विकासन्युज

पोखरा महानगरले दिवा खाजामा १० रुपैयाँ थपेर २५ पुर्याउने

पोखरा । पोखरा महानगरपालिकाले विद्यालयमा विद्यार्थीलाई दिइने दिवा खाजाको रकममा १० रुपैयाँ थपेर २५ रुपैयाँ पुर्याउने भएको छ । महमानगरले आगामी आर्थिक वर्षको लागि आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित गर्दै स्वस्थ र पोषणयुक्त दिवा खाजाको लागि सो व्यवस्था गरेको हो । ‘खाजावापत उपलब्ध गराइदै आएको रकममा महानगरको तर्फबाट रु. १० थप गरी प्रति विद्यार्थी रु. २५ पुर्याइने छ । खाजाको रुपमा जब्क फुडको उपयोगलाई निषेध गरिनेछ’, महानगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नेशनल लाईफको बृहद अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम सम्पन्न, एमडिआरटी गराउने

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सनिबार दमक झापा स्थित कस्मिक पार्टि प्यालेसमा प्रि एमडिआरटी सम्मान तथा बृहद अभिकर्ता तालिम कार्यक्रम सम्पन्न गरेको छ । ‘रन फर इन्कम चेज योर एमडिआरटी’ भन्ने नाराका साथ कम्पनीको कोशी प्रदेशमा रहेका शाखा कार्यालयहरुसंग आवद्ध भई बीमा व्यवसाय गर्दै आईरहेका अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गराई एमडिआरटीको लक्ष्य पुरा गराउने उदेश्यले सम्पन्न गरिएको छ । सो कार्यक्रमको प्रमुख अतिथि एवं प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूले पानसमा द्धिप प्रज्वलन गरी शुभारम्भ गरेका थिए । सो अवसरमा उपस्थित करिब ७०० जना अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गरी एमडिआरटीको लक्ष्य पुरा गराउने उदेश्यका साथ चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झा ले तालिम प्रदान गरेका थिए । समारोहमा प्रमुख कार्यकारी अधिकृतले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको, कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी गराउँदै अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने छ । कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सँधै प्राथमिकतामा राख्ने प्रतिवद्धत्ता अनुसार यो कार्यक्रम काठमाडौं, नेपालगंज, धनगढी, पोखरामा सम्पन्न गरीसकेको र यसैको निरन्तरता अनुसार आज दमकमा गर्न लागिएको जानकारी गराएका थिए । कम्पनीका दमक शाखाका शाखा प्रमुख सुमन कुमार राईले संचालन गरेको सो समारोहमा समय भन्दा अगावै एमडिआरटीको लक्ष्य पुरा गरी सकेको दमक शाखा अन्तर्गतका अभिकर्ता रिता राई शेर्मा तथा उर्लावारी शाखाका अभिकर्ता एलिशा आले मगरलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान गरेका थिए । कार्यक्रममा सहभागि अभिकर्ताहरुले अभिकर्ताको व्यवसायिक दक्षता अभिवृद्धि गर्न आजको तालिम सार्थक रहेको प्रतिक्रिया व्यक्त गरेका थिए भने कार्यक्रममा सम्मानित भएका अभिकर्ताहरुले आफ्नै थलोमा आई प्रमुख कार्यकारी अधिकृतज्यूबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए । कार्यक्रम कम्पनीको कोशी प्रदेशका प्रदेश प्रमुख नरेन्द्र कुमार बाछाना राई को सभापतित्वमा सम्पन्न भएको थियो ।

सेयर बजारमा छायो हरियाली, परिसूचक ६२ अंकले बढ्दा साढे ६ अर्बको कारोबार

काठमाडौं । आइतबार सेयर मूल्य मापक नेप्से परिसूचक ६२.२१ अंकले बढेको छ । कारोबार खुलेदेखि उकालो लागेको परिसूचक बजार बन्द हुँदा ३.०३ प्रतिशतले बढेर २११७.७३ बिन्दुमा पुगेको हो । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । दिनभरको कारोबारमा ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन गत बिहीबारको तुलनामा ३ अर्ब ५ करोडले बढी हो । गत बिहीबारको बजारमा ३ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आइतबार बढी कारोबार गर्नेको अग्रस्थानमा शिवम् सिमेन्ट रहेको छ । शिवम्को ४९ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, दोश्रो स्थानमा सोल्टी होटेल रहेको छ । जसको ३८ करोड ९० लाख रुपैयाँ बराबरको सेयर एकैदिन कारोबार भएको छ । उच्च अंकले बढेको बजारमा ९ कम्पनीको सेयर मूल्य ९.५ प्रतिशतभन्दा बढीले बढेको छ । जसमा ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, हिमालयन लाइफ, एनएमबी ५० र सामलिङ पावर कम्पनी रहेका छन् । त्यस्तै, बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशत, सिटी होटलको ९.९९ प्रतिशत, शिवम् सिमेन्टको ९.९८ प्रतिशत, हिमालय उर्जा विकास कम्पनीको ९.७७ प्रतिशत र नेपाल इन्स्योरेन्स कम्पनीको ९.७४ प्रतिशतले सेयर मूल्य बढेको छ । मर्जर प्रकृयामा रहेको प्रभु लाइफ इन्स्योरेन्सको पनि ९.४८ प्रतिशतले सेयर मूल्य बढेको छ । बजारमा कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् ।

मनसुनको समयमा पनि तातो हावाको लहर फैलिनसक्ने

काठमाडौं । यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र खेतीबालीमा नराम्ररी असर परेका अवस्थामा मनसुनका समयमा समेत छोटो समयमा देखिन सक्ने भन्दै त्यसतर्फ प्राधिकरणले ध्यानाकर्षण गराएको छ । यस वर्ष मनसुन प्रक्षेपणमा पानी सरदरभन्दा कम पर्ने तथा न्युनतम तापक्रम औषतभन्दा बढी हुने अनुमान गरिएको छ । यसले गर्दा मनसुनको अवधिभित्र पनि छोटो समयमा खडेरी पर्ने तथा तराई, भित्री मधेस, उपत्यका एवं खोचमा तातो हावाको लहरको जोखिम बढ्नसक्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । यसले गर्दा कृषि बालीको उत्पादन कमी हुने जोखिम देखिएको उनले बताए । यस्तै मनसुनका समया पानीजन्य र जीवाणुबाट सङ्क्रमण हुने रोगका कारण धेरैको ज्यान जाने गरेकाले यो समयमा पनि दोहोरिन सक्नेतर्फ पनि सचेत हुन अनुरोध गरिएको छ । विगतमा झाडापखाला, हैजा, कमलपित्त, श्वासप्रश्वाससम्बन्धी रोग, कालाजार, डेङ्गु, इन्फ्लुएञ्जा, फ्लुलगायतका रोग देखिएका थिए । मनसुनका सममया हैजा, कालाजार, झाडापखाला तथा सर्पदंशका कारण बर्सेनि करिब पाँच सयको ज्यान जाने गरेको छ । दूषित पानीको प्रयोगले रोग फैलनसक्ने जनाइएको छ । सय वर्ष पनि विभिन्न पानीजन्य रोग देखिन सक्नेतर्फ ध्यानाकर्षण गराइएको छ । बाढी, पहिरो, डुबानजस्ता प्रमुख विपद्का घटनासँगै मनसुनका समयमा फैलनसक्ने डेङ्गु, मलेरिया, कालाजार, झाडापखाला, सर्पदंश जस्ता रोग एवं प्रकोपबाट जोगिन तयारी गर्नुपर्ने प्राधिकरणले जनाएको छ । मनसुनको सुरुआतमै नेपालको पूर्वी क्षेत्रका जिल्लमा विपद्जन्य घटनाले ठूलो जनधनको क्षति गरेको छ । रासस

एकैपटक १५ वटा बीमा योजना ल्याउँदै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, कुन कुन ?

काठमाडौं । दुई कम्पनी मर्जपछि बन्ने ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’ ले एकैपटक १५ वटा बीमा योजनाहरु (प्रोडक्ट) सार्वजनिक गर्ने भएको छ । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स मर्ज भई बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकीकृत कारोबारपछि १५ वटा बीमा योजना बजारमा ल्याउने भएको हो । कम्पनीले सुपर सुरक्षित बीमा, समृद्ध जीवन बीमा, चमत्कारीक हेरचाह बीमा, लोकप्रिय धन फिर्ता बीमा, स्मार्ट प्लस बीमा, बम्पर श्रीबृद्धि बीमा, गज्जवको लगानी फिर्ता बीमा, डबल धमाका बीमा, सबैको जिवन बीमा, सर्वश्रेष्ठ आजिवन बीमा, सुनीलो किरण बीमा, बैभव जीवन बीमा, जीवन उन्नती बीमा, लगानी फिर्ता बीमा र निर्धक्क जीवन बीमा योजना बजारमा ल्याउन लागेको हो । जुन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइसकेको कम्पनीले जानकारी गराएको छ । कम्पनीका अनुसार दुबै इन्स्योरेन्सका विज्ञ कर्मचारीहरुले गरेको अध्ययन विश्लेषणपछि १५ वटा योजनाहरु बिक्री वितरणको लागि छनोट भई प्राधिकरणबाट समेत स्वीकृत भएको हो । इन्स्योरेन्सले नेपाली जनमानसको आवश्यकता, बीमितलाई पर्ने लागत, कम्पनीलाई हुने मुनाफा र योजनामा हुने सुविधाहरुलाई समेत विचार गरी उक्त योजनाहरु बजारमा बिक्री गर्न लागेको हो । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स असारभित्रै मर्ज हुने भएका छन् । र, एकीकृत कारोबार लगत्तै उक्त योजनाहरु बजारमा बिक्री गर्ने छन् ।

उत्कृष्टमा डिजाइन भएको बहु–प्रतीक्षित भिभो वाई ३६ प्रि–बुकिङको लागि उपलब्ध

काठमाडौं । भिभो, एक अग्रणी टेक्नोलोजी ब्रान्डले आफ्नो वाई सिरिज अन्तर्गत उच्च–प्रतीक्षित नयाँ स्मार्टफोन वाई३६ नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ । वाई ३६ आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन तथा एडभान्स क्यामेरा क्षमता विशेषता भएको एक उत्कृष्ट स्मार्टफोन हो । यो स्मार्टफोनमा प्रिमियम क्रिस्टल ग्लास, ४४ वाट फ्ल्यासचार्ज, ५००० एमएएच ब्याट्री, ८ जीवी + ८ जीवी एक्सटेन्डेड र्याम, र ५० एमपी एचडी मुख्य क्यामेरा रहेको छ जसले यो स्मार्टफोनलाई अन्य स्मार्टफोन भन्दा अलग बनाउँछ । यी सबै विशेषताहरुले वाई ३६ लाई सामूहिक रूपमा नवीनताको वास्तविक प्रतिनिधित्व बनाउँछ, र यसको आकर्षक डिजाइन नै उच्च शिल्प कौशलको प्रमाण हो जसको लागि बजारमा भिभो परिचित छ । भिभो वाई ३६ स्मार्टफोनमा रमाइलो र औपचारिक तत्वहरू मिलेर एक प्रभावशाली डिजाइन बनेको छ । यसको आकर्षक डिजाइन र विशेषताहरुले गर्दा स्टाइल र प्रोफेशनल दुवै पक्षलाई हेर्ने व्यक्तिहरूको लागि एक आदर्श विकल्प बनेको छ । वाई ३६ मा भएको प्रिमियम क्रिस्टल ग्लासले उपकरणलाई स्पर्श गर्दा सुन्दर महसुस हुन्छ । वाई ३६ मा भएको गोल्डेन रिपल प्रक्रियाले ग्लासको पछाडि एक मंत्रमुग्ध रिपल इफेक्ट थप्छ जसले गतिशील र आकर्षक दृश्य अनुभव सिर्जना गर्दछ । २.५ डी फ्ल्याट फ्रेमले डिस्प्ले र बडीलाई निर्बाध रूपमा एकीकृत गर्दछ, जसले उपकरणको समग्र प्रिमियम लुकलाई वृद्धि गर्ने पातलो र सिमलेस डिजाइन प्रदान गर्दछ । अन्तमा, फेन्टासी फ्रेमले रमाइलो तत्वहरु समावेश गर्ने हुँदा यसले वाई३६ लाई अद्वितीय र आकर्षक डिजाइनको साथ अन्य भन्दा अलग बनाउँछ । ‘भिभोका वाई सिरिजमा उल्लेखनीय उपलब्धिहरु भइरहेको छ किनकि भिभोले उपभोक्ताको मागहरू पूरा गर्न प्राविधिक विकासहरूलाई निरन्तरता दिइरहेको छ । नयाँ स्मार्टफोन वाई३६ मा पनि उल्लेखनीय विशेषताहरु छन् । हालै सार्वजनिक भएको स्मार्टफोनमा आकर्षक डिजाइका साथै उत्कृष्ट तस्वीरहरु खिच्न सक्ने क्षमता पनि छ । वाई ३६ को उत्कृष्ट क्यामरा क्षमताबाट प्रयोगकर्ताहरूले विशेष तथा सौन्दर्यका दृष्टिले मनमोहक क्षणहरू सजिलैसँग खिच्न मद्दत पुग्छ । सधैं झैं, भिभो आफ्ना प्रयोगकर्ताहरूको निरन्तर विकसित भइरहेका आवश्यकताहरू पूरा गर्न प्रदर्शन सुधार गर्न र अत्याधुनिक प्रविधि प्रदान गर्न समर्पित रहन्छ’ भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकल भन्छन् । वाई ३६ मा शक्तिशाली ४४ वाट फ्ल्यासचार्ज टेक्नोलोजी रहेको छ । जसमार्फत स्मार्टफोनलाई छिटो र प्रभावकारी रूपमा चार्ज गर्न साथै डाउनटाइमलाई न्यून गर्दै र उत्पादकता बढाउन सकिन्छ । यसका साथै, वाई३६ को प्रभावशाली ५००० एमएएच ब्याट्रीले विस्तारित उपयोग समय प्रदान गर्दछ जसले चार्ज गरि राख्नु पर्ने झन्झटबाट मुक्त गराउँछ । ४४ वाट फ्ल्यासचार्ज टेक्नोलोजी र उच्च क्षमताको ब्याट्रीको यो शक्तिशाली संयोजनले तपाइँले तपाइँको वाई३६ स्मार्टफोनमा कुनै अवरोध बिना नै थप कार्यहरू पूरा गर्न सक्नेछन् तथा सिमलेस र प्रभावकारी मोबाइल अनुभव प्रदान गर्न सक्नेछन् । यसबाहेक, वाई३६ को एडभान्स ८ जीवी + ८ जीवी विस्तारित र्यामले सहज र निर्बाध अनुभव प्रदान गर्दछ । भिभो वाई३६ मा शक्तिशाली क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको छ जसले प्रयोगकर्ताका लागि सहज र प्रभावकारी कार्यसम्पादन सुनिश्चित गर्दछ । यसको उच्च प्रदर्शन गर्ने सीपीयू र एडभान्स जीपीयूको साथ, यसले द्रुत मल्टिटास्किङ, प्रतिक्रियाशील गेमिङ, र स्विफ्ट एप लन्चहरू प्रदान गर्दछ । स्न्यापड्रेगन ६८० प्रोसेसरले स्मार्टफोनको समग्र कार्यसम्पादनलाई बढाउँछ र यसलाई पावर र स्पीड खोज्ने प्रयोगकर्ताहरूका लागि उत्कृष्ट विकल्प बनाउँछ । भिभो वाई ३६ ले क्यामेरा प्रणालीमार्फत प्रभाव पार्छ । ५० एमपी एचडी मुख्य क्यामेराको साथ, प्रयोगकर्ताहरूले स्पष्ट र जीवन्त तस्वीरहरु खिच्न सक्छन् । यस स्मार्टफोनमा २ एमपी बोकेह क्यामेरा पनि छ, जुन फिल्ड इफेक्टका मनमोहक गहिराइका साथै पोट्र्रेट शटहरू खिच्नका लागि उपयुक्त छ । सेल्फीका लागी १६एमपी एचडी फ्रन्ट पोट्र्रेट क्यामेराले क्रिस्टल–क्लियर सेल्फ– पोट्र्रेट सुनिश्चित गर्दछ । यसका साथै, वाई३६ले एक अद्वितीय डबल एक्सपोजर सुविधा प्रदान गर्दछ, जसले तपाईंको फोटोग्राफीमा कलात्मक स्वाद थप्छ । चाहे तपाईं प्रोफेशनल होस् वा फोटो खिच्न शौखिन, वाई३६ को क्यामेरा प्रणालीले तपाईंका अपेक्षहरु पुरा गर्न एक अनुपम फोटोग्राफी अनुभव प्रदान गर्दछ । वाई ३६ दुईवटा आकर्षक कलर भेरियन्टहरू – भाइब्रन्ट गोल्ड र मिटियर ब्ल्याक कलरमा मा उपलब्ध हुनेछ जसको मुल्य २८ हजार नौं सय ९९ रुपैंयाँ रहेको छ । नेपालमा प्रि–बुकिङको लागि उपलब्ध रहेको यस स्मार्टफोनलाई ग्राहकहरुले २५ तारिख देखि २७ तारिखसम्म नजिकैको रिटेल पसलहरुबाट प्रि–बुकिङ गर्न सक्नेछन । नेपाली बजारमा भने यो स्मार्टफोन २८ तारिखबाट बिक्रीका लागि उपलब्ध हुनेछ । यस फोनबारे थप जानकारीका लागि तपाईंले भिभो नेपालको आधिकारिक सामाजिक सञ्जाल वा वेबसाइट पनि हेर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

कवाडीझैँ थन्किए चन्द्रपुर नगरको घुम्ती शौचालय

चन्द्रपुर । चन्द्रपुर नगरपालिकाले खरिद गरेर ल्याइएको दुईवटा घुम्ती शौचालय लामो समयदेखि त्यतिकै थन्किदा सरकारी लगानी बालुवामा पानी भने झै देखिएको छ । शौचालय प्रयोगमा ल्याउन नगरपालिकाले चासो नदिँदा ती शौचालय त्यतिकै थन्किएका हुन् । नगरपालिकाको मुकाम रहेको चन्द्रनिगाहपुरको मुख्य चोकमा एउटा पनि सार्वजनिक शौचालय छैन् । यहाँ दिनहुँ ठूलो सङ्ख्यामा सवारी साधन र मानिसको आवतजावत हुन्छ । उनीहरुलाई शौच गर्न निकै समस्या पर्दै आएको छ । चन्द्रनिगाहपुरको मुख्य चोक क्षेत्र पूर्व–पश्चिम राजमार्ग भएर चल्ने बसका यात्रु तथा मालबाहक ट्रक चालकका लागि खाना खानेस्थलका रूपमा चिनिन्छ । जिल्लामा नमुनाको रूपमा यसअघिका नगरप्रमुख रामचन्द्र चौधरीका पालामा १० लाख रुपैयाँको लागतमा शौचालय ल्याइएको थियो । ती शौचालय अहिले पनि शहीद पार्क र नगरपालिका कार्यालय परिसरमा त्यतिकै थन्किएका छन् । अहिले ती शौचालयका सञ्चालन नहुँदा सबै महत्वपूर्ण सामान काम नलाग्ने भइसकेका छन् । नगरपालिकाकै मुटु मानिने वडा नं ४को मुख्य चोकमा सार्वजनिक शौचालय बनाउन जमिन अभाव भएकाले नगरपालिकाले दुईवटा घुम्ती शौचालय खरिद अधिक भीड हुने यहाँको दुई स्थानमा सञ्चालमा ल्याउन खोजेको थियो । कोरोना सङ्क्रमणको महामारीका बेला एउटा चाँदी खोला छेउको शहीद पार्कमा लगिएको र अर्कोलाई चोकमा राखिएको थियो । नगरपालिका घोषणा नहुँदै तत्कालीन चन्द्रनिगाहपुर गाविसले चोकको दक्षिण क्षेत्रमा बग्ने पैनीमा शौचालय भवन निर्माण गर्न थालेको थियो । उतिबेला शौचालय बनाउने ठाउँका विषयमा ठूलै विवाद भएपछि सार्वजनिक शौचालय बन्न नसकेको स्थानीय समाजसेवी राजु तिवारीले बताए । उनका अनुसार त्यसपछि यस क्षेत्रमा शौचालय निर्माणका लागि कसैले पनि पहल गरेनन् । नगरपालिकाले चोकको पश्चिमतर्फ जङ्गल छेउमा सार्वजनिक शौचालय बनाएको भए पनि त्योसमेत प्रयोगविहीन छ । अहिले पनि चोकमा मानिस शौच गर्न नपाएर छटपटाउने गरेको देखिन्छ । पैदलयात्री शौचालय खोज्दै होटल जान बाध्य भए पनि उनीहरुलाई होटल सञ्चालकले शौच गर्न दिँदैनन् । घुम्ती शौचालय चाँडै सञ्चालनमा ल्याउनुपर्नेमा स्थानीयवासीको जोड छ । नगरपालिकाले लाखौँ लगानीमा ल्याएको त्यस्ता घुम्ती शौचालय व्यवस्थापन र सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती हुँदै आए पनि नगरपालिकाको ध्यान जानसकेको छै्न । घुम्ती शौचालय सञ्चालन गर्ने योजना रहेको नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले बताए । शौचालयका केही पाटपुर्जामा समस्या देखिएको जनाउँदै उनले घुम्ती शौचालय सानो र साँघुरोसमेत रहेको जनाउँदै चाँडै नै ‘मोडिफाइर्’ गरी सञ्चालनमा ल्याउने जानकारी दिए। रासस

काठमाडौं महानगर बजेट : करमा कठोर, कर्मचारी र शिक्षकको तह/भत्ता बढ्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि साढे २५ अर्बको बजेट सार्वजनिक गरेको छ । आइतबार आयोजित महानगरको १३ औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । उनले कुल बजेटबको चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजना गरेकी छन् । बजेट सार्वजनिक गर्दै उनले काठमाडौं महानगरपालिकाले धुलो रहित काठमाडौं बनाउनका लागि १ अर्ब रुपैयाँ रकम विनियोजन गरेकी छन् । यस्तै, उनले बजेटमार्फ्त विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेकी छन् । महानगरपालिकाले भाडा कम लिएको भनेर छुट लिएका घरधनीलाई १० प्रतिशत जरिवाना गर्ने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै न्यून बहाल आम्दानी देखाएर छुट प्राप्त गरेका करदाताले बढी बहाल लिएको पाइए १० प्रतिशत जरिवाना गर्ने भएको जनाएको हो । महानगरपालिकाले सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको लागि मासिक भत्ता पनि वृद्धि गरेको छ । महानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको तलब भत्ता मासिक रुपमा भुक्तानी गर्न रु. ३० करोडको छुट्टै सोधभर्ना कोषको व्यवस्था गरेको छ भने आर्थिक वर्ष २०८०÷८१ मा महानगरपालिकाको समग्र शिक्षा क्षेत्र तर्फको विभिन्न कार्यक्रम संचालन गर्न तथा नियमित क्रियाकलापको लागि काठमाडौं महानगरपालिकाको आन्तरिक श्रोतबाट रु. १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रकम विनियोजन गरेको छ । महानगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयको पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीहरुमा आधारभूत प्राविधिक ज्ञान र सीप समेतको प्रबद्र्धन गर्न “गरीखाने शिक्षा, महानगरको इच्छा” योजना अन्तर्गत बिभिन्न कार्यक्रम संचालन गर्न रु ५० करोड विनियोजन गरेको छ । यस्तै, सामुदायिक विद्यालय परिसरभित्रको सरसफाई र सौन्दर्यीकरणलाई नियमित र स्वचालित बनाइ विद्यालय क्षेत्र हराभरा र सुन्दर बनाउनको लागि रु ५ करोड रकम विनियोजन गरेको छ भने सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्स र एक विद्यालय एक सामाजिक सहजकर्ताको व्यवस्थापन गर्न आवश्यक प्रबन्ध मिलाएको छ । यस्तै, महानगरक्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये हाल कक्षा ८ सम्मका विद्यार्थीहरुलाई मात्र खाजा खर्च उपलब्ध गराउंदै आइरहेकोमा आर्थिक वर्ष २०८०÷८१ देखि डिजिटल हाजिरी प्रमाणित अभिलेखका आधारमा तोकिएको दरमा खाजा सुविधा उपलब्ध गराउन आवश्यक रकम सहितको प्रबन्ध मिलाएको छ । महानगरले बजेट मार्फत् सर्वसाधारणलाई सस्तोमा औषधी उपलबध गराउन फार्मेसी सञ्चालन गर्ने भएको छ । महानगरवासीलाई सहुलियत मुल्यमा औषधी उपलब्ध गराउनका लागि “सुलभ फार्मेशी”को स्वर्णिम योजना कार्यान्वयन गर्न ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका शहरी स्वास्थ्य क्लिनिकहरुको स्तरोन्नति सहित स्वास्थ्य प्रवद्र्धन केन्द्रमा रुपान्तरण गरी महानगरवासीहरुका लागि “सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा” योजना मार्फत सरल र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन रु ३५ करोड रकम विनियोजन गरेको छ । महानगरले ध्यान, योग, व्यायाम एवं बैकल्पिक तथा परम्परागत आयुर्वेदिक उपचार पद्दतिका माध्यमबाट आरोग्य जीवन सम्बन्धी कार्यक्रम संचालन गर्नका लागि आवश्यक बजेटको प्रबन्ध मिलाएको बजेटमा उल्लेख छ । बालबालिकाको स्वास्थ्य उपचारका लागि सरकारी, सामुदायिक वा निजी अस्पताल संगको सहकार्यमा एक निर्दिष्ट नगर अस्पताल संचालनमा ल्याउन रु. १० करोड बजेट विनियोजन गरेको भने नेपालका विभिन्न गाउँपालिकाहरुका लागि मागको आधारमा ३५ वटा एम्बुलेन्स खरिद गरि उपलब्ध गराउन रु.७ करोड रकम विनियोजन गरेको छ । यस्तै, काठमाडौं महानगरपालिकाको सहयोगमा संचालित एम्बुलेन्स सेवा (१०२ हटलाइन) संचालन गर्न रु. १ करोड ४४ लाख बजेट विनियोजन गरेको छ भने महानगर भित्रका व्यक्तिगत तथा संस्थागत भान्छाहरुलाई स्वस्थकर बनाई आरोग्यता कायम गर्न “स्वच्छ भान्छा” कार्यक्रमका लागि रु. ३ करोड ५० लाख रकम विनियोजन गरेको छ । महानगरको समग्र स्वास्थ्य कार्यक्रम तर्फ कुल रकम ९२ करोड ६६ लाख ४४ हजार रुपैयाँ विनियोजन गरेको छ । यस्तै, काठमाडौं महानगरपालिकाले स्थानीय पेय पदार्थलाई ब्राण्डिङ गर्ने भएको छ । स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई निजी व्यवसायीको सहकार्यमा ब्राण्डिङ गर्ने कार्यको लागि आवश्यक रकम विनियोजन गरेको बजेटमा उल्लेख छ । महानगरले १०० वटा मुख्य चोक तथा क्षेत्रहरूमा हाईमास्ट लाइट जडान गर्नको लागि ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ‘उज्यालो शहर, मेरो महानगर’ योजना अन्तर्गत महानगरका सबै सडक तथा गल्लीमा सडक सो लाइट जडान गर्ने महानगरपालिकाले बताएको छ । महानगर क्षेत्रभित्रका सम्पूर्ण सडक तथा पेटीमध्ये डीपीआर भएका सडक तथा पेटीहरू मर्मत तथा निर्माण गरी ‘धुलो रहित काठमाडौं’ योजनालाई कार्यान्वयन गरिनेछ । यस योजना अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्न एक अर्ब रकम छुट्याएको छ । सडक निर्माण कार्यलाई थप व्यवस्थित बनाउन आफ्नै आस्फाल्ट प्लान्ट स्थापना सहित पूर्वाधार एम्बुलेन्सलाई प्रभावकारी रूपमा सञ्चालन गर्न महानगर २५ करोड रकम विनियोजन गरेको छ । यसै गरी महानगर क्षेत्रभित्रका प्रमुख सडकहरूमा फाइवर तथा अन्य केवल विस्तारको लागि आफ्नो उपयोगी डक्ट निर्माण गरी साझा पूर्वाधारको अवधारणा अनुरूप कार्य अगाडी बढाउन १० करोड बजेट विनियोजन काठमाडौं महानगरले छुट्याएको छ । महानगरको सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारतर्फ गत आर्थिक वर्षको क्रमागत योजना सहित ७ अर्ब ३४ करोड ६४ लाख ७१ हजार रकम विनियोजन गरेको छ । यस्तै, काठमाडौं महानगरपालिकामा लामो समयदेखि कार्यरत कर्मचारीहरुको वृत्तिविकास सम्बन्धमा बागमती प्रदेश सरकारबाट जारी भएको स्थानीय तहमा कार्यरत कर्मचारीहरुको गठन र संचालन ऐन अनुसार विभिन्न तहमा कार्यरत कर्मचारीहरुको तह वृद्धि गरी सोको लागि आवश्यक पर्ने रकमको प्रबन्ध मिलाएको बजेटमा उल्लेख छ । महानगर क्षेत्रभित्रका युवा जनशक्तीलाई “श्रम बैंक” स्वर्णिम योजनामा आबद्ध गराई सिप तथा क्षमता विकास मार्फत रोजगारीको अवसर सिर्जना गर्न रु. १० करोड रकम विनियोजन गरेको छ । [pdf id=420418]