विकासन्युज

गण्डकीमा लिफ्टिङ खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क हुने

पोखरा । गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा सत प्रतिशतसम्म अनुदान दिने निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहण गरेसँगै शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन् । ‘लिफ्टिङ प्रविधिबाट सञ्चालित खानेपानी र सिँचाइ आयोजनामा खर्च हुने विद्युत्को महसुल पूर्णरुपमा निःशुल्क गर्ने निर्णय भएको छ’, उनले भनिन्। यस्तै यातायात व्यवस्था कार्यालयबाट हुने सेवा प्रवाहलाई प्रविधिमैत्री र सवारी चालक अनुमति पत्र वितरण प्रक्रियालाई छिटोछरितो बनाउन प्रदेश सरकारले आवश्यक प्रबन्ध गर्ने भएको छ । उक्त सेवालाई सहज बनाउन गर्नुपर्ने सुधार सम्बन्धमा अध्ययन गरी सुझावसहित प्रतिवदेन पेस गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । उक्त समितिले १५ दिनभित्र प्रतिवदेन पेस गर्नेछ ।

वालिङमा अनलाइनबाटै घर नक्सा पास

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाभित्रका नागरिकले घरको नक्सा पास गर्न नगरपालिका धाउनु नपर्ने भएको छ । सूचीकृत इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत अब अनलाइनबाटै घरको नक्सा पासको निवेदन दिन सकिने भएको छ । यसबाट सेवाग्राहीलाई सहज भएको छ । फाइल बोकेर कार्यालयमा जानुपर्ने झण्झट सकिएको छ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले नगरभित्रका इन्जिनियरिङ कन्सल्टेन्सीलाई अनलाइन घरनक्सा पास व्यवस्थापन प्रणालीका बारेमा प्रशिक्षण दिई सूचीकृत गरेको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इन्जिनियर प्रकाश अर्यालले बताए । नगरपालिकामा हाल सात कन्सल्टेन्सी सूचीकृत गराइएको र सोहीमार्फत अनलाइन घरको नक्सा पास ब्यवस्थापन प्रणाली ९इविपिएस० अनुसार काम अगाडि बढिरहेको उनले बताए। ‘नगरपालिकाको इविपिएसमा सूचीकृत भएका कन्सल्टेन्सीमार्फत लाभग्राहीले अनलाइन निवेदन दिनुहुन्छ’, अर्यालले भने, ‘सूचिकृत कन्सल्टेन्सीमार्फत नगरपालिकामा आएका निवेदन तथा आवश्यक कागजात रुजु गर्ने, सम्बन्धित फाँटमा सिफारिस गर्नेजस्ता चरण पार गर्दै शाखा प्रमुखले दस्तखत गरेपश्चात् प्रमुख प्रशासकीय अधिकृतले दस्तखत गरी स्वीकृत हुने गर्छ ।’ अनलाइन माध्यमबाटै घरनक्सा पासको रकम भुक्तानीको व्यवस्थापन, डिजिटल दस्तखतको प्रयोगमा जोड दिँदै आगामी दिनमा यसलाई अझै प्रभावकारी तरिकाले अगाडि बढाउने तयारी भइरहेको अर्यालले बताए । फाइल बोकेर सेवाग्राही कार्यालयसम्म आउन नपर्ने, काम छिटो छरितो र पारदर्शी हुने, कागजातहरु अनलाईनमै सुरक्षित रहने भएकाले पछि खोज्दा सजिलै प्राप्त गर्न सकिने भएकाले पनि इबिपिएस प्रभावकारी बन्दै गएको उनले बताए। वालिङस्थित इन्जिनियरिङ कन्सल्टेन्सीलाई विभिन्न चरणमा प्रशिक्षण दिएर अनलाइन घर नक्सा पास व्यवस्थापन प्रणालीको सुरुआत गरिएको नगरपालिकाका घर नक्सा शाखाका कम्प्युटर अपरेटर रञ्जित पौडेल बताउँछन् । अनलाइन घरनक्सा पास व्यवस्थापन प्रणाली लागू भएसँगै चालु आर्थिक वर्षमा २०७२ सालको मापदण्ड अनुसार ६०, नियमित अभिलेखीकरण (भूकम्प) २७ र ८५ वटा दर्ता पास भएका अपरेटर पौडेलले बताए । अनलाइनबाट गरिने घर नक्सा पास प्रणाली प्रभावकारी बन्दै गएको वालिङ इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिका प्रबन्ध निर्देशक तथा सिभिल इन्जिनियर शङ्कर बस्यालले बताए। ‘यो प्रणाली नयाँ र प्रयोगमा भर्खरै आएकाले पनि सेवाग्राहीलाई बुझाउन सकिएको छैन’, उनले भने, ‘अनलाइन माध्यमबाट काम हुने भएकाले आफ्नै पद्धतिबाट काम हुन्छ, राम्रो छ, बुझ्दै जाँदा झनै प्रभाव बढ्दै जान्छ भने सेवाग्राहीलाई सहजता हुन्छ । अनलाइन प्रणालीबाट काम गर्दा कागजातका विवरण भर्दै जाँदा अपुग भएका वा नमिलेका विषय पत्ता लाग्ने भएकाले तत्कालै सच्याउन सकिन्छ । सेवाग्राहीले निवेदन दिएपश्चात् आफ्नो ‘युजर र लगइन’ को प्रयोग गरेर फाइल कुन शाखामा पुगेको छ भनी घरमै बसेर जानकारीसमेत लिन सकिने सुविधा रहेको छ ।

गरौं दर्शन रारालाई

प्रकृतिको उपहार स्वर्गको बगैँचा रारा । कान्जिरोहा शिरको हिमालको चाँद टल्कन्छ टलक्क ।। ईन्द्रेणी झै बदल्छौ सप्तरुपी रँग झलक झलक । तिजा र सिँजाको मिलनले देखाउँछ मानव सभ्यताको चलन।। स्वर्गको बगैँचाको बार्दलीबाट तिमीलाई निहाल्दा बल्दछौ धपक धपक । विउझाउँछौ मृत्यू तुल्य सारालाई तिम्रो विविध रंगले ।। नासिय नासिन्छन जगतमा कति तिम्रो मोहनी रुपले। प्रकृतिले सिँगारेको त्यो स्वर्गको बगैँचा रारा अभिनासी। सदावहार जवानीको सन्देश दिन्छ सारालाई गरौँ दर्शन रारालाई ।। कवि नगर विकास कोषका उपप्रबन्धनक हुन् ।

आविस्कार अभियन्ता महाविर पुनद्वारा माइतिघरको सडकमा सुतेर आन्दोलन

काठमाडौं । नेपालको आविश्कार क्षेत्रको नेतृत्व गर्दै आएका महाविर पुनले आफ्ना मागहरु सरकारसमक्ष सुनुवाईको लागि माइतिघरको सडकमा नै सुतेर रात विताएका छन् । आविस्कारक पुनले चार बुँदे माग राखेर दिन रात काठमाडौं माइतिघरमा धर्ना दिँदै आएका छन् । रात काटेपछि पुनले बिहान उठेर जनता सुतिरहनुहोस, सरकारलाई सुत्न दिनुहोस हुँदैनभए नेपाल जाला पृथ्वी त रहला भनेर सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । ‘लु, हामी चाहिँ माइतीघर मण्डलाको सडकमा रात भर सुतेर उठ्यौँ जनताहरु सुति रहनु होस र नेपाल सरकारलाइ मज्जाले सुत्न दिइ रहनु होस के त होला र रु केहि चिन्ता छैन हद्दै भए यहि नेपाल ता जाला पृथ्वी ता रहि रहन्छ नि’

शिथिल अर्थतन्त्रबाट मुलुकलाई जोगाउन राष्ट्रिय सभामा सांसद पौडेलको टिप्स

काठमाडौं । न्यून लगानी, न्यून उत्पादन, न्यून रोजगारी, न्यून निर्यात, उच्च आयात, उच्च व्यापार घाटा, चर्को व्याज, उच्च मुद्रास्फिती, महगी, लक्ष्य अनुसार राजश्व नउठ्ने, पूँजीगत खर्च अत्यन्त न्यून हुने, भएको खर्च पनि बेरुजु हुने, बेरुजुको फर्छौट नहुने नेपालको अर्थतन्त्रको प्रमुख चुनौति भएको राष्ट्रिय सभामा सम्बोधन गर्दै नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलले बताए । उनले भने, ‘अर्थतन्त्रका यी समस्याका कारण नेपाल कतै श्रीलंका र पाकिस्तानको जस्तो अवस्थामा पुग्न लागेको हो कि भन्ने आम नागरिकमा चिन्ता र चासो छ ।’ सम्बोधनका क्रममा सांसद पौडेलले भने, ‘कोभिड महामारीको समयमा नकारात्मक देखिएको आर्थिक वृद्धिदर ४ प्रतिशत भन्दा माथि पुग्नु, विगतमा दु्रत गतिमा घटेको विदेशी मुद्रा संचिति बढ्नु, पर्यटकको संख्या दिनानुदिन बढ्दै जानु, रेमिटेन्स बढ्नु, विद्युत, सिमेन्ट, रड आदि केही हदसम्म भए पनि निर्यात हुनु, मुद्रास्फिती क्रमशः घट्दै जानु, व्याजदर घट्दो क्रममा हुनु आदि तथ्य र तथ्याङ्कले नेपालको अर्थतन्त्र पाकिस्तान र श्रीलंकाको बाटोमा लाग्यो भन्ने भाष्यलाई गलत प्रमाणित गरिदिएको छ ।’ ‘यसको अर्थ हाम्रो अर्थतन्त्र चुस्त दुरुस्त छ भन्ने पनि होइन । यसलाई सुधार्न, ट्रयाकमा ल्याउन सकिन्छ । यसका लागि राजनीतिक नेतृत्व र कर्मचारी तन्त्रमा उत्तरदायित्व, जवाफदेहिता, पारदर्शीता, कार्य कुशलता, मितव्ययिता र भ्रष्टाचार अन्त्य गर्ने उच्च प्रतिवद्धता र इमान्दारिता अत्यावश्यक छ’ उनले भने ‘सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०७५ को प्रतिवेदन कार्यान्वयन गर्ने । जसले प्रशासनिक खर्च घटाउन सहयोग गर्नेछ ।’ कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड हो । दुई तिहाई श्रमशक्ति कृषिमा संलग्न हुँदा पनि जीडिपीको २३।९४ प्रतिशत मात्र योगदान रहनु, ३ खर्ब भन्दा बढीको कृषिजन्य वस्तु— धान, गहुँ, मकै, कोदो, आलु, फलफुल, तरकारी आयात गर्नु पर्ने परिस्थिति, ५९।९ लाख हेक्टर खेतीयोग्य जमीन मध्ये करीब १७ लाख हेक्टर जमीन बाँझो रहनु, कृषि अपेक्षित रुपमा आधुनिकीकरण, वैज्ञानिकरण र यान्त्रिकीकरण नहुनु, कृषि पेशा युवाहरुको रोजाइको विषय नहुनु जस्ता समस्याहरुको उचित सम्बोधन गरेर कृषिलाई उत्पादन र रोजगारी सँग जोड्न आवश्यक रहेको उनको सुझाव थियो । ‘विचौलिया, पूँजीपति र दलालहरुले रजगज गरिरहेको कृषि अनुदान वास्तविक किसानहरुले प्राप्त गर्न सक्ने गरी दिल खोलेर कृषिमा लगानी गर्ने– ता कि– कृषिको उत्पादन र उत्पादकत्व वृद्धि भई आत्मनिर्भर अर्थतन्त्र निर्माण होस्’ उनले भने । ताप्लेजुङदेखि दार्चुलासम्मका पहाडमा थुप्रिएका अनेक प्रजातिका जडीवुटी तथा खनिजजन्य पदार्थको व्यवस्थापन गरी निर्यात गर्न सके विदेशी मुद्रा आर्जनको राम्रो स्रोत बन्न सक्नेतर्फ उनले औल्याए । ‘सुगन्धित धुप, तेल र अत्तर बनाउन चाहिने घासपात र झारदेखि गुर्जो, त्रिफला, जटामसी, यार्सागुम्बा, पाँचऔले, तितेपाती आदि अनेकौं औषधीजन्य जडीवुटी जसको विश्वबजारमा अत्यन्त उच्च माग छ, सांसद पौडेलले भने ‘तिनीहरुको उत्पादन र प्रशोधन गरी विश्व बजारमा निर्यात गर्ने नीति सरकारको नीति तथा कार्यक्रममा समावेश गर्न सकेमा मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्नेछ ।’ ‘मुलुकको आर्थिक समाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रिय गौरवका आयोजनाहरु मध्ये ६०५ भन्दा बढी कार्यसम्पादन भैसकेका आयोजनाहरुमा मात्र लगानी गर्ने । ता कि आम नागरिकले प्रतिफल तुरुन्त प्राप्त गर्न सकून । आयोजनाहरु तोकिएको समयसिमाभित्र पूरा गर्न विकास सम्बन्धी छुट्टै कानून बनाइ कार्यान्वयन गर्न सांसद पौडेलले माग गरे । ‘कोभिड महामारीदेखि नै बन्द हुन थालेका स्वरोजगार वा रोजगार सिर्जना गर्ने स–साना उद्योगहरुलाई राहत उपलब्ध गराएर पुर्नरुत्थान गर्ने ताकि केही हदसम्म वेरोजगारीको समस्या समाधान हुन सक्ने भनाइ सांसद पौडेलको थियो । उनले करीब ६० लाख नागरिकहरु चरम गरिबीबाट पीडित र प्रताडित छन् । उनीहरुका लागि स्थानीय स्रोत साधन र श्रममा आधारित विशेष कार्यक्रम मार्फत आय वृद्धि कार्यक्रममा संलग्न गराउन माग गरे ।

बुद्ध एयरले ल्यायो नयाँ एटिआर–७२ जहाज

काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ । कम्पनीले शुक्रबार १५औँ एटिआर–७२ जहाज भित्र्याएको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पु¥याएर एक महिनाभित्र व्यावसायिक उडान सञ्चालन गर्नेछ । ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र भाडादर पनि स्वतः सस्तो हुने भएकाले ७२ सिटे जहाज भित्र्याइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । योसँगै बुद्ध एयरका १५ एटिआर जहाज पुगेका छन् । यीमध्ये १२ एटिआर–७२ र तीन एटिआर–४२ जहाज छन् । यसअघि बुद्धसँग भएका दुई बिचक्राफ्ट क्यानाडाको कम्पनीलाई बेचेको थियो । नयाँ जहाज थपिएपछि हाल दैनिक दुईवटा उडान हुँदै आएको धनगढी र सुर्खेत गन्तव्यमा एउटा उडान थप्ने कम्पनीको योजना छ । त्यसैगरी सङ्खुवासभाको तुम्लिङटारमा एटिआर–७२ जहाजबाट उडान भर्ने तयारी छ । कम्पनीले छिट्टै थप एउटा नयाँ जहाज ल्याउन लागेको जनाएको छ ।

चट्याङ लागेर पश्चिम बङ्गालमा १५ जनाको मृत्यु

नयाँदिल्ली । मेघगर्जन र चट्याङसँगै पश्चिम बङ्गालमा बिहीबार भएको भीषण वर्षा भएको छ । चट्याङ लागेर खेतमा कामगरिरहेका १५ जना किसानले ज्यान गुमाएका तथा कैयौँ घाइते भएका सरकारी अधिकारीहरूले बताएका छन् । बिहीबार साँझ चट्याङ लागेर पूर्वी बुर्दवानमा पाँच, मुर्सिदावादमा चार र पश्चिमी मिन्दापोर र हाउडामा तीन–तीन जनाको मृत्यु भएको पश्चिम बङ्गाल राज्यको विपद् व्यवस्थापन विभागले जनाएको छ । चट्याङ लागेर घाइते भएकाहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । भारतीय मौसम विज्ञान विभागले आगामी चौविस घण्टामा आंशिक बदली भई मेघगर्जनसहित पानी पर्ने जनाएको छ । सरकारी तथ्याङ्कअनुसार चट्याङ लागेर गत वर्ष भारतमा नौ सय सात जनाको मृत्यु भएको थियो ।

च्याट जिपिटीको सुरुवात र एआईमा भएको उन्नतिले ब्राण्डहरूको लागि के अर्थ राख्छ ?

च्याटजिपिटीको आँधीले संसारलाई छोपीसक्यो तर यस्तो लाग्छ कि हामी त्यसको सतह मात्र कोतर्दै छौं । च्याटजिपिटी एउटा फरक खालको एआई प्रविधि हो र तिनीहरूको नाममा ‘च्याट’ शब्द बाहेक सामान्य च्याटबोटहरूसँग अरु मिल्दोजुल्दो केहि छैन भन्ने तथ्यबाट कुरा सुरु गरौं । यो परम्परागत खालको च्याटबोट होइन र हामी यस्तो भ्रममा पर्नु पनि हुँदैन । च्याट जिपिटी यो एउटा ठूलो भाषा मोडेल हो जो मानिसले जस्तै लेखेर कन्भरसेसन गर्नका लागि प्रशिक्षित हुन्छ । सरल भाषामा भन्नुपर्दा, यो एआई हो जसले मानिस जसरी बोल्छ । यो ब्राण्ड, ग्राहक सेवा, र कन्भरसेसन का आधारमा व्यापार गर्ने क्षेत्रका लागि संभावनाहरुको एक संसार खोल्न उद्यत छ । २०२२ को अन्त्यमा यसको सुरुवात भएदेखि, च्याटजिपिटी दसौं करोड प्रयोगकर्ताहरू समक्ष पुगेको अनुमान गरिएको छ । विभिन्न उद्योगहरूमा यसको प्रभाव प्रारम्भिक चरणहरूमा छ र यो तीव्र रूपमा बढ्दै जानेछ । एकचोटि यो प्रविधि अझ बढी ग्राह्य हुँदै गएपछि, पहिलो परिवर्तन हुने भनेको मानिसहरूले जानकारी खोज्ने र पत्ता लगाउने तरिका हो । सधैंभरी सान्दर्भिक लिङ्कहरूको सूचीमात्र प्राप्त गर्नुको सट्टा, एउटा व्यक्तिले यसमार्फत आफूले वास्तवमै खोजिरहेको प्रतिक्रिया प्राप्त गर्न सक्छ, कुराकानी मार्फत त्यसबारे थप विवरणहरू प्राप्त गर्नेछ र व्यक्तिगत अनुभव पनि प्राप्त गर्नेछ । यो कसरी सम्भव छ त ? च्याटजिपिटीले प्रयोगकर्ताहरूले सामेल गरेको प्राकृतिक भाषा बुझ्न सक्छ र कन्भरसेसनको सन्दर्भमा आधारित रही तिनीहरूलाई सान्दर्भिक जवाफहरू प्रदान गर्न सक्छ । यसले मानिसले जस्तै लिखित प्रतिक्रियाहरू पनि उत्पन्न गर्न सक्छ, कन्भरसेसनहरूलाई थप आकर्षक र सहज बनाउँछ । त्यहाँ धेरै सुविधाहरू छन् जसले च्याटजिपिटीलाई क्रान्तिकारी प्रविधि बनाउँछ, तर दुई सुविधा अरुभन्दा अलग छन् : १। उन्नत प्राकृतिक भाषा बुझाइस् च्याटजिपिटीसँग मानव भाषाको गहिरो बुझाइ छ जसले यसलाई जटिल संवादात्मक इनपुटहरू प्रशोधन र विश्लेषण गर्न सक्षम बनाउँछ । यसले मानव र एआईबीचको खाडललाई कम गर्दै थप अर्थपूर्ण र सन्दर्भगत रूपमा सान्दर्भिक अन्तरक्रियाहरूको लागि मार्गप्रशस्त गर्छ । २। प्रासंगिक मेमोरीस् कन्भरसेसनमा सन्दर्भहरु कायम राख्न संघर्ष गर्ने परम्परागत च्याटबोटहरू जस्तो नभई च्याटजिपिटीसँग सम्झना राख्ने र अघिल्ला वार्तालापहरूमा फर्काउने क्षमता छ । यसले प्रयोगकर्ताको आवश्यकता र सन्दर्भमा यसको प्रतिक्रियाहरू अनुकूलित गर्न अनुमति दिन्छ, र अन्तरक्रियाहरूलाई प्रयोगकर्ताहरूको लागि थप प्राकृतिक महसुस गराउँछ । यसले ब्राण्ड र व्यवसायहरूका लागि र उपभोक्ताको रूपमा हामी सबैका लागि के अर्थ राख्छ ? यसले मानिसहरूले खोज्ने, अन्तरक्रिया गर्ने र ब्राण्डहरूबाट किन्ने र संवादात्मक वाणिज्यतर्फ अझ बढि परिवर्तनलाई गति दिनेगरि परिवर्तन ल्याउने छ । व्यवसायहरूको लागि यसको मूल्य भनेको सजिलो खोजी, ठूलो मात्रामा संलग्नता, र अत्याधिक बिक्री हो । अर्थात्, ग्राहकको यात्राका सबै चरणहरूमा अझै बढि सटीकता र दक्षता हुन्छ जसका कारण ग्राहकसँग थप व्यक्तिगत हुँदै वास्तविक समयमा जोडिन सकिन्छ जसले ग्राहक अनुभवलाई थप सहजता प्रदान गर्दछ । भाइबरमा हामी केहि समयदेखि यो प्रवृत्ति बारे सचेत छौं । हाम्रो आफ्नै नम्बरहरुबाट प्राप्त अन्तरदृष्टिको लागि आभारी छौं । २०२२ मा ब्राण्डहरूले आवश्यक सूचनाहरूलाई प्राथमिकता दिएका कारण भाइबरका लेनदेन मेसेजहरू ७३५ ले बढ्यो, विश्वव्यापी रूपमा कन्भरसेसनल मेसेजहरू १७५ ले बढ्यो, र भौगोलिक रूपमा प्रचारात्मक र मेसेजहरू ११५ ले बढ्यो । गत वर्ष च्याटबोटहरूमा १२ बिलियन सन्देशहरू आदानप्रदान भएका थिए किनभने व्यवसायहरूले चौबीसै घण्टा चलाएका थिए । हाम्रो अनुभवलाई बाह्य अध्ययनहरूले पनि समर्थन गर्दछस् २०२३ को हुटसुइट रिपोर्टअनुसार च्याट र मेसेजिङ एपहरू प्रत्येक दिन १६ देखि ६४ वर्षका प्रयोगकर्ताहरूमध्ये ९४.८५ द्वारा प्रयोग गरिन्छ भने जम्मा ९४.४५ प्रयोगकर्ताको साथ यो सामाजिक संजालहरु भन्दा माथि रहेर नम्बर एक च्यानल बन्न सफल भएको छ । यी सबैलाई सँगै राखेर हेर्दा, ती प्रवृत्तिहरू निम्नलिखित हुन् जसले ब्राण्ड(ग्राहक अन्तरक्रियाको भविष्यलाई आकार दिइरहेका छन् : ● प्रयोगकर्ताहरूमाझ च्याट एपहरूको लोकप्रियतालाई ध्यानमा राख्दै, व्यवसायहरूले मेसेजिङ एपहरू मार्फत् चौबीसै घण्टा उपस्थितिलाई अनुकूलन गरी प्राथमिकता दिनेछन् । ● च्याटजिपिटी र एआईले सामान्यतया उच्च गुणस्तरको सामाग्री र अन्तरक्रियाहरूतर्फ परिवर्तनलाई गति दिनेछ । ● एआईद्वारा सञ्चालित भए तापनि संवादजन्य वाणिज्य र ग्राहकसँगको वास्तविक समयमा हुने सम्पर्कको जडानमा सुधार हुनेछ र यो प्राकृतिक कुराकानीमा परिणत हुनेछ । ● एआईमा थप प्रगतिले ग्राहकको अनुभव र संलग्नताको भविष्यलाई आकार दिन जारी राख्नेछ र यस प्रविधिलाई अँगाल्ने व्यवसायहरूले नेतृत्व गर्नेछन् । ● र सबैभन्दा महत्त्वपूर्ण कुरा, यी सबै कुरा धेरै छिटो हुनेछ । मेसेजिङ एपहरू दैनिक प्रयोगको लागि नम्बर एक च्यानल भएकोले, तिनीहरू यस परिवर्तनको अग्रभागमा छन् । च्याटबटहरू, रिच मेसेजिङ क्षमताहरू, व्यापक एनालिटिक्स उपकरणहरू, र विभिन्न तरिकाहरूमा एआईको एकीकरण मार्फत च्याट एपहरूले व्यवसायहरूलाई राम्रो ब्राण्ड अनुभवहरू सिर्जना गर्न, संलग्नता र रूपान्तरण गर्न मद्दत गर्न सक्छन् । जे भए पनि, कन्भरसेसनलहरू मेसेजिङ एप्सको केन्द्रबिन्दु हुन्, र यदि त्यहाँ च्याटजिपिटीको लोकप्रियता प्रमाणित गर्ने एउटा कुरा छ भने त्यो हो, मानिसहरू कुराकानी मार्फत व्यवहार गर्न रुचाउँछन् । (लेखक राकुटेन भाइबरमा चिफ रेभेंन्यु अफिसर हुन् ।)