
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको रिङरोड भित्र रहेका टिकट काउण्टरहरुको बोर्ड हटाउने भएको छ । बिहीबार महानगरले सो सम्बन्धी निर्णय गरेको हो ।
असार १ गतेबाट टिकट काउन्टरहरुको बोर्ड हटाउने निर्णय भएको महानगर प्रहरीले जनाएको छ । साथै उपयुक्त स्थानमा टिकट बुकिङ कार्यालय स्थापना गर्नको लागि महानगरले जगतमान श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल समेत गठन गरेको छ । यात्रुहरु बीचमा चढाउने तथा उतार्ने विषयमा पनि सोही कार्यदलले स्थान तोक्ने जनाइएको छ ।
कार्यदलको सदस्यमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि, भीमज्वाला राई, जगनाथ गौतम, दीपक केसी, डेकनाथ गौतम, राजन रोक्का, केदार क्षेत्री, राजेन्द्र आचार्य, नारायण भट्टराई, राजुनाथ पाण्डे, जिल्ला प्रहरी परिषद्, यातायात व्यवस्था विभाग र ल्होत्से बहुउद्देश्य प्रालि सदस्य रहेका छन् ।