अटो व्यवसायी गोल्छा महासंघको एसोसियट सदस्यमा निर्वाचित

काठमाडौं । अटो व्यवसायी तथा नाइमाका सदस्य हेमन्त गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट सदस्यमा निर्वाचित भएका छन् ।

महासंघको ६०औं वार्षिक साधारणसभाका क्रममा नेतृत्वका लागि भएको निर्वाचनमा उनले एसोसियट सदस्यमा १२०२ मतसहित निर्वाचित भएका हुन् । 

उनी सांग्रिलामोटर्सका प्रबन्ध निर्देशक समेत हुन् । सांग्रिला मोटर्सले नेपालमा सिट्रोन, लीपमोटर, सी-१०, बी-१०, टी-०३ लगायत मोडेल बिक्री गर्दै आइरहेको छ । उनको हुलास रेमिटेन्स पनि छ । 

Share News