विकासन्युज

राजमार्ग सचेतनाका लागि सेन्ट्रल फाइनान्स चन्द्रपुर शाखाले जडान गर्याे होर्डिङ बोर्ड

काठमाडौं । सेन्ट्रल फाईनान्स् लिमिटेड चन्द्रपुर शाखाले रौतहटको राजमार्गमा सचेतना मूलक होर्डिङ्ग बोर्डहरु लगाएको छ । रौतहट जिल्लाको राजमार्गको धनसार पुलदेखि बागमतीसम्मका विभिन्न स्थानहरुमा उक्त होर्डिङ्ग बोर्डहरु लगाइएको हो । ढिलो गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔं, तीव्र गति जीवन क्षति जस्ता चेतनामूलक सन्देश सहितको होर्डिङ्ग बोर्डहरु सेन्ट्रल फाईनान्स चन्द्रपुर शाखाले जिल्ला ट्राफिक प्रहरी कार्यालय, चन्द्रपुरको सहयोगमा लगाएको हो । दुर्घटना न्यूनीकरणमा सहयोगसिद्ध यस्ता होर्डिङ्ग बोर्डहरु राजमार्गमा लगाउने क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, चन्द्रपुरका प्रमुख सुशिल आचार्य तथा संस्थाको चन्द्रपुर शाखाका प्रमुख लोकनाथ पौडेललगायत संस्थाका कर्मचारीहरुको उपस्थिति थियो । त्यस्तै, संस्थाको डकाहा शाखाले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । दुधौली नगरपालिका वडा नम्बर ४ स्थित सरस्वती क्याम्पसमा आयोजित रक्तदान कार्यक्रममा संस्थाका कर्मचारी लगायत २४ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी सिर्थौली उपशाखा, इलाका प्रहरी कार्यालय डकाहा र दुधौली नगरपालिका वडा नं. ४ को समन्वयमा संस्थाले उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी डकाहा शाखाका शाखा प्रमुख दिपेश पाण्डले बताए । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको डकाहा तथा चन्द्रपुर शाखा कार्यालयबाट उक्त कार्यक्रम सञ्चालन गरेको हो । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २६ वर्षदेखि गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै आएको छ । संस्थाको कुपण्डोल स्थित केन्द्रीय कार्यालय सहित १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एक (१) एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको छ । संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ्ग एप, एटीम डेबिट कार्ड, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, राइट मर्चेन्ट क्युूआर पेमेन्ट, क्यूआर टेलर, रेमिट्यान्स सेवा, सी–आस्वा जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

काठमाडौंमा मुख तथा अनुहारसम्बन्धि चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन शुरु

काठमाडौं । मुख तथा अनुहारसम्बन्धि शल्य चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । मुख तथा अनुहारको शल्य चिकित्सा क्षेत्रको नयाँ–नयाँ ज्ञान, सीप र प्रविधि भित्र्याउने उद्देश्यकासाथ शनिबारबाट सो अन्तराष्ट्रिय सम्मेलन शुरु भएको हो । दुई दिनसम्म चल्ने सो सम्मेलनमा विभिन्न ६ वटा मुलुकका मुख तथा अनुहारसम्बन्धि विशेषज्ञहरुले नौ वटा कार्यपत्र प्रश्तुत गर्नेछन । मुख तथा अनुहारको शल्य चिकित्साका लागि विश्वका नयाँनयाँ ज्ञान र सीप भित्र्याउने उद्देश्यका साथ सो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालमा आयोजना गरिएको नेप्लिज एशोसिएशन अफ ओरल एण्ड म्याक्सिल्लोफेसियल सर्जन (एनएओएमएस) का महासचिव डा. किशोर भण्डारीले बताए । अन्तर्राष्ट्रिय सम्मेलनमा भारत, पाकिस्तान, श्रीलंका, इटाली, बेल्जियम लगायतका मुलुकहरुका ख्यातीप्राप्त शल्य चिकित्सकहरु सहभागी भएका छन् ।

पेट्रोलियम पदार्थ अन्वेषण मुआब्जा विवाद सुल्झियो, स्थानीयले प्रतिरोपनी १ लाख ७५ हजार पाउने

दैलेख । पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको विवाद सुल्झिएको छ । सरकारले दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटमा पेट्रोलियम पदार्थ अन्वेषण गर्ने भन्दै अघि बढाएको जग्गा खरिद प्रक्रिया अन्र्ततको मुआब्जा वितरणलाई लिएर स्थानीयले असन्तुष्टि जनाएका थिए । पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले जिल्ला प्रशासन कार्यालय दैलेखमार्फत मुआब्जा वितरण प्रक्रिया अघि बढाएको थियो । भैरवी–१ रावतकोटका २७ घरलाई प्रतिरोपनी एक लाख ५० हजार रुपैयाँका दरले मुआब्जा दिने प्रक्रिया अघि बढाएपछि स्थानीयले विरोध जनाएका थिए । सर्वदलीय बैठक र मुआब्जा पाउने नागरिकसँगको छलफलपछि विवाद सुल्झिएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बताए । ‘सरकारले प्रतिरोपनी एक लाख ७५ हजार मुआब्जा दिने निर्णय गरेको थियो, प्रभावित क्षेत्रका नागरिक र सर्वदलीय बैठकपछि रावतकोटमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको मुआब्जा वितरण विवाद सुल्झिएको छ’, उनले भने । पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ड्रिलिङ्गका लागि नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०७९ माघ २३ निर्णयका आधारमा गत असार ३ गते मुआब्जा निर्धारण समितिले भैरवी गाउँपालिका–१ रावतकोटका २७ स्थानीयले मुआब्जा पाउने निर्णय भएको थियो । यस्तै, पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ड्रिलिङ्गको काम अघि बढाउन आवश्यक उपकरण ल्याउन सडक स्तरोन्नतिको काम समेत अघि बढाएको छ । उपकरण कर्णाली राजमार्गबाट ल्याउन सकिने अवस्था नभएको भन्दै खानी तथा भूगर्भ विभाग र सडक डिभिजन कार्यालय सुर्खेतबीच सडक स्तरोन्नतिको काम अघि बढाउने सहमति भएको थियो । तर सडक डिभिजन कार्यालय सुर्खेतले समयमै सडक स्तरोन्नति अघि नबढाउदा समस्या भएको खानी तथा भूगर्भ विभागले बताउँदै आएको छ । खानी तथा भूगर्भ विभाग र सडक डिभिजन कार्यालय सुर्खेतले ड्रिलिङ्गका लागि आवश्यक उपकरण ल्याउन सुर्खेतदेखि दैलेखको साँघेतडासम्मको कर्णाली राजमार्गका घुम्तीहरु मिलाउने र सडक स्तरोन्नतिको काम अघि बढाउने सहमति भएको थियो । सडक स्तरोन्नतिका लागि अनुमानित लागत चार करोड ३६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी टोपनारायण पौडेलले बताए । सम्झौताअनुसार राजमार्ग स्तरोन्नतिको काम निर्माण कम्पनीले छ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भदौ अन्तिममा सम्झौता भएको पौडेलले बताए । दैलेखको पञ्चकोशी क्षेत्रमा पेट्रोलियम पदार्थ अन्वेषणको काम विसं २०७६ असोजदेखि सुरु गरिएको थियो । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले यसअघि सम्पन्न गरिसकेको छ । सरकारले जग्गा अधिग्रहण जस्तै सडक स्तरोन्नतिलगायत गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेपछि चिनियाँ अन्वेषण टोली दैलेख आएर दोस्रो चरणमा पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ड्रिलिङको काम थाल्ने खानी तथा भूगर्भ विभागले जनाएको छ । यसअघि नेपालसँगको सम्झौता अनुसार चीनको प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक, जियोलोजिकल, म्याग्नेटो टेल्युरिक र जिओ केमिकल स्याम्पलिङ गरी चार वटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको छ । दैलेखमा सदिऔँदेखि ज्वाला बल्दै आएका श्रीस्थान, नाभीस्थान, पादुका, तल्लो डुंगेश्वरलगायतका क्षेत्रहरूलाई आधार मानी चीनको पेट्रोलियम पदार्थ तथा अन्वेषण टोलीले पहिलो चरणको काम गरेको थियो ।

अष्टाङ्ग आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टरले ८ बर्षमा २ लाख ५० हजारलाई सेवा प्रदान

काठमाडौं । काठमाडौंको कलंकी र कोटेश्वरमा रहेको अष्टाङ्ग आयर्बेद हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि ८ बर्ष पुरा गरी नबौं बर्षमा प्रवेश गरेको छ । स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु र रोगी व्यक्तिको रोगको निवारण गर्ने मुल उद्देश्य बोकेर स्थापना भएको उक्त अस्पताल आयर्बेद क्षेत्रमा २५ बर्ष सेवा गरिसकेको व्यक्तिहरुद्वारा सञ्चालन भइरहेका छन् । अस्पताल सञ्चालनको ८ वर्ष पूराहुँदा आयर्बेद क्षेत्रमा अष्टाङ्ग आयर्बेद विश्वासिलो कम्पनीको रुपमा स्थापित छ । विश्वसनीय सेवाकै कारण ९ बर्षसम्म आइपुग्दा हस्पिटलले २ लाख ५० हजार बढीलाई सेवा दिइसकेको छ । हाल काठमाडौंको कलंकी र कोटेश्वरबाट सेवा प्रदान गरिरहेको हस्पिटलले आफ्नो प्रभावकारी सेवालाई विस्तारै देशैभरी फैल्याउने लक्ष्य राखेको छ । अष्टाङ्ग आयुर्वेदले आयुर्वेद उत्पादक कम्पनी प्रोग्रेसिभ हर्बल उद्योग, उत्पादन विक्री वितरण गर्ने प्रोग्रेसिभ इन्टरनेशनल प्रा.लि. र औषधी विक्रेता कम्पनी सुखायु आयुर्वेदिक फार्मेसी गरी दुई भातृसंस्था सञ्चालन गर्दै आएको छ । यी सबै कम्पनीमा गरी अष्टाङ्गले १२५ भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । अष्टाङ्गमा विशेषगरी एलोपेथिक र प्राकृतिक उपचार पद्दतीबाट सम्भव नभएर थाकेका निराश रोगीहरु आउने गरेको अष्टाङ्ग आयुर्वेद हस्पिटलका प्रबन्धक सञ्चालक सञ्चालक हृदयनारायण चौधरीले जानकारी दिए । त्यस्ता सबै रोगीहरु अष्टाङ्ग आयुर्वेद हस्पिटलको उपचारबाट सन्तुष्ट रहेको उनले दाबी गरे । दीर्घ र ठूला धेरै रोगको सफल उपचार गरिसकेपछि थप विश्वसनीयता कमाइसकेको यो हस्पिटलले विरामीहरूलाई बस्ने बेडसहित सरल, आधुनिक र प्रभावकारी तरिकाबाट उपचार सेवा पु¥याउँदै आएको छ । आफ्नो विश्वसनीयता र नामसँगै आयुर्वेद क्षेत्रमा अष्टाङ्ग उदाहरण बनिरहेको सञ्चालक चौधरीको भनाई छ । हस्पिटलले विभिन्न अवसरहरूमा निःशुल्क चेक जाँच तथा स्वास्थ्य शिविरको आयोजना समेत गर्दै आएको छ । ‘सस्तो र भरपर्दो सेवाको लागि सधैं र सबैको लागि’ नारा सहित आयुर्बेद उपचार केन्द्रको रूपमा स्थापना भएको यो अष्टाङ्गले पछिल्लो समयमा आयुर्वेदिक उपचार बैकल्पिक बन्दै गएकाले व्यवस्थित ढंगले हस्पिटल नै खोली सेवा सुरूवात गरेको हो । आयुर्वेद पद्दतीबाट रोगको उपचार गरिने यो आयुर्वेद हस्पिटलमा आयुर्वेदद्वारा गरिने सम्पूर्ण उपचारसँगै ल्याब, इसिजी, एक्सरे, भिडियो एक्सरे, पञ्चकर्म, (स्नेहन, स्वेधन, शिरोधारा, स्टिम, बस्तिकर्म, न्श्य, बमन, बिर्यचन), अग्नीकर्म, अकुपञ्चर, अकुप्रेसर, फिजियोथेरापीलगायतका सेवाहरु उपलब्ध छन् । त्यस्तै हस्पिटलमा योगा हल, थेरापी हललगायतका सम्पूर्ण सुबिधा पनि रहेका छन् । पायल्स, फिस्टुला, फिसर, जोर्नी दुख्ने, मासपेशी दुख्ने, हातगोडा दुख्ने, शरिर कटकटी खाने, सुगर, युरिक एसिड, बाथ, हड्डी खिइएको, नशा च्यापिएको, प्यारालाइसिस, पेट पोल्ने, घाँटी पोल्ने, पिनास, कब्जियत, ग्याष्टिक (अमलपित्त), दम, मधुमेह (डायविटिज), महिनाबारी गडबडी, खोकी, निमोनिया, यौन दुर्वलता, दाद, एलर्जी, प्रेसर आदी रोगको उपचार अनुभवि तथा विज्ञ डाक्टरहरूद्वारा उपचार गर्ने गर्दछ । त्यस्तै यो हस्पिटलमा छालामा मुसा पलाएको र गर्दनमा मासु पलाएको रोगको विशेष उपचार हुने गर्ने हस्पिटलले जानकारी दिएको छ ।

पहिलो पटक ‘देउडा आइडल’ आयोजना हुँदै

काठमाडौं । नेपालमा पहिलो पटक ‘देउडा आइडल’ आयोजना हुने भएको छ । देउडा सांस्कृतिक मञ्चले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंमा सो कार्यक्रम आयोजना गर्ने जानकारी गराएको हो । सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा र संस्कृतिको प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागिएको मिडिया पार्टनरको रुपमा रहेको टिभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष जनकराज पन्तले बताए । ‘विगत ४÷५ वर्षको प्रयासमा कोशिस गरेर यो कार्यक्रम हुन गईरहेको छ, सुदूरपश्चिमको देउडा संस्कृति चिनाउन उहाँले जुन कोशिस गर्नुभयो, यो पहिलो कार्यक्रम हो, यसले त्यहाँको भाषा र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ,’ उनले भने । देउडा गीत, संगीतलाई स्थानीय स्तरबाट राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म विशिष्ट पहिचान स्थापित हुने खालका कला र गला भएकाहरुलाई सो कार्यक्रममा सहभागी गराइने आयोजकले जनाएको छ । कार्यक्रममा लागि सुप्रसिद्ध देउडा गीतका सर्जक नन्दकृष्ण जोशी, तिलक सिंह पेला र टिका पुनलाई निर्णायक मण्डलको रुपमा चयन गरिएको छ । कार्यक्रमको मिति भने अर्को पत्रकार सम्मेलनमार्फत् सार्वजनिक हुने पनि देउडा सांस्कृतिक मञ्चले जनाएको छ ।

ट्राफिक प्रहरीले सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह मनाउने

फाइल फोटो काठमाडौं । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक प्रहरीले “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह – २०८०” मनाउने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा मातहतका ट्राफिक प्रहरी कार्यालयहरूको अगुवाई तथा स्थानीय तह, स्थानीय प्रहरी, विभिन्न संघसंस्थासँगको समन्वय तथा सहकार्यमा साताव्यापी रुपमा विविध ट्राफिक चेतनामूलक कार्यक्रम गरीट्राफिक सप्ताह मनाउन लागिएको हो । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा आइतबार काठमाडौंको प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम गरेर ट्राफिक सप्ताहको सुरु हुने जनाईएको छ । एक हप्तासम्म निरन्तर चल्ने यस कार्यक्रममा चालक, परिचालक, पैदलयात्री, विद्यार्थीर समग्रमा सडक प्रयोगकर्ता लक्षित ट्राफिक चेतनामूलक कार्यक्रमहरू रहेको र साताव्यापी सञ्चालन हुने यस कार्यक्रमले दुर्घटना न्यूनीकरण गर्न, सडक अनुशासन कायम राख्न र सडक प्रयोगकर्तालाई जिम्मेवारी बोध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवंम प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । काठमाडौं उपत्यकामा सवारी दुर्घटनाको विश्लेषण गर्दा अधिकांश सवारी दुर्घटना तीव्र गति, ट्राफिक संकेत वा इशाराको उल्लङ्घन, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने जस्ता चालकको लापरबाहीका कारण हुने गरेको पाइएको छ । यस्तै सडकको अवस्था, सवारी साधनको खराब अवस्था र सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक नियमको पर्याप्त ज्ञानको अभाव पनि सवारी दुर्घटनाका कारण बनेकाले सडक सुरक्षा तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक सप्ताहको आयोजना गरिएको पनि प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए । आइतबार पहिलो दिन बिहान बाजागाजा सहित प्रभातफेरी र औपचारिक उद्घाटनको कार्यक्रम रहने छ । त्यसपछि साताभर हुने जनचेतनामूलक कार्यक्रममा विद्यालय सम्पर्क कार्यक्रम, चालक र परिचालकलाई ट्राफिक ज्ञानको अभिबृद्धि गर्नुका साथै उनीहरूको स्वास्थ्य परिक्षण, विद्यार्थी तथा स्काउट लगायत सवारी चालक र परि–चालकलाई पनि स्वयंसेवकको रुपमा परिचालन गर्ने, जनचेतनामूलक स्टिकर तथा पर्चा पम्पलेट वितरणगर्ने कार्यक्रम रहेको छ ।

मनसुन बाहिरिन अझै केही दिन लाग्ने, यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं । नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिन निकालेर हाल बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यूनचापीय प्रभावले मनसुन बहिर्गमन ढिलो हुने प्रक्षेपण गरेको हो । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले मनसुन बाहिरिने मिति अक्टोबर २ भए पनि वर्षा गराउने प्रणाली (न्यूनचापीय क्षेत्र) को विकास भएकाले अबको केही दिन बदली र वर्षाको सम्भावना रहेको बताए । ‘भारतको पश्चिमी भू–भागबाट मनसुन बर्हिगमनको प्रक्रिया सुरु भइसकेको छ, तर, अहिले बङ्गालको खाडीमा न्यूनचापीय क्षेत्र बनेको र त्यो अझै शक्तिशाली हुँदै उत्तर–पश्चिमतिर सर्ने क्रममा रहेकाले नेपालबाट मनसुन बाहिरिन समय लाग्ने देखिन्छ’, उनले भने । मौसमविद् अधिकारीका अनुसार अहिले देशको पूर्वी क्षेत्रबाट न्यूनचापीय क्षेत्रको विकास भइरहेकाले अबको दुई/चार दिन देशका कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । ‘पूर्वमा विकसित न्यूनचापीय प्रणाली देशको पश्चिम र सुदूरपश्चिमसम्म प्रभाव नरहन सक्छ । पूर्वी र मध्य भेगमा धेरै पानी पर्ने सम्भावना देखिन्छ’, उनले भने । यो वर्ष दसैँ ढिलो भएकाले पनि किसानले बाली भित्र्याउने तरखरमा छन् । यो बेला मनसुनको प्रभाव बढी कृषि र यातायात क्षेत्रमा पर्नसक्ने भएकाले सम्बन्धित निकायलाई सतर्कता गराउन अनुरोध गरिएको महाशाखाले जनाएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । देशको पूर्वी भेगभएर मनसुन देशभर फैलिन्छ । यस्तै मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख अर्थात् यो वर्ष असोज १५ गते भए पनि मनसुन ढिलोगरी बाहिरिने अनुमान गरिएको छ । यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) मनसुन नेपाल भित्रिएको थियो । सतर्कता अपनाउन अनुरोध महाशाखाका अनुसार आगामी तीन/चार दिनसम्म देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ । वर्षाले पहाडी भूभागमा पहिरोको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह केही बढ्नसक्ने र दैनिक जनजीवन तथा सडक, हवाई यातायातसमेत केही प्रभावित हुनसक्ने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । साथै, बाली भित्र्याउने बेला पनि भएकाले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरिएको छ । यी स्थानमा वर्षाको सम्भावना अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोसी, मधेस र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि कोसी र मधेस प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधामन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन् । चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारमाझ परम्परागत ढङ्गले उत्तरी सीमा क्षेत्रमा स्थानीयरुपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा गरेर सञ्चालनमा ल्याउन दुई देशबीच सहमति भएको जानकारी दिए । केही नाकालाई व्यवस्थित गर्नेबारेमा चीन सरकारले अनुदान उपलब्ध गराउने वचन दिएको प्रधानमन्त्री दाहालको भनाइ छ । ‘वैधानिक ढङ्गले सबै नाका खोल्ने सहमति भएको छ । केही नाका अनुदानमा बनाइदिन्छौँ भन्ने सहमति भएको छ’, उनले भने । यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारेमा पनि महत्वपूर्ण छलफल भएको उनले जानकारी दिए । आन्तरिकरुपमा पनि केही तयारी गर्नुपर्ने देखिएको उल्लेख गर्दै उहाँले चीनको छन्दुबाट सहजै द्विपक्षीय उडान हुने बताए । चीनका अन्य सहरबाट पनि आवश्यक प्रक्रिया पूरा गरेर हवाई उडानलाई नियमित गर्नेबारेमा छलफल भएको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दे लैजाने बारेमा छलफल भएको बताउँदै दुई देशबीच भएको समझदारीहरु र अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तमा आधारित भइ अघि बढाउने सहमति भएको बताए । नेपालको आवश्यकताअनुसार चिनियाँ पक्षले अरनिको राजमार्ग मर्मत परियोजनाको चौथो चरण शुरु गर्ने सहमति भएको उनले बताए । उनले स्याँप्रुबेसी रसुवागढी रसडक मर्मतका लागि चिनियाँ पक्ष तयार भएको र हिल्सा सिमिकोट सडकको अध्ययन सम्भाव्यता अध्ययन गरी अघि बढाउन सहमत भएको समेत जानकारी दिए । चीनसँग टोखा—छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तिब्र गतिका साथ अघि बढाउने, काठमाडौं चक्रपथ सडकको दोस्रो चरणको कार्यान्वयनलाई तिब्रता दिने, नेपाल—चीन रेल्वे सहयोगका लागि कार्यदलको आठौँ बैठक छिटै गर्नेमा सहमति लगायत १२ वटा समझदारी पत्रमा हस्ताक्षर भएको उनले बताए । आआफू देश बाहिर रहँदा कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षक, स्वास्थ्यकर्मीलगायतले राख्दै आएको गुनासो सम्बोधन गरेकामा प्रधानमन्त्री दाहालले धन्यवाद दिए ।