बैंकबाट कर्जा लिएर घरजग्गा र सेयरमा लगानी गर्नु व्यवसायीको पनि दोष

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकबाट लिएको कर्जा घरजग्गा, सेयर र गाडीमा लगानी गर्नु व्यवसायीको पनि दोष रहेको बताएका छन् ।बिहीबार ग्रिल तथा स्टिल व्यवसायी महासंघको महाधिवेशनमा बौल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन । अर्थतन्त्रमा वर्तमान समस्या र चुनौति आउनुमा निजी क्षेत्र,नियमन निकाय र सरकार पक्षको केही न केही दोष रहेको बताउँदै [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकबाट लिएको कर्जा घरजग्गा, सेयर र गाडीमा लगानी गर्नु व्यवसायीको पनि दोष रहेको बताएका छन् ।बिहीबार ग्रिल तथा स्टिल व्यवसायी महासंघको महाधिवेशनमा बौल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन ।

अर्थतन्त्रमा वर्तमान समस्या र चुनौति आउनुमा निजी क्षेत्र,नियमन निकाय र सरकार पक्षको केही न केही दोष रहेको बताउँदै उनले भने,’मुलुक श्रीलंका बन्छ भन्दै मौद्रिक नीतिमा कडाई गर्ने पोलिसी मेकरको पनि दोष रहेको छ ।’

उनले वर्तमान मुलुकको अर्थतन्त्रको समस्या र चुनौतिबाट बाहिर आउनको लागि सबै पक्ष मिलेर जानुको विकल्प नभएको बताए ।

तथ्याङ्क विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको २।१६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपणले अर्थतन्त्र संकुचन देखिएको उनी बताउँछन् । ‘मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरुको लागि चुनौतिपूर्ण छ,’ उनले भने ।

Share News