बाख्राको दूधबाट बनेको चिजको माग उच्च, प्रतिकिलो ३ हजार मूल्य
तनहुँ । राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरबाट उत्पादित बाख्राको चिज पर्यटकीय नगरी पोखरा र बन्दीपुरमा बिक्री हुँदै आएको छ । बाख्राको गुणस्तर वृद्धिको क्षेत्रमा अनुसन्धान गर्दै आएको कार्यक्रमले दूधको लागि प्रसिद्ध सानेन प्रजातिको बाख्राबाट चिज उत्पादन गर्दै आएको छ । पाँच वर्ष पहिले अमेरिकाबाट आएका डेरिगोट एसोसिएसनका अध्यक्ष डेनियल लेनिले बाख्रा फार्ममै तीन महिना बसेर दूधबाट चिज बनाउने प्रविधि हस्तान्तरण गरेका थिए । राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत वुद्धिराम आचार्यले सोही प्रविधि सिकेर आफूहरुले दूधबाट चिज बनाउन सुरुआत गरेको जानकारी दिए । चिज बनाउने तालिममा कार्यक्रमका कर्मचारी निरबहादुर राना र स्याङ्जाका बाख्रा पालक कृषक दिलबहादुर गुरुङ समेत सहभागी भएको कार्यक्रमले जनाएको छ । ‘तत्कालीन समयमा बाख्राको दूधबाट चिज बनाउने बारेमा हामीलाई कुनै पनि जानकारी थिएन’, कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत आचार्यले भने, ‘चिज बनाउने तालिम पाएपछि अहिले यहाँ उत्पादित बाख्राको चिज पोखरा र केही मात्रामा बन्दीपुरमा समेत खपत हुने गरेको छ ।’ कार्यक्रमको फार्ममा हाल सानेन जातका ५५ बाख्रा छन् । सानेन दूध दिने प्रजातिको बाख्रा हो । फार्ममा एउटा बाख्राले लैनो अवस्थामा करिब चार लिटरसम्म दूध दिने र हाल दैनिक करिब ४२ लिटर बाख्राको दूध सङ्कलन हुने गरेको उनले बताए । एक किलोग्राम चिज उत्पादन गर्न करिब आठ लिटर दूध आवश्यक पर्ने र आफूहरुले मासिक करिब एक सय ५० किलोग्राम चिज उत्पादन गरी बिक्री गर्दै आएको अधिकृत आचार्यले जानकारी दिए । बाख्राको चिजको मूल्य बजारमा करिब तीन हजार किलोग्राम भए पनि यहाँ भने प्रतिकिलोग्रामको एक हजारमात्र लिने गरिएको छ । पोखरामा आउने विदेशी पर्यटकले बाख्राको चिजको माग गरेपछि आफूले बाख्राको चिज किन्ने गरेको पोखराका व्यवसायी रवि दुवाले बताए । आफूले मोबाइलबाट चिज अर्डर गर्ने र खरिद रकम भने अनलाईन बैंकिङमार्फत कार्यक्रमको खातामा जम्मा गर्ने गरेको उनले जानकारी दिए । ‘अहिले पोखरामा आउने अधिकांश विदेशी पर्यटकको रोजाइमा बाख्राकै चिज पर्ने गरेको छ’, व्यवसायी दुवाले भने, ‘बन्दीपुरको चिजलाई पर्यटकले समेत निकै मन पराएका छन् ।’ राष्ट्रिय खाद्य अनुसन्धान केन्द्र खुमलटारबाट दुई वर्ष पहिले उत्पादित बाख्राको चिजको परीक्षण गर्दा गुणस्तरीय देखिएपछि आफूहरुले पनि सबैको पहुँचमा पुगोस् भनेर बाख्राको चिज बिक्री खुला गरेको कार्यक्रमका संयोजक राजु कँडेलले बताए । ‘बाख्राको चिजको माग अहिले काठमाडौँबाट समेत हुने गरेको छ तर पु¥याउन सकेका छैनौँ’, उनले भने, ‘हामीले चिज उत्पादनसँगै विभिन्न प्रजातिका बाख्राको नश्ल सुधारमा अनुसन्धान गर्दै आइरहेका छौँ ।’ बाख्राको दूध र चिज क्यान्सर प्रतिरोधात्मक भएको भन्दै अधिकांशले चिजको बारेमा चासो राख्ने गरेकोसमेत संयोजक कंडेलले बताए । कार्यक्रममा हाल बोर र सानेनलगायतका बाख्राको बारेमा अनुसन्धान भइरहेको छ । विसं २०७१ मा कृषि खाद्य सुरक्षा आयोजनामार्फत अष्ट्रेलियाबाट ५० वोर बाख्राको माउ र सात वटा बोका ल्याएपछि बाख्राको नश्ल सुधारमा अनुसन्धान सुरु गरिएको कार्यक्रमले जनाएको छ । कार्यक्रमले अगुवा बाख्रा उत्पादक कृषकलाई पशु कार्यालयको सिफारिसमा सुपथ मूल्यमा बोर, खरी र सानेन प्रजातिका बाख्राको बाठोसमेत उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा हाल अनुसन्धानको लागि बोर, सानेन, खरी, सिन्हाल, बारबारी, जमुनापारीलगायतका करिब पाँच सय बाख्रा छन् । रासस
इजरायल द्वन्द्व : प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को विशेष बैठक
काठमाडौं । इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषदको विशेष बैठक बोलाएका छन् । सोमबार अपरान्ह ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तिका लागि सरकारले चाल्नुपर्ने कुटनीतिक पहल, प्राविधिक व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ । मन्त्रिपरिषदको बैठकपछि प्रधानमन्त्रीले बेलुका ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक समेत बोलाएका छन् । बैठकमा इजरायलमा विकसित परिस्थिति र नेपाली नागरिकहरूको सुरक्षा र हितसम्बन्धी विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । नेपाली समयअनुसार शनिबार बिहान इजरायलमा भएको आक्रमणपछि प्रधानमन्त्रीले लगातार घटनाप्रति चासो राख्दै सरकारको तर्फबाट आवश्यक पहल गरिरहेका छन् । प्रधानमन्त्रीले इजरायल हमास युद्धले निम्त्याएको संकट र नेपाली नागरिकहरूमा देखिएको त्रास तथा उनीहरूको उद्दार र नेपाल फिर्तिका लागि कुटनीतिक पहल जरिरहेका छन् । सो सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले असोज २० गते घटनाको भर्त्सना गर्दै नेपाली नागरिकका परिवारमा सहानुभूति प्रकट गरेका थिए । प्रधानमन्त्रीले इजरायलस्थित नेपाली दुतावासमा घाइते नेपाली नागरिकको अवस्था बुझी उद्दारका लागि पहल लिन परराष्ट्र मन्त्रालयमार्फत निर्देशन दिइसकेका छन् । इजरायल–हमास युद्धमा परेका र फसेका नेपालीहरूको अवस्थाबारे एकीन गर्न र उनीहरूको उद्दार गर्नका लागि आइतबार बिहान प्रधानमन्त्रीले बालुवाटारमा उपप्रधानमन्त्री रक्षा, उपप्रधानमन्त्री गृह, परराष्ट्रमन्त्री, शिक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, परराष्ट्र सचिव र सुरक्षा अङ्गका प्रमुखहरूको आकस्मिक बैठक बोलाएका थिए । सो बैठकले परराष्ट्रमन्त्री एनपी साउदको संयोजनमा परराष्ट्र, शिक्षा लगायत सम्बन्धित मन्त्रालयका प्रतिनिधि, सुरक्षा अङ्गका प्रतिनिधि, विदेशस्थित दूतावास, नियोग सहभागी एक ¥यापिड एक्सन टिम गठन गरेको छ । उक्त टीमको बैठकले उद्दार र नेपाली फीर्तिसम्बन्धी आवश्यक गृहकार्य गरिरहेको छ । सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकहरूलाई फिर्ता ल्याउने प्रयोजनका निम्ति लगत संकलन र द्रूत सूचना संयन्त्रसमेत खडा गरिसकेको छ ।
विश्व लगानीकर्ता सप्ताह : प्रभु क्यापिटलले गर्यो सेयर लगानी प्रशिक्षण कार्यक्रम
काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा प्रभु क्यापिटलले २ दिने सेयर लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडसँगको सहकार्यमा शनिबार र आइतबार प्रशिक्षण कार्यक्रम गरेको हो । जनचेतनामूलक तालिम कार्यक्रम कास्कीको वीरेठाँटीका सर्वसाधारणका लागि प्रभु बैंकको पोखरा क्षेत्रका शाखा प्रमुखसहित कर्मचारी र पोखरा थकाली समाजका अग्रज तथा युवावर्गलाई लक्षित गरी गरिएको थियो । कार्यक्रममा करिब १२० सर्वसाधारण, प्रभु बैंकका करिब २५ कर्मचारी र थकाली समाजका ५० अग्रज तथा युवावर्गको सहभागिता थियो । कार्यक्रममा धितोपत्र बोर्डका निर्देशक शंकरप्रसाद रिमाल, सिडिएससीका सहायक प्रबन्धक तथा सूचना अधिकृत सुरेश न्यौपाने, प्रभु क्यापिटलका चिफ बिजनेस अफिसर तथा कम्पनी सचिव बासु थपलिया र प्रभु क्यापिटलको कोष व्यवस्थापनका स्किम म्यानेजर सौगात पन्तले लगानीसम्बन्धी जानकारी प्रदान गरे । इन्टरनेसनल अर्गनाइजेसन अफ सेक्युरिटिज कमिसनको आह्वानमा प्रत्येक वर्ष विश्व लगानीकर्ता सप्ताह विविध कार्यक्रम गरी मनाइँदै आएको छ ।
गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सको सीइओमा अधिकारी नियुक्त
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा तोयराज अधिकारी नियुक्त भएका छन् । फाइनान्स कम्पनीको आइतबार साँझ बसेको बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीइओमा नियुक्त गरेको हो । यसअघिका सीईओ राजेश कुमार श्रेष्ठले सोमबार नै राजीनामा दिएका थिए । सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेर अधिकारीलाई सीइओको जिम्मा दिएको हो । अधिकारीलाई ४ वर्षका लागि करार सेवामा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
बाडौँ खुसी चढाैं सुजुकी योजनाका पहिलो बम्पर विजेता घोषणा
काठमाडौं । बाडौँ खुसी चढाैं सुजुकी योजनाका पहिलो बम्पर विजेता घोषणा गरिएको छ । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्सले आइतबार टेकु स्थित शोरुममा गरिएको फेसबुक लाइभ मार्फत पहिलो बम्पर विजेता घोषणा गरिएको छ । धरान निवासी राजु रिजालले धरान स्थित नवदुर्गा अटो प्यालेस बाट एसेस १२५ सीसी बि–६ स्कुटर खरिद गरेका थिए । यस योजना लागू भएदेखी प्रत्येक १५ दिनमा नेपाल अधिराज्य भरिको खरिदकर्ता हरुलाई समावेश गरी गरेको लक्की ड्र मार्फत राजु रिजाल पहिलो बिजेता बन्न सफल भएका छन् । राजु रिजालले पहिलो बम्पर मार्फत १० ग्राम सुनको सिक्का जित्न सफल भएका हुन् । कम्पनीले रिजाललाई बधाई ज्ञापन गरेको छ । यस चाडमा सुजुकीले ल्याएको ‘बाडौ खुसी चढौं सुजुकी’ स्किम अन्र्तगत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा पाउनेछन् । १० हजार पक्का छुट वा कुनै पनि सुजुकी बा्रण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा ग्राहकले १० हजार थप मूल्याङ्गकन प्राप्त गर्न सक्नेछन् । अथवा शुन्य प्रतिशत फाइनान्सको सुबिधाका साथै एक वर्ष निःशुल्क सडक कर पाइने कम्पनीले जनाएको छ । यो स्किम अन्तर्गत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहाकलाई उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
कुमारी बैंकको टीकाअघि नै दक्षिणा योजना, ५०१ रुपैयाँसम्म क्यास ब्याक
काठमाडौं । कुमारी बैंकले दशैं पर्वलाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक सुविधा सहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ । नेपाली बैंकिङ क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंकले ‘टीकाअघि नै दक्षिणा’ योजना ल्याई महान चाड दसैंको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको हो । योजनामा कार्ड तथा मोबाइल बैंकिङ मार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०-५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँसम्म क्यास ब्याक दिइने बैंकले जनाएको छ । क्यास ब्याक रकम पीओएस, क्युआर पेमेन्ट तथा अनलाइन पमेन्टबाट गरिने कारोबारमा प्रदान गरिनेछ । चाडबाडको अवसरमा कुमारी बैंकले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधा असोज २८ देखि कात्तिक ५ सम्म लागू हुने जनाएको छ । कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालयबाहेक), ४९ वटा विस्तारित काउन्टर, ३०९ एटिएम, र ६४ शाखारहित बैंकिङ इकाइसहितको बृहत् सञ्जालसहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धता जनाएको छ ।
कुमारी क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । कुमारी क्यापिटलले ‘विश्व लगानी सप्ताह २०२३’ को अवसरमा विशेष लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरी स्थानीय लगानीकर्तामा वित्तीय साक्षरता प्रबद्र्धन गर्दै सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल धितोपत्र बोर्ड (सेबोन), कुमारी क्यापिटलका इन्भेष्टमेन्ट बैंकिङका प्रमुख ममिन शाक्य र कुमारी क्यापिटलका मर्चेन्ट बैंकिङका प्रमुख सविन बुढाथोकी सहभागी थिए । पाल्पाको तानसेनमा बसोबास गर्ने स्थानीय लगानीकर्तालाई सेयर बजारमा सहभागिता जनाउन र लगानी सम्बन्धी जानकारीका निर्णय गर्नका सम्भावित फाइदाबारे जानकारी गराउने उद्देश्यले पाल्पास्थित कुमारी बैंक, पाल्पा, तानसेन शाखासँगको सहकार्यमा लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरिएको थियो । सेबोनको प्रतिनिधित्व गर्दै बसन्त रसालीले आफ्नो सम्बोधनमा नियामक अनुपालन र जिम्मेवार लगानीको महत्त्वमा जोड दिए। उनले नेपालको धितोपत्र बजारलाई नियन्त्रण गर्ने नियामक ढाँचामा अन्तर्दृष्टि प्रदान गरे र सहभागीहरूलाई सेबोनले तोकेका दिशानिर्देशहरूको पालना गर्दै लगानीका अवसरहरू खोज्न प्रोत्साहित गरे । कुमारी क्यापिटलका इन्भेष्टमेन्ट बैंकिङका प्रमुख ममिन शाक्यले सेयर बजारको लगानी रणनीतिबारे बहुमूल्य अन्तर्दृष्टि साझा गर्नुका साथै धितोपत्रमा लगानी गर्दा हुने दीर्घकालीन फाइदाहरूबारे चर्चा गरे । उनले सफल लगानी पोर्टफोलियो निर्माणमा अनुसन्धान, जोखिम व्यवस्थापन र विविधीकरणको महत्वलाई प्रकाश पारे । लगानीकर्ता सचेतना कार्यक्रममा स्थानीय लगानीकर्ताहरूको सक्रिय सहभागिता देखियो जसले उत्सुकतापूर्वक छलफलमा संलग्न थियो भने स्टक बजार लगानीको बारेमा प्रश्नहरू उठाएका थिए ।
चाडपर्वको बेला सरकार उपभोक्ता हित संरक्षणका सवालमा सचेत छ : मुख्यसचिव डा. अर्याल
काठमाडौं। नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले उपभोक्ता सचेत बन्न सकेमात्र बजार अनुगमन प्रभावकारी हुने बताए । नेपालीहरुको महान् चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्व नजिकिँदै गर्दा कालाबजारी तथा विचौलियाहरुले चामल, तेल, चीनी, माछा मासु, लत्ताकपडाको मूल्यमा अस्वाभाविक मूल्य बृद्धि हुनुका साथै कृत्रिम अभाव सिर्जना भईरहेको अवस्थालाई मध्यनजर गर्दै आज तराई विकास तथा सञ्चार केन्द्र नेपालले विजुलीबजारस्थित एक कार्यक्रमको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यसचिव अर्यालले सो कुरा बताएका हुन् । उनले बजार मूल्य नियन्त्रण गर्न, अखाद्य पदार्थको मिसावट रोक्न र म्याद गुज्रेका खाद्य पदार्थ विक्रि वितरण हुनबाट रोक्न बजार अनुगमन नियमित र प्रभावकारी ढँगले हुनुपर्नेमा जोड दिए । बजारमा मूल्य बृद्धि, अखाद्य पदार्थको मिसावट र म्याद गुज्रेका खाद्य सामाग्रीहरुको विगविगी रहेको भन्दै मुख्य सचिव अर्यालले बजार अनुगमनको मुख्य जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलगायत सबै निकायहरुले नियमित बजार अनुगमनमा ध्यान दिनुपर्ने बताए । कालाबजारी र विचौलियाहरुका कारण पछिल्लो समय चीनी लगायतका खाद्य पदार्थहरुमा अस्वाभाविक रुपमा मूल्यबृद्धि भएको प्रति इंगित गर्दै मुख्यसचिव अर्यालले अधिकार प्राप्त प्रशासनिक जगत् उपभोक्ता हित प्रवद्र्धनमा कठोर भएर लाग्न निर्देशन समेत दिए । मुख्यसचिव अर्यालले बजार मूल्यलाई नियन्त्रण गर्न नेपाल सरकारका निकायहरु जिम्मेवार भएर लागेको जानकारी गराए । उनले भने, ‘साल्ट टेडिङ्ग कर्पोरेशन र खाद्य व्यवस्था कम्पनी लिमिटेडले बजारमा उपभोग्य सामान विक्रि वितरण गरेको छ । हाल बजारमा रु १५० पर्ने चीनीलाई सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा रु ९७ मा उपलब्ध गराएका छौँ ।’ चाडपर्वको समयमा आम उपभोक्तालाई सुपथ मूल्यमा अत्यावश्यक उपभोग्य बस्तु उपलब्ध गराउन जरुरी भएको भन्दै उनले साल्ट टेडिङ्ग कर्पोरेशन र खाद्य व्यवस्था कम्पनीलाई देशभर नै सुपथ मूल्य पसलको पहुँच बनाउन निर्देशन दिएको समेत जानकारी गराए । उपभोक्ता स्वयम् सचेत बनेमा उपभोक्ता हित संरक्षण विपरितका गतिविधिमा कमी आउनेमा विश्वस्त हुँदै आफूँ बजारमा नठगिनका लागि सबै उपभोक्तालाई उपभोग्य बस्तुको मूल्य र एक्सपाएर मितिका विषयमा सँधै सचेत रहन सुझाव समेत दिए ।