
काठमाडौं । नेपालको आविश्कार क्षेत्रको नेतृत्व गर्दै आएका महाविर पुनले आफ्ना मागहरु सरकारसमक्ष सुनुवाईको लागि माइतिघरको सडकमा नै सुतेर रात विताएका छन् । आविस्कारक पुनले चार बुँदे माग राखेर दिन रात काठमाडौं माइतिघरमा धर्ना दिँदै आएका छन् ।
रात काटेपछि पुनले बिहान उठेर जनता सुतिरहनुहोस, सरकारलाई सुत्न दिनुहोस हुँदैनभए नेपाल जाला पृथ्वी त रहला भनेर सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।
‘लु, हामी चाहिँ माइतीघर मण्डलाको सडकमा रात भर सुतेर उठ्यौँ
जनताहरु सुति रहनु होस र
नेपाल सरकारलाइ मज्जाले सुत्न दिइ रहनु होस
के त होला र रु केहि चिन्ता छैन
हद्दै भए यहि नेपाल ता जाला
पृथ्वी ता रहि रहन्छ नि’