प्यालेस्टाइन—इजरायल द्वन्द्वले गाजाका अस्पतालको अवस्था दयनीय
प्यालेस्टाइन—इजरायल द्वन्द्वले गाजाका अस्पतालको अवस्था दयनीय बनेको छ । अबु युसुफ अल नज्जर अस्पतालका निर्देशक मोहम्मद अल हम्सले इन्धन, पानी, स्वास्थ्य सामग्री र कर्मचारी अभावका कारण कतिपय अस्पताल बन्द भएका छन् । अहिले सो क्षेत्रमा इन्धनको चरम अभाव रहेको बताइएको छ । अबको केही दिनमै अस्पतालले आफ्नो सेवाहरु बन्द गर्ने बताएका छन् । बिजुली नभएका कारण अस्पतालमा जेनेरेटरहरुबाट विद्युत चलाइएको छ । तर जेनेरेटरहरुले जम्मा दुई घण्टा मात्रै धान्ने बताइएको छ । अस्पतालसँग अब जम्मा दुई हजार लिटर मात्रै डिजेल रहेको र त्यसपछि अस्पताल पूर्ण रुपमा बन्द हुने कर्मचारीले बताएका छन् ।
रूसले व्याजदर १५ प्रतिशत बनायो, कर्जा पनि महँगिने
मस्को । रूसको केन्द्रीय बैंकले रूसी अर्थतन्त्रमा मुद्रास्फिति बढ्दै गएको भन्दै शुक्रबार आफ्नो प्रमुख ब्याजदर १३ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएको छ । युक्रेनमा मस्कोले गरेको आक्रमणको आर्थिक असरसँग जुध्ने प्रयास गरिरहेको केन्द्रीय बैंकले केही महिनायता ब्याजदरमा गरेको यो चौथो वृद्धि हो । “हालको मुद्रास्फीतिको दबाब बैंक अफ रसियाको अपेक्षाभन्दा उल्लेख्य रूपमा बढेको छ,” केन्द्रीय बैंकले ब्याजदर दर वृद्धिको घोषणा गर्दै जारी एक विज्ञप्तिमा भनेको छ । लाखौं सैनिकहरूलाई सेवामा बोलाउँदा सरकारी सैन्य खर्चमा भएको वृद्धिले रूसी घरेलु अर्थव्यवस्थालाई अत्यधिक प्रभावित पार्ने सङ्केतहरू देखाएको छ । केन्द्रीय बैंकले वार्षिक मुद्रास्फीति ६.६ प्रतिशतमा रहेको र यो लक्ष्य चार प्रतिशतभन्दा बढी रहेको जनाएको छ । उच्च ब्याज दरहरूले कर्जा दर महँगो बनाएको छ भने यसले उपभोक्ता र व्यवसायहरूलाई बचत गर्न, खर्च नगर्न प्रोत्साहित गरेर माग कम गर्ने योजना बनाइएको छ । बैंकले आगामी महिनाहरूमा पनि मूल्य वृद्धि भइरहने ‘पर्याप्त’ जोखिम देखिएको जनाएको छ । “केन्द्रीय बैंकले आक्रामक रूपमा यसको मुख्य दर बढाएको छ,” मस्कोस्थित अल्फा बैंकका विश्लेषकहरूले एक अनुसन्धान रिपोर्टमा भनेका छन्, “यो बजारले अपेक्षा गरेभन्दा कठिन कदम हो ।” रूसी रुबल अमेरिकी डलरसँग ९३ को हाराहारीमा पुगेको थियो । विनिमय दरलाई राजनीतिज्ञ, व्यवसाय र रूसी जनसङ्ख्याले रूसको आर्थिक स्वास्थ्यको प्रमुख ब्यारोमिटरको रूपमा हेरिन्छ । मस्कोले युक्रेनमाथिको आक्रमण र पश्चिमा प्रतिबन्धका कारण आर्थिक पतन हुन सक्ने प्रारम्भिक भविष्यवाणीलाई लत्याए पनि यो आक्रमणले घरेलु अर्थतन्त्रमा अझै दबाब सिर्जना गरेको छ । सैन्य खर्चमा तीव्र वृद्धिले सरकारलाई घाटामा धकेलेको छ, जबकि न्यून रोजगारीले बढ्दो ज्याला र मूल्यहरूको चक्र सिर्जना गरेको छ । केन्द्रीय बैंकले शुक्रबार जारी गरेको वक्तव्यमा उच्च सरकारी खर्च र मुद्रास्फीतिलाई बढावा दिने प्रमुख कारकको रूपमा औंल्याएको छ । क्यापिटल इकोनोमिक्सका वरिष्ठ बजार अर्थशास्त्री लियाम पीचले भनेका छन्, “हामीलाई लाग्छ कि आगामी महिनाहरूमा मुद्रास्फीतिको दबाब बढ्दै जानेछ र अर्को वर्ष अर्को दर वृद्धि अझै पनि सम्भव देखिन्छ । रूसी सांसदहरूले बिहीबार सन् २०२४/०२६ को बजेटका लागि प्रस्ताव गर्दै आगामी वर्ष सैन्य खर्चमा कीर्तिमानी वृद्धि गर्ने प्रारम्भिक सहमति गरेका छन् । सन् २०२४ मा रक्षा खर्च ६८ प्रतिशतले बढ्ने छ र सोभियत सङ्घपछिको रूसको कुल गार्हस्थ्य उत्पादनको छ प्रतिशतभन्दा बढी उच्च रेकर्ड कायम हुनेछ । एजेन्सी
भारुको कारोबार हुन छोड्यो सीमा क्षेत्रमा, ठूला व्यवसायी तनावमा
सुदूरपश्चिम । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक कारोबारमा प्रतिकूल असर पुगेको छ । नेपाली बजारमा भारतीय मुद्राको कारोबार रोकिँदा आर्थिक कारोबारमा समस्या भइरहेको धनगढीका व्यापारी सुभाश चौधरीले बताए । “नेपाल राष्ट्र बैंकले रु एकसय भन्दा बढी दरको भारु नोटको कारोबार नगर्न भनेको छ,” चौधरीले भने, “कुनै पनि ग्राहकले भारु नोट लिन मान्दैनन्, यसले गर्दा आफूहरुको व्यापारमा नकारात्मक असर पुगेको छ ।” भारुको कारोबार रोकिँदा काम विषेशले भारतका सहरमा जानुपर्ने सर्वसाधारणलाई बढी समस्या हुने गरेको छ । भारतबाट नेपाल भित्रिन चाहने भारतीय नागरिकसमेत समस्या परेका छन् । गौरीफन्टा सीमानाका हुँदै धनगढी भित्रिन चाहने कतिपय भारतीय नागरिक रु पाँचसय दरको भारु नोट नचल्ने सूचना पाएसँगै सीमा क्षेत्रबाट नै फर्किन थालेका छन् । नेपाली मुद्रामा कारोबार हुने सीमापारी बनगाउँका व्यापारीले नेपाली ग्राहकसँग नेरुको भारु सटही गर्दासमेत कतिपय ग्राहक ठगिने गरेको अर्को समस्या पनि छ । उनीहरूले सटही गर्दा चलनचल्ती भन्दा कम दिने गरेको मालसामान किनमेलका लागि बनगाउँ बजार पुग्ने नेपाली ग्राहकले बताएका छन् । चाडपर्व सुरु भएसँगै बनगाउँ बजारमा मालसामान किनमेलका लागि नेपाली ग्राहकको भीड लाग्ने गरेको छ । सीमाक्षेत्रका नेपाली बजार क्षेत्रमा खाने तेल, मरमसला, चिनी, दालका साथै लत्ताकपडाको मूल्यको तुलनामा बनगाउँमा केही सुपथ मूल्यमा मालसामान पाइने भएपछि बनगाउँ पुग्नु परेको उपभोक्ताले बताएका छन् । नेपालका बजारमा खाने तेल, चिनी, दाललगायत उपभोग्य सामानको मूल्य चर्को हुँदा आफू सामान किनमेल गर्न बनगाउँ पुगेको कैलाली भन्सारमा भेटिनु भएकी धनगढीकी मनमति विष्टले बताए । बनगाउँ बजार जाने ग्राहकमध्ये ९५ प्रतिशत ग्राहक नेपाली हुने गरेका छन् । सो क्षेत्रमा व्यवस्थापन भएको गौरीफन्टा बजार केही वर्षअघि हटाउन लगाइएपछि नजिकैको बनगाउँमा बजार व्यवस्थापन गरेर व्यापारीले कारोबार थालेका हुन् । त्यहाँ नेपाली ग्राहकको भीड लाग्न थालेपछि धनगढी, अत्तरिया लगायतका नेपाली बजारको कारोबार बढ्न नसेकेको नेपाली व्यापारीले बताएका छन् । “कोरोना कालदेखि खस्किएको व्यापार अझैँसम्म सुधार हुन सकिरहेको छैन,” व्यापारी वासुदेव जोशीले भने, “चाडपर्वका बेला व्यापार बढ्ने आशा गरिए पनि सुधार हुन सकिरहेको छैन ।” भारतीय बजार भएर पनि बनगाउँमा नेपाली रुपैयाँमा सहज रुपमा कारोेबार हुने गरेकाले ग्राहकलाई भारु सटही गरेर जानुपर्ने बाध्यता हुँदैन । रासस
रूसको केन्द्रीय बैंकद्वारा मुख्य ब्याज दरमा थप दुई प्रतिशतले वृद्धि
एजेन्सी । रूसको केन्द्रीय बैंकले रूसी अर्थतन्त्रमा मुद्रास्फिति बढ्दै गएको भन्दै शुक्रबार आफ्नो प्रमुख ब्याजदर १३ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएको छ । युक्रेनमा मस्कोले गरेको आक्रमणको आर्थिक असरसँग जुध्ने प्रयास गरिरहेको केन्द्रीय बैंकले केही महिनायता ब्याजदरमा गरेको यो चौथो वृद्धि हो । ‘हालको मुद्रास्फीतिको दबाब बैंक अफ रसियाको अपेक्षाभन्दा उल्लेख्य रूपमा बढेको छ’, केन्द्रीय बैंकले ब्याजदर दर वृद्धिको घोषणा गर्दै जारी एक विज्ञप्तिमा भनेको छ । लाखौं सैनिकहरूलाई सेवामा बोलाउँदा सरकारी सैन्य खर्चमा भएको वृद्धिले रूसी घरेलु अर्थव्यवस्थालाई अत्यधिक प्रभावित पार्ने सङ्केतहरू देखाएको छ । केन्द्रीय बैंकले वार्षिक मुद्रास्फीति ६.६ प्रतिशतमा रहेको र यो लक्ष्य चार प्रतिशतभन्दा बढी रहेको जनाएको छ । उच्च ब्याज दरहरूले कर्जा दर महँगो बनाएको छ भने यसले उपभोक्ता र व्यवसायहरूलाई बचत गर्न, खर्च नगर्न प्रोत्साहित गरेर माग कम गर्ने योजना बनाइएको छ । बैंकले आगामी महिनाहरूमा पनि मूल्य वृद्धि भइरहने ‘पर्याप्त’ जोखिम देखिएको जनाएको छ । ‘केन्द्रीय बैंकले आक्रामक रूपमा यसको मुख्य दर बढाएको छ’, मस्कोस्थित अल्फा बैंकका विश्लेषकहरूले एक अनुसन्धान रिपोर्टमा भनेका छन्, ‘यो बजारले अपेक्षा गरेभन्दा कठिन कदम हो ।’ रूसी रुबल अमेरिकी डलरसँग ९३ को हाराहारीमा पुगेको थियो । विनिमय दरलाई राजनीतिज्ञ, व्यवसाय र रूसी जनसङ्ख्याले रूसको आर्थिक स्वास्थ्यको प्रमुख ब्यारोमिटरको रूपमा हेरिन्छ । मस्कोले युक्रेनमाथिको आक्रमण र पश्चिमा प्रतिबन्धका कारण आर्थिक पतन हुन सक्ने प्रारम्भिक भविष्यवाणीलाई लत्याए पनि यो आक्रमणले घरेलु अर्थतन्त्रमा अझै दबाब सिर्जना गरेको छ । सैन्य खर्चमा तीव्र वृद्धिले सरकारलाई घाटामा धकेलेको छ, जबकि न्यून रोजगारीले बढ्दो ज्याला र मूल्यहरूको चक्र सिर्जना गरेको छ । केन्द्रीय बैंकले शुक्रबार जारी गरेको वक्तव्यमा उच्च सरकारी खर्चलाई मुद्रास्फीतिलाई बढावा दिने प्रमुख कारकको रूपमा औंल्याएको छ । क्यापिटल इकोनोमिक्सका वरिष्ठ बजार अर्थशास्त्री लियाम पीचले भने, ‘हामीलाई लाग्छ कि आगामी महिनाहरूमा मुद्रास्फीतिको दबाब बढ्दै जानेछ र अर्को वर्ष अर्को दर वृद्धि अझै पनि सम्भव देखिन्छ ।’ रूसी सांसदहरूले बिहीबार सन् २०२४/०२६ को बजेटका लागि प्रस्ताव गर्दै आगामी वर्ष सैन्य खर्चमा कीर्तिमानी वृद्धि गर्ने प्रारम्भिक सहमति गरेका छन् । सन् २०२४ मा रक्षा खर्च ६८ प्रतिशतले बढ्ने छ र सोभियत सङ्घपछिको रूसको कुल गार्हस्थ्य उत्पादनको छ प्रतिशतभन्दा बढी उच्च रेकर्ड कायम हुनेछ ।
आन्तरिक पर्यटकले बाग्लुङ ढोरपाटनका होटल भरिभराउ
बाग्लुङ । दसैँंको मौका पारेर यस पटक धेरै आन्तरिक पर्यटक ढोरपाटन घुम्न निस्केका छन् । बागलुङको पर्यटकीयस्थल ढोरपाटनमा एकै दिन ५० भन्दा बढी पर्यटक चढेका चारपाङ्ग्रे सवारीसाधन पुग्न थालेका छन् । मोटरसाइकलमासमेत पुग्ने पर्यटकको सङ्ख्या पनि उत्तिकै छ । दसैँं तिहारको समयलाई अहिले आन्तरिक पर्यटकको हिसाबले महत्वपूर्ण मानिँदै आएको छ । दसैँं तिहारको समयमा आन्तरिक पर्यटकले पर्यटकीयस्थल चलायमान हुने गरेको पाइन्छ । विदेशी सिकारी पर्यटकको रोजाइमापर्ने ढोरपाटन पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पनि पर्न थालेको हो । कुनै समय ढोरपाटनमा सिकार खेल्नमात्रै पर्यटक आउने गर्थे । सडकमार्गको पहुँच र यस क्षेत्रको प्रचारप्रसारले दसैँंअघि र दसैँंपछि ढोरपाटनमा आन्तरिक पर्यटकको चाप देखिएको हो । दसैँं सुरु हुनुभन्दा अघि र दसैँंको टीकाको भोलिपल्टदेखि ढोरपाटनमा आन्तरिक पर्यटकको चाप बढी भएपछि होटल तथा घरवास भरिभराउ भएको ढोरपाटन नगरपालिकाका उपप्रमुख कल्याण कायतले जानकारी दिए। ‘दसैँंको टीकाको पर्सिपल्ट ६० वटा भन्दा बढी चारपाङ्ग्रे सवारीसाधन ढोरपाटन पुगेका थिए, पर्यटकको सङ्ख्या ढोरपाटन सिकार आरक्षले राख्छ, तर अहिले ढोरपाटनमा खोलिएको २२ वटा भन्दा बढी होटल तथा घरबासमा पर्यटकले भरिएको छ, कतिपय पर्यटक ढोरपाटन नपुगेर बोबाङमै बास बसेका छन्’ कायतले भने, ‘ढोरपाटनमा यो चाडवाडको समयमा अहिलेसम्मकै धेरै पर्यटक आएको अनुमान छ, यस्को मुख्य कारण प्रचारप्रसार नै हो ।’ कायतका अनुसार ढोरपाटनमा असोज १५ र १६ गते नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रिय बैठक आयोजना गरिएपछि धेरै स्थानमा ढोरपाटनको महत्वले थप व्यापकता पाएको छ । तीन दिनदेखि ढोरपाटनका सबै होटल तथा सामुदायिक घरबासहरु आन्तरिक पर्यटकहरुले भरिभराउ भइरहेको ढोरपाटन सामुदायिक होटलका सञ्चालक सुरज पौडेलले बताए । ‘कात्तिक लागेपछि दसैँंको दिनमाबाहेक मेरो होटलमा पाहुँनाको कमी छैन, अन्य होटल तथा सामुदायिक घरबासमासमेत लगातर तीन दिनदेखि भरिभराउ छ, यहाँका होटल व्यवसायी उत्साहित बनेका छन्, दसैँं र तिहारको याममा यति धेरै पर्यटक पहिलो पटक ढोरपाटन आएको हाम्रो अनुमान छ’, पौडेलले भने, ‘ढोरपाटनको प्रचारप्रसार र पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र टिकटकका कारण ढोरपाटनमा पर्यटक बढेको पाइयो, ढोरपाटनमा जनैपूर्णिमाको दिन सबैभन्दा बढी पर्यटक आउँछन् तर घुम्नका लागि दसैँंपछि निकै आन्तरिक पर्यटक आएको पाइयो ।’ पौडेलका अनुसार ढोरपाटनमा बागलुङसहित छिमेकी जिल्ला म्याग्दी, पर्वत, कास्की (पोखरा), गुल्मी, चितवन र नारायणगढ लगायतको स्थानबाट बढी मात्रामा पर्यटक आएको पाइएको छ । सिकार आरक्षमा सिकार खेल्न विदेशी पर्यटक दुई याममा ढोरपाटनमा सिधै हेलिकप्टरमार्फत आउने भएकाले ढोरपाटन उपत्यका आन्तरिक पर्यटककै भरमा छ । गत आर्थिक वर्षमा सात हजार ६ सय ४५ पर्यटक ढोरपाटन घुम्न आएका छन् । जसमध्ये जम्मा ७८ जना मात्रै विदेशी पर्यटक र अन्य सबै नेपाली पर्यटक रहेको ढोरपाटन सिकार आरक्षले जनाएको छ । दसैँं तिहारमा फुर्सदको समयलाई सदुपयोग गर्नसमेत पर्यटकीयस्थलमा घुम्न जाने संस्कारको विकास भइरहेको छ । आन्तरिक पर्यटकहरु ढोरपाटन उपत्यका भ्रमण गर्न, प्रसिद्ध ढोरबारही मन्दिर दर्शन गर्न र सिकार आरक्ष कार्यालयको अवलोकनका लागि त्यहाँ पुग्ने गरेका छन् । त्यसमध्ये ढोरपाटन शिकार आरक्षभित्रैको जलजला पुग्ने पर्यटकको लर्को रहेको दसैँंको भोलिपल्ट ढोरपाटन घुम्न गएका आन्तरिक पर्यटक नारायण रिजालले बताए । त्यहाँ पुगेका पर्यटक घोडा सफारी र बाइकमार्फत जलजला पुग्ने गरेको रिजालको भनाइ छ । जलजलाबाट एक दर्जन हिम शृङ्खला देख्न पाइने उहाँको भनाइ छ । ढोरपाटनमा विदेशी सिकारी भने नाउर र झारलको वैधानिक सिकार खेल्न आउने गरेका छन् ।
गाजाको मानववस्तीमाथि इजरायली हमलामा ७ हजार बढी प्यालेस्टाइनीको निधन
एजेन्सी । गाजा पट्टीमा इजरायली सैन्य हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७ हजार ३२६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ। युद्ध शुरु भएदेखि अहिलेसम्म १८ हजार ९६७ प्यालेस्टाइनी घाइते भएको पनि मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । इजरायलले अक्टोबर ७ मा इजरायली सैन्य लक्ष्य र शहरहरूमा गाजा-सत्ताधारी हमास विद्रोहीहरूले गरेको आक्रमणको बदलास्वरूप गाजा विरुद्धको आक्रमणलाई तीव्रता दिएको छ । उसले सीमित भूमिगत अपरेशनहरू पनि शुरु गरेको छ जसबाट इजरायलमा कम्तिमा एक हजार ४०० जनाको ज्यान गएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने
काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्दैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उनी यहाँ आउन लागेका हुन् । जनवरी २०१७ मा उनले पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा महासचिव गुटेरेसले ३ अक्टोबर २०२३ मा सङ्घीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्नेछन् । उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग सङ्क्षिप्त कुराकानी गर्नुहुने कार्यक्रम पनि रहेको छ । उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखराको भ्रमण गर्नेछन् । महासचिवका साथमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयका अन्य अधिकारीहरू र नेपालस्थित राष्ट्रसङ्घको टोली पनि सहभागी हुनेछ । भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाललगायतसँग भेटवार्ता गर्नेछन् । महासचिव गुटेरेस १ नोभेम्बरमा काठमाडौँबाट प्रस्थान गर्नेछन्।
मुगुमा एकै परिवारका आमासहित तीन छोराछोरी मृतावस्थामा फेला
मुगु । मुगुको छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी मृतावस्थामा फेला परेका छन् । मृतास्थामा फेला पर्नेमा छायानाथ रारा –६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनले घटनाको खबर पाउनासाथ आज बिहान ११ बजे घटनास्थलमा प्रहरी पुगेको बताए। घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ । हत्याको आशंका गरिएका चारैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा ल्याइएको छ । श्रीदेवी श्रीमान् वैदेशिक रोजगारीमा रहेका बताइएको छ । कसले के उद्देश्यले हत्या ग¥यो खुल्न सकेको छैन । घटनाको अनुसन्धान जारी रहेको प्रनाउ थापाले बताए। प्रारम्भिक अनुसन्धानअनुसार श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते बिहान दशैंको टीका थाप्न सोही वडा स्थित कोटिल्ला माइती गाउँ गएकी थिइन । यही कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरुको सोही राति हत्या भएको हुनसक्ने आशंका गरिएको छ । छिमेकीहरुले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए । १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरुले फेरि श्रीदेवी माइती गए कि भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले आज बिहान १० बजेतिर ढोकाको ताला फाडेर भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका जनाइएको छ ।