विकासन्युज

मुक्तिनाथ कृषि कम्पनीको भिजन २०८५ : पाँच संरचनाको उद्घाटन

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले कृषि सम्बन्धी पाँच वटा संरचनाहरुको उद्घाटन गरेको छ । कम्पनीले पाँच वर्षे रणनीतिक योजन ‘भिजन २०८५’ अनुसार कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, सेवाग्राहीहरुलाई देशव्यापी रुपमा उच्चस्तरीय र दीगो सेवा प्रदान गर्ने अभिप्रायले कृषि संरचनाहरु उद्घाटन गरिएको कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले जानकारी दिए । कम्पनीले इटहरी, बर्दिवास, काठमान्डौ, बुटवल, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । त्यसैगरी, स्याङजा र चितवनमा फार्म उत्कृष्टता केन्द्र उद्घाटन गरिएको उनले बताए । कृषिमा लगानी प्रवद्र्धनका लागि कृषि व्यवसाय परामर्श केन्द्र, कृषकहरुलाई दैनिक सेवाको लागि ‘कृषकसँग मुक्तिनाथ कल सेन्टर’ र मुक्तिनाथ एपको उद्घाटन गरिएको ढकालले बताए । कृषि तथा पशुपंन्छी विकास मन्त्री डा.वेदुराम भुसालले प्रमुख अतिथि र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ विशिष्ट अतिथि रहेको कार्यक्रम आयोजना गरी पाँच वटा संरचनाहरु उद्घाटन गरिएको ढकालले बताए । उद्घाटनका लागि काठमाडौंको लाजिम्पाटस्थित होटल र्‍याडिसनमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । कृषि तथा पशुपन्छि विकास मन्त्री डा. वेदुराम भुषालले कृषि क्षेत्रको समग्र विकासमा नीजि क्षेत्रको भुमिका महत्वपूर्ण रहेको बताएका थिए । कृषकहरुको उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले सिंचाई लगायत कृषि संरचनाहरुको विकासमा जोड दिने र खरीद सुनिश्चितता गर्ने संरचनाको निर्माणमा सबै मिलेर लाग्नुपर्ने भुसालले बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठले सोह्रौ पञ्चवर्षीय योजना निर्माणको अन्तिम चरणमा रहेको र त्यसमा सार्वजनिक नीजि सहकारीको साझेदारीको अवधारणालाई समेट्न लागिएको बताए ।

गभर्नरको कार्यशैलीप्रति एमाले निकट व्यवसायी असन्तुष्ट, पूर्व अर्थमन्त्री भन्छन् : सेयरमा १२ करोडको सीमा हटाऔं

काठमाडौं । नेकपा एमाले निकट उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग तथा व्यवसायी महासंघले सरकार र नेपाल राष्ट्र बैंकको नीतिको कारण अर्थतन्त्र समस्यामा परेको बताएको छ । महासंघले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै सरकार तथा सरकार मातहतका निकायहरु एवं नेपाल राष्ट्र बैंकका अब्यवहारिक नीतिका कारण अहिले उद्योगी व्यवसायीका साथै समग्र अर्थतन्त्र नै नाजुक अवस्थामा रहेको बताएको हो । महासंघका अध्यक्ष एलपी सावा लिम्बुले राष्ट्र बैंकको अब्यवहारिक नीतिका कारण उद्योग व्यवसाय सहज रुपमा चलायमान नहुँदा अहिले सिंगो मुलुक नै गम्भीर मोडमा पुगेको बताए । उनले वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रेमिटान्सले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन सहज भएपनि सरकार आफ्नै सक्रियतामा राजश्व संकलन गर्न भने असफल भएको बताए । देशको ऊर्जावान जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाएर उनीहरुले पठाएको रेमिटान्सबाट वस्तु तथा सेवा आयात गरी उपभोग गर्ने काम मात्रै भैरहेको उनको भनाइ छ । अर्थतन्त्र सुधारका लागि अर्थमन्त्रालय र राष्ट्र बैंक नेतृत्व असफल भएको उनको तर्क छ । अर्थतन्त्रको विकासका दिगो रुपमा योगदान पुर्ग्याउने उद्योग व्यवसाय धराशायी हुँदा त्यसको उद्दार एवं संरक्षणको लागि राज्यले चासो नदिएको उनले बताए । ‘चालू आर्थिक वर्षको साउनमा गत आर्थिक वर्षको तुलनामा ४ अर्ब रुपैयाँभन्दा काम संकलन भएको छ भने एक महिनाकै व्यापारघाटा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ, एकातिर विश्व ब्यापीरुपमा फैलिएको कोभिड १९ को माहमारी र युक्रेन-रुस युद्धको प्रभावले अर्थतन्त्र थलिएको छ भने अर्कोतर्फ सरकारले लिएको नीति नियमले थप जटिल बनाउँदै लगेको छ, अर्थतन्त्र चलायमान बनाउन वित्त नीति र मौद्रिक नीतिबीच समन्वय हुनुपर्ने भएपनि दुबै निकायबीच आपसी सहकार्य नहुँदा उद्योगी व्यवसायीहरुले दुख पाइरहेका छन्,’ उनले भने । महासंघले नेपाल सरकार, अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकले लिने नीतिहरु एक आपसमा समन्वय नहुँदा उद्योगी व्यवसायीहरुमा थप अन्यौलता सिर्जना भएको बताएको छ । अहिलेको अवस्थामा थलिएको अर्थतन्त्रलाई चलायमान बनाई उद्यम व्यवसाय बचाउन नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत राज्यका निकायहरुले उचित कदम चाल्नु पर्ने अवस्था रहेको महासंघको भनाइ छ । महासंघका महासचिव भगिरथ सापकोटाले सरकारले उद्योगी व्यवसायीका समस्या समाधानमा चासो नदिँदा धेरैजसो व्यवसायीहरु आफ्ना सटर बन्द गरेर बस्नु परेको स्थिती रहेको बताए । अहिलको व्यवसायीमैत्री नीति नियम बनाएर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्थामा अझै झझटिलो र अव्यबहारिक कर नीतिहरु अबलम्बन गर्दा अनौपचारिक अर्थतन्त्र मौलाउन पुगेको उनको भनाइ छ । महासंघले सरकार समक्ष विभिन्न माग पनि राखेको छ । यस्ता छन् महासंघका मागहरु -राज्यले देशमा रोजगारी सिर्जना गर्ने तथा कर तिर्ने ब्यबसायीहरुलाई नीतिमा सहजिकरण गर्दै आड भरोषा सहितको संरक्षण गर्नु पर्नेमा बिभिन्न अभियोग लगाई धरपकड गर्ने, अनुसन्धानका नाममा हिरासतमा लिने जस्ता कार्यहरु गरेर ब्यवसायीक वातावरण खल्वलाउने कार्य भईरहेकाले यस्तो कार्य अविलम्ब रोकी व्यवसायीहरुलाई कानुन र राज्यका नीति नियम पालन गरेर व्यवसाय संचालन गर्दा आफु संरक्षित भएको महसुश गराउन जोडदार माग गर्दछौं । -नेपाल राष्ट्र बैंकले ब्याह्य क्षेत्रको सन्तुलन ठीक ठाउँमा राख्ने नाममा बिगत २ बर्ष देखि कसिलो मौद्रिक नीति अवलम्वन गर्यो । हाल आएर १३ महिनालाई पुग्ने बैदेशिक मुद्रा संचिति हुदाँ पनि आन्तरिक अर्थतन्त्र चलायमान बनाउने गरी नीतिहरु परिर्वतन गर्नु पर्नेमा अनावश्यक रुपमा सुक्ष्म तरिकाले नियन्त्रण गरि आर्थिक गतिविधिलाई ठप्प बनाई उद्यम ब्यवसायहरु धरासायी बनाएको छ । तसर्थ अहिले देखिएको उच्च ब्याजलाई घटाई उद्योग व्यवसाय गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्दछौं ।   -चरम मन्दिका कारण ब्यवसाय नचलेर लिएको ऋणको ब्याज किस्ता तिर्न नसकिरहेको अवस्थामा बैंकहरुले अब्यवहारिक र आफुखुशी एकलौटी रुपमा ब्याज बढाई उद्योगी ब्यवसायीहरुलाई थप निराश बनाएको छ । बैंकहरुको यस्तो हर्कत नियन्त्रण गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैंकबीच नीति र ब्यवहारमा समन्यव हुनु पर्नेमा त्यस्तो नगरी उल्टै गैरजिम्मेवार तरीकाले एक निकायले अर्को निकायलाई जिम्मेवारी र दायित्व सारेर पन्छिने काम भई रहेको छ । यस्तो जटिल परिस्थितीमा मुलुक सबैको हो, सबैलाई बचाउनुपर्छ भन्ने मान्यता राख्दै देशको अर्थतन्त्रको मुख्य हिस्सा करिब ८१.५५ प्रतिशत बोकेको निजी क्षेत्रलाई संरक्षण गर्ने र बैंकहरुले ब्यवसायीलाई सस्तो व्याजदरमा कर्जा उपलब्ध गराउन वातावरण बनाउन सरकारसँग माग गर्दछौं । -राष्ट्र बैंकले भर्खरै मात्रै चाल पूँजी कर्जामा हेकी संसोधन गरेको छ । तर त्यतिले मात्रै अहिलेको अवस्थामा कर्जा प्रबाह भएर अर्थतन्त्र चलायमान बनाउन सहज हुने देखिँदैन । राष्ट्र बैंकले चालू पुँजी कर्जा संशोधन गरी उद्योग क्षेत्रलाई केही राहत दिएको देखिन्छ । तर नेपालमा उद्योग र वाणिज्य क्षेत्र सँगसँगै जोडिएर आउने भएकोले वाणिज्य क्षेत्रलाई पनि सोही बमोजिमको व्यवस्था गरिदिन माग गर्दछौं । -अहिले राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै कर्जाको जोखिम वर्गीकरण गर्नुपर्ने नयाँ व्यवस्थाले थप समस्या सिर्जना गरेको छ। यसले उद्योगी व्यवसायीलाई हतोत्साहित बनाउनुका साथै वित्तीय संस्थाको खराब कर्जा ह्वात्तै बढ्न गई देशको अर्थतन्त्रमै प्रतिकुल असर पार्नेछ । यस्तै कुनै एक व्यवसायी समुहको एक ऋणी खराब सूचीमा परेका उक्त समुहमा रहेका सबै साझेदार खराब ऋणीमा वर्गीकरण हुने व्यवस्था गरेको छ यसबाट आगामी दिनमा देशमा उद्यम व्यवसाय वातावरण खस्किएर जानुका साथै उद्योगी व्यवसायी पलायन हुने अवस्था आउनेछ । तसर्थ आगामी दिनमा उक्त बुँदाहरु हटाएर सहज रुपमा उद्योग व्यवसाय गर्ने वातावरण बनाउन माग गर्दछौं । -अभिवृद्धि कर (भ्याट) लगाउने नीति लिएर यस क्षेत्रलाई धराशायी पार्ने काम गरेको छ । तसर्थ यस्ता क्षेत्रलाई नकारात्मक असर पार्नेगरी लगाइएको भ्याट फिर्ता लिन माग गर्दछौं । -अहिले मुलुक सरकार, नेपाल राष्ट्र बैंक तथा कर प्रशाशन जस्ता निकायहरुको मात्रै भएको जस्तोगरी समग्र निजी क्षेत्रलाई वेवास्ता गरी एकतर्फी रुपमा नीति निर्माण गरी कार्यान्वनमा ल्याउने काम भैरहेको छ, यस्तो अभ्यासले नै अर्थतन्त्रमा जटिलता उत्पन्न गराएको छ ।अर्थतन्त्रमा ८१ प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्रलाई वेवास्ता गरी नीति निर्माणमा प्रक्रियामा सहभागी नगराउने हो भने थप जटिल बन्ने निश्चित छ । हाल देशमा रोजगारी सिर्जना गर्ने, राजस्व जम्मा गर्ने उद्यमी व्यवसायी र लगानीकर्तालाई निरास पार्ने काम भईरहेको छ । यसरी नीजि क्षेत्रलाई अनविज्ञराखि ल्याईएका नीतिहरुले सिंगो मुलुकको अर्थतन्त्रमा थप समस्या परेको छ । अतः सरोकारवला पक्षसंग छलफल र वार्ताको माध्यमबाट उनीहरुको समस्याको बारेमा सुझवुझ पूर्ण तरिकाले सुनुवाई गरी समस्या समाधानमा सरकार अग्रसर भई ब्यवसायीक विश्वास बढाउने वातावरण सृजना नगरेमा हामी ब्यवसायीहरु आन्दोलनका चरणबद्ध कार्यक्रमहरु घोषण गरि अगाढी बढ्न बाध्य हुनेछौं । सेयर कर्जामा १२ करोडको सीमा हटाऔं : पूर्व अर्थमन्त्री पाण्डे कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सेयर कर्जामा १२ करोडको सीमा हटाउनु पर्ने धारणा राखे । उनले नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जामा १२ करोडको सीमा तोकेर ठीक नगरेको बताउँदै अब सो सीमा हटाएर कुल कर्जामा १० प्रतिशत सेयर बजारमा जानु पर्ने नीति बनाउनु पर्ने बताए । राष्ट्र बैंकले सेयर बजारमा कडाइ गर्दा लगानीकर्ताले १४ खर्ब गुमाएको बताउँदै उनले त्यो नोक्सानी पनि सरकारकै भएको धारणा राखे । ‘राष्ट्र बैंकले कडाइ गरेपछि सेयर बजारमा लगानीकर्ताले १४ खर्ब गुमाइसके, यसबाट सरकारले राजश्ज पनि गुमाएको छ, राष्ट्रको पनि नोक्सान हो,’ उनले भने । उनले देशको अर्थतन्त्र चलायमान बनाउनको लागि बैंकको ब्याजदर घटाउनुपर्ने बताए । ‘ब्याज घटेन भने उत्पादन बढ्न सक्दैन । ब्याज नघटी हुँदैन’, पाण्डेले भने । अहिलेको सरकारले अर्थतन्त्रका गम्भीर विषयलाई सम्बोधन नगरेर देशलाई आर्थिक संकटतर्फ लगेको पाण्डेको आरोप छ ।

एनटिभिए नेतृत्वका  लागि प्रकाश सापकोटा समुहद्वारा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) को २० औँ वार्षिक साधारणसभामा प्रकाश सापकोटाले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन ।आगामी मंगलबार हुने निर्वाचनमा अध्यक्षका प्रत्यासी उम्मेदवार सापकोटाको सबै समुहले उम्मेदवारी दर्ता गरेको हो । अध्यक्षका प्रत्यासी उम्मेदवार सापकोटा माउण्टेन बुद्ध टुर्स एण्ड ट्रान्सपोर्ट प्रालिका प्रबन्ध निर्देशक हुन । सापकोटाको समुहबाट बरिष्ठ उपाध्यक्षमा भरत प्रसाद तिमल्सिना, उपाध्यक्षमा अञ्जन महर्जन, महासचिवमा अनिल मोक्तान, सचिवमा प्रमोदप्रसाद अर्याल, कोषाध्यक्षमा रामकुमार बस्नेतले उम्मेदवारी दर्ता गराएका छन । यसैगरी, सदस्यहरूमा बाजिराम घिमिरे, इन्द्रबहादुर पाठक, सुदिन महत लगायतको उम्मेदवारी दर्ता भएको छ । संघको साधारण सभा भने आगामी २२ भदौमा हुनेछ । अध्यक्षका प्रत्यासी उम्मेदवार सापकोटाले आफ्नो समुहमा संघका पूर्वअध्यक्षहरुको समर्थन र साथ रहेको बताए ।

राष्ट्र बैंकले २७६ वटा कम्प्युटर खरिद गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले कम्प्युटर खरिद गर्ने भएको छ । राष्ट्र बैंकले कार्यालय प्रयोजनका लागि २७६ वटा कम्प्युटर सामाग्री खरिद गर्ने जनाएको छ । एक सूचनका जारी गर्दै राष्ट्र बैंकले उक्त कम्प्युटर सामाग्री खरिद गर्न बोलपत्र आह्वान गरेको छ । बैंकका अनुसार अल इन वान ब्राण्डेड डेस्क्टप कम्प्युटर खरिद गर्ने छ । उक्त कम्प्युटर खरिद गर्न सम्बन्धित निकायबाट आपूर्ति गर्न इजाजत प्राप्त इच्छुक फर्म, संस्था वा कम्पनीले बोलपत्र पेश गर्नुपर्ने छ । ५ हजार रुपैयाँ शुल्क तिरेर कम्पनीहरुले भदौ २८ गतेभित्र तिरी रीतपूर्वक आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्दा १० लाख रुपैयाँ बैंकमा निक्षेप जम्मा गर्नु पर्ने छ ।

मेयर बालेनको सचिवालयले भन्यो : प्रहरीले मानवीय संवेदना ख्याल नगरी धम्क्यायो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको सचिवालयले प्रहरीले सामान्य मानवीय संवेदनासमेत ख्याल नगरी असभ्य व्यवहार गरेको बताएको छ । शनिबार सरकारी गाडी प्रयोग भएको र मेयर साहले सोसल मिडियामार्फत दिएको ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्ने अभिव्यक्तिको बचाउ गर्दै मेयरका स्वकीय सचिव भुपदेव शाहले विज्ञप्ति प्रकाशन गरेका हुन् । काठमाडौं महानगरपालिका प्रमुख र धर्मपत्नी सबिना काफ्लेलाई सरकारी सवारी साधन उपयोगको विषयसँग जोडेर प्रकाशन/प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको साहको सचिवालयले बताएको छ । सुत्केरी अवस्थामा रहेकी बालेन पत्नी काफ्लेको स्वास्थ्यमा एकाएक जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको महानगरपालिकाको सरकारी गाडी प्रयोग गरिएको सचिवालयले बताएको छ । काफ्लेले स्वास्थ्य परीक्षण र एनआइसीयुमा भर्ना रहेको शिशुलाई स्तनपान गराइ फर्किने क्रममा राती करिब ९ बजे कोटेश्वरमा ट्राफिक प्रहरीले चेकजाँचको क्रममा असभ्य व्यवहार गरेको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे ।सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्वन नगरी प्रहरीले ‘ढोका खोल’, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्यन्त निन्दनीय तथा खेदजनक छ ।’ सवारी चालकले ट्राफिक प्रहरीलाई विशेष परिस्थितिमा सरकारी गाडी प्रयोग गर्नु परेको ब्यहोरा जानकारी गराएको, बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको जानकारी गराएको तर, नगर प्रमुखसहितको परिचय खुलाए पछि प्रहरीको व्यवहार झन् बढी आक्रामक भएको विज्ञप्तिमा उल्लेख छ । ट्राफिक प्रहरीलाई आपतकालिन अवस्थाको बारेमा जानकारी गराउँदा पनि ‘मैले चाहे भने यतै राख्न सक्छु’ भनेर धम्की दिएको स्वकीय सचिव शाहले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी साधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो । कानुनको उल्लङ्घन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर सबिना काफ्लेलाई अस्वभाविक प्रश्न गरिएको थियो’, विज्ञप्तिमा भनिएको छ । प्रहरीले मेयर साहको गाडी रोकेको भन्दै बालेन साहले शनिबार राती सोसल मिडियाबाट सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका थिए । उनले सरकारलाई ‘चोर सरकार’ भनेका थिए । सोसल मिडियामा साहको अभिव्यक्तिबारे विभिन्न टिप्पणी भइरहेका छन् ।

नबिलले ल्यायो विशेष तीज अफर

काठमाडौं । नजिकिँदै गरेको नारीहरूको महान् चाड तीजलाई लक्षित गर्दै नबिल बैंकले आफ्ना महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको ‘नबिल प्रिमियम नारी बचत खाता’ खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्ने बैंकले जनाएकाे छ । साथै, यस अफर अन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको छ । सीमित अवधिलाई ल्याइएको यस अफर अन्तर्गत, नारी ग्राहक वर्गले असोज १५ गते सम्ममा ‘नबिल प्रिमियम नारी बचत खाता’ खोली माथि उल्लेखित सुविधा प्रयोग गर्न सक्नेछन् । नबिल बैंक नेपालको निजी क्षेत्रको एक बैंक हो । नबिलले १८ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा  र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा उदाहरणीय  काम गर्दै आएको छ ।

अमेरिकी सिनेटर र ओलीबीच भेट : एमसीसी र शान्ति प्रक्रियाबारे चासो

काठमाडौं । अमेरिकी सिनेटर क्रिस भान होलेन र नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा आइतबार ओली र होलेनबीच शिष्टाचार भेट भएको हो । नेपाल भ्रमणमा रहेका होलेनले अध्यक्ष ओलीसँगको भेटमा शान्ति प्रक्रियाको बाँकी कामबारे चासो व्यक्त गरेका थिए । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भएको बताए । उनले सिनेटरले नेपालको शान्ति प्रक्रियाको बारेमा जिज्ञासा राखेको र अध्यक्ष ओलीले आफू सरकारमा रहँदा नै शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन पहल गरेको बताएको जानकारी दिए । अहिले पनि अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्च अदालतको फैसला, शान्ति प्रक्रिया पीडितमैत्री हुनेगरी टुंगोमा पुग्नुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर अघि बढ्ने ओलीले बताए । भेटमा सिनेटरले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) एमसीसी नेपालले अनुमोदन गरेर कार्यान्वयन गर्न सुरु गरेकोमा खुसी लागेको बताएका थिए । अमेरिकाले सम्झौता कार्यान्वयन गर्न सुरु भएकोमा अमेरिका सकारात्मक रहेको बताए । होलेन शुक्रबार नेपाल आएका हुन् । होलेन अमेरिकी संसदको विदेश सम्बन्ध समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य हुन् ।

रेल्वे कम्पनीको प्रबन्ध निर्देशकमा झा नियुक्त, भन्छन्-रेललाई नाफामा लान्छु

काठमाडौं । नेपाल रेल्वे कम्पनीको प्रबन्ध निर्देशकमा निरंजन कुमार झा नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले झालाई प्रबन्ध निर्देशकमा आइतबार नियुक्त गरेको हो । झाले  दिउसो ३ बजे मन्त्रालयबाट नियुक्ति पत्र प्राप्त भएको बताए । ‘अहिले अपरेसनमा आइरहेको ठाउँलाई व्यवस्थित गर्ने छु, विराटनगर –बुद्धनगर–लहान–पट्नासम्म नियमित रूपमा कार्गो रेल सञ्चालन गर्ने पहल हुने छ,’ उनले भने । कम्पनीलाई नाफामा लैजानको लागि पनि आफ्नो भूमिका हुने झाले जानकारी दिए । झा कम्पनीमा पहिलो पटक भदौ २०७८ मा संघीय समाजवादीको कोटामा प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए । उनको पदावधि सकिए लगत्तै मन्त्रालयले उनैलाई पुन नियुक्त गरेको हो ।