देशैभर रात्रीकालीन व्यवसाय सञ्चालन गर्न दिइने, गृहमन्त्रालयले थाल्यो तयारी

<p>काठमाडौं । गृहमन्त्रालयले अब देशैभर रात्रीकालीन व्यवसाय सञ्चालन गर्न दिइने तयारी गरेको छ । बुधबार राज्यव्यवस्था सुशासन समितिको बैठकमा बोल्दै गृहसचिव एकनारायण अर्यालले सो जानकारी गराएका हुन् । पोखराको लेकसाइडमा रात्रीकालीन व्यवसाय सञ्चालनमा आईसकेको बताउँदै उनले काठमाडौंमा पनि छिट्टै सञ्चालन गर्ने तयारी भएको बताए । त्यसका लागि सम्बन्धित सरोकारवाला क्षेत्रसँग छलफल भइरहेको उनले जानकारी गराए [&hellip;]</p>

काठमाडौं । गृहमन्त्रालयले अब देशैभर रात्रीकालीन व्यवसाय सञ्चालन गर्न दिइने तयारी गरेको छ । बुधबार राज्यव्यवस्था सुशासन समितिको बैठकमा बोल्दै गृहसचिव एकनारायण अर्यालले सो जानकारी गराएका हुन् ।

पोखराको लेकसाइडमा रात्रीकालीन व्यवसाय सञ्चालनमा आईसकेको बताउँदै उनले काठमाडौंमा पनि छिट्टै सञ्चालन गर्ने तयारी भएको बताए । त्यसका लागि सम्बन्धित सरोकारवाला क्षेत्रसँग छलफल भइरहेको उनले जानकारी गराए ।

साथै, देशभर लाईसेन्स लिएका हतियारको ५० प्रतिशत नविकरण नभएको जानकारी गराउँदै अर्यालले त्यसरी लिएका हतियारको विषयमा जिल्ला प्रशासनबाट विवरण मागिएको बताए ।

Share News