विकासन्युज

करिडोरले फेरियो कालापानीको मुहार

पर्वत । कुनैबेला मकै, घिउ, चामल, महलगायत स्थानीय उत्पादनको भारी बोकेर पाँच दिन हिँडेपछि बुटवल पुगिन्थ्यो । आफूले लगेको वस्तुसँग नुन, चिनी, चियापत्ती जस्ता वस्तु साटेर फेरि पाँच दिनको पैदल यात्रा गरेर फर्किंनुपथ्र्यो । उतिबेला निकै दुःख थियो । सडक, बिजुली भन्ने कुरा कल्पनासमेत गरिएको थिएन । चार दशकअघिका दुःख, पीडा सम्झिँदै छन् दक्षिण पर्वतको विहादी गाउँपालिका वडा नं २ बर्राचौरका ८३ वर्षीय इन्द्रप्रसाद पराजुली । ‘नुन बोक्न जाँदा कतिपय बाटोमै बित्ने गर्थे भने कति भिरबाट लडेर अङ्गभङ्गसमेत हुने गर्दथे’, उनले विगत सम्झिँदै सुनाए, ‘म पनि बीसौँ पटक नुनको भारी बोक्न आफन्तसँग गएको थिए, अहिलेको यो परिवर्तन देख्दा र ती कहाली लाग्दा दिन उमेर सम्झेर अचम्म लाग्ने गर्दछ ।’ कुनैबेला विकासले पिछडिएर जिल्लाकै कालापानी भनेर परिचित दक्षिण पर्वतका तीन पालिकाको अवस्थामा भने अहिले आकाश जमिनको फरक परिसकेको छ । उत्तर दक्षिण जोड्ने सवैभन्दा छोटो मार्ग कालीगण्डकी करिडोर विस्तारपछि कालापानीको परिचय फेरिएर सुगम क्षेत्र बन्न पुगेको छ । विसं २०६५ देखि सुरु भएको यो सडक विस्तारले लगभग पूर्णता पाएको छ । अहिले भने बिहान हिँड्यो भने बुटवल, पाल्पा, पोखरा जहाँ गए पनि बेलुका गाउँ फर्केर आई पुगिन्छ । ‘निकै सहज भएको छ’, पराजुलीले भने, ‘हामी बूढाबूढी त अहिलेको यो सडक र बिजुली देख्दा आश्चर्यचकित भएका छौँ ।’ विहादी–१ का बृद्ध गगनबहादुर क्षेत्रीले कालीगण्डकी करिडोर खुलेपछि यस क्षेत्रको मुहार नै परिवर्तन भएको बताए । उनले विगतमा हप्तौँ दिन लागेर भारी बोक्नुपर्ने, खच्चरमा सामान बोक्नुपर्ने, डोकोमा बिरामी बोकेर अस्पताल पुर्याउनुपर्ने जस्ता समस्या हटेर गएको बताए । विगतको अवस्था हेर्दा अहिले स्वर्गजस्तै लाग्ने गरेको उनको अनुभव छ । करिडोर खुलेपछि आसपासमा पक्की घर निर्माण भएका छन् भने बाच्छा, कर्नास, बरौचौर, रानीपानी, फलेवासलगायतका ठाउँमा बजारसमेत विस्तार भएका छन् । ‘पहिले लत्ताकपडा, खाद्यान्न, नुन, मट्टितेल, चिनीलगायत घरायसी सामान चाहिए पैदलै हिँडेर बटौली जानपथ्र्यो, अहिले भने जे खोज्यो त्यही दैलोमै ल्याएर गाडिले झार्दिन्छ’, बाच्छा स्थानीय भीमबहादुर खड्काले भने, ‘अहिले धेरै सुविधा भएको छ ।’ कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने ५३ किलोमिटरमध्ये हालसम्म २० किलोमिटर कालोपत्र भइसकेको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डको भौतिक प्रगति ६५ प्रतिशत छ । स्याङ्जाको मिर्मिदेखि पर्वतको सेतीवेणीसम्मको १० किलोमिटर सडक भौगोलिक अवस्थाका कारण दु्रतगतिमा निर्माण हुन नसके पनि अन्य खण्डमा भने धमाधम काम भइरहेको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ । करिडोरका अधिकांश ठाउँमा स्तरोन्नति भई कालोपत्र हुने चरणमा रहेको छ भने बाँकी काम ट्र्याक खुलेर फाउन्डेशनको काम भइरहेको छ । कालीगण्डकी करिडोर आयोजना गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डका आयोजना प्रमुख शङ्कर पौडेलका अनुसार रानीपानीदेखि फलेवास ढिकसम्मको २२ किमी सडकमा अझै तीन किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । बर्राचौरस्थित खबरको भीर र पाङराङदेखि फलेवासको ढिकसम्मको सडक कालोपत्र गर्न बाँकी रहेको हो । आयोजनाका अनुसार सेतीवेणीदेखि रानीपानीसम्मको सात किलोमिटर तयारी अवस्थामा रहेको छ भने खबरको भिरमा ढलानको काम भइरहेको छ । यस्तै पाङराङको कर्नास खोलादेखि फलेवास ढिकसम्मको सडकमा एक किलोमिटरबाहेकको काम पनि कालोपत्रको अन्तिम तयारीमा रहेको आयोजनाले जनाएको छ । कुर्घाको भिरदेखि फलेवासको ढिकबीचको सडकमा काम गर्न केही समस्या भए पनि जेठभित्रमा कर्नास खोलादेखि कुर्घा भिरसम्मको भागमा समेत कालोपत्र गर्ने तयारी भइरहेको आयोजना प्रमुख पौडेलले जानकारी दिए । आयोजनाका अनुसार छिटो काम सक्न धेरै निर्माण कम्पनीलाई खण्डखण्डमा काम गर्न बोलपत्र आह्वान गरिएको हो । सेतीबेणीदेखि पर्वतको रानीपानीसम्म सात किलोमिटर सडकमा प्यासिफिक जलजला जेभीले कालोपत्रको काम सुरु गरिसकेको र केही दिनमा पूरा हुने आयोजनाले जनाएको छ । यो खण्डमा ६५ प्रतिशतभन्दा बढी सकिएको छ । रानीपानीदेखि फलेवास ढिकसम्मको २२ किलोमिटर सडकखण्डमा पनि कालोपत्र गर्न दुई निर्माण कम्पनीले काम गरिरहेका छन् । सो खण्डको रानीपानीदेखि खबरको भिरसम्म छ किमी सडकको काम महालक्ष्मी पाण्डे एण्ड कम्पनी जेभीले गरेको छ । खबरको भिरदेखि फलेवास ढिकसम्मको सडकखण्डको १६ किमीमा स्वच्छन्द वर्डवाइड ओमबुद्ध जेभीले स्तरोन्नति र कालोपत्र गर्ने काम गरिरहेको छ । सेतीवेणीदेखि फलेवास सडक खण्ड यसै आर्थिक वर्षमा नै कालोपत्र सम्पन्न गर्ने लक्ष्य छ । फलेवासदेखि अर्मादीसम्मको भागमा भने सोचेअनुसार प्रगति भएको छैन । ढिकदेखि मोदीवेणीसम्मको भागमा ट्र्याक खोलेर केही स्तरोन्नतिका काम भए पनि अन्य फाउन्डेशनको काम हुन नसकेको आयोजनाले जनाएको छ । करिडोरको मिर्मी, मोदीवेणी र सेतीवेणीमा मोटरेबल पुलको काम सकिएको छ भने फलेवास र कुर्घाबीचको लमाए खोलामा पुल निर्माणको काम भइरहेको छ । सरकारले आगामी आव २०८०/८१ को बजेटमा समेत यो करिडोरलाई प्राथमिकतामा राखेकाले बजेटको समस्या नहुने आयोजनाले जनाएको छ । रासस

व्यक्ति बदलिएमात्र कांग्रेस बदलिन्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यक्ति बदलिएमात्रै कांग्रेस बदलिने बताएका छन् । नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उनले कांग्रेस बदलिनका लागि कांग्रेसभित्रका व्यक्ति बदलिनुपर्ने आवश्यकता रहेको बताए । ‘कुशासन, बेतिथी र भ्रष्टाचार अन्त्य गरी भविश्य दिने पार्टीका रुपमा कांग्रेसलाई स्थापित गर्न सकेमात्र कांग्रेसप्रति जनतामा आकर्षण पैदा हुन्छ’, उनले भने । पार्टीभित्र विश्वास फर्काउन कांग्रेस बदलिनुपर्नेमा उनले जोड दिए । महामन्त्री थापाले सङ्घ, प्रदेश र स्थानीय तहमा सबैभन्दा धेरै सिट जितेको कांग्रेसले जनतामा आशालाग्दो काम गरे आगामी निर्वाचनमा अझ धेरै सिट जित्ने दाबीसमेत गर्नुभयो । “कांग्रेसभित्रको गुठ भत्काउनुपर्छ, सदस्यता प्रणाली बदल्नुपर्छ, उम्मेदवार संसदीय समितिले होइन जनताले छान्ने व्यवस्था गर्नुपर्छ’, महामन्त्री थापाले भने । महामन्त्री थापाले टिकटका लागि पार्टी नेतृत्वतिर फर्कने अवस्थाको अन्त्य गरी जनतातिर जाने परिस्थिति पार्टीभित्र सिर्जना गर्नुपर्ने बताए । कांग्रेस बदलिए देशको परिस्थिति बदलिने उनको भनाइ थियो । उनले श्रमजीवी पत्रकारको पक्षमा नेपाल प्रेस युनियन लाग्नुपर्ने बताए । कांग्रेसले विधिको शासन, लोकतन्त्र र प्रेस स्वतन्त्रताको बेवास्था गरेमा खबरदारी गर्ने काम प्रेस युनियनको भएको उनको भनाइ थियो ।

राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुको रिलायबल लाइफले गरिदियो बीमा

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुलाई सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  खेलाडीहरुलाई सहयोग गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले राष्ट्रिय क्रिकेट टीमका सम्पूर्ण खेलाडीहरुको जेठ १६ गते मंगलबार रिलायबल म्यादी जीवन बीमा गरिदिएको हो । कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले राष्ट्रको नाम उच्च राख्ने खेलाडीहरुलाई यस किसिमको सहयोगले अझ बढी प्रोत्साहान गर्ने र यस्तो कार्यमा सहभागी हुँदा गर्व महशुस भएको बताए । कम्पनीले ५० लाख भन्दा बढी बीमालेखहरु जारी गरिसकेको छ ।

‘आइएमई पे’ सुरक्षित विद्युतीय वालेट भएको प्रमाणित

काठमाडौं । आइएमई डिजिटल सोलुसनको ‘आइएमई पे’ ले हालै ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम भएकाे पुष्टि भएकाे छ । आइएमई पेले केही समय यता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पिसिआई डीएसएसको मापदण्डहरु पुरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो । सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात नविकरण गरिन्छ । यसैक्रममा यो वर्ष पनि आइएमई पेले सिसा पिसिआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरु पुराएर नविकरण गरेको छ । आइएमई पेले अन्तरराष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहकवर्गको निजी तथा संवेदनशील जानकारीहरुको गोपनियता कायम गर्नका साथै डाटा उल्लङ्घन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको हो ।

नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई आग्रह

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले बिहीबार साँझ नयाँ दिल्लीमा आयोजना गरेको ‘नेपाल–भारत बिजनेस समिट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीमैत्री वातावरण भएकाले खुल्ला हृदयका साथ नेपालमा लगानीका गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका हुन् । ‘नेपाल सरकारले नीतिगत, कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको छ, लगानीमैत्री वातावरण बनाउन र लगानी भित्र्याउन सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार छ,’ उनले भने । प्रधानमन्त्री प्रचण्डले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट अगाडि बढ्न वर्तमान सरकार तयार रहेको समेत स्पष्ट पारे । भारतका वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र नेपालबीचको सम्बन्ध राजनीतिक वा भूराजनीतिक वा आर्थिक मामिलाहरूमा सीमित नभएको बताए । ‘हामीसँग साझा इतिहास छ । गहिरो सांस्कृतिक आत्मीयता, र बलियो मित्रता छ,’ उनले भने, ‘यो साझेदारी र मित्रता होइन, यो एक परिवार हो, हामी भारतबाट नेपाल र नेपालबाट भारतमा धेरै व्यापार र लगानी प्रवाह भएको देख्न चाहन्छौं, म विश्वस्त छु कि हामी दुवै देशका बालबालिकाको साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर काम गर्न सक्छौँ ।’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी मैत्री नीति, नियम तथा कानुनी सुधारमा भइरहेका प्रयासहरुले अहिले नेपालमा लगानी गर्ने उपयुक्त समय रहेको बताए । उनले नेपालमा रहेका भारतीय कम्पनीहरुले राम्रो नाफा आर्जन गरिरहेको दृष्टान्त पेश गर्दै यो सफलताको उदाहरण नै नेपालमा लगानी गर्न प्रयाप्त आधार रहेको बताए । ढकालले नेपालका उर्जा, जलस्रोत, कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार विकासमा लगानी गर्न सकिने जानकारी दिए । उनले नेपाल उद्योग वाणिज्य महासंघले भारतीय निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आवश्यकता अनुसार सहजीकरण गर्ने र नेपालको निजी क्षेत्रले साझेदारी समेत गर्न सक्ने बताए । भारतीय उद्योग परिसंघका अध्यक्ष आर दिनेशले भारत र नेपालबीचको भौगोलिक निकटताको लाभ उठाउन र पारस्परिक विकासको लागि एक अर्काको बजारहरूका अवसर ट्याप गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरुण तेस्रो जस्तो ठुलो आयोजनाको सफल कार्यान्वयनले नै नेपाल लगानीका लागि सहज गन्तव्य रहेको स्पष्ट रहेको बताए ।

कर्णाली नदीको पुलमा टिकटक बनाउनेको भीडले दुर्घटनाको जोखिम बढ्यो

काठमाडौं । कैलालीको लम्की नगरपालिकाको चिसापानीस्थित कर्णाली नदीको पुलमा टिकटक बनाउनेहरुको भीडले दुर्घटनाको जोखिम बढाएको छ । पुलमा सेल्फी खिच्नेदेखि टिकटक बनाउनेहरुको भीडका कारण दुर्घटनाका घटनाहरु बढ्न थालेका हुन् । चिसापानीको सीमानासँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली पुलको अवलोकन गर्ने पर्यटकको संख्या बढ्नु सकारात्मक भएपनि बीच सडकमै टिकटक बनाउनेहरुका कारण जोखिम बढाएको हो । चिसापानीलाई पश्चिम नेपालको एक प्रसिद्धस्थलका रुपमा लिइन्छ । पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकहरू कर्णाली नदीको चिसो हावामा रमाउन पुग्दा स्थानीय बजारीकरणलाई फाइदा पुगेको भएपनि आवश्यक शतर्कता अपनाउन नसक्दा समस्या भएको हो । कर्णाली नदीको पुलमा जोखिमपूर्ण ढंगले टिकटक बनाई भाइरल बन्न चाहनेहरुको क्रियाकलापका कारण सवारी आवागमनमा नै समस्या पर्ने गरेको चालकहरु बताउँछन् । पर्यटक लिएर चिसापानी आएका चालक कृष बोहराले शनिवार पुलमा सवारी पास गर्न समेत समस्या हुने गरी टिकटक बनाउनेहरुले भरिने बताए । उनले भने, ‘सवारी साधन साइडमा राखेर राजमार्गकोबीच सडकमा नै बसेर टिकटक र सेल्फि खिच्ने गर्छन् । शनिवार र बिदाको दिन त यहाँ धेरै भीडभाड हुन्छ । त्यस्तोमा त सवारी साधन पास हुन समेत समस्या हुन्छ । यसले दुर्घटनाको जोखिम बढाउँछ । यसलाई व्यवस्थित बनाउँदा सबैलाई फाइदा पुग्ने थियो ।’ पछिल्लो समय कर्णाली नदी क्षेत्र र पुलमा चिसो हावा चल्ने भएकाले गर्मी छल्नका लागि पुग्ने आन्तरिक तथा वाह्य पर्यटकको संख्या प्रतिदिन बढ्न थालेको छ । २०५० सालमा जापानिज कम्पनीले निर्माण गरेको सो पुलको तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाले उद्घाटन गरेका थिए । पुलको बीचमा रहेको ठूलो खम्बामा स्टिलका तारहरू बाँधेर अड्याइएको छ । तारलाई ट्रसमा आकर्षक ढंगले बाँधेर राखिएको छ । यो दृश्य हेर्नकै लागि पर्यटक पुलमा जाने गर्छन् । पुलको लम्बार ५०० मिटर र १० मिटर चौडाई रहेको छ । पछिल्लो समय कर्णाली नदीमा ¥याफ्टिङ गर्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्या समेत बढ्दो छ ।

बिजनेशमा आइएमईपछि नेशनल लाइफ आक्रामक, सिटिजन र सानिमा रिलायन्सबीच प्रतिस्पर्धा

काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएको आइएमई लाइफ इन्स्योरेन्स बिजनेशमा आक्रामक देखिएको छ । गत बैशाखसम्मको तथ्यांकअनुसार बीमाशुल्क संकलनमा आइएमई लाइफ अन्य कम्पनीको तुलनामा आक्रामक देखिएको हो । आइएमई लाइफले एक वर्षको अवधिमा २७.२१ प्रतिशत बढी बीमाशुल्क संकलन गरेको छ । गत आवको बैशाखमा २ अर्ब ५६ करोड ७५ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आवको बैशाखसम्ममा ३ अर्ब २६ करोड ६२ लाख रुपैयाँ संकलन गरेको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार प्रतिशतको आधारमा सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा आईएमई लाइफपछि नेशनल लाइफ रहेको छ । समीक्षा अवधिमा नेशनल लाइफले १२.८५ प्रतिशतले आफ्नो बिजनेश वृद्धि गरेको छ । २०७९ बैशाखसम्ममा १० अर्ब ९८ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको कम्पनीले २०८० को सोही अवधिमा १२ अर्ब ३९ करोड रुपैयाँ संकलन गरेको छ । त्यस्तै, दोहोरो अंकको प्रतिशतले बिजनेश वृद्धि गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स छ । इन्स्योरेन्सले एक वर्षको अवधिमा १०.६९ प्रतिशतले प्रिमियम बढाएर एक अर्ब ३१ करोड २० रुपैयाँ संकलन गरेको तथ्यांकले देखाएको छ । सबैभन्दा बढी रकमको प्रिमियम संकलन गर्नेमा भने नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सले २९ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । जुन २०७९ बैशाखको तुलनामा ४.५७ प्रतिशतले बढी हो । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले बिजनेसमा नेपाल लाइफलाई पछ्याइरहेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशनले ४.९० प्रतिशतले बिजनेश बढाएर १४ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ । बिजनेश बढाउनेमध्ये सिटिजन लाइफ र हालै मर्ज भई बनेको सानिमा रिलायन्स लाइफबीच कडा प्रतिस्पर्धा देखिएको छ । समीक्षा अवधिमा सिटिजन लाइफले ४ अर्ब ४२ करोड र सानिमा रिलायन्सले ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । जुन गत आवको तुलनामा क्रमशः ३.३९ र ३.०६ प्रतिशतले बढी हो । साविकको सानिमा लाइफ र साविकको रिलायन्स लाइफ मर्ज भइ सानिमा रिलायन्स लाइफ बनेका हुन् । प्राधिकरणको तथ्यांक अनुसार सबै कम्पनी अर्ब क्लबमा प्रवेश गरेका छन् । समीक्षा अवधिमा अधिकांश कम्पनीको व्यवसाय बढेको छ भने ५ वटा कम्पनीको भने घटेको छ । हिमालयन लाइफ, सूर्यज्योति लाइफ, मेट लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाइफको बीमाशुल्क भने गत वर्षको तुलनामा घटेको छ । कुन कुनको बढ्यो/घट्यो ?

निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका १० प्रतिशत नागरिकहरुको निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने बताएका छन् । शुक्रबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर हस्पिटलको अनुगमन गर्दै मन्त्री बस्नेतले विपन्न नागरिकलाई निःशुल्क उपचार गरेको विवरण मागेका छन् । अस्पताल सञ्चालनको स्वीकृति लिँदा गरेको सम्झौता अनुरुप १० प्रतिशत निःशुल्क उपचार गर्न निर्देशन दिए । उनले भने, ‘जसले सम्झौता अनुसार सेवा दिएको छैन, कानूनी परिधिभित्र रहेर हामी कारबाही शुरु गर्छौं ।’ मन्त्री, सांसद वा नेताहले सिफारिस गर्दा बेड पाउने, नभए नपाउने अवस्थाको अन्त्य गर्ने समेत उनले बताए । ‘मन्त्रीको सिफारिस भए पनि एउटै, सर्वसाधारणको भए पनि एउटै । सिफारिस पनि चाहिएन । खाली छ भने लाने, छैन भने लानु परेन’, वेडको विवरण वेबसाइटमा राख्ने भन्दै स्वास्थ्यमन्त्री बस्नेतले भने, ‘वेबसाइटमा राखिएको कुरा झुटा सावित भयो भने त्यो हस्पिटललाई हामी कारबाही गर्छौं ।’ उनले अनुगमनका क्रममा अस्पताल प्रशासन, चिकित्सक, बहिरंग सेवामा भर्ना भएका बिरामी, आकस्मिक सेवामा भर्ना भएका बिरामीहरुलाई भेटी अस्पतालले दिएको सेवाको सम्बन्धमा जानकारी लिएका थिए । उनले अस्पताल अनुगमनको काम जारी राख्ने बताए ।