विकासन्युज

दाङमा दाजुभाइ मृत फेला

काठमाडौं । दाङमा एकै घरका दाजुभाइ मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् । उनीहरु बस्ने घरमा घरबेटी बस्दैनथे । मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रशाद पोखरेलले बताए । मृतक टेकबहादुरकी श्रीमती रुकुम पश्चिमस्थित माइतीमा गएकाले उनी फर्केपछि मात्रै शव निकाल्ने प्रहरीको भनाइ छ । मङ्गलबार मात्रै शव निकालेर शव परीक्षण गरेपछि घटनाका बारेमा विस्तृत विवरण आउने प्रहरी नायब उपरीक्षक पोखरेलको भनाइ छ ।

भानु सप्लार्यसले र्तियो २ लाख जरिवाना

काठमाडौं । म्याद गुज्रिएको मदिरा एवं पेयपदार्थ बिक्री गरेको पाइएपछि कारबाहीमा परेको तनहुँका एक व्यवसायीले २ लाख रुपैयाँ जरिवाना बुझाएका छन् । व्यास नगरपालिका–३ फलफूल लाइनस्थित भानु सप्लार्यसका सञ्चालक श्रीराम खनालले जिल्ला प्रशासन कार्यालयमा सो रकम बुझाएका हुन् । जनगुनासा र उजुरी आएपछि सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेको नेतृत्वमा गएको टोलीले शनिबार उक्त पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा करिब ६ महिना म्याद गुज्रिएका ७ काटुन वियर एवं पेयपदार्थ फेला परेको सहायक प्रजिअ गैरेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले गरेको निर्णयमा चित्त नबुझे व्यवसायीले वाणिज्य विभाग काठमाडौँमा पुनरावेदन दिन सक्ने व्यवस्था रहे पनि तिर्नुपर्ने जरिवाना बुझाएर गएको गैरेले बताए । वाणिज्य विभागले बजार अनुगमन कार्यमा खटिने सहायक प्रमुख जिल्ला अधिकारीलाई ठाउँको ठाउँ कारबाही गर्न सक्नेसम्मको अधिकार प्रदान गरेको हुन्छ । कानुनी कारबाही नहुँदासम्म उक्त सप्लार्यसमा शिलबन्दी गर्न सहायक प्रजिअ गैरेले निर्देशन दिएकाले जरिवाना बुझाएपछि पुनः पसल खुलेको छ

नाका बन्द भएसँगै चौँरी बिक्री ठप्प

काठमाडौं । जङ्गलको बीचमा वर्षौँदेखि व्यावसायिक चौँरीपालन गरिरहेका मिक्वाखोला गाउँपालिका–५ का ४६ वर्षीय मिलनदोर्जे शेर्पा । त्यहाँ मानव बस्ती, सडक, बिजुली, सञ्चारको पहुँच छैन । अनकन्टार जङ्गलको बीचमा एकोहोरो कुकुर भुकेको आवाजमात्रै सुनिन्छ । चकमन्न जङ्गलको बीचमा छाप्रो अनि सँगै फैलिएको विशाल चौँरीखर्क । कलकल सुसाइरहेको हिमाली खोल्सो । चाँदीजस्तै टल्किने हिमालका चुचुरा नियाल्दै उनको दिन बितिरहेको छ । शेर्पाको पुख्र्यौली पेसा चौँरीपालन हो । तर उनी केही समय पुख्र्यौली पेशालाई छाडेर होटल व्यसायमा लागे । उनले स्खुवासभा जिल्ला र काठमाडौँ गरी १३ वर्ष होटल सञ्चालन गरे । सो व्यवासय गर्दा आफ्नो पुर्खाले गरेको चौँरीगोठ सम्झना आइरहन्थ्यो । उनले भने, “होटल व्यवसाय मन परेन, बिक्री गरेर पुख्र्यौली पेशामै फर्किन मन लाग्यो ।” शेर्पासँग अहिले तोक्पेगोला क्षेत्रमा २५० भन्दा बढी चौँरी छन् । चार वर्ष अगाडि एउटा चौँरी ७० हजार रुपैयाँदेखि एक लाख ४० हजार रुपैयाँसम्ममा चीनमा निर्यात हुन्थ्यो । कोभिड–१९ का कारणले टिप्ताला नाका बन्द भएसँगै चौँरी बिक्री ठप्प भएको छ । चिनियाँ बजारमा राम्रो मूल्यमा चौँरी निर्यात हुने देखेपछि होटल व्यवसाय छाडेर चौँरीपालन लागेका शेर्पा अहिले निराश छन् । उनले भने, “होटल बेचेर यहाँ आइयो । गोठ विस्तार गरे । तर नाका नखुल्दा चौँरी बिक्री हुन छाड्यो ।” फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका तेन्जिङ शेर्पा चौँरीगाईसँग रमाउन थालेको ६५ वर्ष भयो । उनको समुद्र सतहबाट ४ हजार ३ सय मिटर उचाइको मौवाटारमा गोठ छ । छोराछोरीलाई अंशका रूपमा चौँरी बाँडेर पनि उनीसँग अहिले ४० वटा छन् । १२ दुहुना छन् । बिहान उठ्नेबित्तिकै एक गिलास दूध चिया लिएपछि झिसमिसेदेखि दुहुना चौँरी बटुलेर दूध दुहुँदा घाम लागिसक्छ । चौँरीलाई चरन क्षेत्रमा पुर्याएर गोठमा आएर खाना खाँदा आधा दिन गइसकेको हुन्छ । बिहान दुहेको दूधलाई मोही, घ्यू र छुर्पी बनाउँदासम्ममा घाम क्षितिजपारि पुगिसक्छ । साँझ परेपछि छरिएका चौँरीलाई जम्मा गर्दै आफ्नो गोठमा ल्याउँदासम्म चन्द्रमा उदाइसक्छ । विगत चौँरी र बाछा बिक्रीबाट राम्रो आम्दानी हुन्थ्यो । चौँरी बिक्री नहुँदा आम्दानी पनि छैन । अहिले चौँरीलाई नुन खुवाउनसमेत मुस्किल भएको शेर्पाले बताए । मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रका तेन्जिङनुपु शेर्पा अहिले चौँरीगोठमा चौँरी स्याहार्नमा व्यस्त छन् । शेर्पाले पनि विगत चार वर्षदेखि चौँरी बिक्री गर्न सकेका छनैनन् । मौवटारमा चार, सिञ्जेमा पोखरी क्षेत्रमा २ र याङ्मा क्षेत्रमा ९ वटा चौँरीको घुम्तीगोठ छ । मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोला क्षेत्रमा ३५ गोठमध्ये १७ घुम्ती गोठ रहेको मिक्वाखोला गाउँपालिकाका पशु शाखाका पशु प्राविधिक महेन्द्र अधिकारीले बताए । ताप्लेजुङ हिमाली जिल्ला भएकाले यहाँ धेरै लेकाली बस्ती छन् । हिमाली बस्तीमा बासोबास गर्ने समुदाय पशुपालनमै निर्भर हुँदै आएको छ । दैनिक चौँरी चराउँदैमा उहाँहरूको दिन बित्ने गर्छ । यहाँका चौँरीको मुख्य बजार चीन हो । चीनमा राम्रो बजार मूल्यमा बिक्री हुने भएकाले हिमाली क्षेत्रका समुदाय चौँरीपालनप्रति आकर्षित हुने गर्दछ । तर कोभिड–१९ का कारणले गर्दा बन्द भएको टिप्ताला नाका चार वर्षमा पनि नखुल्दा चौँरीपालक चिन्तित बनेका छन् । टिप्ताला नाका खुलाउने पहल जारी कोभिड–१९ कारण चार वर्षयता बन्द रहेको तिप्ताला नाका खुलाउने तयारी भइरहेको छ । दुई देशका स्थानीय पदाधिकारीबीच अनौपचारिक भेटघाट गर्दै नाका खुलाउने विषयमा छलफल हुँदै आएका हो । गत मङ्गलबार नेपालको तर्फबाट ताप्लेजुङका फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू, उपाध्यक्ष रविन साम्रा लिम्बूसहितका पदाधिकारी तथा राजनीतिक नेतृत्व र तिब्बतका पदाधिकारीबीच अनौपचारिक भेट गर्दै टिप्ताला नाका खुलाउनेबारे छलफल भएको छ । तिब्बतका तर्फबाट दिङ्जे काउन्टी जिल्लाका डिएसपी दावाछिरिङ लामा, इमिग्रेसन पुलिस अफिसर टासी थुन्डुक, रिउ सहरको टेन्डाङ उपप्रमुख लोप्साङ फिन्जोक र पुलिस अफिसर गुरु छलफलमा सहभागी भएका थिए । फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन वालुङको समन्वयमा नाका खुलाउने विषयमा मङ्गलबार अनौपचारिक छलफल भएको हो । छलफलमा नेपालका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति गजेन्द्र तुम्याहाङ, सचिव युकहाङवीर हाङ्गाम ,नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य खेलप्रसाद बुडाक्षेत्री, वैकल्पिक केन्द्रीय सदस्य मिङ्माडण्डु शेर्पा सहभागी थिए । दुई देशका स्थानीय पदाधिकारीबीचको भेटमा टिपताला नाका तत्काल खुलाउन पहल गर्ने, द्विपक्षीय व्यापार तथा पर्यटकीय विकास गर्ने विषयमा छलफल भएको छ । छलफलका क्रममा नाका खुलाउन, व्यापार तथा पर्यटन विकास गर्न र टिप्तालाबाट ओलाङ्चुङगोलासम्म सडक कालोपत्रका लागि सहयोग गर्न चीन सरकार इच्छुक रहेको तिब्बतका तर्फबाट सहभागी स्थानीय पदाधिकारीले उल्लेख गरेका फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए । कोरोना महामारीपछि बन्द भएको टिप्ताला नाका हालसम्म पनि नखुलेका कारण करिब चार वर्षयता दुई देशबीच हुँदै आएको सीमा व्यापार ठप्प छ ।रासस

खेतमै कुहिन लाग्यो सयपत्री फूल, लगानी पनि उठेन

काठमाडौं । व्यावसायिक सयपत्री फूलको खेतीमा लगानी गरेका किसान फूल नबिकेपछि समस्यामा परेका छन् । तिहार र छठपर्वमा पनि नबिकेका फूल अब खेतमै कुहिने अवस्था पुगेको छ । बिर्तामोड नगरपालिका वडा नं ९ का दलबहादुर अधिकारीले यस वर्ष एक बिघा पाँच कठ्ठा जग्गामा सयपत्री फूलको खेती गरेका थिए । गत वर्ष १० कठ्ठामा मात्र फूलखेती गर्दा मनग्य आम्दानी भएपछि उत्साही बनेर यसपालि खेती विस्तार गर्दा लगानी नै बर्बाद भएको उनले गुनासो गरे । तिहारको मुखैमा भारतबाट आयातित फूलको माला र थुँगाले बजार जमाएपछि स्वदेशी सयपत्री फूलको उत्पादन बिक्री नभएको उनको भनाइ छ । “भारतबाट सयपत्री फूल र कागजको माला भित्र्याउन पाइँदैन भन्ने सुनिएको थियो, जब तिहारमा फूल बिक्री हुने दिन सुरु भयो, भारतबाट ल्याइएका सयपत्री फूलको मालामात्र होइन थुँगा नै बजारभरि देखियो । हामीले कत्रो मेहनत गरेर फुलाएका फूल बिक्दै बिकेनन्,” उनले भने । अहिले उनको फूलखेतीमा २ हजार ५ सय केजी (२५ क्विन्टल) सयपत्री ढकमक्क फुलेको छ । कोलकाताबाट झिकाइएको बाह्रमासे सयपत्रीले यसपालि राम्रो उत्पादन दिएको उनकोे भनाइ छ । हालको बजारभाउअनुसार तिहारमा कम्तीमा ५ लाख रुपैयाँको फूल बिक्री हुने आशा गरेका उनले ७० हजार रुपैयाँको मात्र फूल बिकेको जानकारी दिए । उनले फूलखेतीमा १ लाख रुपैयाँभन्दा बढी लगानी गरेको बताए । सुरुमा प्रतिकेजी २५० रुपैयाँमा फूल बोटबाटै बिक्री भएता पनि तिहारको मुख्य दिनमा ५० रुपैयाँ प्रतिकेजीका दरले बेच्न खोज्दासमेत ग्राहक नपाउँदा ज्यादै निराश बनेको उनको गुनासो छ । “ताजा फूललाई बोलेरो गाडीमा राखेर साउन्ड सिस्टमबाट प्रचार गर्दै गाउँसहर डुलाउँदासमेत बिकेन,” उनले भने । जिल्लामा तिहारको बेला २ करोड रुपैयाँको सयपत्री फूल र १० करोड रुपैयाँको झिलीमिली बत्ती बिक्री हुने गरेको छ । खुला सीमा भएका कारण भारतबाट सस्तो मूल्यका सपयत्रीका माला चोरी निकासी भएर भित्रिने गरेका छन् । स्थानीय व्यापारीहरू भारतबाट आएको सयपत्री फूलको माला २५ रुपैयाँ प्रतिकेजीका दरले बिक्री भएको बताउँछन् । भन्सार अधिकारीहरूका अनुसार नेपालको फूल उत्पादक संस्थाले भारतबाट सयपत्री आयातमा प्रतिबन्ध लगाएको प्रचार गरेता पनि सरकारी निकायबाट कुनै प्रतिबन्ध घोषणा भएको थिएन । खेतमै खेर जाने अवस्थामा रहेका सयपत्री फूललाई आयुर्वेदिक औषधि उत्पादकहरूले खरिद गरेर लैजान्छन् भनेर सुनेता पनि त्यस्तो कुनै संस्था सम्पर्कमा नरहेको बिर्तामोडका किसान दलबहादुर अधिकारी बताउनुभयो । चाडपर्व बितिसकेको हुँदा मालाका लागि फूल बिक्ने अब सम्भावना छैन । सयपत्री फूललाई सात डिग्री सेल्सियस तापक्रममा राख्दा केही अवधि ताजा राख्न सकिन्छ । तर बिर्तामोडका शीतभण्डारले अरु उत्पादन राखेका कारण सयपत्री फूलका लागि उचित तापक्रम मिलाउन गाह्रो पर्ने बताएको अधिकारीले बताए । “शीतभण्डारमा राख्न पाइएन र कसैले किनेर लगेनन् भने खेतमै सयपत्री कुहिएर गएको टुलुटुलु हेर्नुपर्ने अवस्था आउँछ,” उनले भने । रासस

यी हुन् चिसोबाट लाग्ने १० रोग, यसरी गर्न सकिन्छ रोकथाम

काठमाडौं । मंसिर पहिलो साता लाग्दै गर्दा चिसो पनि बिस्तारै बढ्न थालेको छ । पश्चिमी वायुको प्रभावका कारण देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । मौसमविदका अनुसार अब लगातार चिसो बढ्दै र गर्मी घट्दै जान्छ । उच्च लेकाली क्षेत्रमा हिमपात हुँदा अहिले तराइको तुलनामा चिसो बढी छ । चिसो मौसममा सर्ने र नसर्ने रोगहरु देखा पर्ने चिकित्सकहरू बताउँछन् । चिसाको समयमा सबैभन्दा बढी अस्पतालमा आउने बिरामी र लाग्ने रोगहरू के-के हुन् आउनुहोस् हामी यसबारे चर्चा गरौं । १.झाडा पाखाला झाडापखाला भन्ने बित्तिकै धेरैलाई गर्मीमा मात्र लाग्ने सरूवा रोग भनेर भन्ने बुझिन्छ । तर, चिसो समयमा ‘कोल्ड डायरिया’ पनि देखा पर्ने गर्छ । अन्य देशमा चिसो मौसम सुरु हुनेबित्तिकै यसका लागि खोपको पनि व्यवस्था हुन्छ भने नेपालमा यस्तो व्यवस्था छैन । यसबाट बच्न सरसफाई र खानपानमा ध्यान दिनुपर्छ । २. हृदयघात हृदयघात जुनसुकै समयमा पनि हुन्छ । तर, जाडो मौसममा हृदयघातको खतरा बढी हुन्छ । जब तापक्रम घट्दै जान्छ रगत बग्ने धमनीहरू संकुचित हुँदै जाने र यसले मुटुलाई रगत पम्प गर्न गाह्रो हुँदा हृदयघातको समस्या पनि बढ्ने गर्दछ । हृदयघात युवा उमेरका समूहलाई बढी जोखिम हुन्छ । यसबाट बच्नका लागि हामीले आफूलाई आवश्यकता भन्दा धेरै थकाउनु हुँदैन । चिसो बिहानमा घुम्नुको सट्टा घाम लागेको स्थानमा बसेर आफूलाई सेक्न सकिन्छ । आवश्यकताभन्दा धेरै भोजन गर्नु हुँदैन । ३. दम गर्मीको बेलाभन्दा चिसो समयमा दमका बिरामीको संख्या बढ्छ । चिसो समयमा चिसो र सुख्खा हावाले वायुमार्गलाई कस्न थाल्छ र श्वासप्रश्वासलाई अझै खराब बनाउँछ । यदि तपाईं दमको रोगी हुनुहुन्छ भने तपाईंलाई जाडो मौसममा दम धेरै बढेको महसुस हुन सक्छ । जाडोमा आफ्नो जीवनशैलीमा केही परिवर्तन गर्नु पर्छ । तपाइ धुम्रपान गर्नुहुन्छ भने यो छोड्नुपर्छ । आफ्नो घरलाई धुम्रपान मुक्त राख्नुपर्छ । किनभने यसले दमको रोगीलाई निकै गाह्रो बनाउँछ । ४. छालाको समस्या चिसो समयमा मानिसहरूले सामना गर्ने सबैभन्दा ठूलो समस्यामध्ये एक छालाको समस्या पनि हो । यो बेला छाला सुख्खा भएर फुस्रो हुने, चिलाउने समस्या पनि देखिन्छ । चिसोमा कम आद्रताको कारण छाला चिलाउन थाल्छ । यसबाट बच्न लागि तपाईंले छालामा बदाम, नरिवल वा जैतुनको तेलले मालिस गर्न सकिन्छ । ५. जोर्नी दुख्ने चोसोको समयमा जोर्नी दुख्ने समस्या पनि देखिन्छ । यसको दुखाईबाट धेरै मानिसहरू पीडित हुन्छन् । यसबाट राहत पाउन पहिले आफ्नो शरीर र खुट्टालाई न्यानो राख्नुपर्छ । एक जोर न्यानो कपडा लगाउनुको सट्टा दुई÷तीन जोर पातलो कपडा तीन जोर लगाउन सकिन्छ । चिसोको समयमा जोर्नीको दुखाई र मांसपेसीको दुखाई बढी हुने भएकाले नियमित व्यायाम गर्नुपर्छ । घाम ताप्नाले पनि यो समस्याबाट राहत पाइन्छ । ६.चिसो (मौसमी फ्लू) यो समयमा मौसमी फ्लूको समस्या बढी हुन्छ । चिसो मौसममा शरीरको रोगप्रतिरोधी क्षमता घट्न जान्छ र विभिन्न जीवाणुको संक्रमणले बिरामी पार्छ । यस्ता मौसमी फ्लूबाट बच्न चिसोमा शरीरलाई न्यानो बनाउनुपर्छ । तापजन्य खाद्यपदार्थ खाने, हिँडडुल कम गर्ने, खाना खानुअघि र पछि राम्रोसँग साबुनपानीले हात धुने, नाक मुख छोपेर राख्ने, मास्क लगाएर हिँड्नेलगायतका गतिविधि गर्नुपर्छ । ७. मुटुसम्बन्धी समस्या चिसो मौसमले मुटुलाई समेत असर गर्ने हुँदा चिसोबाट जोगिनु जरुरी छ । चिसोले मुटुमा सिधै असर पु¥याउँछ । चिसोका कारण रक्तनली साघुँरिएर यसले रक्त प्रवाहमा असर पार्छ र यसले हृदयाघातको सम्भावना बढेर जान्छ । यसबाट बच्न धेरैबेरसम्म चिसोमा नबस्ने । बस्नै परे पनि न्यायो लुगाको प्रयोग गर्नुपर्छ । ८. हाइपोथर्मिया चिसोको बेला सबैभन्दा बढी सताउने रोग मध्य एक हाइपोथर्मिया पनि हो । यो रोग लाग्दा शरीरको तापकक्रम घट्दै जान्छ । मानिसको सामान्य तापक्रम ९८ दशमलब ४ डिग्री फरेनहाइड हुन्छ, त्यो तापक्रम छिटोछिटो घट्दै गएको खण्डमा हाइपोथर्मिया हुन्छ । तापक्रम ९५ डिग्री फरेनहाइड तिर झर्यो भने हाइपोथर्मिया हुने सम्वाभना हुन्छ ।शितलहरका बेलामा यो समस्या मानिसमा मात्र होइन जनावरमा पनि देखिनेगर्छ। जाडो बेलामा शरीरले तापक्रम उत्पन्न गर्न नसकेर यो समस्या देखा पर्छ। यो समस्याले गर्दा मुटुले काम गर्न छोड्छ र मानिसको मृत्यु पनि हुनसक्छ। ९ .निमोनिया चिसोको बेला लाग्ने अर्को रोग निमानिया पनि हो । निमोनिया भनेको फोक्सोसँग सम्बन्धित समस्या हो । निमोनियाको संक्रमण भएपछि हाम्रो फोक्सोको हावा थैलीहरुमा सुन्निने हुन्छ । यसरी निमोनिया संक्रमण भएर त्यस्ता हावा थैलीहरु सुन्निन थालेपछि बेलैमा उपचार भएन भने त्यहाँ पानी वा पीपहरु भरिन थाल्छ । यस्तो अवस्थामा संक्रमितलाई सास फेर्न कठिनाई हुन थाल्छ । १०. डिप्रेसन मानसिक स्वास्थ्यको समस्या पनि यस्तो बेला बढी हुन्छ । यसलाई कसैकसैले सिज्नल डिप्रेसन भनिन्छ ।, सिज्नल इफेक्टिभ डिस अडर पनि भन्ने गरिन्छ । एकदमै अनसटनस हुने,दैनिक काम गर्नका लागि इनजी नआउने,काम गर्न मन नलाग्ने, अल्छी लाग्ने, दिक्क लागेर आउने, गर्छ । यसले गर्दा डिप्रेसन पनि हुन्छ । चिकित्सकका अनुसार सर्ने नसर्ने रोगको संक्रमण चिसो समयमा उत्तिकै जोखिम हुन्छ । संक्रामकरोग बिशेषज्ञ डाक्टर शेर बहादुर पुन झाडापखाला रुघाखोखी लगायतका समस्या यो बेला बढ्ने र यस्ता रोग सरुवाखालका हुने बताउँछन् । उनि भन्छन्, ‘सक्रांमक रोग भाइरलफिबर जाडोमा धेरै देखिन्छ । घाँटी दुख्ने, खसखसाउने, नाकबाट पानी बग्ने, बढी हुन्छ तर,नेपालमा रुघाखोकीलाई खासै ध्यान दिएको देखिदैन, जसका कारण कहिलेकाहीँ ठुलो क्षेती पुग्छ ।’ हामीले समान्य ठानेको यही रोगका कारण कतिपयको ज्यान नै गएको पाइन्छ । डाक्टर पुन सामान्य रुघाखोकीकै कारण बालबालिका, गर्भवती महिला, जेष्ठ नागरिकलाई अस्पतालमै भर्ना गर्नुपर्ने अवस्था पनि आउने बताउँछन् । दीर्घरोग बढ्ने जोखिम जाडोमा दीर्घरोग बढ्ने जोखिम पनि उत्तिकै हुने चिकित्सकहरु बताउँछन् । संक्रामक तथा सरुवा रोग अस्पताल पोखराका कार्यकारी निर्देशक डाक्टर बिकास गौचनका अनुसार यो समयमा चिसो बढी हुने भएकाले शारीरिक व्यायाम कम हुने र खाना पनि अन्य बेलाभन्दा बढी खाइने भएकाले मधुमेह, उच्च रक्तचाप, मुटुरोग, बाथरोगजस्ता समस्या बढ्छ । उनि भन्छन्, ‘नुन यस्तो बेला अलि कम खानुपर्छ । हरियो सागवात, पमाएको उमालेको तातो झिलीलो खानेकुरा यो बेला बढी खानुपर्छ सँगै अहिले सुन्तला प्रश्स्त पाइन्छ । हामीले खानेकुरामा ध्यान दिने हो भने, यतिबाट बच्न सकिन्छ ।’ जाडोमा सीओपीडी सम्बन्धी समस्या बढ्ने दम लगायतका छातीसम्बन्धी समस्या बढेर निमोनिया पनि हुन्छ । चिसोमा आँखाको सङ्क्रमण पनि बढ्ने गर्छ । चिसो हावा र सुख्खा हावाले आँखा रातो हुने, पोल्ने, सुख्खा हुने समस्या बढी देखिने चिकित्सकहरु बताउँछन् । त्यसका अतिरिक्त जाडोमा सुख्खा मौसम हुने हुँदा आँखामा धुलो धुवाँले गर्दा विभिन्न समस्या देखिने गर्छ । खाने कुरामा ध्यान दिउँ चिसाका कारण लाग्ने रागबाट बच्न खानेकुरामा ध्यान दिन चिकित्सकको आग्रह छ । जाडोमा प्रोटिनयुक्त खानेकुराले शरीरमा तातोपन बढाउने हुँदा प्रोटिनयुक्त खानेकुरा खानुपर्छ । जसमा तातो झोलिलो खानेकुरा बढी खानुपर्छ । गेडागुडीको झोल बनाएर बेलाबेलामा खाँदा शरीर तातो बनाउन मद्दत गर्छ । यस्तै सागसब्जी प्रशस्त खाने गर्नुपर्छ । बेला–बेला कालो चिया, कफी पिउने, तातो पानी पिउने गर्नाले पनि शरिरलाई न्यानो बनाउने गर्छ । उमालेको पकाएको झोल खानेकुरा खाने, धुलो धुवामा निस्कदा माक्स लगाउने गर्नुपर्छ । सरसफाइमा पनि यो बेला बढी ध्यान दिनुपर्छ । कोदोको सुप बनाएर बढी खाँदा शरिरका लागि राम्रो मान्छि । यो तागतिलो पनि बढी हुन्छ । न्यानो लगाउँ चिसोबाट बच्न न्यानो लुगा लगाउनुपर्छ । घरभित्र बस्दा वा बापिहर निस्कदा बाक्लो लुगा लगाउनुपर्छ । विशेषगरी, मोटरसाइकल, स्कुटर चलाउनेहरुलाई सिधा छातीमा असर गर्ने हुँदा छाती बचाउन चेस्ट गार्ड र हावा नछिर्ने, ज्याकेटको प्रयोग गर्न चिकित्सको सुझाव छ । बालबालिका र ज्येष्ठ नागरिक र रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई बिहान–बेलुका विशेष ध्यान दिनुपर्ने डा. गैरेको सुझाव छ । यस्तै गर्भवती, बालबालिका, ज्येष्ठ नागरिकलाई राति सुत्दा न्यानो लुगा लगाइदिने राति बेला–बेलामा लुगा ओढे नओढेको जाँच गर्नुपर्छ । जाडोमा हुस्सु लाग्ने र शीत पर्ने हुँदा बिहानै मर्निङवाक नजान पनि चिकित्सकको सुझाव छ । सरूवा रोगबाट कसरी जोगिने ? सरुवा रोग एकबाट अर्कोमा सर्छ । लगाउने लुगा, बस्ने कोठालाई तातो बनाउनुपर्छ । संक्रमीतले खोक्दा हाच्छियुँु गर्दा सर्छ । यसबाट बच्न सकेसम्म यस्तो बेला संक्रमीत घरमै बसेको राम्रो हुन्छ । अरु मानिसको हकमा बाहिर हिँड्दा माक्स लगाएर हिड्नुपर्छ । खोक्दा ध्यान दिनुपर्छ । फलु विरुद्धको खोप पनि लगाइन्छ । बिकासित देशहरुमा भने, चिसो मौसम सुरु हुने बित्तिकै खोपको व्यवस्था हुन्छ तर, हाम्रो देशमा यस्तो पाइँदैन ।

माइतीघरदेखि बानेश्वर चोकसम्म निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको सडकलाई निषेधित क्षेत्रका रूपमा घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुनेगरी ३० दिन सम्मका लागि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेकाे हाे । प्रशासनले मंसिर ७ को प्रदर्शनलाई मध्यनजर गर्दै उक्त क्षेत्रलाई निषेधित घोषणा गरेको हो । सो क्षेत्रमा ३० दिनसम्म ५ जनाभन्दा बढी भेला हुन, जुलुस र प्रदर्शन गर्न रोक लगाएकाे छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेधित क्षेत्र तोक्ने निर्णय भएको हो । मंसिर ७ गते युवा संघले र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने घोषणा गरेका थिए । तर, प्रशासनले दुवै पक्षलाई बोलाएर माइतीघरमा कार्यक्रम गर्न नदिने बताएको थियो । त्यसपछि उनीहरूलाई वैकल्पिक स्थानमा कार्यक्रम गर्न भनिएको छ । युवा संघले आफ्नो कार्यक्रमलाई ‘मूल्यवृद्धि, भ्रष्टाचार, जातीय सद्भाव र जुनसुकै अराजकताविरुद्ध’को प्रदर्शन भनेको छ । प्रसाईंले नागरिक मुक्ति आन्दोलन भन्दै व्यवस्था बदल्ने प्रदर्शन भनेका छन् ।

कात्तिकेघाट जोड्ने पक्की पुलको काम ७० प्रतिशत सकियो, यही वर्ष सञ्चालनमा आउने

काठमाडौं । भोजपुर र संखुवासभाको सिमाना भएर बग्ने अरुण नदीमा निर्माणाधीन कात्तिकेघाट जोड्ने पक्की पुलको ७० प्रतिशत काम सकिएको छ । ठेकेदार कम्पनीले बीएलटी कन्स्ट्रक्सनले पुलको भौतिक प्रगति ७० प्रतिशत पुगेको बताएको हो । बीएलटी कन्स्ट्रक्सनका सञ्चालक तथा आयोजना प्रमुख तीर्थराम खड्काले हाल पुल निर्माण कार्य तीव्ररूपमा भइरहेको जानकारी दिए । उनका अनुसार तीनवटा स्पाममध्ये पुलको पहिलो स्पाममा ढलान गर्ने तयारी भइरहेको छ । ‘हामीले मंसिरको २२/२५ गतेसम्ममा पहिलो स्पामको ढलान गरेर सक्छौं, दोस्रो ढलान पुषभित्र सम्पन्न गर्ने योजना बनाएका छौं,’ खड्काले विकासन्युजसँग भने । दोस्रो ढलान सम्पन्न गरेपश्चात् नदीलाई ढलान भइसकेको ठाउँतर्फ मोडी तेस्रो स्पामको ढलान गर्ने योजना ठेक्दार कम्पनीले बनाएका छ । चैत्रभित्रमा उक्त ढलानको काम पनि सक्ने लक्ष्य लिएको खड्काले जानकारी दिए । ‘पुल ढलानको काम सम्पन्न गरेपश्चात् फिनिसिङको काम बाँकी रहन्छ, ढलानको काम सकेर फिनिसिङको काम केही महिनाभित्रै अगाडि बढाउँछौं,’ उनले भने । खड्काले पुलको सम्पूर्ण काम सकेपछि चालु आर्थिक वर्ष २०८०/८१ को अन्तिमबाट पुल सञ्चालनमा आउने बताए । ‘अरुणमा बर्खाको समयमा बाढी आउँछ, त्यसले काममा पनि बाधा पुर्‍याउँछ,’ उनले भने, ‘प्राकृतिक समस्या नआए र निरन्तर काम गर्न पायौं भने यही आर्थिक वर्षमा पुललाई सञ्चालनमा ल्याउने छौं ।’ ठेकेदार कम्पनीले उक्त पुलको ठेक्का आर्थिक वर्ष २०७२/०७३ मा १६ करोड ४५ लाख रुपैयाँमा पाएको थियो । ठेक्का पाएको एक वर्षपछि पुलको डिजाइन स्वीकृत गरी पुलको काम गर्न सुरु गरिएको थियो । खड्काले जसमध्ये ७ करोड रुपैयाँ भने भुक्तानी भइसकेको बताउँदै पुल निर्माणमा करिब १४ करोड रुपैयाँ खर्च भइसकेको पनि बताए । पुल निर्माण कार्य लामो समय रोकिँदा भौतिक प्रगति भने उत्साहजनक नभएको हो । तथापि, अब भने पुल निर्माण कार्यले गति लिएको खड्काकाे भनाइ छ । ‘पुलको पिल्लर राख्ने बेलामा पायलमा समय बिताउनुपर्यो, त्यसको लागि ठूलो खर्च पनि भयो, अरुण नदीभित्रको कडा ढुङ्गा अनि हामीसँग भएको मेसिनले काम नगरेर अर्को मेसिन मगाउँदा ढिला भएको हो,’ खड्काले भने । खड्काले काम ढिला भए पनि अहिले भने पुलको भौतिक प्रगति सन्तोषजनक रहेको बताए । उक्त पुल निर्माण भएपश्चात् आवत जावतमा  सहज हुनुका साथै आर्थिक गतिविधि पनि बढ्ने अपेक्षा लिइएको छ ।

भूकम्पपीडितका लागि सिन्धु विकास बैंकद्वारा आर्थिक सहयोग प्रदान

काठमाडौं । सिन्धु विकास बैंकले जाजरकोटका भूकम्प पीडितलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंककले पीडितको खोज उद्धार तथा राहत कार्यमा सहयोगस्वरूप बैंकका सम्पूर्ण कर्मचारीहरूको एक दिनको तलब भत्ताबराबरको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत हस्तान्तरण गरेको हो । साथै, विगतमा पनि सिन्धु विकास बैंकले यस किसिमका राष्ट्रिय विपत्तिमा सहयोग गर्दै आइरहेको तथा भविष्यमा पनि यस्ता सहयोग जारी रहने बंैकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले जानकारीे दिए ।