विशाल, सृजनात्मक एआई मोडेलले जीवन प्रणाली र श्रमबजारमा नै प्रभाव पार्न सक्छ
काठमाडौं । ओपन एआईले सन् २०२२ नोभेम्बरदेखि आम सर्वसाधारणको पहुँचमा च्याटजीपीटी सञ्चालनमा ल्याएको थियो । च्याटजिपिटि आम सर्वसाधारणको पहुँचमा आएसँगै यसले विश्व मानव समाजमा ल्याउन सक्ने बहुआयामिक रुपान्तरणका विषयमा निकै बहस भइरहेको छ । च्याटजिपिटिले आम मानिससँग भन्दा बढी ज्ञानको क्षमता राख्ने दाबी गरिएको छ । यसले विश्वको कुनै ठाउँको खानी वा कुनै देशभित्रको समाजको बारेमा बर्णन गर्ने हैसियत राख्छ । यसले विश्वको भू–राजनीति र प्रकाशकीय सिमाहरुलाई तोडेर अध्ययन गर्ने क्षमता राख्छ । जिपिटी–४ र आर्टिफिसियल न्युरल नेटवर्क जसले च्याटजिपिटिलाई पावर प्रदान गर्छ, यीनले अहिले अमेरिकाको उपचार र कानूनमा प्रवेश गर्ने परीक्षा दिएका छन् । यसले गित, कविता र निवन्धहरु लेख्न सक्छ । अन्य ‘जेनेरेटिभ एआई’ मोडेलले डिजिटल फोटो, रेखाचित्र र एनिमेसनहरु समेत निर्माण गर्न सक्छन् । जेनेरेटिभ एआई मोडेलको तिव्र विकास उद्योग क्षेत्रसँग जोडेर हेदा निकै गहिरो र चासोको विषय हो । जिपिटि–४ एकप्रकारको जेनेरेटिभ एआइ हो, जसलाई वृहत भाषा मोडेल (एलएलएम) भनिन्छ । विशाल प्रविधि कम्पनीहरु अल्फाबेट, अमेजन र नाभिडियाले पनि आफ्नै एलएलएममा प्रशिक्षण दिने गरेका छन् । एआईको विकाससँगै अमेरिका, युरोप र चीनले सोसँग सम्बन्धित कानून बनाउन थालेका छन् । कतिपय व्यक्तिहरुले कृत्रिम वुद्धी विकासको प्रकृयालाई रोक्न पनि आग्रह गरिरहेका छन्, मानिसको नियन्त्रणभन्दा बाहिर गएर मानवीय समाजलाई नै क्षति पुर्याउने विषयमा उनीहरुको आशंका छ । पहिले जान्न आवश्यक छ कि यसको विकास कसरी भइरहेको छ र यो कुन हदसम्म विकास हुनसक्छ ? सन् २०१० तिर पहिलोपटक एआई सफ्टवेरको विकास भएको थियो, जुन सफ्टवेयर ‘डिप लर्निङ’को नामबाट चर्चित थियो । तथ्यांकहरुको सेट र शक्तिशाली कम्प्युटरको जादुमयी संयोजन गरेर तस्बिरहरुको पहिचान गर्न, आवाज प्रशोधन गर्न र खेल खेल्नको लागि ग्राफिक्स प्रासेसिङको क्षेत्रमा ठूलो सिकाई प्राप्त गर्ने काम भएको छ । सन् २०१० सम्म आउँदा कम्प्युटरहरुले मानिसहरुले भन्दा राम्रो काम गर्न सक्ने भइसकेका थिए । च्याट जिपिटीले इन्टरनेट प्रयोग गर्ने मानिसहरुलाई मानिसले जस्तै प्रतिक्रिया दिने, जवाफ दिने वा अनुभव सेयर गर्ने एउटा बौद्धिक भर्चुअल डोमेनको रुपमा आफूलाई प्रस्तुत गरेको छ । वास्तवमा नै वृहत भाषा मोडेल एउटा जादुमयी अभ्यास हो । तपाईंको जिज्ञासा वा प्रश्नको जवाफ दिइरहेको च्याटजिपिटिलाई तपाईंले जवाफ रोक्न भन्ने वित्तिकै रोक्ने क्षमता पनि राख्छ । यो वर्ष च्याटजिपिटिले आफ्नो वृहत भाषा मोडेलको स्तर वृद्धिलाई रोक्ने काम गरेको छ । बल्कबस्टरले लगाएको मुद्दाका कारण ओपनएआईलाई समस्या पारेको छ तर, वृहत भाषा मोडेलको क्षमता कायम नै रहनेछ । तथ्यांक र यसलाई प्रशोधन गर्नका लागि आवश्यक सामग्री व्यापक रुपमा उपलब्ध हुँदै गएका छन् तर, यसको सदुपयोग हुन नसक्दा आम मानव जिवनलाई यो महंगो सावित पनि हुनसक्छ । स्रोतहरुलाई खुला रुपले प्रयोग गर्ने विषय धेरै जोखिमयुत्त विषय हो । तर च्याटजिपिटि –४ ले सावधानी र छनोटको विधीलाई स्वीकार गर्ने प्रयत्न गरेको छ । यो राम्रो अभ्यास हो । धेरै मानिसहरुको पहुँचमा वृहत भाषा मोडेलको एआई उपलब्ध हुनु भनेको त्यसले कानून देखि औषधिसम्मको प्रयोग तथा सिर्जनामा पनि महत्वपूर्ण योगदान हुनसक्छ । अहिले धेरै कम्पनीहरुले एआई मोडेललाई अपनाउने कोशिष गर्न थालेका छन् । यसले आँफैमा तथ्यपरक र थकाइबिना निरन्तर काम गर्ने क्षमता राख्छ । तर, यसले मानिसहरुको संवेदनालाई स्वीकार गर्न भने सक्दैन । प्राविधिक सुत्रहरुमा आधारित ठूला–ठूला कम्पनी, उद्योग र उत्पादन केन्द्रहरु समेत भविष्यमा एआई मोडेलद्वारा सञ्चालन हुने सम्भावना देखिएको छ । यहाँसम्मकी गीत/संगीतको रचना, उपन्यास लेख्ने जस्ता भावनात्मक काम पनि एआई मार्फत गर्न सकिने भएको छ । शुत्रबद्ध जानकारी तथा वृहत जाकारीको कारणले व्यवहारिक कामलाई त यसले कार्यान्वयन गर्न सक्छ नै । सन् २०५० सम्म पुग्दा एआईको कारण घरको कामदेखि उद्योग तथा व्यवसायिक क्षेत्रमा करोडौं मानिसहरुले रोजगारी गुमाउनुपर्ने अनुमान गरिएको छ । साथै एआई प्रविधिका उपकरणहरुको सहायताले मानिसहरुको जीवनशैली नयाँ ढंगको हुनेछ । मानिसहरु सभ्यताकै नयाँ परिवेशमा प्रवेश गर्नेछन् । श्रमको परिभाषा नै बदलिनेछ । एजेन्सीको सहयोगमा ।
बैंक तथा वित्तीय संस्था ‘नयाँ शोषक’को रुपमा उदाए : पर्यटनमन्त्री किराती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बैंक तथा वित्तिय संस्थालाई ‘नयाँ शोषक’कोे संज्ञा दिएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले कम्प्युटर लिएर गाउँ जाने र त्यहाँका आमाहरुलाई ऋण दिएर डोरीमा पासो लगाउन बाध्य पार्ने थुप्रै कथाहरु रहेको मन्त्री किरातीको भनाइ थियो । होटल एशोशिएशन अफ नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले छोराछोरीहरुलाई मोबाइल किन्न लिएको ऋण तिर्नका लागि गाउँले आमाहरुको घरखेत उठेको र पछि चिन्ताले डोरीमा पासो लगाउने स्थिति बनेको पनि उल्लेख गरे । मन्त्री किरातीले पहिले शोषकहरु दौरासुरुवाल लगाएर तमसुक बोकेर आउने गरेको र अहिलेको नयाँ शोषक भने कम्प्युटर लिएर गाउँ जाने गरेको बताए । उनले सहरमा पनि बैंक तथा वित्तिय संस्थाहरुको ब्याज तिर्न नसकेर सर्वसाधारणले सास्ती व्यहोर्नु परेको स्मरण गराए । मन्त्री किरातीले बैंक तथा वित्तीय संस्थाहरुको ब्याँज घटाउन सक्ने अवस्था नरहेको पनि बताए । उनले भने ‘प्रकृति र संस्कृतिलाई जोगाउने किसिमको हाम्रो आजको विकासको नीति हुनु पर्यो । यसरी आम रुपमा विकास गरेर गएको पो नेपाल नयाँ हुन्छ । १२ कक्षा पढेपछि सबै विद्यार्थीहरु विदेश जान्छन । १२ कक्षा पढेपछि विद्यार्थीहरु किन जान्छन विदेश ? पैसा छैन । बैंकलाई लगाई दिन्छ । पछि मिटरमा ब्याज लिन्छ । फेरी उसले पैसा फर्काएर लान्छ । नयाँ शोषक आएको छ नि त कम्प्युटर बोकेर । महंगो ब्याज बोकेर, कम्प्युटर ठोकेर । पहिला त दौरासुरुवाल लगाएर जुँगामा ताउ लगाउँदै तमसुक बोकेर आउथे शोसक । अहिले त कम्प्युटर बोकेर पो आउँछ । गाउँगाउँ पुगेको छ वित्तिय संस्थाहरु । आमाहरुलाई राखेर ऋण दिन्छ । विचरा आमालाई छोराछोरीहरुले मोबाईल माग्छ । अनि, जमानी बसेर ऋण लिएर मोबाईल किनिदिन्छ । अर्को महिनादेखि तिर्नुपर्छ आयस्रोत छैन । अर्को महिनादेखि बाख्रा तानिन्छ । गाई तानिन्छ । थाल बोटुको टिपिन्छ । आमा चिन्ताले खोलामा गएर डोरी लगाएर पासो लाग्छ । यो कथा धेरै छ गाउँमा । सहरमा ब्याज छ । घटाउन सक्ने स्थिति पनि छैन ।’ मन्त्री किरातीले प्रकृति र संस्कृतिलाई जोगाउने खालको विकास नीतिको आवश्यक्ता पनि औंल्याए । उनले होटल व्यवसाय पर्यटनको मेरुदण्ड भएको उल्लेख गर्दै त्यस क्षेत्रको विकासमा सरकारले सकेको सहयोग गर्ने आश्वासन समेत दिए ।
सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्छौँ – महावीर पुन
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन् । शुक्रवारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन शुरु गरेका उनले नेताहरुले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका हुन् । उनले सांसदहरुले खादा,माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानून बनाउन समय नमिल्ने हो ? भन्ने प्रश्न गर्दै सांसदहरुले कानून बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको बताए । उनले अरु हेर्ने विभाग भएपनि अनुसन्धान आविष्कार नवप्रवद्र्धन गर्ने विभाग नभएको भन्दै उहाँले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने बताए । उनले सबै नेताहरु आफ्नो भाषण सुन्न धर्नास्थल पुग्नुपर्ने र त्यो नसके संसदमा आफूलाई बोल्ने व्यवस्था गरिदिन आग्रह गरे । उनले नेताहरुले बोलेर मात्रै नहुने भन्दै बोलेर कदम चाल्ने नेताको खाँचो रहेको बताए । ‘अनुसन्धान आविष्कार नवप्रवद्र्धन गर्ने विभाग खोई ? हाम्रो माग पूरा नभएसम्म हामी धर्ना बस्छौँ, यो अनुरोध सबै पार्टीलाई हो, अरु पार्टी पनि आएर मेरो भाषण सुनुन्, की मलाई संसदमा गएर बोल्ने व्यवस्था गरिदिउन्, यो नेपालीको दर्द हो, संसदमा केहीले बोले रे आज पनि बोल्ने रे भन्ने मान्छे आएका छन्, बोलेर मात्रै केही हुँदैन’, पुनले भने, ‘बोलेर हुने भए सबै भइसक्थे, बोलेर कदम चाल्ने नेताज्युहरु चाहियो, यो सांसदको जिम्मा हो, सांसदलाई भाषण गर्न, उद्घाटन गर्न, माला लगाउन समय मिल्ने, तर नभइ नहुने ऐन,कानून बनाउन समय नमिल्ने, हामीले त बनाउन पाइँदैन, सडकबाट त ऐन बन्दैन । सांसदलाई काम गरेनन् भने ढ्याँग्रो ठोक्दै लखेट्नुपर्छ ।’ पुनले आफ्नो आन्दोलन सबै सानातिना आन्दोलनहरु पूरा गर्नको लागि अर्थतन्त्र सुधार्ने जन आन्दोलन भएको बताए । उनले आफूले यो आन्दोलन मनलाग्दी रुपमा नल्याएको र निचोडमा पुगेरै छोड्ने प्रतिवद्धता जनाएको बताए । उनले संसारमा नवप्रवद्र्धन र आविष्कारको क्षेत्रमा लगानी नगरी अर्थतन्त्र चलायमान बन्न नसक्ने बताए ।
छोटे राजाहरु खोकी लाग्दैमा विदेश जान थाले – डा.प्रकाशचन्द्र लोहनी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशको नेतृत्वमा धनवादीहरुको प्रवेश भएको बताएका छन् । शनिवार माईतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुगेका पूर्वअध्यक्ष लोहनीले नेताहरु सत्ताको लुछाचुँडीमा मात्रै केन्द्रित हुने गरेको बताएका हुन् । उनले नेपालमा नै उपचार हुनसक्ने कुरामा करोडौँ खर्च गरेर विदेश पठाइएकोप्रति पनि असन्तुष्टि जनाए । उनले वर्तमान नेताहरुलाई छोटे राजाको संज्ञा दिँदै सरकार र नेतृत्वले मनोमानी गरिहरहेको आरोप लगाए । उनले नेताहरुलाई करोडौँ रुपैयाँ दिएर विदेशमा उपचार गराउन पठाउने तर र आविष्कारको क्षेत्रमा लगानी नगरेर वैज्ञानिक समाजवाद कसरी आउँछ ? भन्दै प्रश्न गरे । उनले वर्तमान राज्यसत्ता थोरै मानिसको हीतको लागि मात्रै केन्द्रित भएको बताए । उनले सरकारले नेपालको विकासमा लागेका व्यक्तिलाई निरुत्साहीत गरिरहेको आरोप लगाए । ‘उहाँको दृष्टिकोणलाई हामी समर्थन गर्दछौँ, आविष्कारको लागि चाहिने श्रोत, साधन राज्यले जुटाउनुपर्छ, हाम्रो राज्यले नेपालमा नै उपचार हुनसक्ने थुप्रै मान्छेहरुलाई नेपालका छोटे राजाहरु भन्नुस् न, छोटे राजालाई करोडौँ करोड खर्च गरेर, विदेशमा उपचारका लागि पठाउन सक्ने, तर करोडौँ नेपालीको आर्थिक अवस्था माथि उठाउन आविष्कारमा लगानी बढाऔँ भनेर हिँडेको व्यक्ति र संस्थालाई वास्ता नगर्ने भनेको वैज्ञानिक समाजवाद यही हो, जनतासँग प्रतिवद्ध राज्य भनेको यही हो’, उनले भने । पूर्वअध्यक्ष लोहनीले अयोग्य लडाकुलाई अर्बौं रुपैयाँ छुट्याउनसक्ने सरकारले आविष्कार प्रवद्र्धनका लागि बजेट छुट्याउन सक्दिन भन्नु नाटक भएको बताए ।
प्रधानमन्त्रीद्धारा अनसनरत नुवाकोटका किसान श्रीराम घिमिरेको माग सम्बोधन गर्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै बैशाख ५ गतेदेखि काठमाडौंको बसन्तपुरमा आमरण अनसन बसेका नुवाकोटका किसान श्रीराम घिमिरेले उठाएका जायज माग पूरा गर्न सम्वन्धित मन्त्रालयलाई निर्देशन दिएका छन्। अनसन बसेको खवर पाँचौ दिनमा थाहा पाएपछि मुख्यसचिव शंकरदास बैरागीमार्फत् माग सम्बोधन गर्न निर्देशन दिएका प्रधानमन्त्री प्रचण्डले शुक्रवार साझ मुख्य सचिवसहित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मावाट अनसनकारीको स्वास्थ्य अवस्था एवम् माग सम्बोधनमा भइरहेको प्रगतिवारे जानकारी लिएका हुन्। सो क्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले मन्त्रालयले अनसन बसेको जानकारी आएको आधा घण्टामै अनसनस्थलमा पुगेर रेस्पोन्स गरेको, मन्त्रालयवाटै ड। नवीन घिमिरे, डा. माधवप्रसाद अर्याल र शिवसुन्दर घिमिरेसहित वार्ता टोली बनाई निरन्तर वार्ता र छलफल गरिरहेको तथा मन्त्रालयको तहवाट गर्न सक्ने सबै माग पूरा गर्न सकिने प्रस्ताव अनसनरत किसान सामु पठाइए पनि हालसम्म सहमतिमा नआएको वताएका थिए । प्रधानमन्त्री प्रचण्डले सरकार जनसरोकारका मुद्धामा अत्यन्तै संवेदनशील रहेको र जनजीविकाका सवाललाई उठाएर कोही कसैले पनि आन्दोलन गर्नु नपर्ने अवस्थाका लागि क्रियाशील रहेकाले किसान घिमिरेले उठाएका विषयलाई समाधान गर्न अधिकतम प्रयत्न गर्न तथा निजको स्वास्थ्यमा पनि ध्यान दिन निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशनअनुसार नै उनका जायज माग सरकारले सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ ।
बसाइँसराइले गाउँका आकर्षक घर खाली हुँदै
बाग्लुङ । हरियाली जङ्गलको पुछारमा समथर मैदान । ढुङ्गाको छानो भएका चिटिक्कका घर । पश्चिमतर्फ हिमाल र मन्दिरको प्रतिविम्म देखिने विशाल बराहा ताल । उत्तरतर्फ फर्किदा दन्तलहरजस्तै देखिने सेता हिमाल । छङछङ गर्दै बगेका खोला । रमाइलो प्रकृति तर,उदास उदास लाग्ने बस्ती । यो शब्दचित्र म्याग्दीको मालिका गाउँपालिका–७ को विममा पर्ने सुन्दर वाइन्दाफाँटको बस्तीको हो । हेर्दै आकर्षक रैथाने सीप र प्रविधिको प्रयोग गरी बनाइएका आकर्षक ग्रामीण घर रित्ता छन् । फराकिलो आँगनमा बाख्लो झारको साम्राज्य छ । पिँढी र कौसी भत्किन थालेका छन् । घरको धुरीबलो मक्किन थालेको छ । केटाकेटीको कोलाहल सुनिन छोडेको धेरै भयो । गाउँको सौन्दर्यलाई चटक्कै बिर्सेर घरमुली बसाइँ सरेपछि अहिले जिल्लाका अरु गाउँझै वाइन्दाफाँटको गाउँ पनि एक्लिएको छ । गाउँका घरधुरी घरमुली फर्केर आउँछन् की भनेर कुरिरहेकाजस्ता देखिन्छन् । गाउँमा ढुङ्गेघर अब हराउँदै गएका छन्, गाउँका मान्छे हराएझैँ । ढुङ्गाले छाएका घर भत्काएरजस्ता पाता र कङ्क्रिटका घर निर्माण गरिए पनि ती घरमा बस्ने मानिस भने गाउँबाट पातलिँदै जान थालेका मालिका गाउँपालिका–७ का रामबहादुर पुनले बताए। ग्रामीण क्षेत्रमा यातायातको पहुँच र रेमिट्यान्सबाट प्राप्त आम्दानीका कारण गाउँगाउँमा पक्की घर बनाउने लहर चलेको छ । कङ्क्रिटका पक्की भवन निर्माण हुनेक्रम बढ्दै गएपछि परम्परागत ढुङ्गे घर पातलिँदै जान थालेका छन् भने खरले छाएका घर प्रायः लोप नै भएका उनको भनाइ रहेको छ । ‘डेढदशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा ढुङ्गा र खरले छाएर रातोमाटो र सेतो कमेरोलो पोतिएका घर बाक्लै देखिन्थे । ती घरमा बस्ने मान्छेहरु पनि हुन्थे । तर, अहिले न परम्परागत घर बचेँ न नयाँ बनाइएका घरमा मान्छे नै बसे’, पुनले भने, ‘गाउँमै नबस्ने भए पुख्र्यौली चिनोलाई नासेर किन बनाउनु नयाँ घर ?’ पर्यटकीय जिल्ला म्याग्दीमा विदेश र सहर बजारबाट जोहोकोही गाउँमा पुग्दा परम्परागत रैथाने प्रविधिका घरले मनै लोभ्याउने गर्थे । रैथाने सीप र स्रोतको प्रयोग गरी परम्परागत रूपबाट निर्माण गरिएका ती घरले धेरैलाई आकर्षित गर्थे । उतिबेला गाउँमा यातायातको पहुँच पुगिसकेको थिएन । जब सडक विस्तार भएर गाउँमा यातायातका साधन पुग्न थाले तब रड र सिमेन्टको प्रयोग गरी गाउँमा पक्की घर निर्माणको क्रम बढेको तर मान्छे गाउँमा बस्ने चलन घटेको यहाँका ज्येष्ठ नागरिकको भनाइ छ । सडकको पहुचका कारण ती पुराना परम्परागत घरहरु नासिँदै गएको पाका पुस्ताको बुझाइ छ । अहिले गाउँमा धमाधम सिमेन्ट र कङ्क्रिटका घर ठडिँदै गएका छन् । सक्नेले पक्की पिल्लरवाला घर बनाएका छन् भने न्यून वर्गका नागरिकले खर र ढुङ्गाको छानो हटाएर जस्तापाताले घर छाउन थालेका छन् । यसले पुराना मौलिक घर विस्तारै विस्थापित हुने अवस्थामा पुर्याएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म म्याग्दी जिल्लाका एक नगरपालिका र पाँच गाउँपालिका गरी छ वटा स्थानीय तहबाट एक हजार ९१ जना बसाइँसराइ गरी काठमाडौँ, पोखरा, चितवन, नवलपुर, बुटवललगायतका ठाउँमा गएका छन् । स्थानीय तहका पञ्जीकरण शाखाका अनुसार चालु आर्थिक वर्षको वैशाख पहिलो सातासम्ममा बेनी नगरपालिकाबाट दुई सय ४२, रघुगङ्गा गाउँपालिकाबाट एक सय १४, मङ्गला गाउँपालिकाबाट एक सय ६०, मालिका गाउँपालिकाबाट एक सय २४, धौलागिरि गाउँपालिकाबाट तीनसय चार र अन्नपूर्ण गाउँपालिकाबाट एक सय ४७ गरी एक हजार ९१ जना बसाइँसराइ गरी अन्यत्र गएका हुन् । मानिस बसाई सरेर गएपछि गाउँका घर उदाङ्गिएका छन् । गाउँमा सडक आएपछि गाउँलेले सहर बजारकाले जस्तो सिकेर परम्परागत घरलाई भत्काएर नयाँ स्वरूपमा बनाउन थालेको बगरफाँटका बेदप्रसाद उपाध्यायले बताए । ‘डेढ दशक अगाडिसम्म गाउँमा धेरैजसो घर ढुङ्गा र खरले छाएका थिए, गाडी आउने बाटो पनि थिएन, अहिले ती सबै घर लोप भइसके’, उनले भने । विदेशमा कमाएको पैसा म्याग्दीमा धेरैजसो अनुत्पादक क्षेत्रमा नै खर्च हुने गरेको बैंक तथा वित्तीय संस्थाको तथ्याङ्क छ । घर, घडेरी र मोजमस्तीमा नै धेरैजसो पैसा खर्च हुने गरेको पाइएको छ । यहाँका मान्छे सबै विदेशमा छन्, विदेशमा कमाउने यहाँ ठूला–ठूला घर बनाउने गरेका छन्, पहिलेको तुलनामा अहिले गाउँ निकै फरक भएको स्थानीयवासीको भनाइ छ । दिनदिनै सिमेन्टका घर ठडिरहेका छन्, एक–दुई वर्षमा यहाँ ढुङ्गाका घर पनि देख्न नपाइने स्थानीय बासिन्दाको अनुमान छ । सडक सञ्जालले यो ठाउँ जोडिएपछि पुराना घर विस्थापित भएको स्थानीयवासीले बताए । सहरी तथा भवन निर्माण आयोजना कार्यालय म्याग्दीका अनुसार मानिस सजक र सचेत हुँदै गएको हुँदा नयाँनयाँ प्रविधि प्रयोग गरेर घर तथा भवन निर्माण गर्न थालेका छन् । वैदेशिक रोजगारको कारण युवायुवती विदेश पलायन हुने क्रमसँगै गाउँका स्थानीय सुविधा खोज्दै बजारतर्फ बसाइँसराइ गर्ने प्रचलन छ । मालिका गाउँपालिकाका योजना अधिकृत सोमबहादुर केसीले बसाइँसराइले गाउँ रित्तिँदै गएको बताए। गाउँ युवा र बालबालिकाविहीन हुने अवस्थामा पुग्न थालेका छन् भने घर खाली र खेतबारी बाँझो रहने समस्या बढ्दै जानुको साथै संस्कृति र परम्परासमेत लोप हुने अवस्थामा पुगेपछि ग्रामीण भेगका पाका नागरिक चिन्तित हुन थालेका छन् । रासस ।
रोल्पाको जेल्वाङमा स्वास्थ्यचौकी बनाउन चन्दा सङ्कलन
सांकेतिक फाइल तस्बिर रोल्पा । रोल्पामा जेल्वाङस्थित स्वास्थ्यचौकी बनाउन स्थानीयले चन्दा सङ्कलन अभियान थालेका छन् । सुनछहरी गाउँपालिका–७ जेल्वाङमा उक्त अभियान सुरु गरिएको हो । सुनछहरीका पूर्व अध्यक्ष आशबहादुर पुनको नेतृत्वमा उक्त अभियान थालिएको हो । यसका लागि सदरमुकाम लिवाङ, सुलिचौरलगायतका बजार क्षेत्रमा अभियान्ता खटाइएको छ । हाल जेल्वाङ गाउँमा रहेको स्वास्थ्यचौकी अव्यस्थित र मापदण्डअनुसारको नभएकाले सेवा लिन समस्या भएकाले नयाँ भवन निर्माणका लागि आफूहरुले सहयोग सङ्कलन गरिरहेको लिवाङमा सहयोग सङ्कलन गरिरहेका वालकुमार पुनले बताए । विकासमा जनताको सहभागिता भए अपनत्व पनि बढ्ने भएकाले अभियान दीर्घकालीन सोचका साथ अघि सारिएकोे पुनको भनाइ छ । भवन निर्माणका लागि जग्गा खरिद र अन्य व्यवस्थापनका लागि १३ लाख ५० हजार खर्च भएकाले उक्त सहयोग अभियान थालिएको अभियानका संयोजक आशबहादुर पुनमगरले जानकारी दिए । सो गाउँले यसअघि रोल्वाङ मावि जेल्वाङको लागि पनि १६ लाखभन्दा बढी रकम चन्दा सङ्कलन गरेको थियो । उक्त स्वास्थ्यचौकीबाट पाँच १० परिवारले नियमति सेवा लिने गरेका छन् । भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकार र सुनछहरी गाउँपालिकाले चालु आर्थिक वर्षका लागि एक करोड ४० लाख विनियोजन गरेका छन् । सरकारले विनियोजन गरेको यो बजेट अपुग भएकाले स्थानीय चन्दा उठाउन बाध्य भएका हुन् । रासस ।
संरक्षणको पर्खाइमा काठमाडौंका पार्क (फोटो फिचर)
काठमाडौं । धुलो धुँवा भीडभाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? धेरैलाई काठमाडौं शहर घुम्दा यस्तै लाग्छ । तर काठमाडौंमा थोरै भएपनि यस्ता सुन्दर र शान्त अनि खुला ठाउँ छन् । २०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाउँको महत्व बढेको छ । सरकारी र निजी क्षेत्र शहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन् । पार्कमा घुम्ने संस्कृति पछिल्लो समय बढ्दै गइरहेको पनि छ । भागदौडपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्याएर आजकलका राजधानीवासी घुम्न निस्कन्छन् । लामो बिदामा टाढा घुम्न जाने संस्कृति विकास भएको छ भने छोटो फुर्सदमा पार्क तथा खुला ठाउँमा टहलिने धेरै भेटिन्छन् । तस्बिर स्रोत : न्युज एजेन्सी नेपाल