विकासन्युज

अपि पावर कम्पनीको हकप्रद सेयर बाँडफाँट, कतिले पाए ?

काठमाडौं । अपि पावर कम्पनीको हकप्रद सेयर बाँडफाँट गरिएको छ । हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीको सेयर असोज ८ गते बाँडफाँट गरिएको हो । कम्पनीको हकप्रद सेयरमा १ लाख १० हजार ५६१ जना आवेदकले १ करोड ५३ लाख ३८ हजार २०३ कित्ता सेयरका लागि आवेदन दिएका थिए । रितपूर्वक आवेदन दिएका सेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । कम्पनीले गत साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म चुक्ता पूँजीको ४० प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ ०.४० कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । कम्पनीको चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँको १ः०.४० को अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । आफ्नो कायम हकभन्दा बढी सेयर माग गरी आवेदन दिएका लगानीकर्ताको रकम असोज १२ गतेदेखि फिर्ता गर्ने कम्पनीले जनाएको छ ।

इन्जिनियरिङ लाइसेन्स परीक्षा : विदेशमा पढेर फर्किएका बढी अनुत्तीर्ण

काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद्द्वारा सञ्चालित लाइसेन्स परीक्षाको नतिजा निकै निराशाजनक रहेको पाइएको छ । लाइसेन्स परीक्षामा स्वदेशमा भन्दा विदेशमा अध्ययन पूरा गरी फर्किएका इन्जिनियर बढी अनुत्तीर्ण हुने गरेका छन् । विगतमा इन्जिनियरिङ विषयमा स्नातक तह पूरा गरेको प्रमाणपत्र पेस गरेकै आधारमा लाइसेन्स प्रदान गर्ने व्यवस्था थियो । गत वर्षबाट लाइसेन्स परीक्षामा अनिवार्य उत्तीर्ण हुनुपर्ने व्यवस्था सुरु भएको हो । परिषद्ले दिएको जानकारी अनुसार गत चैतमा सञ्चालित पहिलो पटकको परीक्षामा दुई हजार छ सय जनाले परीक्षा दिएकोमा ५६५ जना अर्थात् २८.१६ प्रतिशत उत्तीर्ण भएका थिए । विदेश पढेर आएका ३७८ जनाले परीक्षा दिएकोमा जम्मा ५८ जना उत्तीर्ण हुन सके । सो परीक्षामा इन्जिनियरिङका २० विधाका इन्जिनियरहरू परीक्षामा सहभागी भएका थिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

आज विश्व पर्यटन दिवस मनाइँदै

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाउन लागिएको पर्यटन मन्त्रालयले जनाएको छ । दिवस भव्यरूपमा मनाउन पर्यटनमन्त्री सुदन किरातीको संयोजकत्वमा ४४औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ । मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार आज बिहान ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई पर्यटनमन्त्रीले स्वागत गर्ने कार्यक्रम छ । यस्तै बिहान साढे ७ बजे ललितपुरको पाटन ढोकाबाट मङ्गलबजारसम्म प्रभातफेरी गरिनेछ । पाटन दरबार क्षेत्रमा आयोजित औपचारिक कार्यक्रममा हुनेछ । पर्यटन मन्त्रालय र ललितपुर महानगरपालिकाले संयुक्तरूपमा आयोजना गर्ने उक्त कार्यक्रममा बढी विदेशी मुद्रा आर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई पर्यटन क्षेत्रका विभिन्न आठ विधामा सम्मान गरिने कार्यक्रम छ । ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ ।

सरकार र चिकित्सकबीच सहमति : आक्रमण गर्नेलाई कारबाही गरिने

काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकबीच मंगलबार सहमति भएको छ । पोखराको मणिपाल शिक्षण अस्पताल लगायत विभिन्न स्थानका चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुनअनुसार कारबाही गर्ने सहमति भएको हो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेमाथि ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६’ अनुसार कारबाही गर्ने सहमति भएको हो । मंगलबार गृह मन्त्रालयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, चिकित्सक संघ लगायतका प्रमुख तथा प्रतिनिधिहरूबीच भएको बैठकले उक्त सहमति गरेको हो ।

माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई ओम हस्पिटलमा विशेष छुट

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहक तथा कर्मचारीलाई ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको सेवा सुविधामा विशेष छुट हुने भएको छ । सो सम्बन्धमा दुई कम्पनीबीच सम्झौता भएको छ । ओम हस्पिटलमा आयोजित संक्षिप्त समारोहमा ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र माछापुच्छ्रे बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारीहरु तथा योनो नेपाल एसविआई मोबाइल एप प्रयोगकर्ताले ओम हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । नेपालको निजी क्षेत्रबाट सञ्चालित ओम अस्पतालले तीन दशक अघिदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले एकै छानामुनी आकस्मिक उपचारदेखि सघन उपचार तथा पेन मेडिसिन लगायत अन्य ३७ वटाभन्दा बढी विषयहरुमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आईरहेको छ । निःसन्तान दम्पतिलाई दाम्पत्य सुख प्रदान गर्ने आइ.भि.एफ. सेवाको शुरुवात गर्ने यो अस्पालले मातृशिशु सेवा, स्त्री तथा प्रसुती रोग, ल्यापारोस्कोपिक सर्जरी, जनरल मेडिसिन, दन्त रोग, नेत्र रोग, मानसिक रोग, फोक्सो तथा छाती रोग, मुत्र रोग लगायतका बिषयमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । मिर्गौला रोग र अर्बुदरोग उपचारमा नेपाल सरकारसँग सहकार्य गरी सहुलियत सहितको उपचार सेवा समेत प्रदान गर्दै आइरहेको छ । स्वास्थप्रति जागरुक नागरिकहरुकालागि ओम अस्पतालमा भिन्न भिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ । त्यसैगरी, माछापुच्छ्रे बैंकका देशभर १६५ शाखामा १५ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकले १२ एक्सटेन्सन काउण्टर, १३० शाखा रहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, २०३ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट बैङ्किङ र एसएमएस बैङ्किङ सुबिधा प्रदान गर्दै आइरहेको छ ।

घरजग्गा र सेयर बजारमा बन्देजको नीति अघि सार्दा अर्थतन्त्रमा समस्या आयो : अम्बिका पौडेल

अर्थतन्त्र सिथिल भयो, कर उठेन, व्यवसायीहरुको पनि मनोबल घट्यो, चौतर्फी निरासा आयो अब त केहि गरौं भन्ने कुरा सबै तिर थियो । संयोग पनि मान्नु पर्छ, अर्थमन्त्री डाक्टर, सल्लहाकार डाक्टर अझ रास्ट्र बैक समेतबाट डाक्टर लगियो । यति राम्रो टिम बन्यो अब त अर्थतन्त्रमा पक्कै सुधार हुन्छ, व्यवसायीको मनोबल बढ्छ भन्ने लाग्यो । जेठ १५ आयो बजेट आयो । राजस्व बढाउने, अनाबश्यक खर्च घटाउने, आर्थिक वृद्धिदर ६% पुर्याउने, आर्थिक स्थायित्व ल्याउने, राम्रा मान्छेले ल्याएको राम्रै होला भन्ने लग्यो । साउनको पहिलो हप्ता आयो । कठिन अबस्थाको बाह्य क्षेत्रलाई सन्तुलनमा ल्याउनु भएका, कोभिडको समयको चौतर्फी निरासामा पनि आशाको सञ्चार गरेका, चौतर्फी बुझेका गभर्नर र अर्थमन्त्रीको समेत सल्लाहकार रहेका व्यक्तिको संलग्नतामा मौद्रिक नीति आयो ।  आर्थिक नीतिलाई सफल बनाउन ६% को आर्थिक बृद्दीको लक्ष्यलाइ प्राप्त गर्न सघाउने मौद्रिक नीति आयो भन्ने लाग्यो । निजी क्षेत्रमा ११.५% कर्जा बढाउने मूल्य स्थिरता कायम गर्ने, अर्थतन्त्रलाई थप चलायमान बनाउने लगायतका बिषयहरु आए । बुझेकामान्छेले ल्याएको राम्रै होला भन्ने लग्यो । अहिले २ महिना बित्यो । तथ्यांक हेरेको सच्चि मनोबल नै घटेर आयो  निरासा बढेर आयो । अर्थतन्त्रको आर्थिक उठानको लागि सरकार र ब्यबसायीले एक अर्काकाे आस्तित्व स्वीकार गर्नु पर्छ । ब्यबसाय गर्ने व्यवसायीको मनोबल घटेमा बैंकबाट कर्जा लिने तथा नया ब्यबसाय विस्तार गर्ने कार्य गर्दैनन, जसको फलस्वरूप सरकारले उठाउन खोजेको राजस्वको लक्ष्य प्राप्त हुँदैन,  राजस्व कम भएपछि विकास खर्च कम हुने त्यसको असर फेरि भैरहेको निजि छेत्रको व्यवसायमा पर्ने, बैंक वित्तीय सस्थाको कर्जा जोखिममा पर्ने र त्यसको समग्र मार देशलाई नै पर्ने देखिन्छ । तसर्थ बजार चलायमान भएर ऋण चाहिने हो कि ऋण दिएर बजार चलायमान हुने हो बन्ने बहस सार्बजनिक गर्नु भन्दा माथिका तथ्यांक हेरेर सबै मिलेर आफुले बनाएको लक्ष्य प्राप्तिको लागि निजि क्षेत्रका समेत सुझाव लिएर अगी बढौ भन्ने सुझाव दिन चाहन्छु । कर अनुमान योग्य हुनु पर्दछ । कर भूत प्रभावी हुनु हुँदैन । एउटाको दायित्व र्कोमा सारिनु हुँदैन । नयाँ कर तथा करका दरहरु संसोधन हुँदा सरोकारवालासँग छलफल गर्दा के बिग्रन्थ्यो ? सम्बन्धित आवको कर सम्बन्धि हिसाबमा दुवै पक्षलाई समान व्यवहार गर्नु पर्दछ । निजी क्षेत्रले एउटा मात्र विवरण समयमा नबुझाउँदा करोडौं हर्जाना र ब्याज तिर्नु परेको तर सरकारले करदाताको अरबौं भ्याट फिर्ता नगरेको तथा करोडौं अग्रिम करको रुपमा रहेको हिसाब फिर्ता नगरेको वर्तमान अवस्था छ । व्यवसायीहरुको मनोबल गिर्यो एउटा दृष्टान्त दफा २६ निकायहरु एक आपसमा गाभिँदा वा प्राप्ति (मर्जर वा एक्विजिसन) मा सौदाबाजी गर्दा प्राप्त लाभ (वार्गेन पर्चेज गेन) वापतको आयलाई कर प्रयोजनको लागि आयमा समावेश गरी कर दाखिला नगरेको भए आर्थिक वर्ष २०७८/७९ सम्मको त्यस्तो आयमा लाग्ने कर २०८० साल मंसिर मसान्त भित्र दाखिला गर्नु पर्ने । नियामक निकायको पूँजी बृद्धि नीति अन्तरगत बैंक तथा वित्तीय संस्थाले पूँजी बृद्धि गरेको । मर्जर सम्बन्धी आय व्यसायिक मुनाफा नभएको, पूँजीगत नाफालाई पूँजी बृद्धिमा प्रयोग गरेको र लाभांस कर पनि तिरिसकेको । आर्थिक ऐनले मर्जर तथा सम्मिलन भएमा कर छुटको व्यवस्था समेत गरेको । अर्को दृष्टान्त दफा २७ कुनै निकायले फर्दर पब्लिक अफरिङ्ग (एफ.पि.ओ.) जारी गरी प्रिमियम मूल्यमा शेयर जारी गरी प्राप्त भएको रकम मध्ये आ.व. २०७८/७९ सम्मको हिताधिकारीलाई बोनश शेयरको रुपमा वितरण गरेको लाभांस रकमलाई आयकरमा समावेश गरी कर दाखिला नगरेको भए २०८० साल मंसिर मसान्तभित्र दाखिला गर्नु पर्ने । एफ.पि.ओ.बाट प्राप्त आय व्यवसायीक मुनाफा नभएको, पूँजीगत मुनाफालाई नगद लाभांसको रुपमा वितरण गर्दा कर तिर्नु उपयुक्त देखिएता पनि पूँजी नै बृद्धिमा प्रयोग गरेकोमा कर लाग्नु नहुने हैन र ? त्यस्तै अर्को दृष्टान्त दफा २९ धितोपत्र, जग्गा तथा घर जग्गाको ब्यबसायिक कारोबार गर्नेलाई छुट सम्बन्धि बिशेष व्यवस्थास् प्राकृतिक व्यक्तिले नियमित ब्यबसायको रुपमा धितोपत्र, जग्गा तथा घरजग्गाको व्यवसायीक कारोबार गरेको र आय विवरण र कर दाखिला गर्न बाँकी रहेको भए आ.व. २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरि कारोबारमा लाग्ने करको ५० प्रतिशत आय कर बुझाउनु पर्ने । आय कर ऐनको अनुसूची बमोजिम लाग्ने कर नै अग्रीम कर कट्टी भइसकेको हुनाले त्यसमा थप ५०५ कर तिर्ने व्यवस्था औचित्यहिन छ । – घर भाडा करमा रहेको दुबिधा । – उठ्नै लागेको पर्यटन ब्यबसायको लागि थप लग्जरी कर । – हवाई जहाज ट्रान्सपोर्ट तथा उनि गलैचा रंगाई कटाईमा तरकारी समेतमा लगाइएको भ्याट। – कृषिको व्यवसायिक कारोवार कोल्डस्टोर व्यवसाय तरकारी डिहाइड्रेट गर्ने व्यवसायलाइ १०% कर तथा सहकारी सस्थाहरु समेतको करमा बृद्दी । अर्थतन्त्रको आर्थिक उठानको लागि सरकार र ब्यबसायीले एक आर्कोको आस्तित्व स्वीकार गर्नु पर्छ । ब्यबसाय गर्ने व्यवसायीको मनोबल घटेमा बैकबाट कर्जा लिने तथा नया ब्यबसाय विस्तार गर्ने कार्य गर्दैनन, जसको फलस्वरूप सरकारले उठाउन खोजेको राजस्वको लक्ष्य प्राप्त हुदैन,  राजस्व कम भए पछी बिकास खर्च कम हुने त्यसको असर फेरी भैरहेको निजि छेत्रको व्यवसायमा पर्ने, निजि छेत्रले बैक वित्तीय सस्थाको कर्जा जोखिममा पर्ने र त्यसको समग्र मार देशलाई नै पर्ने देखिन्छ । तसर्थ बजार चलायमान भएर ऋण चाहिने हो कि ऋण दिएर बजार चलायमान हुने हो बन्ने बहस सार्बजनिक गर्नु भन्दा माथिका तथ्यांक हेरेर सबै मिलेर आफुले बनाएको लक्ष्य प्राप्तिको लागि निजि क्षेत्रका समेत सुझाव लिएर अगी बढौ भन्ने सुझाव दिन चाहन्छु । मौद्रिक नीतिका कार्यान्यन गर्दा देखिएका प्रश्न -किन कर्जाको ब्याज बढिरहेको छ ? – किन कर्जाको माग एतिहासिक कमजोर छ ? -किन खराब कर्जाको ग्राफ एतिहासिक उचाइमा छ ? – किन कालो सूचिका ऋणी बढिरहेका छन्र ? – किन सीडी रेसियो घट्दा ऋणको माग घट्दा समेत डिपोजिटको ब्याजमा बढोत्तरी छ ? – किन चौतर्फी ऋणीमा निराशा छ ? – किन घर जग्गा कर्जा कसिलो छ ? – किन शेयर कारोबारलाई ब्यबसाय मानिएको छैन ? – किन चालु पूजी कर्जाको कारण ब्यबसायी निसासिएका छन् ? के यी सबै कारण व्यवसायीले ऋण लिएकै कारण सिर्जना भएका हुन् ? अथवा समय सापेक्ष मौद्रिक नीति नआएर हो समीक्षा गर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकको संकुचनकारी मौद्रिक नीतिको कारण चालु चालु पुँजी कर्जा, शेयर धितो कर्जा, व्यक्तिगत कर्जा लागाएतका क्षेत्रमा गरेको निरुत्साहनले सो क्षेत्रमा विगतमा ठूलो लगानी गरिसकोका व्यवसायी त्यहाँबाट निस्कन नसकेको अवस्था, विश्वब्यापी आर्थिक मन्दी, डलरको आकाशिदो भाउ, पछिल्लो समयमा वृद्धि भएको पेट्रोलियमा पदार्थको मूल्य जस्ता कारणले आगामी दिन आर्थिक क्रियाकलाप संचालनमा अझै चुनौतिपूर्ण देखिन्छन् । अर्थतन्त्रमा बाह्य क्षेत्र सुधार अर्थात डलर संचिती बृद्धि बाहेक अन्य क्षेत्रमा सूधार ल्याउनको लागी वर्तमानमा केही लचिलो मौद्रिक नीति र व्यवसायी मैत्री कर नीति आवश्यक देखिन्छ । सोको लागि सबै क्षेत्रले एक अर्काको अस्तित्वलाई स्वीकार गरेर अघि बढ्नु नै अहिलेको समस्या समाधानको प्रस्थान बिन्दु हुन सक्दछ । सरकार तथा नेपाल राष्ट्र बैंकले नीति निमार्ण गर्दा आफ्नो परिवेशको कमजोर मूल्याड्ढन र वाह्य परिवेशको अधिक मूल्याड्ढन पनि अहिलेको समस्याको कारण हो । खासमा हाम्रो अर्थतन्त्रको स्रोत रेमिटेन्स र रेमिटेन्सको लगानी घरजग्गा तथा शेयर अनि पछिल्लो समयमा सबैभन्दा प्रहार पनि त्यही क्षेत्रमा भइरहेको छ । घरजग्गा र शेयर कर्जामा पनि सधै उदार हुनुपर्दछ भन्ने होइन तर अर्को क्षेत्रले प्रतिस्थापन गर्ने वातावरण नहुँदासम्म पूर्ण बन्देजको नीति पनि अर्थतन्त्र संकुचनको कारण हो । विस्तारै विस्तारै अन्य क्षेत्र मजबुत बनाउदै लैजाने र यो क्षेत्रलाई अलि व्यवस्थित गर्नु पर्नेमा सबै समस्याको कारण यहि हो जस्तो व्यवहार गरियो । अर्थतन्त्र निरन्तर ओरालो लाग्दै गर्दा एक पछि अर्को कठोर नीति आउनु र निजी क्षेत्रको जायज आवज नसुन्नु पनि अहिलेको समस्याको कारण हो । चौतर्फी निराशा छ भन्ने उदहारण विकल्पविहिन भएर वैदेशिक रोजगारमा जाने र यहाँ भविष्य नदेखेर विगत २ वर्षमा विदेश अध्ययन गर्न जानेको संख्याले समेत देखाउँदछ । अझ डरलाग्दो विषय त गत ६ महिनामा बैंक तथा वित्तिय संस्था र स्थापित औद्योगिक प्रतिष्ठानमा कार्यरत राम्रो तलब र सूविधा भएका व्यक्तिहरुको पलायन र अहिले सम्म नेपालमै भविष्य हेरिरहेका ऋब् हरुको डरलाग्दो विदेश वर्हिगमनले सांच्चै नै नीति निर्माता गंभीर हुनुपर्ने अवस्थालाई देखाउछ । यसरी योग्य तथा सक्षम र यहिं केहि गर्न सक्ने जनशक्ती दिन प्रतिदिन पलायन हुनु भोलिको लागी समेत राम्रो होइन । साधारण खर्च वृद्धि हुँदै जानु, हिजो गरिएको पूँजीगत खर्चले समेत उल्लेख्य रुपमा राजस्व सृजना गर्न नसक्नु, निजि क्षेत्रले गरेको खर्चले समेत राजस्व सिर्जना गर्न नसक्नुले आगामी दिन अझै चुनौतीपूर्ण छन् । समस्या छन्, तर समाधान गर्न सकिँदैन भन्ने होइन, व्यवसायीकाे मनोवल बढाउन सके, व्यवसायी प्रतिको राज्यको दृष्टिकोण परिवर्तन गर्न सके व्यवसायी सधै ठोकिने ठाउँ कम्पनी रजिष्ट्रार देखी कर कार्यालय हुदै विभाग सम्ममा सुधार गर्न सके, रोजगारी सृजना गर्ने तथा आयात प्रतिस्थापन गर्ने उद्योगलाई प्रोत्साहन गर्न सके, क्ब्ँत्ब् लगायतका सन्धी सम्झौताको पूनरावलोकन गरी स्वदेशी व्यवसायलाई एचयतभअतष्यल गर्न सके र युवाहरुलाई राजनीति नेतृत्व साँच्चै सुध्रिन थालेको छ र सरकारी सेवा नागरिक प्रती जिम्मेवार छ भन्ने कुराको अनुभूती दिन सके भर्खरै विकासको पहिलो सिंढी चडिरहेको देशमा निराशाका दिन पनि आशामा परिणत हुन सक्नेछन् । (सेयर लगानीकर्ता पौडेलले मंगलबार नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा राखेको विचार)  

ललिता निवास प्रकरण : सरकारसँग लिखित जवाफ माग

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले मंगलबार ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयविरुद्ध मुद्दा दायरको विषयमा सरकारका नाममा कारण देखाउ आदेश गरेको हो । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले ललिता निवासमा पूर्वप्रधानमन्त्रीद्वयलाई उन्मुक्ति दिइएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले सरकारका नाममा लिखित जवाफ माग गर्ने आदेश गरेको हो । अदालतले यसअघि दर्ता भएको दुईवटा रिट निवेदनलाई साथै राखी पेस गर्न आदेश गरेको छ । रिट निवेदनमा पूर्वप्रधानमन्त्रीद्वयविरुद्ध पूरक अभियोग दर्ता गर्न आदेश दिनुपर्ने माग गरिएको थियो । रासस

राष्ट्रिय टोलीका गोलकिपर श्रेष्ठ मार्की प्लेयरको रूपमा एफसी चितवन क्लबमा आवद्ध

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि नेपालको राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ मार्की प्लेयरको रूपमा एफ सी चितवन क्लबमा आवद्ध भएका छन् । गेम वान प्रा.ली. अन्तर्गतको एफ सी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठबीच यो आवद्धतामा सहमति भएको हो । नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगको रूपमा रहेको नेपाल सुपर लिग (एनएसएल) मङ्सिर ८ देखि पुस १४ गतेसम्म दशरथ रङ्गशाला काठमाडौंमा आयोजना हुँदैछ । एनएसएलमा नेपालका ९ वटा फ्रेन्चाइज टिमहरू एफसी चितवन, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, विरगन्ज युनाइटेड, झापा एफसी र स्पोर्टिग इलाम टिमले प्रतिस्पर्धा गर्दै छन् ।