कस्तो छ पुँजी बजारमा जलविद्युतको सम्भावना ?
नेपालमा नेसनल हाइड्रोपावरले सबैभन्दा पहिला सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर निष्कासन गरेको थियो । त्यसपछि प्राथमिक सेयर निष्कासन गरेको चिलिमेले प्रभावित क्षेत्रका बासिन्दासहित सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गरेको थियो । नेसनलले विभिन्न कारणले लगानीकर्तालाई लाभांश दिन नसके पनि चिलिमेले सर्वसाधारण लगानीकर्तालाई आकर्षक प्रतिफल दिँदै आएको छ । केही कम्पनीलाई छाड्ने हो भने अधिकांश हाइड्रोपावर कम्पनीको प्रतिफल ठिकै देखिन्छ । जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक रकम पुँजी र बैंक वित्तीय संस्थाको कर्जाबाट हुने गरेको छ । आयोजना निर्माणका लागि आवश्यक पुँजी पनि संस्थापक समूह र सर्वसाधारण लगानीकर्ताहरूबाट जुटाउन सकिने कानुनी व्यवस्था छ । जलविद्युत् प्रवद्र्धकले सर्वसाधारण लगानीकर्ताबाट राम्रै पुँजी जुटाउने गरेको देखिन्छ । सर्वसाधारण लगानीकर्तातर्फ पनि वैदेशिक रोजगारमा गएका नेपाली, स्थानीय प्रभावित बासिन्दा, सामूहिक लगानी कोष, कर्मचारी र सर्वसाधारण लगानीकर्ताहरूलाई वर्गीकरण गरिएको हुँदा जलविद्युत्को लगानीमा सबै वर्ग र समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गरिएको छ । यसले गर्दा पछिल्लो समय जलविद्युत् कम्पनीको सेयर बिक्री हुन नसकेको अवस्था छैन । जलविद्युत् कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सार्वजनिक सेयर (आइपिओ) ल्याएपछि बिक्री नहुने चिन्ता छैन । बरु मागभन्दा बढी आवेदन पर्ने गरेको छ । यसले गर्दा माग बराबरको सेयर कसैले पनि पाउन सकेका छैनन् भने धेरैजसोले १० कित्ता पनि सेयर पाउन सकेको अवस्था छैन । विदेश गएकालाई लगानी अवसर नेपाल धितोपत्र बोर्डले २०७९ कात्तिकमा धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका (छैटौँ संशोधन)मार्फत् श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका नेपालीहरूका लागि जुनसुकै कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि छुट्ट्याएको सेयरमध्ये १० प्रतिशत सेयर अनिवार्य छुट्ट्याउनुपर्ने व्यवस्था गरेको थियो । यो व्यवस्थासँगै प्राथमिक सेयरको बजार थप फराकिलो बनेको छ । अहिलेसम्मको आवेदन दिनेको संख्यालाई हे¥यो भने एकदमै कम सहभागिता देखिन्छ । यसरी आवेदन दिँदा निश्चित मापदण्ड पूरा गर्नुपर्छ । आवश्यक कागजात तथा प्रक्रिया पूरा गर्न नसकेर वा नजानेर पनि सहभागिता कम भएको हुन सक्छ । त्यसमा पनि ६ महिनाभित्रमा ५० हजार रुपैयाँ पैसा पठाएको हुनुपर्छ । प्रक्रियाको कारणले संख्या कम देखिए पनि बिस्तारै आवेदन दिनेको संख्यामा वृद्धि हुँदै गइरहेको छ । कालिञ्चोक दर्शनले सबैभन्दा पहिलो पटक वैदेशिक रोजगारमा गएका नेपालीका निम्ति प्राथमिक सेयर निष्कासन गरेको थियो । हालसम्म ४२ वटा कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीहरूका लागि प्राथमिक सेयर निष्कासन गरिसकेका छन् । उनीहरूले वैदेशिक रोजगारमा गएका नेपालीहरूबाट मात्रै २ अर्ब ८३ करोड रुपैयाँ लगानी ल्याएका छन् । जसमा हाइड्रोपावरको संख्या पनि उल्लेख्य छ । जलविद्युत्मा लगानीको प्रतिफल सेयर बजारमा सूचीकृत अन्य कम्पनीको तुलनामा जलविद्युत् कम्पनीको प्रतिफल कम नै देखिन्छ । जलविद्युत् कम्पनीको एउटा राम्रो पक्ष आम्दानी लगभग निश्चित हुन्छ । धेरै बढ्ने वा घट्ने भन्ने हुँदैन । आयोजनामा समस्या देखियो भने घट्न पनि सक्छ, तर बढ्ने भनेर धेरै बढ्दैन । आम्दानी निश्चित हुने भएकाले प्रतिफल पनि निश्चित हुन्छ । अहिलेसम्म जति पनि जलविद्युत् कम्पनीले प्रतिफल दिएका छन्, त्यसलाई हेर्दा ठिकै मात्रै देखिन्छ । त्यस्तो ठुलो आकर्षक प्रतिफल पनि देखिँदैन । बैंकले दिने औसत ब्याजदरसँग तुलना गर्ने हो भने जलविद्युत् कम्पनीको प्रतिफल धेरै देखिन्छ । न्यून लागतमा निर्माण सम्पन्न भएका र नदी प्रवाह अर्थात् ‘रन अफ रिभर’ जलविद्युत् आयोजनाको प्रतिफल तथा प्रस्तुति आकर्षक देखिन्छ । रन अफ रिभर जलविद्युत् आयोजनाको निर्माण लागत कम हुने र छिट्टै प्रतिफल पाउन सकिने भएकाले यस्ता जलविद्युत् आयोजना अहिलेका लागि बढी सफल देखिन्छन् । तर, यस्ता आयोजनाले हिउँदको सुख्खायाममा कम विद्युत् उत्पादन गर्ने भएकाले वर्ष दिनभरि एकनास आम्दानी गर्न सक्दैनन् । बुटवल पावर, चिलिमे जलविद्युत् आयोजनाले सुरुका वर्षमा जति राम्रो प्रतिफल दिन सकेका थिए, अहिले आएका नयाँ जलविद्युत् आयोजनाले राम्रो प्रतिफल दिन सकेको देखिँदैन । सानाभन्दा पनि ५०/६० मेगावाटभन्दा ठुला आयोजनाको प्रतिफल अलि राम्रो देखिन्छ । सर्वसाधारणमा आकर्षण सर्वसाधारण लगानीकर्ताको जलविद्युत् कम्पनीको आइपिओमा एकदमै आकर्षण देखिन्छ । केही वर्षअघि आयोजना प्रभावित क्षेत्रमा सेयर बिक्री नहुने अवस्था थियो । तर, अहिले बिस्तारै आयोजना प्रभावित क्षेत्रका बासिन्दाले खरिद गर्ने क्रम बढेको छ । अझ पछिल्ला दिनमा जलविद्युत् कम्पनीको आइपिओ बिक्री नभएको अवस्था छैन । सर्वसाधारणमा आकर्षण अझ बढेको छ । कतिपय आयोजनाको सेयर बिक्री नहुनुको एउटा कारण ठुलाठुला कम्पनीले प्रभावित क्षेत्रमा बिक्री गर्ने सेयरको संख्या पनि धेरै छ । जुन सेयर प्रभावित क्षेत्रका बासिन्दाका लागि धेरै हुन गयो । अर्कातर्फ एउटै क्षेत्रमा धेरै वटा आयोजना निर्माण हुने र सबैले प्राथमिक सेयर जारी गर्दा प्रभावित क्षेत्रका बासिन्दासँग लगानी गर्ने पैसा नै नहुने अवस्थासमेत देखियो । आइपिओ निष्कासन गर्दैमा आवेदन दिइहाल्नुपर्ने भन्ने होइन । लगानीकर्ताहरूले आइपिओ निष्कासन गर्ने आयोजनाले कति लाभांश दिन सक्छन् भन्ने कुरालाई पनि हेरिरहेका हुन्छन् । यति मात्रै होइन, अहिलेसम्म आइपिओ निष्कासन गरेका आयोजनाले कति लाभांश दिइहरेका छन् र दोस्रो बजारमा कम्पनीको सेयर मूल्य कतिसम्म माथि पुग्यो भन्ने कुरालाई पनि हेरिरहेका हुन्छन् । दुई दशकको अवधिमा १२५ वटा जलविद्युत् कम्पनीहरूले प्राथमिक बजारबाट मात्रै ४१ अर्ब ६५ करोड रुपैयाँ पुँजी संकलन गरिसकेका छन् । आर्थिक वर्ष २०६१/६२ मा चिलिमेले सर्वसाधारण तथा प्रभावित क्षेत्रका बासिन्दाका लागि २३ करोड ७४ लाख १० हजार रुपैयाँको प्राथमिक सेयर निष्कासन गरेको थियो । सुरुका ५/६ वर्षमा जलविद्युत् कम्पनीहरू संख्या एकदमै कम थियो । आर्थिक वर्ष २०७२/७३ पछि जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्कासनमा वृद्धि हुँदै आयो । प्राथमिक सेयरको योगदान जलविद्युत् आयोजना निर्माणमा लगानी जुट्नुको पहिलो कारण पुँजी बजार पनि हो । जलविद्युत् आयोजनाका प्रवद्र्धक तथा सर्वसाधारण लगानीकर्ताले कम्पनीको सेयर दोस्रो बजारमा सूचीकृत हुन्छ र राम्रो लाभ हुन्छ । तत्काल आयोजनाले प्रतिफल दिन नसके पनि म पुँजी बजारबाट भए पनि आफ्नो लगानीलाई चलायमान बनाउछु भन्नेहरू छन् । पुँजी बजारकै कारण आज एउटा आयोजना निर्माण गर्ने प्रवद्र्धकले भोलि अर्को आयोजना निर्माण गर्ने आँट गर्छ । हिजो ८÷१० मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्नेहरूले क्रमशः २०/२५ मेगावाट क्षमताको आयोजना निर्माण गरे । उनीहरूको क्षमता अभिवृद्धि हुँदै अहिले ६० मेगावाटभन्दा ठुला आयोजना निर्माण गर्ने बनेको छ । उनीहरूले आयोजना कसरी निर्माण गर्ने, कसरी लागत घटाउनेदेखि लिएर धेरै कुराहरू जान्ने मौका पाए । यसरी आयोजना निर्माण गर्ने क्षमतामा क्रमिक रूपमा वृद्धि हुँदै जानेछ । दीर्घकालीन रूपमा हामी सही दिशामै अगाडि बढिरहेका छौँ । भोलिका दिनमा हामीले ठुलाठुला जलविद्युत् आयोजनालाई बजारमा ल्याउन सक्छौँ । हामी हाम्रै स्थानीय पुँजी, स्थानीय अनुभवबाट भोलिका दिनमा हामी जलविद्युत् निर्यात गरेर देशकै अर्थतन्त्रमा टेवा दिन सक्नेछौँ । आयोजना प्रवद्र्धकले मात्रै सबै पुँजी जुटाउन सक्दैन । उसले सर्वसाधारणसँग पनि पुँजी संकलन ग¥यो भने सहजै पुँजी जुटाउन सक्नेछ । यसले भोलिका दिनमा ३/४ सय मेगावाट क्षमताका जलविद्युत् आयोजना आउने बाटो खुलेको छ । पुँजी बजार जलविद्युत्मा लगानीको आधार बन्दै गएको छ । धितोपत्र बोर्डको सहजीकरण नेपाल धितोपत्र बोर्डले जलविद्युत् क्षेत्रलाई पुँजी जुटाउन धेरै सहजीकरण गर्दै आइरहेको छ । कम्पनीहरूलाई विवरणपत्र तयार पारेर सर्वसाधारण समक्ष सेयर आह्वान गर्नेदेखि लिएर दोस्रो बजारमा कारोबार गर्नेसम्मका प्रक्रियामा सहजीकरण गरिरहेको छ । कम्पनीहरूलाई सेयर बजारमा पारदर्शी रूपमा कारोबार गर्नेदेखि लिएर कम्पनीको पारदर्शितामा पनि ठुलो सहयोग छ । दोस्रो बजारमा सूचीकृत भएकै कारण उनीहरूले संस्थागत सुशासन पालना गर्नुपरेको छ । उनीहरूले तथ्यांकलाई पारदर्शी रूपमा सर्वसाधारण समक्ष प्रस्तुत गर्नुपरेको छ । यसले जलविद्युत् कम्पनीलाई सबैलै हेर्न र बुझ्न सक्ने अवस्था निर्माण भएको छ । लगानीकर्तालाई कुन कम्पनी राम्रो कुन कम्पनी नराम्रो भनेर छुट्ट्याउन सजिलो भएको छ । लगानीकर्ताले राम्रा कम्पनीलाई छान्ने भएपछि नराम्रा कम्पनीलाई पनि मैले राम्रो काम गर्नुपर्छ भन्ने दबाब सिर्जना हुने गरेको छ । संस्थागत सुशासनमा कमजोरी हिजोका दिनमा जलविद्युत् कम्पनीहरूको नियमनकारी निकाय थिएन । अझै पनि जलविद्युत् आयोजनाको वास्तविक रूपमा नियमन गर्ने नियमनकारी निकाय छैन । नेपाल धितोपत्र बोर्डले सेयर निष्कासन तथा सेयर हस्तान्तरणमा पनि नियमन गर्ने हो । जलविद्युत् आयोजनाको वास्तविक व्यवसाय, कसरी विद्युत् उत्पादन गर्छ, प्राविधिक पक्षलगायतको नियमनले संस्थागत सुशासनलाई प्रभावकारी बनाउन सहयोग गर्नेछ । पुँजी निर्माण सहज हामी बिस्तारै ठुला आयोजनातर्फ जानुपर्नेछ । अहिलेसम्म नदी प्रवाहमा आधारित आयोजना बढी बनिरहेका छन् । यसले मात्रै हाम्रो आवश्यकता पूरा गर्न सक्दैन । बिस्तारै जलाशययुक्त ठुला आयोजनातर्फ जानुपर्छ । यसमा ठुलो लगानी चाहिन्छ । ठुला आयोजना निर्माण गर्न सकियो भने मात्रै हामी अन्तर्राष्ट्रिय बजारमा जलविद्युत् बिक्री गर्न सक्छौँ । ठुला आयोजना निर्माण गर्न सकियो भने त्यसले दिने प्रतिफल पनि धेरै राम्रो हुन्छ । राम्रा कम्पनी बजारमा आउनु भनेको पँुजी बजारका लागि पनि धेरै राम्रो लगानीको अवसर हो । अहिल्यै पनि ठुलाठुला आयोजनाले ठुलो रकमको प्राथमिक सेयर निष्कासन गर्दा बिक्री हुन गाह्रो पर्ने स्थिति छ । भोलि ठुला आयोजना निर्माण हुँदा स्वदेशी पुँजीले मात्रै पुग्दैन । यसका लागि नेपाल धितोपत्र बोर्डसँगै अर्थ मन्त्रालयको भूमिका महत्वपूर्ण हुन्छ । यसका निम्ति पुँजी बजारमा बाह्य लगानीकर्ता र गैरआवासीय नेपालीलाई ल्याउन नीतिगत, संस्थागत र संरचनागत पहल गर्नुपर्ने हुन्छ । यसले बजार सन्तुलनमा ल्याउन र पुँजी जुटाउन सहयोग पुग्नेछ । (श्रेष्ठ धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् । उर्जा समृद्धिबाट ।)
विवाहका लागि वडाको सिफारिस अनिवार्य
जुम्ला । बालविवाह हुन नदिन तिला गाउँपालिका-६ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या बढेपछि गाउँपालिकाले पालिकाभित्रका नौवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेपछि सो वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्यलाई कडाइका साथ लागू गरिएको वडाध्यक्ष जङ्गबहादुर रोकायाले जानकारी दिए । कम उमेरमा विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न सिफारिस अनिवार्य गरेको हो । वडाध्यक्ष रोकायाले भने, ‘विवाह गर्दा वडाको सिफारिस अनिवार्य लागू गरिएको छ, वैशाखदेखि विवाह गर्दा नागरिकले अनिवार्य वडाबाट सिफारिस लिनुपर्ने नियम बनाएका छौँ ।’ कानुनीरूपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ । तिला–६ मा पर्ने घोडे गाउँमा ६८, रिपी गाउँमा ३५ र सुडी गाउँमा एक सय १० गरी जम्मा दुई सय १३ घरधुरी रहेका छन् । अहिले वडाको सिफारिस अनिवार्य गरेपछि वैशाखयता पाँच जना उमेर पुगेका विवाह गर्ने जोडीले सिफारिस लिएका छन् । विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले अनिवार्य जन्मदर्तासहित वडामा निवेदन पेस गर्नुपर्ने हुन्छ । उमेर नपुग्दै विवाह गर्ने सुडीगाउँमा दुई र घोडेगाउँमा एक बालविवाह गर्नेलाई रोक्ने काम भएको वडाध्यक्ष रोकायाको भनाइ छ । वडाको सिफारिस अनिवार्य गरे पनि तिलाका अरु वडाले प्रभावकारीरुपमा निर्णयलाई कार्यान्वयन गर्न नसकेको तिला-१ का स्थानीय उपराज रावतले बताए । वडाध्यक्षहरुले गाउँमा हुने विवाहलाई उमेर पुगे/नपुगेको जानकारी लिनका लागि प्रभावकारी भूमिका खेल्नुपर्ने गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाको भनाइ छ । रासस
‘डाटा गोपनीयता दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीद्धारा प्रतिज्ञा
काठमाडौं । ‘डाटा गोपनीयता दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्धारा प्रतिज्ञा गरेका छन् । ‘डाटा गोपनीयता दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूले बैंकको नीतिअनुरुप डाटा सुरक्षामा सजग, सचेत रहने र कार्यस्थल तथा ग्राहकहरुको सबै व्यक्तिगत तथा वित्तिय जानकारीहरु गोप्य राख्नका साथै बैंकको गोपनीयता नीति तथा कार्यविधिहरुको बारेमा अद्याबधिक रहने प्रतिज्ञा गरेका छन् । नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कूमार देले, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमूख प्रविधि अधिकारी सूनन्द मल्होत्राका साथै अन्य पदाअधिकारीहरूको उपस्थितिमा बैंकका सम्पूर्ण कर्मचारीहरुलाई उक्त प्रतिज्ञा गराए । हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।
स्टार्टअप उद्यमीका लागि उद्योग मन्त्रालयले छुट्यायो २५ करोड, तीन प्रतिशत ब्याजमा ऋण
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यमीका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्दै सहुलियतपूर्ण कर्जा प्रदान गर्ने उद्देश्यले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ स्वीकृत गरेर मन्त्रालयले उक्त रकम विनियोजन गरेको जनाएको छ । उद्यम दर्ता गरेर ७ वर्ष पूरा नगरेका कार्यविधिको मापदण्डभित्र पर्ने उद्यमीले स्टार्टअप कर्जाको लागि आवेदन पाउने मन्त्रालयले जनाएको छ । ‘कुनै वस्तु वा सेवाको उत्पादन वा सञ्चालन वा वितरण प्रक्रियामा नवीन प्रविधि एवम सिर्जनशील सोचको प्रयोग गरेको’, कुल चुक्ता पुँजी दुई लाखदेखि १० लाख रुपैयाँ भएको र स्थिर पुँजी दुई करोड रुपैयाँभन्दा बढी नभएको उद्यमीले उक्त सहुलियतपूर्ण कर्जा पाउने कार्यविधिमा उल्लेख गरिएको छ । कृषि तथा पशुपन्छी, वन पैदावार, पर्यटन तथा मनोरञ्जन र अतिथि सत्कार, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार, मानव स्वास्थ्य सेवा, शिक्षा तथा शिक्षण सिकाइ, सहज र सुरक्षित यातायात, अटोमोबाइल, परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाहसँग सम्बन्धितलगायत १६ क्षेत्रका उद्यमीहरू स्टार्टअप कर्जा प्राप्त गर्न योग्य हुने कार्यविधिमा उल्लेख छ । कार्यविधिअनुसार स्टार्टअप परियोजनाको कार्यान्वयन औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गर्ने र उद्यमी छनोटका लागि प्रस्ताव आह्वान गर्नेछ । प्रस्तावका लागि कार्यविधिले निश्चित ढाँचासमेत तोकेको छ । साथै, एकजना उद्यमीले अधिकतम २५ लाख रुपैयाँ वार्षिक ३ प्रतिशत ब्याजमा पाउने कार्यविधिमा उल्लेख छ । छनोट भएका उद्यमीहरूले बैंकबाट अधिकतम शून्य दशमलव एक प्रतिशत ब्याज लिएर कर्जा प्रवाह गर्ने र तमसुकमा सम्झौता भएको आधारमा ब्याज र किस्ता बुझाउनुपर्ने छ । बैंकले ५ लाखसम्मको कर्जा एक किस्ता, १५ लाखसम्मको कर्जा २ किस्ता र त्यसभन्दा माथिको कर्जा ३ किस्तामा उपलब्ध गराउने मन्त्रालयका सहायक प्रवक्ता शेखरबाबु कार्कीले बताएका छन् । हेर्नुहोस ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ ।
नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई आज सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । यो हाम्रो आकाङ्क्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो ।’ उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट पनि विद्यार्थी आउन थालेको जानकारी पाउँदा आफूलाई खुसी लागेको बताए । आगामी दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतिष्ठानबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनका साथै दक्ष जनशक्ति उत्पादन पनि भइरहेको बताए । उनले भने, ‘प्रतिष्ठानले विपन्नलाई सेवा मात्र दिइरहेको छैन, दक्ष र कर्मठ स्वास्थ्यकर्मीसमेत उत्पादन गरिरहेको छ ।’ देश र जनतालाई अप्ठ्यारो परेको अवस्थामा प्रतिष्ठानले महत्त्पूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘कोभिड महामारीको त्रासदीपूर्ण परिस्थितिमा होस् वा हालैको भूकम्प, प्रतिष्ठानले पूर्ण जिम्मेवारीबोधका साथ पूर्वतयारी, आवश्यक सतर्कता, उद्धार र उपचारका क्षेत्रमा निकै महत्त्वपूर्ण काम गरेको छ ।’ आगामी दिनमा सेवा प्रवाहलाई थप सरल, सहज र गुणस्तरीय बनाउनुपर्ने जिम्मेवारी प्रतिष्ठानको भएको बताउँदै प्रधानमन्त्री दाहालले प्रतिस्पर्धी समाज, राष्ट्र र विश्वका निम्ति योग्य, दक्ष, इमानदार र देशभक्तिपूर्ण भावनाले ओतप्रोत जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । पछिल्ला वर्षहरूमा प्रतिष्ठानले उल्लेख्य प्रगति गरेको आफूले अनुभूत गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नवप्रवर्तनमा आधारित अध्ययन, अनुसन्धान र आविष्कारमा प्रतिष्ठानले गम्भीरतापूर्वक पहल लिने विश्वास व्यक्त गरे । कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्छ प्रधानमन्त्री दाहालले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताए । प्रतिष्ठानको सभालाई सम्बोधन गर्दै उनले भने, ‘कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यतः जडीबुटी स्रोतमा महत्त्वपूर्ण छ । प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोगका साथै औषधि उत्पादनका क्षेत्रमा समेत पहल लिनुपर्दछ ।’ प्रधानमन्त्रीले औषधि उत्पादनका लागि आवश्यक गृहकार्य गर्नसमेत प्रतिष्ठानलाई निर्देशन दिए । साधनस्रोतको अभावका बीचमा रहेर प्रतिष्ठानले राम्रो काम गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा कर्णालीको अथाह सम्भावनालाई सदुपयोग गर्ने योजनामा सरकारले सघाउने उल्लेख गरे । उनले भने, ‘बाटोघाटोको असुविधा, दक्ष चिकित्सक र प्राविधिकको अभाव, अन्य साधनस्रोतको अभावजस्ता समस्या छन्, जसले सेवा प्रवाह र दक्ष जनशक्ति उत्पादनमा चुनौती देखिएको छ । आगामी दिनमा यसको सम्बोधनका निम्ति सरकारको तर्फबाट उचित पहल हुनेछ ।’ चिकित्सक, प्राविधिक र कर्मचारीको वृत्तिविकास र सेवा सुविधाबारे राखिएका चासो र मागबारे आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘तपाईंहरूका मागहरू क्रमशः सम्बोधन गर्दै जाने विश्वास दिलाउँछु ।’ रासस
धनुषामा भन्सार छलीका सामान बरामद
गोदार । भारतबाट अवैधरुपमा भन्सार छली गरेर नेपाल ल्याउँदै गरेको सात लाख ५७ हजार रूपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामानसहित मोटरसाइकल धनुषा प्रहरीले बरामद गरेको छ । भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याएको किराना सामान, प्याज, खुर्सानी, कपडा र हार्डवेयरका सामान आइतबार प्रहरीले बरामद गरेको हो । सामान ओसारपसारमा प्रयोग गरिएका तीन मोटरसाइकलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए । बरामद गरिएको सामान र मोटरसाइकल भन्सार कार्यालय जनकपुरलाई बुझाइएको प्रहरीले जनाएको छ । रासस
त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा फेरिएको चित्र
काठमाडौं । वर्षौं पुरानो भवन, साँघुरो ठाउँ । यात्रुहरूको भीडभाड थेगिनसक्नु । यात्रुहरू वायुसेवा कम्पनीका काउन्टरसम्म पुग्न उस्तै परे घण्टौं लाइनमा उभिनुपर्ने । यस्ता कुरामा यात्रुहरू आफ्ना गन्तव्य पुग्न जहाज चढ्नुअघि नै ‘माइण्ड प्रिपेयर’ गरेर आउँथे । सास्तीका कुरै नगरौं । अनि, गन्तव्य पुग्न हतारिएका यात्रु र उताबाट फर्केका यात्रुबीच एकै ठाउँ जम्काभेट हुन्थ्यो । त्यसपछि अर्को गन्जागोल भइहाल्थ्यो । समस्या, अर्को पनि थियो । फर्केर आउँदा आफ्ना लगेज, ब्यागेज वा अलि ठूला आकारका सामानका झोला वा सुटकेस लिन अर्को कैयौँ मिनेट कुर्नुपर्ने । कतिखेर आफ्नो सामान आइपुग्ला भनेर ‘ट्याग’ समातेर उभिनुको विकल्प पनि थिएन । यी त भए विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक हवाई टर्मिनलमा यात्रुले खपेका सास्तीका कुरा । र, अब यो इतिहास भइसकेको छ । साँच्चै, अहिले के भएको छ त ? समस्या ज्युँका त्युँ छ ? तपाईंलाई लाग्न सक्छ, हो त्रिभुवन विमानस्थल न पर्यो, यति समस्या पनि सामना नगरे त्रिभुवन विमानस्थलको विशेषता नै के रह्यो र ! तर होइन, तपाईं गलत हुनुहुन्छ । विगतमा यात्रुहरूले झेलेका, भोगेका र सामना गरेका समस्या जादुको छडी झैं ‘छु मन्तर’ भएको छ । कसरी ? त्रिभुवन विमानस्थल व्यवस्थापनले आन्तरिक उडान गर्ने यात्रुका लागि भिन्नै ‘अराइभल’ टर्मिनल भवन बनाएर सञ्चालनमा ल्याएको छ । अब विगतमा भोगको सारा समस्या हटेर जाने निश्चित छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआईए) मा आन्तरिक उडान गर्ने यात्रुहरूको प्रस्थान र आगमनका लागि छुट्टाछुट्टै टर्मिनल भवन तयार भएर सञ्चालनमा आएका छन् । संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले माघ १० मा भवन उट्घाटन गरे । योसँगै आन्तरिकतर्फका यात्रुका लागि प्रस्थान भवन र आगमन छुट्टै भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अराइभल टर्मिनलको क्षमता प्रतिघन्टा ४ सय यात्रु ‘ह्यान्डल’ गर्न सक्नेछ । माघ अघिसम्म त्रिभुवन विमानस्थलको आन्तरिक सेवातर्फ ‘डिपार्चर’ (आगमन) टर्मिनलमात्र थियो । त्यसैले अराइभल र डिपार्चरका यात्रु व्यवस्थापन गर्दै आएको थियो । तर, अहिले छुट्टै अराइभल टर्मिनल भवन बनेपछि यात्रु सेवा सहज भएको विमानस्थलले जनाएको छ । अराइभल टर्मिनल नहुँदा पुरानो भवनको छेउमा एउटा कन्भेयर बेल्ट (यात्रुका लगेज, ब्यागेज) मात्र राखेर आन्तरिक यात्रुलाई सेवा दिइएको थियो । विगतमा डिपार्चर टर्मिनलको यात्रु क्षमता एक पटकमा ५ सय जनाबराबर थियो । अराइभल कक्षमा रहेको कन्भेयर बेल्टमार्फत एकपटकमा सय बढी यात्रुलाई सेवा दिन मुस्किल थियो । विमानस्थल सञ्चालन तथा व्यवस्थापन गर्ने प्रमुख निकाय तथा मुलुकको उड्डयन क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूल अब डिपार्चर र अराइभल दुवै सेवाका लागि छुट्टछुट्टै भवन सञ्चालनमा आएपछि यात्रुले सहजै सुविधा पाउन थालेको बताउँछन् । ‘पुरानो डिपार्चर टर्मिनलको प्रतिघण्टा ५ सय जनाको क्षमता थियो । तीन वर्षअघि हामीले डिपार्चरमा सानो एउटा पार्ट जोड्यौं, त्यो अहिले बुद्ध एयरलाई प्रयोग गर्न टर्मिनल दिएका छौं,’ उनले भने, ‘त्यसको २ सय यात्रु क्षमता हो । अहिले प्रतिघण्टा जम्मा यात्रु क्षमता ७ सय छ ।’ उनका अनुसार अराइभलको छेउमा भने छुट्टै टर्मिनल थिएन । ६ वर्षअघि डिपार्चरको राइटपट्टि कन्भेयर बेल्ट राखिएको थियो । अराइभल भनेर छुट्टै बस्न ठाउँ थिएन । ‘अहिले प्रायः हाम्रो पुरानो डोमेस्टिक एयरपोर्टहरूमा डिर्पाचर गर्दा एयरलाइन्सको चेक इन एरिया, पर्खने ठाउँ, रेस्टरुम (शौचालय) सबै छ,’ सूचना अधिकारी भूलले भने, ‘किनभने मान्छे वेट नगर्ने, सिधै गइहाल्ने भएकाले अराइभल टर्मिनल थिएन ।’ काठमाडौंमा पहिलोपटक डोमेस्टिक टर्मिनलभित्र डिपार्चर टर्मिनलको छुट्टै व्यवस्था गरिएको उनले बताए । जसले प्रतिघण्टा ७ सय यात्रु ह्यान्डल गर्न सक्छ । दक्षिण भागमा अराइभल टर्मिनल नयाँ बनाइएको हो । ‘नयाँमा दुइटा कन्भेयर बेल्ट छ,’ उनले भने, ‘ती दुइटा कन्भेयर बेल्टमा ब्यागेजहरू आउँछ, कहिलेकाहीँ ब्यागेज आउन ढिलो भयो र कसैको टेकओभर गर्ने व्यक्ति ढिलो भयो भने त्यहाँ वेट गर्न मिल्यो । र, त्यसले प्रतिघन्टा ४ सय यात्रु ह्यान्डल गर्न सक्छ ।’ पहिला दुई/तीन उडान सँगैसँगै आउँदा ब्यागेजका लागि पर्खिनुपर्थ्यो, कन्भेयर बेल्टमा भीडभाड हुन्थ्यो । नयाँ टर्मिनल भवन बनेसँगै त्यो समस्या समाधान भएको सूचना अधिकारी भूल बताउँछन् । उनका अनुसार कुनै कारण यात्रु बाहिर आउन सकेनन् भने त्यहाँ पर्खिने व्यवस्था छ । निःशुल्क वाइफाई, पिउने पानी र शौचालयको पनि उपयुक्त सुविधा छ । त्रिभुवन विमानस्थलमा आन्तरिकतर्फ पनि नयाँ टर्मिनल भवन सञ्चालनमा आएपछि यात्रुहरू निकै खुसी भएको सूचना अधिकारी भूलले बताए । ‘पहिला जहाजबाट ल्यान्ड गरेपछि बसमा चढेर सिधै सडकमा आउनुपर्थ्यो,’ उनले भने, ‘अब केही समय वेट गर्ने, बस्ने, चिया, कफी खाने सम्पूर्ण व्यवस्था हुने भएकाले आन्तरिक हवाई यात्रा गर्ने यात्रुको प्रतिक्रिया राम्रो छ ।’ विमानस्थलको अहिलेको प्रमुख लक्ष्य यात्रुलाई राम्रो सेवा सुविधा दिने र बिस्तारै प्रतिक्रिया लिएर अन्य सुविधा पनि थप्ने प्रक्रियामा रहेको उनको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झा आन्तरिकतर्फ छुट्टै अराइभल टर्मिनल भवन बनेपछि यात्रुहरूलाई धेरै नै सहज भएको र सबैतिरबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताउँछन् । उनका अनुसार २०७९ जेठमा अराइभल टर्मिनल भवन निर्माण सुरु गरिएको थियो । ६ करोड रुपैयाँ लागतमा नयाँ टर्मिनल भवन निर्माण भएको हो । नयाँ अराइभल कक्षमा दुइटा कन्भेयर बेल्ट छन् । ‘अब अराइभल र डिपार्चरका छुट्टाछुट्टै भवन भएका छन्,’ प्रवक्ता झाले भने, ‘अराइभल टर्मिनलमा एउटा कन्भेयर बेल्ट राखिसकिएको छ । अहिले भइरहेको अराइभल बेल्टलाई पनि नयाँ टर्मिनलमा सार्नुपर्छ । दुइटा कन्भेयर बेल्ट भएपछि यात्रुलाई सहज तरिकाले सेवा प्रदान गर्न सकिने छ ।’ पहिला एउटामात्र कन्भेयर बेल्ट थियो । एकैपटक तीन/चारवटा जहाज आउँदा सबै यात्रुको भीडभाड हुन्थ्यो र ठाउँ पनि साँघुरो थियो । अहिले एक घण्टामा ४ सय यात्रुले ओहोरदोहोर गर्न सक्छन् । पहिला अराइभल टर्मिनल नहुँदा पुरानो भवनको छेउमा एउटा कन्भेयर बेल्टमात्र राखेर आन्तरिक यात्रुलाई सेवा दिइएको थियो । दुइटा कन्भेयर बेल्ट भएपछि प्रतिघण्टा ४ सय यात्रु प्रोसेस हुँदा पनि एकैपटक पाँच जहाज आए भने पनि ती जहाजलाई म्यानेज गर्न सकिने अवस्था बनेको प्रवक्ता झाले बताए । ‘यो भनेको पहिलाको भन्दा दोब्बर क्षमता हो,’ उनले विकासन्युजसँग भने, ‘ब्यागेज बेल्ट पहिला एउटा मात्रै थियो, अहिले दुईवटा भए । यसले यात्रुलाई पनि ब्यागेजका लागि धेरै बेर कुर्नु नपर्ने र सहज भएको छ ।’ एउटा बेल्टमात्रै हुँदा एउटा जहाजका यात्रुको सामान राखेपछि त्यो नसकिँदासम्म अर्को जहाजको राख्न नमिल्ने हुँदा यात्रुलाई पनि पर्खिराख्नुपर्ने झन्झट थियो । अहिले भने एउटै कम्पनीको जहाज छ भने पनि एउटैमा राख्न सजिलो हुने र एकैपट चार/पाँच जहाजको राख्न मिल्ने उनको भनाइ छ । ‘पहिला ठाउँ साँघुरो हुन्थ्यो, एकपटकमा दुईवटा पनि राख्न नमिल्ने,’ उनले भने, ‘त्यसभित्र त्योभन्दा बढी कुरेर बस्न ठाउँ पनि हुँदैनथ्यो । अहिले त्यो समस्या क्लियर भएको छ ।’ विमानस्थलको सेवा पहिलाभन्दा अहिले राम्रो र सहज भएपछि यात्रुहरू पनि खुसी भएको झाले बताए । ‘यात्रुहरू पनि खुसी हुनुहुन्छ,’ उनी भन्छन्, ‘अझै केही दिन चलेपछि अरू धेरै फिडब्याक आउलान् । सुरुको दिनमा राम्रै मान्नुभएको छ ।’ प्रवक्ता झाका अनुसार टिआइएले वार्षिक ८० देखि ८५ लाखहाराहारीमा यात्रु ह्यान्डल गर्छ । अहिले विमानस्थलमा वृद्ध यात्रुका लागि पहिलाभन्दा धेरै कुर्सी थपिएको झा बताउँछन् । नयाँ टर्मिनलमा दुईवटा शौचालय र फ्लाइट डिस्प्ले राखिएको छ । एउटा रेस्टुरेन्ट राख्ने योजना पनि रहेको झाले बताए । आवश्यकताअनुसार अरू सुविधा थप्दै जाने उनको भनाइ छ । पार्किङ क्षेत्रवरिपरि एक्सेस रोड पनि बनाइएको छ । आन्तरिक विमानस्थलमा फेरिएको अर्को महत्वपूर्ण कार्य हो इन्ट्री र एक्जिट गेट । पहिले आगमन र बहिर्गमन गेट एउटै थियो । सवारी साधनको भीड बाक्लो हुन्थ्यो । तर, अहिले सवारी आवागन गर्ने बाटो फेरिएको छ । जसले यात्रुलाई धेरै सहज भएको छ । तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले सुरु गरेको निःशुल्क माइक्रोबस सेवा सञ्चालन गरेपछि यात्रुलाई धेरै सहज भएको छ । विगतमा महँगो भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यताको अहिले अन्त्य भएको छ । झाका अनुसार अहिले सञ्चालनमा रहेको अराइभल कक्षलाई नवीकरण गरेर भिआइपी कक्ष बनाउने योजना छ । ट्विनअटर विमान उडान हुने देशका अरू विमानस्थलमा पनि टर्मिनल भवन विस्तार गरिने सूचना अधिकारी भूलले बताए । उनका अनुसार अहिले नेपालगन्ज, विराटनगर र भरतपुरमा काम सुरु भइसकेको छ भने अन्यमा बिस्तारै सुरु गरिने छ । ‘ती विमानस्थलमा नयाँ संरचना बनाउँदा अराइभल र डिपार्चरको क्षमता डिक्लेयर गरेर अलग-अलग पार्टबाट बनाउँछौं, त्यसमा कन्भेयर बेल्ट, चेकिङ मेसिन राख्ने व्यवस्था गर्छौं,’ उनले भने । पर्यटन व्यवसायी के भन्छन् ? पर्यटन व्यवसायी विजय अमात्य त्रिभुवन विमानस्थलमा यात्रुहरूको आगमन र प्रस्थानका लागि छुट्टाछुट्टै टर्मिनल भवन सञ्चालनमा आउनु यात्रुका लागि सहजता र खुसीको कुरा भएको बताउँछन् । ‘अन्तराष्ट्रियतर्फ अहिले धेरै सुधार भएको छ,’ उनी भन्छन्, ‘अब त्यहाँ इमिग्रेसनमा जति काउन्टर छन्, त्यसमा २४ घन्टाका लागि जनशक्ति परिचालन गर्नुपर्छ । उता आन्तरिकमा पनि सुधार हुनु पर्यटकका लागि पनि सुखद खबर हो ।’ उनका अनुसार लगेज र स्क्रिनिङमा समस्या छैन । डोमेस्टिकतिर पनि बन्दा शतप्रतिशत नै नभए पनि ६० देखि ७० प्रतिशत सहज हुने देखिन्छ । ‘विमानस्थल व्यवस्थापनले ढिलै भए पनि आन्तरिकतर्फ छुट्टै अराइभल टर्मिनल भवन सञ्चालनमा ल्याउनु नेपाल घुम्न आउने पर्यटकका लागि पनि सहज हवाई सेवा पुग्नु हो,’ अमात्यले भने, ‘आन्तरिकतर्फ अब भीडभाड कम हुने देखिन्छ । यसले पर्यटकमाझ हाम्रो विमानस्थलको छवि थप सकारात्मक हुने निश्चित छ ।’
माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजबीच साझेदारी
काठमाडौं । माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजबीच साझेदारी भएको छ । बैंकले सेन्ट जेभिर्यस कलेजसँग डिजिटल बैंकिङ्ग प्रवद्र्धन अन्तर्गत विद्यार्थीको क्षमता वृद्धिको लागि साझेदारी गरेको हो । बैंकका अनुसार उक्त साझेदारी अन्तर्गत बैंकले कलेजको आन्तरिक कार्यक्रम एसयकस्सी स्यान्डबक्स लाई प्रायोजन गरेको हो । एसयकस्सी स्यान्डबक्स एक आईटी सम्बन्धी रमाइलो ४८ घण्टा अवधिको ह्याकाथन कार्यक्रम आयोजना गरेको थियो जहाँ सहभागीहरूलाई सुचना तथा प्रविधि सम्बन्धी कार्य र रचनात्मक समस्या समाधानमा संलग्न हुन प्रेरित गर्दछ । डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा बैंकले उक्त कलेजसँग आन्तरिक कार्यक्रम एसयकस्सी स्यान्डबक्स लाई प्रयोजन गरी यसबाट विजेता टिमलाई ६ महिनाको लागि बैंकले आफ्नै निगरानीमा राखी विभित्र आन्तरिक तथा ग्राहकमुखी इनोभेसन सम्बन्धी काम गर्नको लागि आवश्यक अवसर प्रदान गर्ने छ । जसले गर्दा बैंकले आईटी विषय लिई अध्यनरत विद्यार्र्र्थीहरुलाई व्यावहारिक ज्ञान लिन प्रभावकारी भुमिका खेल्न मद्दत गर्दछ । यस प्रकारको सम्झौताले बैंक र सेन्ट जेभिर्यस कलेजको सम्बन्धमा नयाँ आयाम थपेको बैंकले जनाएको छ ।