भएर राम्रोसँग काम गर्न नसकेर संक्रमण बढीरहेको हुन्छ । नाक, कान र घाँटी फरक काम गर्छन् तर कसरी अन्तर सम्बन्धित छन् ? यिनीहरु कसरी जोडिन्छन् ? रुघा लागिराख्यो भने र नाक र कान बीचको (पाइप) नशा बन्द भयो भने कानमा इन्फेक्शन देखिने, वा घाँटीमा इन्फेक्शन देखिने भयो भने त्यही नाक र कानको बीचको (पाइप) नशा जुन इन्टरकनेक्टेड छ, त्यसले गर्दा इन्फेक्शन एक अर्कामा जाने भएकाले गर्दा नाक, कान, घाँटीसँगै जेडिएर आउँछ । कुनै बेला पनि नाक, कान र घाँटीको समस्या आइरहेको नै हुन्छ तर हामीले त्यसको उपचार घरबाट नै खोजिरहेका हुन्छौँ यसलाई कसरी हेर्ने ? उत्तरः धेरैजसो नाक, कान र घाँटीमा समस्या हुने भनेको एलर्जी र ग्याँस्ट्रिकले गर्दा धेरै फरक पार्छ । हाम्रो समस्या के छ भने नाक अलि दुख्यो भने पिनास भयो, अलिकति घाँटी दुखे टन्सिल भयो भन्छौँ र एन्टीबायोटिक खाइहाल्छौँ । धेरैजसो समयमा भने इन्फेक्शन भएको हुँदैन । प्रायः हामीले एक्स्ट्रिम अफ टेम्पेचर फुडहरु नखाने हो भनेपनि धेरै फरक पर्छ । ओरलाइजिङ मेन्टेन गरेको खण्डमा पनि धेरै फरक पर्छ । हामी एकै पटक एन्टिबायोटिकमा जम्प गर्नुपर्ने हुँदैन । हामी सामान्य रुपमा घरबाट नै समाधान खोज्छौँ तर बिरामी धेरै भइसकेपछि मात्रै अस्पताल जान्छौँ, यसलाई कसरी सुधार्न सकिन्छ ? हाम्रो नाक, कान र घाँटीमा समस्या हुँदा एकैपटक आत्तिएर अस्पताल जानुपर्दैन । पहिला घरायसी उपचार नै गर्ने हो । त्यसले समाधान हुँदै गयो, सहज भयो भने अस्पताल जानु पर्दैन, तर एक, दुई दिनमा त्यो समाधान भएन वा समस्या बढ्दै गयो भने अस्पताल गएको राम्रो हुन्छ । नाका, कान र घाँटीका समस्या हुँदा, कस्तो अवस्थामा अस्पताल जानुपर्छ ? नाकबाट रगत आउने भनेको नाथ्री फुट्ने नै हो । हाम्रो अरु ठाउँमा काटिएको जस्तै हो । तर हामी नाथ्री फुटिसकेपछि धेरै आत्तिन्छौँ, त्यसपछि समस्या धेरै हुने हो । त्यसले हामीलाई प्रेसर बढाउँछ । रगत पनि बढी बग्छ । हामीले नआत्तिकन बस्यो भने नाक पिन्च गरेर बस्ने हो भने रोकिन्छ । त्यसपछि हामीले खोज तलास गर्नुपर्छ, की अरु रोगले पो नाकबाट रगत आएको हो की भनेर ? ९० प्रतिशत जति केसहरुमा डिजिज प्रोसेस नभएर साधारण नाकको नाथ्री फुटेर मात्रै रगत आउने हो । हामीले घाँटी दुख्ने बित्तिकै एजिथ्रोभाइसिन ४, ५ दिनसम्म चलाइदिन्छौँ । २१ दिनसम्म चलाएको बिरामी पनि मैले भेटेको छु । आफ्नै हिसावले । ठिक भएपनि नभएपनि उहाँले खाइरहनुभएको थियो । ठिक नभएकाले लगातार २१ दिन खानुभएको थियो । हामीले यदी सहन गर्नसक्ने क्षमता भन्दा बढी भएको छ वा फिभर आयो वा खाना खान निकै नै गाह्रो भयो भने बल्ल अस्पताल जाने हो । नत्र सामान्य उपचार घरमा नै गरेर निको हुन्छ । प्रदुषणको क्रम बढीरहेको छ, सामान्य नागरिकले त्यसबाट बच्नका लागि कस्ता सावधानी अपनाउने ? हामीले मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ । मास्कले नरोक्ने फोहोर पनि हुन्छन् जो हाम्रो नाक र मुखमा अड्किएर बस्छ । त्यसैले जब हामी कार्यालयबाट घर र बाहिर निस्किएपछि घर जान्छौँ, पहिला नाक सफा गर्ने पानीले, त्यसपछि कुल्ला गर्ने, त्यसपछि मात्रै हाम्रा दिनचर्या कामहरु शुरु गर्नुपर्ने हुन्छ । त्यसले पनि संक्रमित हुनबाट बचिन्छ । हाम्रोमा एन्टीबायोटिक मिस्युज (गलत प्रयोग) धेरै नै छ । हामी साधारण कुरामा पनि एन्टीबायोटिक खान्छौँ । त्यो ठूलो गल्ती हो ।