छोटे राजाहरु खोकी लाग्दैमा विदेश जान थाले – डा.प्रकाशचन्द्र लोहनी

<p>काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशको नेतृत्वमा धनवादीहरुको प्रवेश भएको बताएका छन् । शनिवार माईतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुगेका पूर्वअध्यक्ष लोहनीले नेताहरु सत्ताको लुछाचुँडीमा मात्रै केन्द्रित हुने गरेको बताएका हुन् । उनले नेपालमा नै उपचार हुनसक्ने कुरामा करोडौँ खर्च गरेर विदेश पठाइएकोप्रति पनि असन्तुष्टि जनाए [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशको नेतृत्वमा धनवादीहरुको प्रवेश भएको बताएका छन् । शनिवार माईतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुगेका पूर्वअध्यक्ष लोहनीले नेताहरु सत्ताको लुछाचुँडीमा मात्रै केन्द्रित हुने गरेको बताएका हुन् ।

उनले नेपालमा नै उपचार हुनसक्ने कुरामा करोडौँ खर्च गरेर विदेश पठाइएकोप्रति पनि असन्तुष्टि जनाए । उनले वर्तमान नेताहरुलाई छोटे राजाको संज्ञा दिँदै सरकार र नेतृत्वले मनोमानी गरिहरहेको आरोप लगाए ।

उनले नेताहरुलाई करोडौँ रुपैयाँ दिएर विदेशमा उपचार गराउन पठाउने तर र आविष्कारको क्षेत्रमा लगानी नगरेर वैज्ञानिक समाजवाद कसरी आउँछ ? भन्दै प्रश्न गरे । उनले वर्तमान राज्यसत्ता थोरै मानिसको हीतको लागि मात्रै केन्द्रित भएको बताए । उनले सरकारले नेपालको विकासमा लागेका व्यक्तिलाई निरुत्साहीत गरिरहेको आरोप लगाए ।

‘उहाँको दृष्टिकोणलाई हामी समर्थन गर्दछौँ, आविष्कारको लागि चाहिने श्रोत, साधन राज्यले जुटाउनुपर्छ, हाम्रो राज्यले नेपालमा नै उपचार हुनसक्ने थुप्रै मान्छेहरुलाई नेपालका छोटे राजाहरु भन्नुस् न, छोटे राजालाई करोडौँ करोड खर्च गरेर, विदेशमा उपचारका लागि पठाउन सक्ने, तर करोडौँ नेपालीको आर्थिक अवस्था माथि उठाउन आविष्कारमा लगानी बढाऔँ भनेर हिँडेको व्यक्ति र संस्थालाई वास्ता नगर्ने भनेको वैज्ञानिक समाजवाद यही हो, जनतासँग प्रतिवद्ध राज्य भनेको यही हो’, उनले भने ।

पूर्वअध्यक्ष लोहनीले अयोग्य लडाकुलाई अर्बौं रुपैयाँ छुट्याउनसक्ने सरकारले आविष्कार प्रवद्र्धनका लागि बजेट छुट्याउन सक्दिन भन्नु नाटक भएको बताए ।

Share News