विकासन्युज

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्टले गर्याे क्लासिक भ्यू रिसोर्टमा लगानी

काठमाडौं । ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा संयुक्त रूपमा प्रवर्द्धन गरिएको नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले क्लासिक भ्यू रिसोर्टमा लगानी गरेको छ । शिवपुरी वन क्षेत्रको मनमोहक दृश्यका साथ बुढानिलकण्ठको पहाडमा अवस्थित क्लासिक भ्यू रिसोर्टमा लगानी गरिएको ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक डा. मनिष थापाले बताए । उनका अनुसार क्लासिक भ्यू रिसोर्ट लक्जरी पर्यावरणमैत्री रिसोर्ट होटल हो । हाल क्लासिक भ्यू रिसोर्ट निर्माणको अन्तिम चरणमा छ । जुन २०२४ मा सफ्ट ओपनिङ कार्यहरू सुरु गर्ने योजना रहेको थापाले बताए । शिवपुरी जंगलको रमणीय दृश्यका साथ पर्यटकहरूलाई अनुपम प्रदान गर्ने यो उच्च स्तरको पर्यावरण मैत्री रिसोर्ट रहेको उनको भनाइ छ । एनआईआईएफबाट प्राप्त रकम रिसोर्टको निर्माण प्रक्रियालाई अन्तिम रूप दिन र अन्तर्राष्ट्रिय मापदण्ड र प्रोटोकलहरू अनुरूप अन्तर्राष्ट्रिय फ्रेन्चाइज रिसोर्टमा ल्याउन प्रयोग गरिनेछ । एनआईआईएफले प्रिमियर लक्जरी पर्यावरण मैत्री रिट्रीट गन्तव्य स्थापना गरी नेपालको पर्यटन क्षेत्रमा योगदान दिन खोजेको प्रबन्ध निर्देशक डा. थापाले बताए । ‘नेपालमा दिगो पर्यटन विकासलाई प्रवर्द्धन गर्ने हाम्रो प्रतिबद्धताको एउटा उदाहरण हो, यसको अनुपम स्थान र पर्यावरणमैत्री सञ्चालनको प्रतिबद्धताका साथ क्लासिक भ्यू रिसोर्ट हाम्रा घरेलु र अन्तर्राष्ट्रिय पाहुनाहरूका लागि प्रमुख गन्तव्य बन्ने हाम्रो विश्वास छ,’ थापाले भने, ‘हाम्रो यो लगानीले आकर्षक प्रतिफल दिने मात्र नभई स्थानीय अर्थतन्त्र र समुदायमा दिगो सकारात्मक प्रभाव पार्ने गरी नेपालको पर्यटन क्षेत्रको विकासमा पनि महत्वपूर्ण योगदान पुयाउनेमा हामी विश्वस्त छौं ।’

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख २६ हजार पुग्यो

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउनेक्रम जारी राखेको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २६ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला एक हजार रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार चार सय रुपैयाँ तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख २४ हजार चार सय रुपैयाँ थियो । त्यस्तै आइतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार चार सय ७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रति औँसत दुई हजार एक सय ७८ डलर आसपास कारोबार भइरहेको छ ।

एनआईएमबीमा राष्ट्रिय बीमा कम्पनी सबैभन्दा ठूलो लगानीकर्ता, यी हुन् १५ ठूला सेयरधनी

काठमाडौं । साविक नेपाल इन्भेष्टमेन्ट बैंक र साविक मेगा बैंक मर्जरपश्चात् बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)मा १५ कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । मर्जरपश्चात् पहिलो पटक सार्वजनिक तथ्याङ्क अनुसार ०.५ प्रतिशत भन्दा बढी सेयर स्वामित्व रहेका सेयरधनीहरूको संख्या १५ वटा रहेका छन् । तर, साविक मेगा बैंकका ठूला सेयरधनी भने मर्जरपश्चात् अटाउन सकेका छैनन् । बैंकका अनुसार सबैभन्दा धेरै सेयर स्वामित्व राष्ट्रिय बीमा कम्पनी रहेको छ । यस कम्पनीको बैंकमा ६.७३ प्रतिशत अर्थात् २ अर्ब २९ करोड ६७ लाख ७९ हजार ६९२ रुपैयाँ बराबरको सेयर स्वामित्व छ । यस्तै, महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिको ३.९६ प्रतिशत अर्थात् १ अर्ब ३५ करोड १७ लाख ५६ हजार ७१५ रुपैयाँ, छाया इन्भेष्टमेन्टको ३.६८ प्रतिशत अर्थात् १ अर्ब २५ करोड ६० लाख ६३ हजार ६८० रुपैयाँ, केयूपी इन्भेष्टमेन्टको ३.५१ प्रतिशत अर्थात् १ अर्ब १९ करोड ६२ लाख ४१ हजार ११३ रुपैयाँ, सोफिया इन्भेष्टमेन्टको ३.३३ प्रतिशत अर्थात् १ अर्ब १३ करोड ६४ लाख ३६ हजार ८१६ रुपैयाँ बराबरको सेयर स्वामित्व छ । यस्तै, नागरिक लगानी कोषको १.३२ प्रतिशत अर्थात् ४४ करोड ९६ लाख ३६ हजार ६४२ रुपैयाँ, अन्नपुर्ण इन्भेष्टमेन्टको ०.७४ प्रतिशत अर्थात् २५ करोड ११ लाख ७० हजार ४७५ रुपैयाँ, सूर्या इनोसिसको ०.७४ प्रतिशत अर्थात् २५ करोड ११ लाख ७० हजार २२३ रुपैयाँ, प्रेस्टाइन इन्भेष्टमेन्टको ०.७४ प्रतिशत अर्थात् ०.७४ प्रतिशत अर्थात् २५ करोड ११ लाख ७० हजार २२३ रुपैयाँ सेयर स्वामित्व छ । यस्तै, कमला इन्भेष्टमेन्टको ०.७० प्रतिशत अर्थात् २३ करोड ९२ लाख ५२ हजार ९०७ रुपैयाँ, नोबेल इन्भेष्टमेन्टको ०.७० प्रतिशत अर्थात् २३ करोड ९२ लाख ५२ हजार ९०७ रुपैयाँ, लोटस इन्भेष्टमेन्टको ०.६५ प्रतिशत अर्थात् २२ करोड १७ लाख ४७ हजार ७७९ रुपैयाँ, राष्ट्रिय बीमा संस्थानको ०.६४ प्रतिशत अर्थात् २१ करोड ७९ लाख ५३ हजार ७२२ रुपैयाँ सेयर स्वामित्व छ । यस्तै, मर्केन्टाइल इन्भेष्टमेन्टको ०.५७ प्रतिशत अर्थात् १९ करोड ५८ लाख ८९ हजार ४२ रुपैयाँ, सीआईटी–सिटिजन युनिट स्किमको ०.५६ प्रतिशत अर्थात् १९ करोड २० लाख ६२ हजार १८८ रुपैयाँ बराबरको सेयर स्वामित्व छ ।

धुलो दूध र नौनीले भरिएपछि बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा

चितवन । चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा आएको छ । प्रशोधन गरिएको धुलो दूध र नौनीले गोदाम भरिएपछि गत माघ २२ गतेदेखि उद्योग बन्द भएको थियो । किसानको दूध नबिकेपछि प्रशोधन गरिएका सामग्री सम्बन्धित संस्थाले लैजानेगरी उद्योग सञ्चालनमा ल्याइएको हो । आजबाट उद्योग सरसफाइ गरेर सञ्चालन गरिने उद्योगका प्रबन्धक दुर्गा पराजुलीले बताए । बीस हजार लिटर दूध आइसकेको छ । उद्योग सञ्चालन गर्न ४० हजार लिटर दूध आवश्यक पर्दछ । धेरै संस्थाले फोन गरिरहेकाले थप दूध आउने भएपछि मेसिन तताउन थालिएको उनले जानकारी दिए। उद्योगले दूध प्रशोधन गरेर उत्पादन हुने धुलो दूध र बटर लैजान भनेको छ । प्रशोधन गरेबापत उद्योगले शुल्क लिने गर्दछ । यसअघि नै डेरी एशोएिएसन, सहकारी, निजी डेरी, फार्महरूलाई उद्योगले पत्र पठाएर आजबाट उद्योग सञ्चालन हुने जानकारी गराएको थियो । उद्योगले डेरी, सहकारी र व्यावसायिक फार्महरूको दूध भाडामा प्रशोधन गर्दै आएको छ । पछिल्लो समय दूध ल्याएका संस्थाले प्रशोधित दुग्धजन्य पदार्थ बिक्री नभएर लैजान छाडेपछि भण्डारमा थन्किएसँगै राख्ने ठाउँको अभावमा उद्योग बन्द भएको थियो । प्रबन्धक पराजुलीका अनुसार रु ७५ करोडभन्दा बढीको प्रशोधन गरिएका नौनी र धुलो दूध भण्डारणमा थन्किएको छ । पाँच सय टन नौनी घ्यू भण्डारणमा रहेको भन्दै उहाँले उद्योगमा तीन सय र ५०–५० टनका तीनवटा चिस्यान केन्द्र तथा तिनका चार प्यासेज घ्यूले भरिएका जानकारी दिनुभयो । पाउडर दूधले गोदाम, क्यान्टिन, घ्यू तथा दही बनाउने ठाउँ, चिनीको गोदाम, कपडा फेर्ने ठाउँ सबै भरिएको छ । विसं २०६४ मा स्थापना गरिएको उक्त उद्योग विसं २०७२को विनाशकारी भूकम्पपछि बन्द भएको थियो । विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको रु एक सय १३ र घ्यू ९बटर० को प्रतिकिलो रु ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । एकतीसवटा डेरी उद्योग, निजी फार्म र सहकारीको दूध भण्डारण भएर बसेको छ । अब दूध ल्याउनेले सामग्री तयार भएसँगै तुरुन्तै लैजाने शर्तमा काम गर्न थालिएको हो । पछिल्लो समय दूधको खपत नहुँदा किसान समस्यामा परेका छन् । उद्योग सञ्चालन भएसँगै केही हदसम्म किसान लाभान्वित हुनेछन् । रासस

भारतमा खाना पकाउने ग्यासको मूल्य घट्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घरेलु प्रयोगका लागि प्रतिसिलिण्डर १४.२ किलोग्रामको लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी) वा खाना पकाउने ग्यासको मूल्य १०० भारतीय रुपैयाँ (करिव १.२१ अमेरिकी डलर) ले घटाएको घोषणा गरेका छन् । द इण्डियन एक्सप्रेसको रिपोर्टअनुसार एलपीजीको मूल्य कटौतीले करिव ३३ करोड घरपरिवारलाई फाइदा पुग्ने बताइएको छ ।

विद्यालय परिसरमै च्याउ र तरकारीखेती : पढ्दै कमाउँदै विद्यार्थी

म्याग्दी । विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । पश्चिम म्याग्दीको मङ्गला –२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका –७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तरकारी, फलफूल र च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन् । मङ्गला माध्यमिक विद्यालयमा प्राविधिक धार कक्षा ९९–१२०मा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षाकोठाबाहेक खेतबारीमा समेत पुगेर च्याउ उत्पादन गरी बाबियाचौरमा बिक्री गर्दै आएका विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीले जानकारी दिए । बजारमा विद्यार्थीले उत्पादन गरेको च्याउलाई विद्यार्थी च्याउले चिनिने गरेको छ । विद्यालयले प्राविधिक धारका विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि जग्गा भाडामा लिएर च्याउखेती सुरु गरेको छ । प्रधानाध्यापक खत्रीका अनुसार विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा प्रतिकेजी एक सय २५ मा बिक्री वितरण हुँदै आएको छ । ‘विद्यार्थीले उत्पादन गरेको च्याउ अहिले बाबियाचौर बजारमै खपत हुने गरेको छ, विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौँ, विद्यार्थीले लगाएको च्याउको बजार खोज्नसमेत सघाउँछौँ’, उनले भने । विद्यालयमा आधुनिक कृषि प्रणाली र उत्पादनका बारेमा सिकेको ज्ञान परम्परागत खेती गर्दै आएका अभिभावकलाई समेत सिकाउने गरेको प्रअ खत्रीको भनाइ छ । माघदेखि च्याउ उत्पादनमा लागेका विद्यार्थीले फागुनको पहिलो सातादेखि बिक्री गर्न थालेका छन् । बाली विज्ञान अध्ययनरत ४४ जना विद्यार्थीले सामूहिकरूपमा च्याउखेती गरेका छन् । विद्यार्थीको समय कक्षाकोठा र खेतबारीमा धेरै बित्ने गरेको छ । गाउँमै बाली विज्ञान पढ्न पाएकामा विद्यार्थी खुसी छन् । एक महिनामै उत्पादन गरी बजारमा लैजान सकिने र थोरै लगानीमा प्रशस्तै आम्दानी गर्न सकिने भएकाले च्याउखेतीका लागि समुदायलाई समेत सन्देश प्रवाह गरेको विद्यार्थी दिपेश थापाले बताउनुभयो । आइतबारसम्म बारीबाटै १७ केजीभन्दा बढी च्याउ बिक्री गरिएको उनको भनाइ छ । विद्यालय उमेरमै पाठ्यपुस्तकसँगै व्यवहारिक ज्ञानसमेत आर्जन गर्न पाएकामा भविष्यमा प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्नेमा विश्वस्त रहेको विद्यार्थी बताउँछन् । नेपाल सरकारको नमूना विद्यालय मङ्गला माविले भाडामा लिएको दुई रोपनी जग्गामा यहाँ अध्ययनरत विद्यार्थीले च्याउ, बैमौसमी तरकारी, टमाटर, प्याजको बीउलगायतका उपज फलाउने गरेका छन् । विद्यालयमा विसं २०७६ मा नेपाल सरकारबाट कृषि विज्ञान सञ्चालनको अनुमति पाई नियमित पढाइ भइरहेको छ । उक्त धारमा प्रयोगशाला सहायक सहित नौजना दरबन्दी छ । रासस

लगानी सम्मेलनको औचित्य पुष्टि हुँदैन : डा. खतिवडा

काठमाडौं । पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले लगानी सम्मेलनको औचित्य पुष्टि गर्न सक्ने अवस्था नरहेको बताएका छन् । डा.खतिवडाले अहिले लगानी सम्मेलन गर्ने उचित समय नभएको बताए । उनले मुलुकमा कुनै नयाँ परिस्थिति सिर्जना नभएकाले हतारमा लगानी सम्मेलन गर्नु आवश्यक नदेखिएको बताए । उनले अघिल्ला लगानी सम्मेलन मुलुकमा नयाँ संविधान र संविधानमा भएका निजी क्षेत्रसँग सम्बन्धी भएका व्यवस्था चिनाउने र अवसर देखाउन सम्मेलन आवश्यक भएको बताए  । उनले नेपाल लगानीको लागि सम्भाव्य गन्तव्य नेपाल भएको कुरा विदेशी राजदूतहरूले पनि आफ्नो देशलाई भन्न सक्नुपर्ने धारणा राखे । डा.खतिवडाले लगानी सम्मेलनको लागि सरकारले सबै दातृ निकायहरूलाई परिचालन गर्नुपर्ने उल्लेख गर्नुभयो । सरकारले कूटनीतिक पहल गर्न ढिला भएको भन्दै कम्तीमा ३ महिना अगाडि तयारी गर्नुपर्ने उनले बताए ।  उनले सरकारले लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई देखाउने आयोजनाहरू तयार बनाउन पनि सुझाव दिए । डा.खतिवडाले सरकारसँग सम्भाव्यता भएका र विस्तृत सम्भाव्यता डिपीआर भएका आयोजनाहरूलाई देखाउन सक्नुपर्ने बताए । त्यस्ता आयोजनाका लागि लगानी बोर्ड र उद्योग मन्त्रालयको बिचमा समन्वय आवश्यक रहेको बताए । उनले लगानी बोर्ड र उद्योग मन्त्रालयलाई पनि लगानी सम्मेलन सफल बनाउन अर्थ मन्त्रालयले सँगै लिएर हिँड्नुपर्ने बताए । उनले सरकारले लगानी सम्मेलन छोटो समयमा गर्न लागेकाले लगानी सम्मेलनको लागि समय नपुग्ने अवस्था रहेको उल्लेख गरे । पूर्व अर्थमन्त्री डा. खतिवडाले लगानी सम्मेलनलाई थप व्यवस्थित बनाउनको लागि नेपाली निजी क्षेत्रलाई विश्वासमा लिन सक्नुपर्ने बताए । उनले पछिल्लो समय मुलुक भित्रैकै निजी क्षेत्रको मनोबल कमजोर रहेकाले सरकारले विश्वासमा लिएर मनोबल बनाउन सुझाव दिए । निजी क्षेत्रलाई आतङ्कित र धरपकड गरेर लगानी सम्मेलन सफल बन्न नसक्ने धारणा राखे । उनले निजी क्षेत्रलाई आतांकित पार्ने,राजश्व अनुसन्धान, अख्तियार, सिआईबी भन्दा पनि वैकल्पिक विधिको प्रयोग गरेर समस्या समाधान गर्न सुझाव दिए । डा. खतिवडाले विगतको लगानी सम्मेलनका विषयमा समीक्षा गर्न आवश्यक रहेको बताए । उनले विगतका लगानी सम्मेलनमा भएका प्रतिबद्धता र लगानी कार्यान्वयनको विषयमा समीक्षा गर्न जरुरी रहेको बताए । उनले विगतको लगानी सम्मेलनमार्फत कम्पनी ऐन,बौद्धिक सम्पत्ति माथिको अधिकार सम्बन्धी ऐन, विदेशी विनिमय सम्बन्धी ऐन,दामासाही सम्बन्धी ऐन नयाँ बनाउने, निजी लगानी गर्ने वैकल्पिक सम्बन्धी प्रभाभेट इकुटी, भेन्चर क्यापिटल र हेज फण्ड जस्ता उपकरणहरूलाई प्रयोग गर्ने भनिएको बताए । उनले यो विषयमा कति काम भयो मूल्याङ्कन गर्न आवश्यक रहेको बताए । अघिल्लो सम्मेलन प्रतिबद्धता भएका सफल आयोजनाहरू लगानी सम्मेलनमा देखाउन योग्य छन् वा छैन त्यो विषयमा पनि  तयारी अवस्थामा रहन उनले सरकारलाई सुझाव दिए । अहिले सरकारसँग विदेशी लगानीकर्तालाई देखाउने परियोजना नै नभएको उनको दाबी छ ।

कुनै समय साढे २ सय तलब पाउँथे, अहिले १३ खर्बको कम्पनी मालिक

काठमाडौं । जीवनमा जतिसुकै कठिनाइ आए पनि यदि हामी दृढ छौं भने ठूलो सफलता हासिल गर्न सक्छौं । संसारमा यस्ता धेरै मानिस छन् जो कठिनाइ आइपर्दा निरुत्साहित हुन्छन् । तर, कमै मानिसहरूले कठिनाइहरूको सामना गरेर जीवनमा नयाँ उचाइ हासिल गर्छन् । मुरली डिबीले पनि यस्तै गरेका छन् । एक समय थियो जब उनी कक्षा १२ मा दुई पटक फेल भए । यस क्रममा उनको आफूमाथिको आत्मविश्वास पनि डगमगाउन थाल्यो । जति हिम्मत बाँकी थियो, त्यो सबै साथीभाइ र आफन्तहरूको तानाले नष्ट भयो । तर, उनले बाल्यकालदेखि नै यति धेरै कठिनाइको सामना गर्नु परेको थियो कि उनले त्यस अवस्थामा पनि आफूलाई टुट्नबाट जोगाए । १२ मा दुई पटक फेल भएपछि गालीको सामना गर्नुपरेका मुरलीले १३ खर्बको कम्पनी बनाए । मुरलीको जन्म आन्ध्र प्रदेशको एउटा सानो गाउँमा भएको थियो । उनको बाल्यकाल यही गाउँमा बित्यो । मुरलीका बुबा एक साधारण कर्मचारी थिए, आफूले पाएको तलबले १४ जनाको परिवार चलाउन निकै गाह्रो थियो । आफ्नो तलबले परिवारलाई दुई छाक मात्रै खुवाउन सक्थे । एक समय थियो जब मुरलीले एकपटक मात्रै खाना खान पाउँथे । मुरली पढाइमा खासै अब्बल थिएनन् । यही कारण थियो प्रयास गर्दा पनि उनी १२ कक्षामा दुई पटक फेल भए । त्यसपछि उनले फार्मा पढे । फार्मा गरेका मुरली २५ वर्षको उमेरमा खल्तीमा ५सय रुपैयाँ मात्रै लिएर अमेरिका पुगेका थिए । त्यहाँ उनले फार्मासिस्टको रूपमा काम गरे। पहिलो जागिरमा उनले २ सय ५० रुपैयाँ तलब पाएका थिए । मुरलीको कथा फिल्म जस्तो लाग्छ । उनले धेरै फार्मा कम्पनीहरूमा काम गरे र करिब ५४ लाख रुपैयाँ जम्मा गरे । जब उनले फार्मा क्षेत्र राम्ररी बुझ्ने त्यसपछि उनी भारत फर्किए । मुरलीले सन् १९८४ मा आफ्नो सबै बचत लगानी गरेर फार्मा क्षेत्रमा प्रवेश गरेका थिए । मुरलीले कलम अन्जी रेड्डीसँग हात मिलाएर फार्मा क्षेत्रका लागि केमिनोर सिर्जना गरे, जुन २००० मा डा. रेड्डीज ल्याबोरेटरीजसँग गाभियो । यसैबीच डा। रेड्डीज ल्याबमा ६ वर्ष काम गरिसकेपछि मुरलीले १९९० मा आफ्नो पहिलो प्रयोगशाला ‘डिभीज ल्याबोरेटरिज’ सुरु गरे। १९९५ मा मुरलीले चौतुप्पल, तेलंगानामा आफ्नो पहिलो उत्पादन इकाई स्थापना गरे । त्यसपछि एकपछि अर्को इकाई आउन थाले । २००२ मा कम्पनीले दोस्रो इकाई सुरु गर्यो । कम्पनीले मार्च २०२२ मा ८८ अर्ब रुपैयाँ राजस्व आर्जन गरेको थियो । आज कम्पनीको मूल्य १३ खर्बबराबर छ । एजेन्सी