BIKASHNEWS DISCOURSE : सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदाका फाइदाहरूको चिरफार
काठमाडौं । विकासन्युज डटकमले सामाजिक सुरक्षा कोषले प्रदान गर्ने सेवा सुविधाको विषयमा छलफल गरेको छ। कोषका प्रशासकीय अधिकृत दीपक सेढाईंसँग विकासन्युजले कोषको काम कारवाही, कोषले प्रदान गर्ने सेवा सुविधाका विषयमा छलफल गरेको हो । सेढाईंले कोषबाट योगदानकर्ताले पाउने सुविधा र कोषमा आवद्ध हुने प्रक्रिया लगायत कानूनी विषयमा प्रष्ट पारेका छन् ।
राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका अध्यक्ष देवराज विश्वकर्माले आज राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । दलित आयोग नेपालको संविधानको धारा २५५ मा व्यवस्थित संवैधानिक आयोग हो । यसले दलित समुदायको हित अभिवृद्धि गर्न जातीय छुवाछुत, उत्पीडन एवम् विभेद अन्त्यका लागि पहल गर्दै आएको छ । दलितसँग सम्बन्धित उपयुक्त राष्ट्रिय नीति र कार्यक्रम तर्जुमा गरी कार्यान्वयनका लागि नेपाल सरकार समक्ष प्रतिवेदन पेस गर्ने आयोगको मुख्य काम हो ।
महालक्ष्मी विकास बैंकले ल्यायो वैदेशिक रोजगारबाट फर्किएका नेपालीका लागि ‘नवउद्यम कर्जा’
काठमाडौं । महालक्ष्मी विकास बैंकले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई सफल उद्यमी बनाउने उद्देश्यका साथ आकर्षक ब्याजदरमा ‘नवउद्यम कर्जा’ सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूसँग व्यवसाय सञ्चालन गर्न आवश्यक सीप, अनुभव र केही रकम बचत समेत हुने तर पर्याप्त लगानीको अभावको कारणले आफूले चाहेको व्यवसाय गर्नबाट वञ्चित व्यक्तिहरूलाई लक्षित गर्दै नव उद्यम कर्जा सञ्चालनमा ल्याएको हो । कृषि, व्यापार, सेवा तथा उत्पादनमा आधारित विभिन्न व्यवसाय सञ्चालन गरी उद्यमशीलता विकास गर्न सकिने अभिप्रायका साथ यो कर्जा सञ्चालनमा ल्याइएको हो। यस्तो कर्जा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराइने बैंकले जनाएको छ । यस प्रकारको कर्जामा १० लाखदेखि १ करोडसम्म सीमा रहने छ भने यस प्रकारको कर्जाको अवधि न्यूनतम २ वर्षदेखि अधिकतम १५ वर्ष सम्म रहनेछ । यस कर्जाले नेपाल फर्किएका युवाहरूलाई आत्मनिर्भर बनाउन, स्वदेशमै रोजगारी सिर्जना गर्न, उद्यमशीलता विकास गर्न, विप्रेषणमार्फत आउने रकमको सही सदुपयोग गर्न तथा समग्र देशको आर्थिक विकासमा टेवा पुर्याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । विगत ३१ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर करिब ८ लाख भन्दा बढी ग्राहक रहेका छन् ।
विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउन नपाइने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउनेलाई कारबाही गर्ने भएको छ । पछिल्लो केही दिनयतादेखि विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउनेकार्य गरेको पाइएका कारण सो कार्य नगर्न/नगराउन आग्रह गरिएको विमानस्थलका महाप्रवन्धक हङ्सराज पाण्डेले जानकारी दिए । उनले भने, 'विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न अनुरोध गरेका छौँ । अवज्ञा वा अटेरगर्नेलाई कारवाही हुनेछ ।' नेपालीहरुका महान चाड दसैँ–तिहार नजिकिँदै जाँदा विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा उडाउने गरिन्छ ।
प्रचण्ड भन्छन् : यो सरकारले शीर्ष नेतालाई जेल हाल्न सक्छ
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान अन्तरिम सरकारले मुख्य राजनीतिक दलका शीर्ष नेताहरुलाई जेल हाल्न सक्ने संकेत गरेक छन् । बिहीबार माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले यस्तो संकेत गरेका हुन् । उनले जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरुलाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्न सक्ने धारणा उनले राखेका हुन् । ‘गैरदलीय सरकार बनेपनि हाम्रा उपलब्धिहरु माथिको संकट भने टरेको छैन । विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, अन्तरिम संविधान जारी गर्ने, लोकतान्त्रिक राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाउने र आफू अनुकूल निर्वाचन र परिणामबाट आफ्नो कठ्पुतली पात्रमार्फत् स्वार्थ सिद्ध गर्ने प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलहरु बाँकी नै रहेका छन्, भ्रष्टाचार छानबिनका नाममा जेल हाल्न सक्ने सम्भावना रहन्छ,’ उनले भने । उनले लोकतन्त्रको रक्षाका लागि सम्पूर्ण लोकतान्त्रिक देशभक्त शक्तिहरुसँग कार्यगत एकता र सहकार्य गर्ने गरी पार्टीले नयाँ एतिहासिक पहल र भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताएका छन् । त्यसैले यो समग्र परिस्थितिको वस्तुगत समीक्षाका आधारमा पार्टीले आगामी रणनीति तय गर्नुपर्ने उनको भनाइ छ ।
सुरु भयो मन्त्रिपरिषद बैठक, सकिएपछि प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नु केही पहिला मन्त्रिपरिषद बैठक सुरु भएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ। प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा गर्ने सम्बोधनसहित देशको बदलिँदो परिस्थितिका बारेमा छलफल भइरहेको स्रोतले बताएको छ । जेनजीका माग र प्रधानमन्त्री कार्की नेतृत्वको सरकारका चुनौती
प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै, सरकारका प्राथमिकता र प्रतिबद्धता सार्वजनिक गर्ने
काठमाडौं । प्रधानमन्त्री शुशीला कार्कीले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । बिहीबार साँझ मन्त्रिपरिषद् बैठक सम्पन्न भएएपछि उनले सम्बोधन गर्ने भएकी हुन् । अहिले मन्त्रिपरिषद् बैठक जारी छ । साँझ ६ बजे कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी हुन् । उनले सम्बोधनमा सरकारका प्राथमिकता र प्रतिबद्धताहरू सार्वजनिक गर्ने बताइएको छ ।
फोटोनले ल्यायो दशैं-तिहार अफर, ईभी भ्यान बुकिङमा बाइकदेखि स्मार्ट टिभीसम्म उपहार
काठमाडौं । दशैं नजिकिँदै गर्दा फोटोन नेपालले लोकप्रिय मोडेल फोटोन ईभी भ्यान र फोटोन आर ६एलपीडी मा विशेष अफर ल्याएको छ । कम्पनीले यस अफरमार्फत नेपालीहरूलाई महान् चाडको अवसरमा गाडी लिन अझ सहज, लाभदायक र रमाइलो बनाउने लक्ष्य राखेको जनाएको छ । ईभी भ्यान बुक गर्ने ग्राहकले यामाहा मोटरसाइकल, ५५ इन्च स्मार्ट टेलिभिजन, वासिङ मेसिन वा फ्रिज मध्ये कुनै उपहार पाउनेछन् । साथै, हरेक बुकिङमा स्योरशट सामसुङ मोबाइल ए०७ (६ं१२८ जीबी) उपहार दिइनेछ । यस अफरमा १ वर्षको पूर्ण बीमा ९अटो प्लस०, क्यासलेस बीमा, ५ पटकसम्म निस्शुल्क मर्मत सेवा, निस्शुल्क फ्रन्ट ब्रेक प्याड सेट र पूरा आर्थिक वर्षको सवारी कर समेत समावेश गरिएको छ । फोटोन आर ६एलपीडी अब दशैं विशेष मूल्य २६ लाख ९९ हजार रूपैयाँ (६ लाख ७५ हजार रूपैयाँ छुटपछि) मा उपलब्ध हुनेछ । खरिदकर्ताले स्योरशट बुकिङ उपहार पाउनेछन् । यसमा पनि १ वर्षको सम्पूर्ण सवारी बीमा, क्यासलेस बीमा र पूरा आर्थिक वर्षको सवारी कर कम्पनीले नै व्यहोर्नेछ । कम्पनीले दुवै मोडेललाई आरामदायी, किफायती र भरपर्दो गाडीका रूपमा प्रस्तुत गर्दै दशैं–तिहार बोनसले ग्राहकहरूको उत्सवलाई अझ विशेष बनाउने विश्वास व्यक्त गरेको छ । फोटोन नेपालले चाडपर्व विशेष योजना हेर्न सबैलाई नजिकको शोरूममा आउन निमन्त्रणा गर्दै थप जानकारीका लागि ९८०२३७५४२१ वा ९८०२३४०६७१ मा सम्पर्क गर्न आग्रह गरेको छ ।