सुनकोशीमा बेपता तीनमध्ये बालिकाको शव फेला
उदयपुर । होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीय माछा मार्नेहरुले बेलुकी कोशीमा जाल थापेको र बिहान जाल हेर्न जाँदा मृतक मगरको शव पानीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । रेखाको शव शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रमेश थापाले बतांए । मङ्गलबार मात्र बेपत्ता तीनमध्ये ८ वर्षीय रिदम मगरको शव पनि घटनास्थलदेखि एक हजार चार सय मिटर तल घिर्लिङ भन्ने स्थानमा फेला परेको थियो । तीन दिनअघि त्रिनपा–१४ साउनेका १२ वर्षीया रेखा मगर, १४ वर्षीय लोकबहादुर मगर र ८ वर्षीय रिदम मगर होली खेलेर सुनकोशीमा नुहाउन जाँदा नदीमा बेपत्ता भएका थिए । बेपत्ता बालबालिकाको प्रहरी र स्थानीयसहित सुनसरीको इटहरीबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी जारी राखेका छन् । हराएकामध्ये मङ्गलबार रिदम मगरको शव फेला परेको थियो । अर्का बेपत्ता १० वर्षीय लोकबहादुर मगरको शव फेला पर्न नसकेको पनि प्रहरीले जनाएको छ । रासस
देशैभर रात्रीकालीन व्यवसाय सञ्चालन गर्न दिइने, गृहमन्त्रालयले थाल्यो तयारी
काठमाडौं । गृहमन्त्रालयले अब देशैभर रात्रीकालीन व्यवसाय सञ्चालन गर्न दिइने तयारी गरेको छ । बुधबार राज्यव्यवस्था सुशासन समितिको बैठकमा बोल्दै गृहसचिव एकनारायण अर्यालले सो जानकारी गराएका हुन् । पोखराको लेकसाइडमा रात्रीकालीन व्यवसाय सञ्चालनमा आईसकेको बताउँदै उनले काठमाडौंमा पनि छिट्टै सञ्चालन गर्ने तयारी भएको बताए । त्यसका लागि सम्बन्धित सरोकारवाला क्षेत्रसँग छलफल भइरहेको उनले जानकारी गराए । साथै, देशभर लाईसेन्स लिएका हतियारको ५० प्रतिशत नविकरण नभएको जानकारी गराउँदै अर्यालले त्यसरी लिएका हतियारको विषयमा जिल्ला प्रशासनबाट विवरण मागिएको बताए ।
सिटिजन लाइफको ‘लेभल अप बिज्नेस स्ट्राटिजी कन्फ्रेन्स’ सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुइ दिने ‘लेभल अप बिज्नेस स्ट्राटिजी कन्फ्रेन्स २०२४’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम पोखरा स्थीत, रुपाकोट रिसोर्टमा सम्पन्न गरिएको थियो । लेभल अप कार्यक्रमको मुख्य उद्देश्य यस कम्पनीमा आवद्ध रही कम्पनीले तोकेको व्यवसायिक लक्ष्य हासिल गर्न सफल उत्कृष्ट शाखा प्रमुखहरुलाई सम्मान गर्नुका साथै आउदो समयका लागि आवश्यक व्यापर रणनीतिहरु बारे छलफल गरेका थिए । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल साथै कम्पनीको सम्पूर्ण व्यवस्थापन टिम र शाखा प्रमुखहरु गरी ६० जना को सहभागिता रहेको थियो । कम्पनीको सम्पूर्ण व्यवस्थापन टिमले अझै मिहेनत र लगनका साथ काम गर्न उपस्थित सम्पूर्ण शाखा प्रमुखहरुलाइ प्रेरित गरेका थिए । यस्तो किसिमको कार्यक्रमले कर्मचारीहरुलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोच्ने र नयाँ तरिका अप्नाएर आफ्नो टिमलाई अझै सबल र प्रतिसपर्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीको अनुभव छ । कर्मचारीहरुलाई नियमित दिनचर्या भन्दा नयाँ र फरक तरिकाले व्यवसाय गर्दा उपलब्धी राम्रो हुने र व्यवसायिक सफलता हासिल गर्न सजिलो हुने देखिन्छ ।
मुक्तिनाथ विकास बैंकद्वारा कन्चनपुरको कृष्णपुरमा वृक्षरोपण
काठमाडौं । मुक्तिनाथ विकास बैंकले कन्चनपुरको कृष्णपुरमा वृक्षारोपण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्थानमा करिब १५० वटा कागतीका विरुवाहरुको रोपेको हो । बैंकले हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तनविरुद्ध लड्न योगदान पुर्याएको छ । बैंकले उक्त कार्यक्रम अन्तर्राष्ट्रिय वन दिवसको उपलक्ष्यमा आयोजना गरेको थियो । सो कार्यक्रममा बैंकका कर्मचारीहरु, अभियानकर्ता तथा स्थानिय नगरबासीहरुको उपस्थिति रहेको थियो । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
बैंकको नाफासँगै सीएसआरकाे खर्च घट्यो, प्राइमको ६१४.८८ प्रतिशत बढ्यो
काठमाडौं । नाफामा गिरावट आएसँगै बैंकहरूको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत हुने खर्च पनि घटेको छ । बैंकहरूले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० मा वाणिज्य बैंकहरूले साढे ३७ करोड रुपैयाँ मात्रै सीएसआरमा खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम बैंकहरूले संस्थागत सामाजिक दायित्वअन्तर्गत नाफाको १ प्रतिशतले हुन आउने रकम बराबरको कोषमा जम्मा गर्नु पर्ने हुन्छ । सोही बमोजिम बैंकहरूले संस्थागत सामाजिक दायित्व अन्तर्गत आर्थिक वर्ष २०७९/८० मा ३७ करोड ३९ लाख २४ हजार रुपैयाँ मात्रै खर्च गरेका हुन् । जबकी अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ४२ करोड ७१ लाख ६७ हजार रुपैयाँ संस्थागत सामाजिक दायित्वमा खर्च गरेका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरूको यस्तो खर्च १२.४६ प्रतिशत घटेको देखिन्छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष प्राइम बैंकले संस्थागत सामाजिक दायित्वमा ६१४.८८ प्रतिशत बढाएर १ करोड ७९ हजार रुपैयाँ खर्च गरेको छ । अघिल्लो वष यस बैंकले १४ लाख ९ हजार रुपैयाँ मात्रै संस्थागत सामाजिक दायित्वमा खर्च गरेको थियो । हिमालयन बैंकको १६१.९८ प्रतिशत बढेर ३ करोड ३३ लाख १७ हजार रुपैयाँ, एभरेष्ट बैंकको ३०.५९ प्रतिशत बढेर ३०.५९ प्रतिशत बढेर १ करोड ५८ लाख २५ हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकको २१.४९ प्रतिशत बढेर २ करोड ४५ लाख ४९ हजार रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गरेका छन् । यस्तै, सानिमा बैंकको १७.५७ प्रतिशत बढेर १ करोड ५८ लाख ११ हजार रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ०.२६ प्रतिशत बढेर २ करोड २५ लाख ५९ हजार रुपैयाँ, एनआईसी एशिया बैंकको ०.१२ प्रतिशत ४ करोड २२ लाख रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गरेका हुन् । सिद्धार्थ बैंकले अघिल्लो वर्ष सरह नै खर्च गरेको छ । यस बैंकले २ करोड ९० लाख २४ हजार रुपैयाँ खर्च गरेको हो । बैंकहरूले स्वैच्छिक रूपमा हरेक वर्ष ठूलो रकम सीएसआरमा खर्च गर्दै आएका थिए । ५/६ वर्ष अघि नेपाल राष्ट्र बैंकले यो क्षेत्रमा खर्च गर्न पर्ने अनिवार्य व्यवस्था गरेपछि झनै रकम बढाउँदै आएका थिए । केही बैंकहरूले राष्ट्र बैंकले तोकेको व्यवस्थाभन्दा पनि बढी रकम खर्च गर्दै आएका छन् । सीएसआरअन्तर्गत बैंकहरूले खासगरी शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण संरक्षण, प्राकृतिक प्रकोपमा उद्धारलगायत विभिन्न क्षेत्रमा लगानी गरिरहको बैंकरहरू बताउँछन् । माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, नबिल बैंक, एनएमबि र नेपाल बैंकले भने गत वर्ष संस्थागत सामाजिक उत्तरदायित्वमा हुने खर्च घटाएका छन् । माछापुच्छ्रेले ७.०६ प्रतिशत घटाएर १ करोड ५ लाख ८८ हजार रुपैयाँ, सिटिजन्सले ७.०७ प्रतिशत घटाएर १ करोड ८६ लाख ३७ हजार रुपैयाँ, कृषि विकासले ७.२२ प्रतिशत घटाएर १ करोड ९८ लाख ९ हजार रुपैयाँ, एनआईएमबिले २०.५० प्रतिशत घटाएर ४ करोड २३ लाख ९४ हजार रुपैयाँ, नेपाल एसबिआईले २०.६२ प्रतिशत घटाएर ८२ लाख ८० हजार रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गरेका हुन् । लक्ष्मी सनराइजले ३२.३४ प्रतिशत घटाएर ९६ लाख १७ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्यले ३२.३६ प्रतिशत घटाएर १ करोड ८१ लाख १३ हजार रुपैयाँ, कुमारीले ४१.६९ प्रतिशत घटाएर १ करोड ५० लाख ३५ हजार रुपैयाँ, नबिलले ४२.०१ प्रतिशत घटाएर २ करोड २३ लाख ३२ हजार रुपैयाँ, एनएमबिले ६३.२१ प्रतिशत घटाएर ९३ लाख ३१ हजार रुपैयाँ र नेपाल बैंकले ७५.६६ प्रतिशत घटाएर ६४ लाख १५ हजार रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गरेका हुन् ।
भेटिइन् मेयर हमालकी छोरी आरती
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको छोरी सकुशल भेटिएकी छिन् । सम्पर्कविहीन भनिएकी हमालकी जेठी छोरी आरती हमाल गोवामा सकुशल भेटिएकी मेयर हमाल आफैले जानकारी गराएका छन् । ‘सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु । खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू, गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाई दिदीबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछु,’ हमालले सामाजिक सञ्जालमार्फत भनेका छन् । साथै, उनले आफ्नो जेठी छोरी आरती, कान्छी छोरी आर्जु र ज्वाइँसंगै भएको समेत जानकारी गराएका छन् । आरती ओशो साधक हुन् । केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी उनी सम्पर्कविहीन भएपछि हमालले हिजो अर्थात मंगलबार मात्रै खोजिदिन सबैलाई आग्रह गरेका थिए । मेयर हमालकी छोरी हराइन्
वीरगञ्ज चिनी उद्योग पुनःसञ्चालन हुने आशामा पर्साका स्थानीय
पर्सा । लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी उद्योग शीघ्र सञ्चालन हुने आशामा स्थानीयवासी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै चिनी कारखाना शीघ्र सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताएपछि स्थानीयवासी हर्षित हुँदै त्यसको व्यग्र प्रतीक्षा गरेका हुन् । केही दिनअघि चिनी कारखानाको स्थलगत अवलोकन गर्न आएको सङ्घीय संसदीय टोलीले पनि कारखाना पुनःसञ्चालन गर्न सकिने निष्कर्ष निकालेको थियो । प्रधानमन्त्रीबाट भएको उत्साहजनक घोषणा र संसदीय टोलीको निष्कर्षपछि स्थानीयमा रुग्ण उद्योग पुनःसञ्चालन हुने आशा जाग्नु सामान्य भएको वीरगञ्जका व्यापारी कृष्णकुमार कानु बताए । ‘लामो समयदेखि बन्द कारखाना पुनःसञ्चालन हुन्छ भन्ने लागेको थिएन तर सरकार प्रमुखको पछिल्लो घोषणा र संसदीय टोलीको निष्कर्षबाट चिनी कारखाना सञ्चालन हुनसक्छ भन्ने आशा हामीमा पलाएको छ’, उनले भने । चिनी कारखाना सञ्चालनपछि स्वदेशी चिनीको आपूर्तिमा सहजता र रोजगारी सिर्जनामा मद्दत पुग्ने उनले बताए । तत्कालीन सोभियत सङ्घको आर्थिक एवं प्राविधिक सहयोगमा २०२१ साल माघदेखि सञ्चालनमा आएको वीरगञ्ज चिनी कारखानाले कुनै बेला देशभर चिनीको मागलाई धान्ने गरेको थियो । राज्यको पनि लगानी रहेको उक्त चिनी उद्योग पुनःसञ्चालनमा ल्याउन सकिए मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले बताए । ‘चिनी कारखानालाई पूर्ण क्षमतामा चलाउन सकेमा देशलाई आवश्यक पर्ने चिनी उत्पादन गर्न सकिने अवस्था छ’, अध्यक्ष अग्रवालले भने, ‘अहिले जति किसानले उखु उत्पादन गरिरहेका छन्, त्यसैमा उहाँहरूको क्षमता अभिवृद्धि गरेर उद्योगलाई पूर्ण क्षमतामा चलाउन सकिए पनि चिनीको उत्पादन बढाउन सकिन्छ ।’ ‘हाम्रो देशका लागि चिनी उद्योगभन्दा उपयुक्त उद्योग कुनै छैन, यसले सहरको पैसा गाउँमा लैजान्छ, गाउँका किसानलाई नगद पैसा दिन्छ’ वीरगञ्ज चिनी उद्योग सञ्चालक समितिका पूर्वअध्यक्ष हरि गौतमले भने, ‘यस्तो उद्योग बन्द हुनु मुलुकका लागि दुर्भाग्य हो, त्यसैले यसको पुनःसञ्चालन आवश्यक छ ।’ हालै वीरगञ्ज चिनी कारखानाको स्थलगत अवलोकन गरेको प्रतिनिधिसभा,उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमितिले कारखाना पुनःसञ्चालन गर्न सकिने जनाएको थियो । ‘वीरगञ्ज चिनी कारखानाका विषयमा बाहिर जसरी प्रचार भएको छ, त्यो सबै प्रचार गलत रहेको पाइयो’, उपसमितिका संयोजक तथा बारा–४ का प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठले भने ‘विसं २०५९ देखि बन्द चिनी उद्योगको अवस्था हेर्दा फ्याक्ट्रीभित्र मेसिन छैन, चलाउनै सकिँदैन भनेर फैलाइएको प्रचार असत्य भएको हामीले पायौँ ।’ चिनी कारखानासँग जोडिएका प्राविधिक विज्ञ, अनुभवी साथीहरूसँग सल्लाह गरेर यो कारखानालाई कसरी सञ्चालन गर्न सकिन्छ भन्नेबारेमा छलफल गरेर अगाडि बढ्ने उनले बताए । चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमितिले रुग्ण चिनी उद्योग पुनःसञ्चालन गर्न सरकारलाई सुझाएको सांसद श्रेष्ठले बताए । करिब २० वर्षदेखि चिनी कारखाना बन्द भएपछि कारखानाका नाममा रहेको अधिकांश जग्गा अतिक्रमणको चपेटमा छ भने गोदामघर जीर्ण र मेसिनमा खिया लागेको छ । कारखाना परिसर घारीमा परिणत भएको छ । सुरुमा वार्षिक ९० हजार क्विन्टल चिनी उत्पादन गरेको सो उद्योगले पर्सा, बारा र रौतहटका किसान उखुखेतीमा जोडिएपछि आधुनिक मेसिन जडान गरेर वार्षिक एक लाख ३५ हजार क्विन्टल चिनी उत्पादन गर्दै आएको थियो । रासस
पुँजी बजारसम्बन्धी निबन्ध लेखन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण
काठमाडौं । नेपालको पुँजी बजार सम्बन्धी अन्तरकृया तथा राष्ट्रव्यापि निबन्ध लेखन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । कलश स्टक मार्केट प्रालि (ब्रोकर नं ७४) को आयोजना तथा किङ्गस कलेज, ववरमहलको सहयोगमा ग्लोवल मनि विकको सन्दर्भ पारेर नेपालको पुँजी बजार सम्बन्धी अन्तरकृया कार्यक्रम तथा राष्ट्रव्यापि निबन्ध लेखन प्रतियोगिताका विजयी उम्मेदवारहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो । कम्पनीका अध्यक्ष प्रदिप केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालको पुँजी बजार क्षेत्रका विज्ञ मुक्ती अर्यालले ‘नेपालको पुँजी बजार ‘शिर्षकमा प्रस्तुती गर्दै नेपाली पुँजी बजार क्षेत्रका विविध सैद्धान्तिक तथा व्यवहारिक पक्षमा प्रकाश पार्नुका साथै उठेका जिज्ञासाहरु स्पष्ट गरेका थिए । कार्यक्रममा किङ्गस कलेज, ववरमहलका प्रध्यापक तथा व्यवस्थापन संकाय स्नातकतहका विद्यार्थी एवं पुँजी बजारमा रुची राख्ने जिज्ञासु व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो। सो कार्यक्रममा कलश स्टक मार्केट प्रालि (ब्रोकर नं ७४) द्धारा आयोजित राष्ट्रव्यापी निवन्ध लेखन प्रतियोगिताका विजयी निवन्धकारलाई समेत पुरस्कार वितरण समेत गरिएको थियो । पुरस्कार प्राप्त गर्नेमा बाराकी शालु कुमारी गुप्ताले नगद १०,००० रुपैयाँ सहित प्रथम पुरस्कार प्राप्त गरेकी छन् त्यसै गरी काठमाडौंका समिप न्यौपाने ५,००० रुपैयाँ नगद सहित दोश्रो र धादिङ्गकी अर्चना लामिछाने ३००० रुपैयाँ नगद सहित तृतिय पुरस्कार जित्न सफल भएकी छन् । पुरस्कृत व्यक्तिहरुलाई कलश स्टक मार्केटका अध्यक्ष प्रदिप केसीले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए। उक्त कार्यक्रमको उद्धेश्य माथि पकाश पार्दै कम्पनीका संचालक डिल्लीराम वांस्तोलाले सहभागि तथा पुरस्कृत व्यक्तिहरुलाई स्वागत तथा वधाई अर्पण गर्नुका साथै कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस प्रकारका कार्यक्रमहरु संचालन गरिदै आएको र यस वाट धितोपत्र बजारको क्षेत्रमा रुचि राख्ने व्यक्ति, समुदाय तथा लगानीकर्ताहरुमा सेयर शिक्षाको सम्बन्धमा सचेतना अभिवृद्ध हुने सघाउ पुग्ने कम्पनीले विश्वास रहेको बताए ।