विकासन्युज

बैंकबाट कर्जा लिएर घरजग्गा र सेयरमा लगानी गर्नु व्यवसायीको पनि दोष

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकबाट लिएको कर्जा घरजग्गा, सेयर र गाडीमा लगानी गर्नु व्यवसायीको पनि दोष रहेको बताएका छन् ।बिहीबार ग्रिल तथा स्टिल व्यवसायी महासंघको महाधिवेशनमा बौल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन । अर्थतन्त्रमा वर्तमान समस्या र चुनौति आउनुमा निजी क्षेत्र,नियमन निकाय र सरकार पक्षको केही न केही दोष रहेको बताउँदै उनले भने,’मुलुक श्रीलंका बन्छ भन्दै मौद्रिक नीतिमा कडाई गर्ने पोलिसी मेकरको पनि दोष रहेको छ ।’ उनले वर्तमान मुलुकको अर्थतन्त्रको समस्या र चुनौतिबाट बाहिर आउनको लागि सबै पक्ष मिलेर जानुको विकल्प नभएको बताए । तथ्याङ्क विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको २।१६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपणले अर्थतन्त्र संकुचन देखिएको उनी बताउँछन् । ‘मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरुको लागि चुनौतिपूर्ण छ,’ उनले भने ।

म्याग्दीको तातोपानीमा गरिमा बैंकको एटिएम

काठमाडौं । गरिमा विकास बैंकले भुरुङ तोतोपानीमा एटिएम सेवा सुचारु गरेको छ । उक्त बैंकले उत्तरी म्याग्दीको तातोपानीमा मुस्ताङ्ग आउने जाने पर्यटकहरुलाई लक्षित गरि एटिएम सेवाको सुचारु गरेको हो । उक्त एटिएम एक कार्यक्रमका बिच यस विकास बैंकका संचालक दिपेन्द्र श्रेष्ठ र उक्त गाउँपालिका अध्यक्ष भरतकुमार पुन संयूक्त रुपमा एटिएम सेवाको उद्घाटन गरेका छन् । म्याग्दीकै पर्यटकीय स्थल भुरुङ तातोपानी भएर मुस्ताङ आउने जाने पर्यटकहरुलाई गरिमा विकास बैैंकको एटिएम काउन्टरले आर्थिक कारोबार गर्न सहज हुने अपेक्षा गरिएको बैंकले जनाएको छ । यस विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५० एटिएम साथै डिजि बटुवा, डेविट/क्रेडिट कार्ड लगायतका डिजिटल बैंकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

एलआइसी नेपालको अध्यक्षमा सिद्धार्थ महान्थि, संचालकमा तबलेश पाण्डेय

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको अध्यक्षमा सिद्धार्थ महान्थि नियुक्त भएका छन् । कर्पोरेशनको संचालक समितिको अध्यक्ष पदको रिक्त स्थानमा चैत १२ गतेको रेगुलर रिजोलुसनद्धारा उनी अध्यक्षमा नियुक्त भएका हुन् । महान्ती भारतिय जिवन बीमा निगमको वर्तमान अध्यक्षसमेत हुन् । यस्तै, कर्पोरेशनका संचालक सलस्यको रुपमा तबलेश पाण्डेय नियुक्त भएका छन् ।

कारोना भाइरस र डेंङ्गुबाट सङ्क्रमितको मृत्यु

काठमाडौं । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ । अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३० वर्षीय युवकको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए । नशासम्बन्धी रोगको उपचार गराउन अस्पतालमा भर्ना गरिएका युवकको यही वैशाख १७ गते पिसिआर पद्धतिबाट नमुना जाँच गराउँदा कोरोना ‘पोजेटिभ’ देखिएको थियो । त्यसको दुई दिनपछि पुनःनमुना जाँच गराउँदा डेङ्गुकोसमेत सङ्क्रमण देखिएपछि थप उपचारका लागि सङ्क्रमित युवकलाई भेन्टिलेटरमा राखिएको उनले बताए । युवकको अस्पतालमै गत चैत २५ गते नशासम्बन्धी समस्याको शल्यक्रिया गरिएको जनाइएको छ । यसअघि यही वैशाख ३ गते अस्पतालको सघन उपचार कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको थियो । सुदूरपश्चिम प्रदेशमा गत चैत महिनादेखि कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेको छ । सङ्क्रमण दर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको हो । खासगरी सीमा नाका हुँदै भारतबाट भित्रिने अधिकांश नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिने गरेको छ । कोरोना बढ्दै गए पनि तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरबाहीले रोगको सङ्क्रमण थप बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । कोरोना भाइरसको समस्या देखिएयता बीचमा झण्डै एकवर्षसम्म सुदूरपश्चिममा यो रोगका कारण हुने मृत्यु दर शून्य थियो । सङ्क्रमण पुनःबढ्न थालेपछि कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोपको मात्रा स्वास्थ्य संस्थामार्फत् लगाउन थालिएको छ । रासस

बेलायती विशाल ऊर्जा कम्पनी नाफामा

बेलायत । बेलायती विशाल ऊर्जा शेलले बिहीबार कम ऊर्जा मूल्यको बावजुद पहिलो त्रैमासिकमा आफ्नो नाफा बढाएको छ । एक वर्ष पहिले रूसबाट बाहिर निस्कँदा ठूलो शुल्कको मारमा परेको कम्पनीले यस त्रैमाषिकमा नाफा बढाएको हो । करपछिको नाफा एक वर्ष अघिको तुलनामा २२ प्रतिशतले बढेर ८।७ बिलियन डलर ६।७ बिलियन युरो पुगेको छ । जुन मस्कोले युक्रेनमा आक्रमण गरेपछि रुसबाट बाहिर निस्कँदा ३।९ बिलियन डलर शुल्क लिएको थियो । रासस

विदेशबाट फर्केर पशुपालन : मासिक डेढ लाख आम्दानी

गलेश्वर । आफ्नै गाउँमा कमाइ गर्न सकिएन भन्दै विदेश जान मरिहत्ते गर्ने युवाको भीडमा दरवाङका एक युवाले भने गाउँमा नै विदेशभन्दा बढी कमाउन सकिन्छ भन्ने कुरा प्रमाणित गरेका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ उपल्लो बजारका २८ वर्षीय युवा सुजन पौडेल चार वर्ष युएईमा काम गरेर फर्केपछि पुन: विदेश नजाने प्रण गर्दै गाउँमै गरेको भैँसी पालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । उपल्लो दरवाङको केबि एकेडेमी नजिकै २०७७ सालदेखि भैँसीपालन गरेका पौडेलले छ भैँसीबाट दैनिक ४० लिटर दूध दरवाङ बजारमा बिक्री गर्दै आएका छन् । प्रतिलिटर रु एक सय २० का दरले दूध बिक्री गर्दा पौडेलले दैनिक रु चार हजार आठ सय कमाइ गर्छन् । दूध बिक्रीबाट मासिक एक लाख ४४ हजार कमाइ गर्ने पौडेलले सबै खर्च कटाएर मासिक ८० हजारभन्दा बढी बचत गर्ने गरेका छन् । विसं २०७७ मा रु १२ लाखको लगानीबाट भैंँसी पालन सुरु गरेका पौडेलले अहिले लगानी बढाएर रु २० लाख जति खर्च भएको बताए । भैँसीपालनसँगै बाख्रापालन र तरकारी खेतीसमेत गरेका पौडेलको सबैतिरबाट आम्दानी जोड्दा मासिक रु एक लाखभन्दा बढी हुन आउँछ । ‘विदेशमा अरुको अधिनमा रही काम गर्दा पनि रु ४० हजारभन्दा बढी कमाइ हुँदैन्थ्यो’, पौडेलले भने, ‘यहाँ आफ्नै गाउँमा परिवारसँगै बसेर काम गर्ने हो भने रु एक लाखभन्दा बढी मासिक कमाइ गर्न सकिँदो रहेछ ।’ पौडेलले क्रस जातका बाख्रा पालेका छन् । पाङ्गारिक मलबाट तरकारी खेतीसमेत गरेका पौडेल आफ्नो काम र कमाइ दुवैबाट सन्तुष्ट छन् । ‘मलाई पनि सुरुमा विदेश जान पाए के के न हुन्छ होला जस्तो लाग्थ्यो, जब विदेश गएर त्यहाँका दुःख अनि त्यति दुःख गर्दा हुने आम्दानी देंखे, त्यसपछि विदेश बस्न मन लागेन र आफ्नै ठाउँमा आएर भैँसीपालन सुरु गरेको हुँ’, उनले भने । दरवाङ गाउँपालिकाको कृषि तथा भेटेरनरी शाखाबाट भकारो सुधारका लागि उनले चालु आर्थिक वर्षमा रु दुई लाख अनुदान पाउनुबाहेक स्थानीय तहबाट अरु कुनै सहयोग प्राप्त हुन नसकेको बताए । ‘आफ्नै गाउँमा केही गर्छु भनेर लागेका युवालाई स्थानीय तहले सहयोग गर्नुपर्छ, सरकारी अनुदान र सहयोगमा आफन्त, नातागोता र राजनीतिक आस्था हेरिनुहुन्न, यसो भयो भने मात्र सरकारले दिने सहयोग वास्तविक किसानसम्म पुग्छ र किसान प्रोत्साहित हुन्छन्’, पौडेलले भने । म्याग्दीबाट बर्सेनि विदेशिने युवाको लर्को लाग्ने गर्दछ । चालु आवको चैत मसान्तसम्ममा मात्र विदेश जानका लागि जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट पाँच हजार छ सय ८४ ले राहदानी लिएका जनाइएको छ । गत आव २०७८/७९ मा कार्यालयबाट चार हजार ७४ ले राहदानीका लागि सिफारिस लिएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले गत वर्षभन्दा यस वर्ष राहदानी लिने सङ्ख्या बढेको बताए । राहदानी लिने युवायुवती बढी छन् । विवाहित र नाबालक व्यक्ति राहदानी बनाउने पनि छन् । अमेरिका, युरोप, अस्ट्रेलिया, जापानसँगै खाडी मूलुकमा रोजगार, व्यवसाय, अध्ययन र पारिवारिक भेटघाटका लागि जानेको सङ्ख्या बढेसँगै राहदानी बनाउनेको सङ्ख्या बढेकोे सहायक प्रमुख जिल्ला अधिकारी पन्तले बताए । अध्ययनका लागि विदेश पलायन हुने अधिकांश अध्ययनका लागिभन्दा पनि रोजगारकै लागि जाने प्रचलन छ । रासस

इसेवाले ल्यायो १ रुपैयाँमै ४ जनाको लागि स्वास्थ्य सेवा

काठमाडौं । इसेवाले एकमा ४ अफर ल्याएको छ । इसेवाले १ भन्दा कममा चारजना आफन्त र साथीभाईको पूर्ण हेल्थ केयर खरिद गर्न सकिने अफर ल्याएको हो । यस अफर अन्तर्गत दैनिक १ भन्दा कम रूपैयाँमै आफुसहित अन्य चार जना आफन्त तथा साथीभाईको पूर्ण हेल्थ केयर सुविधा खरिद गर्न सकिनेछ । यस अफरमा आफन्त र साथीभाईलाई समेत समावेश गर्न सकिनेछ । यस अफरमा सहभागी हुन आफ्नो पूर्ण हेल्थ केयर खरिद गर्न दैनिक १ भन्दा कम अर्थात् वार्षिक ३ सय ६० रूपैयाँ भुक्तानी गर्नुपर्नेछ । यस्तै आफ्ना अन्य परिवारका सदस्यलाई समावेश गर्नु परेमा हरेक सदस्यको वार्षिक २ सय ७० रूपैयाँ शुल्क लाग्नेछ । यसैगरि आफुसहित साथीभाईलाई समावेश गर्नुपरेमा एक जना साथीको वार्षिक ३ सय ६० रूपैयाँका दरले शुल्क भुक्तानी गर्नुपर्नेछ । इसेवाले आफ्ना प्रयोगकर्ता र उनीहरूका आफन्त र साथीभाईलाई स्वास्थ्य तथा आइपर्ने दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा यस किसिमको सुविधा लिएर आएको हो । यस सुविधा प्रयोग गर्नका लागि इसेवाको मोबाईल एप्स्मा गइ इसेवा केयर सेवा अन्तर्गत यो प्याकेज खरिद गर्न सकिनेछ । जहाँ ग्राहकहरू आफु, आफ्नो परिवार तथा साथीभाईलाई थुप्रै स्वास्थ्य सेवाहरूका साथै स्वास्थ्य बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सकिने कम्पनीले जनाएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट दिइने दुर्घटना उपचार खर्च, अस्पतालको बेड शुल्क, मृत्यु र अशक्ततालाई एकलाख रूपैयाँसम्मको बीमा दाबी गर्न सकिनेछ । यस प्योकज अन्तर्गत आकस्मिक उपचार र चिकित्सा परिक्षण तथा चोट पटक तथा दुर्घटनापछि अस्पतालमा बुझाउनुपर्ने शुल्कको दाबी गर्न सकिनेछ । यस प्याकेजमा एक लाख भन्दा बढिको दुर्घटना बीमा, २४–घण्टा भन्दा बढीको अस्पतालमा भर्ना भएमा १० हजारसम्मको उपचार खर्च, छाला, कपाल तथा ब्यूटी केयरमा २० प्रतिशत छुट प्राप्त गर्न सकिन्छ । यसैगरी दाँत सफा गर्दा एवं दन्त उपचारमा रू पाँच सय छुट, फुल बडि चेकअपमा ५० प्रतिशत छुट तथा आँखा र फिटनेस सेवामा २५ प्रतिशत छुट प्राप्त गर्न सकिन्छ भने इसेवामा एक सय रिवार्ड पोइन्ट प्राप्त गर्न सकिन्छ । यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्नको लागि ३५ दिन भित्र हिमालयन एभरेष्ट इन्स्योरेन्स्मा आवश्यक कागजात सहित सम्पर्क गर्नुपर्नेछ । यस अफरमा गर्भावस्था, गर्भपतन, जन्म नियन्त्रण, बाँझपनको उपचारका जटिलता, मानसिक, जन्मजा, एचआइभी, रक्सी, आत्महत्या, वैकल्पीक शल्यक्रिया, प्लास्टिक सर्जरी, नियमित परिक्षण गरिरहनुपर्ने रोगहरूमा भने यो हेल्थ केयर प्याजेजबाट बीमा दाबी गर्न सकिने छैन । यस प्याकेजमा बीमा खरिद गरेको ३० दिनपछि मात्र अस्पताल भर्नाको दाबी गर्न सकिन्छ । साथै यो अफरमा ६० वर्ष भन्दा कम उमेर समुहका व्यक्तिहरूले मात्र सहभागिता जनाउन सकिनेछ ।

१२ अंकले बढ्यो नेप्से, नबिल बैंकको प्रमोटर सेयर सबैभन्दा बढी कारोबार

काठमाडौं । बिहीबार सेयर बजार १२.७३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार बिहीबार सेयर बजार बढेर १८६९.७३ विन्दुमा पुगेको छ । आज २५ लाख ३३ हजार कित्ता सेयर किनबेच हुँदा ७३ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा बढी कमाउनेमा एनआइबिएल ग्रोथ फण्ड रहेको छ । कम्पनीको बिहीबार सेयर प्रति कित्ता सेयर मूल्य ८.३६ रुपैयाँले बढेको छ । यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा एनएमबि डिबेन्चर ८.८० प्रतिशत-२०७७/७८ ले प्रति कित्ता ५१.९० रुपैयाँ गुमाएको छ । यस्तै, आज सबैभन्दा बढी नबिल बैंकको प्रमोटर सेयर किनबेच भएको छ । कम्पनीको ४ लाख ५० हजार रुपैयाँको सेयर किनबेच भएको छ ।