विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दीर्घायु कुमार श्रेष्ठले पाएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णयमार्फत श्रेष्ठलाई सो जिम्मेवारी सुम्पिएका हुन् ।

यसअघि उनी प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयमा उपकार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । सरकारले पछिल्लो समय राजनीतिक नियुक्तिहरू बदर गर्ने सम्बन्धमा ल्याएको अध्यादेशसँगै तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदमुक्त भएका छन् ।

शाक्यको बर्खास्तीपछि रिक्त रहेको उक्त सर्वोच्च पदमा मन्त्रालयले श्रेष्ठलाई निमित्तको जिम्मेवारी दिएको हो । 

Share News