विकासन्युज

जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी । वर्षापछि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । आइतबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठूलो ढुङ्गा खस्दा उक्त राजमार्ग अवरुद्ध भएको हो । उक्त ढुङ्गा फुटाल्न बझाङबाट ठूलो मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । उनले भने, ‘ठूलो ढुङ्गा फुटाल्न नसक्दा सवारीसाधन बाटोमै थन्किएका छन् ।’ आइतबारदेखि उक्त राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने ठूला गाडी रोकिएका छन् । यस्तै दशशरथचन्द राजमार्गको सतबाँझ–गोठलापानी सडकखण्डको गुरुखोला नजिक सडकमा रुख खस्दा अवरुद्ध भएको छ । गए राति खसेका चारवटा रुखले राजमार्ग अवरुद्ध पारेको प्रहरी निरीक्षक केसीले बताए । राजमार्ग अवरुद्ध भएर यातायातका साधन रोकिँदा यात्रु अलपत्र परेका छन् । शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित हुनुका साथै बाढी र पहिरोको जोखिम बढाएको छ ।

एनआईबिएल प्रगति फण्डको बुक क्लोज मिति तय

काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले बुक क्लोज मिति तय गरेको छ । लाभांश वितरण प्रयोजनार्थ असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात् असोज १ गतेसम्म कायम इकाइधनीहरुले मात्रै सो लाभांश प्राप्त गर्नेछन् । एनआईएमबि एस क्यापिटलले फण्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०७९/७० का नाफाबाट ६.८ प्रतिशतका दरले ५ करोड ८० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

आईपीओ निष्काशन प्रक्रियामा रहेको मिड सोलु हाइड्रोले डाक्यो साधारण सभा

काठमाडौं । आईपीओ निष्काशन प्रक्रियामा रहेको मिड सोलु हाइड्रोपावरले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको भदौ २१ गते बसेको बैठकले असोज १७ गते बिहान ११ बजे बानेश्वर काठमाडौंमा दोस्रो साधारण सभा आह्वान गरेको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०÷८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । कम्पनीको सभाले सञ्चालक समितिमा रिक्त पदपूर्ति गर्ने र सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गर्नेछ । त्यस्तै, कम्पनीको नियमावलीको नियम २९ तीन महले बमोजिम संशोधन गर्नेछ । कम्पनीले भदौ २८ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका २० प्रतिशत अर्थात् १४ लाख ९६ हजार ८ सय कित्ता बिक्री गर्नेछ । जसमध्ये ७ लाख ४८ हजार ४ सय कित्ता स्थानीय बासिन्दा र ७४ हजार ८४ कित्ता विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ । अब १४ हजार ९६८ कित्ता सेयरमा कर्मचारी, ३७ हजार ४२० कित्ता सेयरमा सामूहिक लगानी कोष र बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा असोज १ गतेसम्म आवेदन दिन सकिनेछ । यदि पूर्ण आवेदन नपरेमा असोज ११ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।

१०० % लाभांश बाँडेको ग्लोबल आइएमई समुन्नत योजनाको साँवा रकम लिन आग्रह

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले ग्लोबल आइएमई समुन्नत योजना–१ को रकम फिर्ता लिन आग्रह गरेको छ । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्र्तगत सञ्चालित ७ वर्ष बन्दमुखी ग्लोबल आइएमई समुन्नत योजना–१ परिपक्व भएको हुँदा साँवा र प्रतिफल रकम लिन बाँकी रहेका इकाईधनीहरुलाई लिन आग्रह गरेको हो । ग्लोबल आइएमई समुन्नत योजना–१ वि.सं. २०७९ चैत ११ गते परिपक्व भएको हो । नेपाल धितोपत्र बोर्डको गत बैशाख २६ गतेको निर्देशन बमोजिम सामूहिक कोष नियमावली, २०६७ मा रहेको व्यवस्था अनुसार खारेजीमा लगिएको हो । र, सोही नियमावलीको नियम ३२ को उपनियम ३ बमोजिम हाल कायम इकाईधनीहरुले प्राप्त गर्ने साँवा रकम तथा प्रतिफलमा प्रचलित कानून बमोजिम कर कट्टा गरी हितग्राही खातामा अद्यावधिक बैंक खातामा गत साउन २५ गतेदेखि रकम जम्मा गरि सकिएको क्यापिटललले जनाएको छ । आफ्नो खातामा रकम जम्मा भए नभएको एकिन गर्नुहुन समेत क्यापिटलले भनेको छ । हालसम्म पनि आफ्नो रकम जम्मा नभएका इकाईधनीहरुको विवरण ग्लोबल आइएमई क्यापिटलको वेभसाइटमा राखिएको छ । साथै, योजनाले आर्थिक वर्ष २०७६/७७ मा प्रतिशत र आर्थिक वर्ष २०७७/७८ मा १ सय प्रतिशत वितरण गरिएको नगद लाभांश लिन बाँकि रहेका ईकाइधनीहरुले पनि यथासिघ्र हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न तथा भौतिक सेयरको हकमा कम्पनीमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

कर्मचारी सञ्चय कोषका मुख्य प्रबन्धक सुवेदी सिन्धु विकास बैंकको सञ्चालकमा मनोनयन

काठमाडौं । सिन्धु विकास बैंकको सञ्चालकमा दामोदर प्रसाद सुवेदी मनोनयन भएका छन् । कर्मचारी सञ्चय कोषका मुख्य प्रबन्धक रहेका सुवेदी बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् । सुवेदी कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक बनेका हुन् । साथै, सुवेदीले बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठसमक्ष सपथ लिएका हुन् । साथै, यसअघि कोषको प्रतिनिधित्व गर्दै सञ्चालक बनेका मुख्य प्रबन्धक दिनेश केसीको कार्यकाल सम्पन्न भएपछि विदाई गरिएको छ ।

१ लाख कित्ता आवेदन दिन मिल्ने चिरख्वा हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम मौका

काठमाडौं । चिरख्वा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन २८ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आज भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीय बासिन्दालाई बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि स्थानीय लगानीकर्ताले अधिकतम १ लाख कित्ता सेयर खरिद गर्न सक्ने छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको सेयरमा स्थानीयले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

हाथवे इन्भेष्टमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ २१ गतेदेखि निष्काशन गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आज भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको अंकित मूल्य ५० रुपैयाँका दरका २९ लाख २५ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् २ लाख ९२ हजार ५ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ५८ हजार ५ सय कित्ता कर्मचारी, १ लाख ४६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ । अब बाँकी रहेको २४ लाख २७ हजार ७५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।

कोशी अस्पतालमा अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने

काठमाडौं । कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ ुमोबाइल अस्पताल एपु सञ्चालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने छन् । बिरामीहरूले ओपिडी टिकटहरू बुकिङ र खरिद गर्नुका साथै प्रयोगशाला रिपोर्टहरू पनि एपबाटै प्राप्त गर्ने सक्ने छन् । यसैगरी नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बीमा भएका प्रयोगकर्ताहरूले समेत अस्पतालको निःशुल्क टिकट बुक गर्न र आफ्नो बीमा जानकारी राखेर प्रमाणीकरण गर्न पनि सक्ने छन् । यो सेवाले अपोइन्टमेन्ट लिन अस्पतालसम्म पुग्ने समय र अस्पताल पुगेर लाममा पर्खनु पर्ने झन्झटलाई कम गर्ने छ । यसले अस्पतालको सेवालाई समेत थप पहुँचयोग्य र सुलभ बनाउन सहयोग पुग्ने छ । दशकौँ लामो समयदेखि बिरामीहरूलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आएको कोशी अस्पतालले मोबाइल एप मार्फत समेत सेवा थालेर आफ्नो सेवालाई थप उन्नत बनाएको छ ।